सपना

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

प्रिय !
मैले सपना देखे
खै किन देखिन्छ सपना
किन आउँछन् तरङ्गहरु
पहिले पनि देखेको थिए तेस्तै सपना
आज फेरी दोहोरिए तिनै दृश्यहरु, तेस्तै सपनाहरु
बिउँझे,मन भारि भयो
झन् झन् यादले सतायो…
तर प्रिय !
सपना त् केवल सपना नै हुन्छ
बिपनाको धरातलमा येथार्थ हुँदैन
मैले फेरी देखे तेही सपना
मेरा सपनाका संकेतहरुले
तिमिलाई कुनै संकट नाओस –

 

Continue reading


गजल

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

को होला त्यो भाग्यमानी तिम्रो अधर चुम्न सक्ने
तिम्रो मनको संसारमा बिना संकोच घुम्न सक्ने ।

जिज्ञाशु भो यो मन यता,बल्झिन्छ कि फेरी बेथा
को होला त्यो तिम्रो प्रितमा सङ्गीत बनि झुम्न सक्ने ।

मन्द मन्द मुस्कान छोडी मुस्कुराउँदै बोलिदिन्छौ
को होला त्यो सागर रुपी तिम्रो प्रेममा डुब्न सक्ने ।

 

Continue reading


यात्रीका केही मुक्तकहरूः

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

यहाँ ग्यासको अभाव छ चुलो बलेको छैन
यहाँ पेट्रोलको अभाब छ गाडी चलेको छैन
उफ ! काठमान्डौको बसाई के कुरा गरौं हजुर
जसोतसो पाक्छ खाना, समस्या गलेको छैन

विदेशको धर्तीमा पानी पर्दा नेपालमा छाता ओड्नेहरु
आफ्नो बंगैचामा झार उम्रंदा अरुकै गमला गोड्नेहरु
जनयुद्ध गरेउ देशमा आखिर शान्ति कै शरण परेउ
देशलाई घाइते बनायौ किन आफ्नै सिदान्त तोड्नेहरु

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

बादल उडाइ कोही हावा बनेर आए
पानी बगाइ कोही धारा बनेर आए ।

आगो सहेर कोही ज्वालामुखी हुँ भन्छ
पीडा सहेर कोही लाभा बनेर आए ।

सीता हरेर लाने रावण रहेछ कस्तो
उस्तै भएर साथी डाँका बनेर आए ।

 

Continue reading


अनिताका केही मुक्तकीय टुक्राहरू

Anita, RegmI, Yatri, अनिता रेग्मी ‘यात्री’, pallawa , पल्लव

अनिता रेग्मी ‘यात्री’

तिमी त्यहाँ एक्लै थियौ,म यहाँ एक्लै प्रिय !
तिम्रो हाल बेग्लै थियो ,मेरो माहोल बेग्लै प्रिय !
एसलाई पनि जीवनको सुखद क्षेण माने मैले,
म त तिमीसंगै थिए टाढा थिइन कहिल्यै प्रिय !

खुशी साथ मान्नु यो सालको दशैं म आउन पाइन
निधारमा टिका, शिरमा जमरा लगाउन पाइन
सपनीमा आई भन्दै थेउ मलाई टाढा छु पियारी
बल्झियो बेथा ऐया र आथा कोही छैनन् अगाडी

 

Continue reading


‎बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

देश प्रेमी मिलौं आऊ देश गोडौं
टुट्न लाग्यो मुलुक यो गन्तव्य मोडौं

स्वर्ग जस्तै थियो पैले देश हाम्रो
बन्छ उस्तै अझै बाधा जो छ फोडौं

दाजु भाई लड्यौं वैरी हाँस्न थाले
आउ वाचा गरौं हामी लड्न छोडौं

 

Continue reading


‎बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

देश प्रेमी मिलौं आऊ देश गोडौं
टुट्न लाग्यो मुलुक यो गन्तव्य मोडौं

स्वर्ग जस्तै थियो पैले देश हाम्रो
बन्छ उस्तै अझै बाधा जो छ फोडौं

दाजु भाई लड्यौं वैरी हाँस्न थाले
आउ वाचा गरौं हामी लड्न छोडौं

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

हूँ वीर गोरखाली घुर्की नलाउ साथी
अस्तित्व मिट्न सक्ला फुर्ती नलाउ साथी

त्यो मान चित्र हेर्दा देख्छौ स्वतन्त्र राष्ट्र
नेपाल नाम जस्को उर्दी नलाउ साथी

छौं हेर स्वाभिमानी झुक्दैन माथ हाम्रो
बन्दै तिमी विधाता मर्जी नलाउ साथी

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

हूँ वीर गोरखाली घुर्की नलाउ साथी
अस्तित्व मिट्न सक्ला फुर्ती नलाउ साथी

त्यो मान चित्र हेर्दा देख्छौ स्वतन्त्र राष्ट्र
नेपाल नाम जस्को उर्दी नलाउ साथी

छौं हेर स्वाभिमानी झुक्दैन माथ हाम्रो
बन्दै तिमी विधाता मर्जी नलाउ साथी

 

Continue reading


अनीता रेग्मी ‘यात्री‘का मुक्तकहरूः

अनिता रेग्मी ‘यात्री’

अनिता रेग्मी ‘यात्री’

आफ्नै मनले आफैँलाई झुक्याइदियो नराम्ररी
कोही आई मेरो दिललाई टुक्र्याइदियो नराम्ररी
शिशाको यो मुटु भए टुक्रा हुन्थ्यो जान्थ्यो बरु
कस्लाई देखाऊ मनको घाउ दुखाइदियो नराम्ररी

‘यात्री’को यो यात्रा त्यसै सुकाइदियो जिन्दगीमा
बिश्वासको डोरी मेरो फुकाइदियो जिन्दगीमा ।
मैले आज थाहा पाएँ, आँधी–बेहरी प्रेम रै’छ
मेरो मनको सारा खुशी उडाइदियो जिन्दगीमा ।।

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

तीतो अतीत भुल्ने कोशिश गरेर बाँचें
बल्झिन्छ याद उल्टै पलपल मरेर बाँचें

कस्तो झरी पऱ्यो भो माया दुई किनारा
सम्झेर भाग्य यस्तै जँघार तरेर बाँचें

आफन्त भो पराई के गर्नु खै गुनासो
यस्तै छ जिन्दगानी मुस्कान छरेर बाँचें

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

मर्दैन आंट मेरो संसार नै जले नि
चुम्नेछु लक्ष्य आफ्नो यी पाउ नै गले नि

तिम्रै हु नाथ भन्थ्यौ झूठो रहेछ वाचा
झर्दैन आशु मेरो दिलमा छुरा चले नि

आखिर थियौ पराई छाडी गयौ त के भो
एक्लै म रम्न सक्छू आफन्तले छले नि

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

हौं देशभक्त भन्दै तस्कर बनेर आए
पुज्थे म देव ठानी पत्थर बनेर आए

आशा थियो ठुलै फुल झैं सुवास छर्लान
स्वार्थी बनेर सारा पत्झर बनेर आए

चिल्ला कुराहरूले मन्मा सुगन्ध छर्दै
आशा निराश पारी खन्जर बनेर आए

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

हाँस्दा तिमी लजाई गुलजार भुल्न सक्छु
पाए त साथ तिम्रो संसार भुल्न सक्छु

मागेर हेर तिम्ले झार्दिन्छु जून तारा
तिम्रो मुहार देख्दा लाचार भुल्न सक्छु

भन्छ्यौ भने तिमीले सक्नेछु मर्न आफै
चुम्दै निधार तिम्रो तरबार भुल्न सक्छु

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

सद्भाव प्यार बाड्दै हामी मिलेर जाऊं
जगमा बहार बाड्दै हामी मिलेर जाऊं

साच्चै थिए सुनौला स्वप्ना शहीदका ती
तिन्कै पुकार बाड्दै हामी मिलेर जाऊं

मिट्नेछ देश हाम्रो आफन्त लड्न थाले
शान्ती सुधार बाड्दै हामी मिलेर जाऊं

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Tanahun, अन्जान यात्री‎, pallawa , पल्लव

अन्जान यात्री‎

म बन्नेछु ज्वाला जलाएर पानी
र मेटाउछू अग्निको त्यो कहानी

तिमी साथ देऊ पुरा हुन्छ लक्ष्य
र फिर्नेछ देशमा सुनौलो बिहानी

भयो देश रोगी निको हुन्न आफै
छ जो स्वार्थि पापी बनाऔं खरानी

 

Continue reading


एकान्त प्रेमीका केही मुक्तकहरूः

Yakal, Yatri, Nanu, Ykantapremi, एकल यात्री नानु, pallawa, पल्लव

एकल यात्री नानु

माया चाही लाईहालेको छैन है।
साथी हौ प्रेम प्रेमीका भने हैन है।
असल साथी भएर नाता जोडौ।
प्रिति लाईहाल्यौ भन्न चाही भैन है।

मायाले कहिले हसाँउछ कहिले रुवाउछ।
माया गर्छु भन्दा भन्दै बर्षौ दिन झुलाउछ।
अब माया प्रिति म जिन्दगी भरि लाउदैन।
एक बारको जवानी पनि आसुमा दुवाउछ।

 

Continue reading


मैले चडाए फूलको थुङ्गा

Chintan, Yatri, चिन्तन यात्री, pallawa , पल्लव

चिन्तन यात्री

मैले चडाए फूलको थुङ्गा
तर दैव भएछ देवीलाई ढुङ्गा

न त जात यो ठुलो यो सानो भन्छु
न त धर्म यो ठुलो यो सानो भन्छु

हामी सब गगनको छानो मुनि बस्ने
धर्ति सबमा गीत गाई नाच्ने

 

Continue reading


बहरबद्ध गजल

Anjan, Yatri, Dailekh, अन्जान यात्री, pallawa,पल्लव

अन्जान यात्री

बिचारीको टीकाटाला, लगाएको हिजोमात्रै ।
ति आँखामा पिडालाई, सजाएको हिजोमात्रै ।

झरे आशा पलाएका,ति आँखामा निरासाले ।
मलाई आज लागेको, रमाएको हिजोमात्रै।

जवानीको बिहानीमा, हराएका उषालाई ।
त्यही तिम्रो अगाडीमा बचाएको हिजोमात्रै ।

 

Continue reading


छिटो

Raj, Abiral, Yatri, Giri, राज अबिरल यात्री, pallawa

राज अबिरल यात्री

मेनुकाको बिहेमा पदमकाकाको घरमा बिहेको अघिल्लै दिनबाट रमाईलो थियो । भोलि छोरी गैहाल्छे भनेर अामा फुपु, छेमाहरुको नाचगान बिहान मात्र सकियो । दिदी गैहाल्छे भनेर गाउँका भाई बहिनीको नाच धुमधाम चलिरहेको थियो । मेनुकाका संगै पढेका संगीहरु उसलाई श्रृङ्गार्नमा ब्यस्त ।
“जन्ती गाग्रे भन्ज्याङ अाई पुग्यो रे” मेनुकाको काका प्रकाश कराए ।
“लु बेहुली छिटो ठिक पार त” मेनुकाको फुपु शान्ति कराईन ।
फेरि नाच गान त उत्तिकै छ, साथी गैहाल्छे भनेर उसका छिमेकका संगिनीहरु पनि नाच्न थाले ।
जन्ति अाईपुगे, बेहुलालाई स्वयंवरमा उभ्याईयो ।
“लु बेहुली निकाल त दियो कलश समाउने केटीहरु त नाच्दै पो रैछ ” – मेनुकाकी छेमा कराईन ।

 

Continue reading