“गीत” झुठ्ठो हाँसो हाँसौ कसरी ?

Prakash, Pathak, Yogee, Yogi, ‎प्रकास पाठक योगी‎ , pallawa, पल्लव

‎प्रकास पाठक योगी‎

उदास छ आजकल जीवन बाँचौ कसरी ?
दुनियाँको सामु झुठ्ठो हाँसो हाँसौ कसरी ?

आफ्नो भन्ने तिमी नै थ्यौ गयौ धेरै टाढा
न लाउनु रै’छ माया मैले तिमीसँग गाढा
तिमी बसेको मुटु अब अन्त साटौ कसरी ?
उदास छ आजकल जीवन बाँचौ कसरी ?

 

Continue reading


बहरबद्ध ”गजल”

Prakash, Pathak, Yogee, Yogi, ‎प्रकास पाठक योगी‎ , pallawa, पल्लव

‎प्रकास पाठक योगी‎

हरायौ कहाँ लौ म खोजौँ कता खै
बिरानो छ ठाउँ म सोधौँ कता खै !!

छहारी कहाँ हुन्छ सानो बुटोमा
छ गर्मी असाध्यै म बोलौँ कता खै !!

गयौ लौ कता खोज्छु एक्लै घुमेर
पठाऊँ भने पत्र कोरौँ कता खै !!

 

Continue reading


‘ब्वाँसाहरू’

Prakash, Pathak, Yogy, Yogee, Yogi, प्रकाश पाठक योगी, pallawa, पल्लव

प्रकाश पाठक योगी

ठीक-ठाक थियो देश लडाएछन्
बलै शान्ति भए पनि सडाएछन्
अनि र्‍याल काढ्दै बसेका ब्वाँसा
तँछाड-मँछाड गर्दै दौडी रहेछन्
कतै भागमा केही पर्दैन कि भनी
कतै भागमा केही……

जंगली ब्वाँसाहरू पनि भाग्दैछन्
घरासी ब्वाँसाहरू पनि लाग्दैछन्
निदाएका ब्वाँसाहरू पनि जाग्दैछन्
कठै ! आफ्नै आमाको खून चुस्न
तँछाड-मँछाड गरेर पछि लाग्दैछन् ।

 

Continue reading


बहरबद्ध गजल

Prajash, Pathak, Yogy, Yogee, Yogi, प्रकास पाठक योगी , pallawa, पल्लव

प्रकास पाठक योगी

छ वा छैन माया भनौं है खुसुक्कै
निदाएँछु लौ है म आजै भुसुक्कै ।

समीपै नआऊ म धेरै लजाएँ
नजरले त डाक्यौ म आएँ लुसुक्कै ।

कहाँबाट आयौ तिमी खुल्दुली भो
नबोली नजीकै बसेथ्यौ टुसुक्कै ।

 

Continue reading


कलिला घामका आभाहरु

Yug, Yogee, Rai,युग योगी रार्इ, pallawa, पल्लव

युग योगी रार्इ

कलिला घामका आभाहरू
हिमालका मुहारहरूमा मुस्कुराउछन
पहाडका काखहरूमा बाँच्छन
तराइका फाँटहरूमा हूर्कन्छन
बादलका छाताहरू ओढेर
बनपाखा र नागीहरूमा लुकामारी खेल्छन
कलिला घामका आभाहरू
खेतका आली आली दैाडन्छन
आगनहरूमा मास भट्टमास कुट्छन–

 

Continue reading