“सम्बन्ध भित्रका सम्बन्धहरू”

Jiban, Jeewan, Yogi, Yogee, Bipana, जीवन योगि ‘बिपना’, pallawa, पल्लव

जीवन योगि ‘बिपना’

सुनिन्छ
इजलासमा सम्बन्ध विच्छेदका समस्याहरू
कयौं विच्छेद का फाइल मा
कयौं पीडा
कयौं विभेद
कयौं परम्परा
कयौं दमन
र धोका अटमस्स गरेर
खाँदिएको छ

हरेक खात माथि
त्यही पीडा र घाउहरू
खाँदिएका छन
थुप्रै वितृष्णा थुपारिएको छ
ती सम्बन्ध विच्छेदका फाइलमा

 

Continue reading


जीवन योगि “बिपना” का दश हाइकु

Jiban, Jeewan, Yogi, Yogee, Bipana, जीवन योगि ‘बिपना’, pallawa, पल्लव

जीवन योगि ‘बिपना’

कहाँ छ कुन्नी
बेग्लै संसार जहाँ
हाँस्छ जिन्दगी

जिन्दगी आहा
फुलेकै छ भिरमा
छोपी रोदन !

खोज्दैछु यहाँ
भाग्यनै मेटिदिने
इरेजर छ कि त ।

 

Continue reading


जीवन योगि ‘बिपना’ का केही मुक्तकहरूः

Jiban, Jeewan, Yogi, Yogee, Bipana, जीवन योगि ‘बिपना’, pallawa, पल्लव

जीवन योगि ‘बिपना’

घर देखि घाट सम्म कफन हुन्छ साथी
दुईचार थुङ्गा फुल चढ्लान लास माथि
विवेचनाहुन्छ हाम्रो मलामेको भिड्मै
सपना जल्छ्न चितामा धुवा उड्दै माथी !!!

हेर्दा जीवन सबैको झकास हुन्छ
बुझेपो कहानी बेग्लै खास हुन्छ
आज जे होस जिन्दगी मान्छेको
भोलिको राम्रो हुने आस हुन्छ !!!

 

Continue reading


भोलि प्रिय सुर्य कुन रङ्ग मा आउने छन ?

Kriyashan, Yogee, Yogi, Bihangana, क्रियशन योगी विहङ्गना, pallawa, पल्लव

कृयशन योगि बिराङ्गना

भोलि प्रिय सुर्य कुन रङ्ग मा आउने छन ?
मैले सोधे जुन सङ्ग
सितल तिम्रो जस्तै जले को तन रिझाउने
दर्द बिर्साउने,
संसार भुलाउने
मैले कल्पना गरे
अनि भेटिन
आज सम्म पनि
त्यही त गल्ली भयो
घाम को कुरा जुन सङ्ग गरे।

करक्क सुकेर थाकेको खोला हेर्दै
भने मुल कहिल्यै फुटेन?
उस्ले भन्यो
फुट्यो ,तीब्र बेगले!

 

Continue reading


गजल

Kriyashan, Yogee, Yogi, Bihangana, क्रियशन योगी विहङ्गना, pallawa, पल्लव

कृयशन योगि बिराङ्गना

आज कोही एउटा हृदय बोकी शहर पस्दै छ
दुइटा जीवनको एउटै मन बोकी शहर बस्दै छ।

जस्तो तिमी हिड्दै गर्दाको चकमन्न यो रात छ
उथलपुथल मुटु रसार्इ एउटा भबिस्य रच्दै छ।

जाउ ! राम्रो सन्ङ जाउ ! यात्रा मा सुरक्षित भै
फर्किने छैन यो रात यिनै आशा मनबाट खस्दै छ।

 

Continue reading


गजल

Kriyashan, Yogee, Yogi, Bihangana, क्रियशन योगी विहङ्गना, pallawa, पल्लव

कृयशन योगि बिराङ्गना

आज कोही एउटा हृदय बोकी शहर पस्दै छ
दुइटा जीवनको एउटै मन बोकी शहर बस्दै छ।

जस्तो तिमी हिड्दै गर्दाको चकमन्न यो रात छ
उथलपुथल मुटु रसार्इ एउटा भबिस्य रच्दै छ।

जाउ ! राम्रो सन्ङ जाउ ! यात्रा मा सुरक्षित भै
फर्किने छैन यो रात यिनै आशा मनबाट खस्दै छ।

 

Continue reading


मेरो छोरा . . . . .

Kriyashan, Yogee, Yogi, Bihangana, क्रियशन योगी विरङ्गना, pallawa, पल्लव

क्रियशन योगी विरङ्गना

मलाई पछुतो नलगोस् तिमीलार्इ यो धर्ती टेकाएकोमा
आज देशको परिस्थितिका कारले गर्दा
नेपाली माटो उल्ल्टिएको छ,
घाउहरू उकल्चियको छ,

हावा र मौसम बिरक्तिएको छ
पानीले बिकृती भित्र्याएको छ,
त्यसैले
सबै आमाहरूको हृदय आक्रान्त छ,
चिरिएको छ र चिच्यार्इ रहेको छ ।

 

Continue reading


कसरी ऊ मेरो श्रीमान हुन सक्छ ?

Kriyashan, Yogee, Yogi, Bihangana, क्रियशन योगी विहङ्गना, pallawa, पल्लव

क्रियशन योगी विहङ्गना

घुम्टो ओढाउँदै
डोली चढाएर
अर्कै आँगन, अर्कै पिँढी

मझेरी टेकाएर
चटक्क छोडिदियो ।
मातको उन्मादले मात्तिएर
जवानी र बैँशको जोशमा
फूलको थुङ्गा टिेपेर
फ्यात्त हातबाट फालिदियो,
उनि कसरी ऊ मेरो श्रीमान हुन सक्छ ?

 

Continue reading


“बाँडेर खाऊँ”

Prakash, Pathak, Yogee, Yogi, ‎प्रकास पाठक योगी‎ , pallawa, पल्लव

‎प्रकास पाठक योगी‎

टन्टलापुरे घाम चैतमास
काम धन्धाहरू छैन खास
गाउँ भरीका बरालिएका
कठै ! ती बेरोजगार युवाहरू….

कोही गाईँ बाख्रा चराउन हिडे,
कोही तासमा रमाउन हिडे,
कोही प्रेमीकालाई समाउन हिडे,
सबैको आ-आफ्नै पारा छ
कठै! ती बेरोजगार युवाहरू……

 

Continue reading


गजल

Kriyashan, Yogee, Yogi, Bihangana, क्रियशन योगी विहङ्गना, pallawa, पल्लव

क्रियशन योगी विहङ्गना

तिम्रो आवाजमा के दम होला उस्को जस्तो
साँचै भनुँ याद छम्छम होला उस्को जस्तो ।

टेक्दै चट्टान पत्थर मुटु भित्रै गढे पछि
हजुर दिल कै दूर्गम होला उस्को जस्तो ।

बन्न पर्छ हरियाली मैदान सवको प्रेम
कसम अर्कै तन सुगम होला उस्को जस्तो ।

 

Continue reading


“गीत” झुठ्ठो हाँसो हाँसौ कसरी ?

Prakash, Pathak, Yogee, Yogi, ‎प्रकास पाठक योगी‎ , pallawa, पल्लव

‎प्रकास पाठक योगी‎

उदास छ आजकल जीवन बाँचौ कसरी ?
दुनियाँको सामु झुठ्ठो हाँसो हाँसौ कसरी ?

आफ्नो भन्ने तिमी नै थ्यौ गयौ धेरै टाढा
न लाउनु रै’छ माया मैले तिमीसँग गाढा
तिमी बसेको मुटु अब अन्त साटौ कसरी ?
उदास छ आजकल जीवन बाँचौ कसरी ?

 

Continue reading


बहरबद्ध ”गजल”

Prakash, Pathak, Yogee, Yogi, ‎प्रकास पाठक योगी‎ , pallawa, पल्लव

‎प्रकास पाठक योगी‎

हरायौ कहाँ लौ म खोजौँ कता खै
बिरानो छ ठाउँ म सोधौँ कता खै !!

छहारी कहाँ हुन्छ सानो बुटोमा
छ गर्मी असाध्यै म बोलौँ कता खै !!

गयौ लौ कता खोज्छु एक्लै घुमेर
पठाऊँ भने पत्र कोरौँ कता खै !!

 

Continue reading


‘ब्वाँसाहरू’

Prakash, Pathak, Yogy, Yogee, Yogi, प्रकाश पाठक योगी, pallawa, पल्लव

प्रकाश पाठक योगी

ठीक-ठाक थियो देश लडाएछन्
बलै शान्ति भए पनि सडाएछन्
अनि र्‍याल काढ्दै बसेका ब्वाँसा
तँछाड-मँछाड गर्दै दौडी रहेछन्
कतै भागमा केही पर्दैन कि भनी
कतै भागमा केही……

जंगली ब्वाँसाहरू पनि भाग्दैछन्
घरासी ब्वाँसाहरू पनि लाग्दैछन्
निदाएका ब्वाँसाहरू पनि जाग्दैछन्
कठै ! आफ्नै आमाको खून चुस्न
तँछाड-मँछाड गरेर पछि लाग्दैछन् ।

 

Continue reading


“बा’ म सोच्चै नपुंसक हो”?

Prakash, Pathak, Yogi, प्रकास पाठक योगी‎ , pallawa, पल्लव

प्रकास पाठक योगी‎

“बा’ म सोच्चै नपुंसक हो”?
लुटेर दाजुभाइ खान नजान्ने
गरीबहरू रूँदा रून नजोन्ने
आफ्नै दिदीबैनीहरूलार्इ म
बलात्कार गर्न नै नसक्ने के
”बा” म सोच्चै नपुंसक हो ?
आँखाबाट आँसु झार्दै छ
मैलो अनि च्योतिएको पाईन्ट
लगोएर,खाते नामको त्यो
जन्मजात उपमा पाएको
बालकले दुई रुपैया माग्दै छ,

 

Continue reading


बहरबद्ध गजल

Prajash, Pathak, Yogy, Yogee, Yogi, प्रकास पाठक योगी , pallawa, पल्लव

प्रकास पाठक योगी

छ वा छैन माया भनौं है खुसुक्कै
निदाएँछु लौ है म आजै भुसुक्कै ।

समीपै नआऊ म धेरै लजाएँ
नजरले त डाक्यौ म आएँ लुसुक्कै ।

कहाँबाट आयौ तिमी खुल्दुली भो
नबोली नजीकै बसेथ्यौ टुसुक्कै ।

 

Continue reading


गजल

Dhanraj, Yogi, Bhabuk, धनराज योगी ‘भावुक’, pallawa

धनराज योगी ‘भावुक’

मित्रबन्धु भन्दा सत्रुवत मानसिक बनायौ ।
आफ्नो मुटुलाई पनि आलङकारिक बनायौ ।।

हरबखत यो दुनियामा धनराज भावुकलाई ।
स्वार्थ पुरा गर्ने कोशेढुङगा सावित बनायौ ।।

 

Continue reading


गजल

Dhanraj, Yogi, Bhabuk, धनराज योगी ‘भावुक’, pallawa

धनराज योगी ‘भावुक’

अरुको मन दुखाउनु अपराध जघन्ने लाग्छ
असिमित चाहानाको घरवार नबन्ने लाग्छ ।

भिरमा जानेगाईलाई रामराम भन्न सकिन्छ
तर काँध हालेर रोक्न सकिदैन भन्ने लाग्छ ।

 

Continue reading


गजल

Dhanraj, Yogi, Bhabuk, धनराज योगी ‘भावुक’, pallawa

धनराज योगी ‘भावुक’

सिमा च्यापेको खबर पुग्यो अनि गजल लेखेँ ।
डाँफे रोयो लालिगुराँस नुग्यो अनि गजल लेखेँ ।।

भारतले सुस्तामा पिल्लर गाढेको देख्दा खेरि ।
किला बिजेझै मुटु दुख्यो अनि गजल लेखेँ ।।

 

Continue reading


गजल

Dhanraj, Yogi,  Bhabuk, धनराज योगी ‘भावुक’, pallawa

धनराज योगी ‘भावुक’

कहिले तल कहिले माथि बनि दिन्छ ।
आफैँलाई साथनदिने छाति बनि दिन्छ ।।

भविष्यमा सुख पाउने आशा गरेपनि ।
बर्तमानमा दुःखै दुःख साथि बनि दिन्छ ।।

 

Continue reading


गजल

Dhanraj, Yogi, Bhabuk, योगी, भाबुक, pallawa

धनराज योगी भाबुक

यता जेठि आमाले रारा मागिरहेकी छौ
उता कान्छी आमाले बारा मागिरहेकी ।।

मैले कसरी दिउ सक्दै नसकिने कुराहरु
तिमीले सधैं जुन तारा मागिरहेकी छौ ।।

 

Continue reading