कोटको टाँक

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

अब फेरि तपाईँ—
डढेलोले खाएको जङ्गल जस्तो
कि पहिरोले भत्काएको बगर जस्तो
यो सुनसान र अनकन्टार गाउँमा फर्किनुहुन्छ
र हाम्रो अँध्यारो झुपडीको आँगनमा उभिनुहुन्छ !
.
हामीलाई थाहा छ— त्यसपछि तपाईँ
दुवै हात जोडेर ‘नमस्कार’ भन्नुहुन्छ,
हाम्रै भाषाको लय टिपेर
कि ‘सेबारो’ भन्नुहुन्छ, कि ‘ल्हास्सो’ भन्नुहुन्छ !

 

Continue reading


न्याउली रोयो निरमाया !

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

निधारको पसिना र आँखाको आँसु पुछिदिने
मायालु बताससँग कुरा गर्दागर्दै
डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर
कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै
टिनिनि टिनिनि
पोल्टोभित्र बज्न थाल्यो रिङटोन !
ए निर्मली !
झिक मोबाइल
क्याच्च थिच र ‘हेलो’ भन !
मनमा यसरी काउकुती लाग्ने गरी
फेरि यति चाँडै कसले गर्यो होला यो फोन ?

कि फेरि कुबेतको तेलखानीबाट
‘सञ्चै छ्यौ मेरी रानी ?’ भन्नलाई
आफ्नै मनको राजाले गरेको हुनुपर्छ यो कल !

 

Continue reading


आकाशगङ्गा !

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

(यो गीत तिमीलाई)
कुहिरोभित्र छोपिएको प्यारो आकाशगङ्गा,
तिमीभित्र उड्दै छु म चुँडिएको चङ्गा !

कहाँ पुगी अल्झिन्छ यो काटिएको धागो ?
निभ्ने हो कि ननिभ्ने हो कलेजीको आगो
आज मलाई आफैसँग लागेको छ शङ्का
तिमीभित्र उड्दै छु म चुँडिएको चङ्गा !

 

Continue reading


फुस्रा पात

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

भीरमा उम्रिएको बिरुवा हुँ
फुस्रा पात छन् मेरा !

चिल्ला पात भएका
अग्ला रुखहरू सुन !
समथर मैदानमा उम्रिएका
पारिलो चौतारीमा रोपिएका
आँगनको मठमा पुजिएका
धातुको गमलामा सजिएका
घरको बगैँचामा गोडिएका
मालीको स्याहार पुगेका
तरुण वृक्षहरू सुन !

म त ढुङ्गाको कापमा उम्रिएछु !
उजाड बगरमा उम्रिएछु !

 

Continue reading


‘गाली’

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

संसारलाई गाली गर्दागर्दै
उमेरको आधा फूल सुकेर गयो
भोजप्रसाद काका !
कसरी बिताउनुहुन्छ बाँकी जीवन ?

बिहानै
चराहरुले आरती गाउने
चियादोकानको पुरानो सुकुलमा बसेर
चिर्बिराइरहेका
चराहरुलाई नै गाली गर्नुभयो !
दिउँसो
न्यानो घामका
सप्तरङ्गी किरणहरुको फलैचामा सुतेर
मुस्कुराइरहेको
घामलाई नै गाली गर्नुभयो !

 

 

Continue reading


पुर्खाको आत्मा

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

पण्डित रजनीकान्त शर्मा !
यो घर कसको हो ?

पुर्खाको आत्मालाई सम्झेर
श्रद्धाको फूल चढाउँदा चढाउँदै
पितृको पुण्य स्मृतिमा
आँसुको तर्पण दिँदा दिँदै
बिजुली चम्कियो आकाशमा !

के भयो तिम्रो धरतीमा ?
के भयो मान्छेको बस्तीमा ? –

 

Continue reading


अन्तिम परीक्षाको प्रश्नपत्र

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

तिमी र म
एउटै कक्षाका साथी हौँ
जीवनभर एउटै पुस्तक पढ्यौँ
एउटै गुरुको प्रवचन सुन्यौँ
एउटै स्कुलमा
एउटै बेन्चमा बसेर
हामीले जीवनभर एउटै पाठ घोक्यौँ
पाठको शीर्षक थियो— पैसा !!

जीवनको अन्तिम परीक्षामा
एउटै प्रश्न सोधियो हामीलाई
तर उत्तरहरू
फरक फरक लेखेछौँ हामीले !

 

Continue reading


अन्तिम बेन्चबाट

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

म अन्तिम बेन्चमै बस्छु
गीताञ्जली मिस !
प्लिज मलाई
नउठाउनुहोस् यहाँबाट !
अगाडिको बेन्चमा बसेर त
म केही पनि देख्न सक्दिनँ
कि रित्तो ब्लाक बोर्ड देख्छु
कि तपाईँको जुत्ता मात्र देख्छु !

 

Continue reading


बाँकी बाटो

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

विप्लव ढकाल
असङ्ख्य जूनकीरीहरु निभेको
यो सबभन्दा अँध्यारो कोठा
तिम्रो बाबुको हो,
जहाँ धेरै वर्ष
अन्धकारसँग गीत गाउँदै
उसले सबभन्दा उज्यालो
सपना देखेको थियो !
सहस्र प्वालहरु परेको
यो सबभन्दा पुरानो लुगा पनि
तिम्रो बाबुको हो,
जुन लुगा लगाएर
ऊ रुँदै बजार गएको थियो–

 

Continue reading