चक्रव्यूह !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

आ-आफ्ना काँधमा भिरेका
ठुल्ठुला झोलाहरूमा
घोषणापत्रका नयाँ संस्करणका साथ
परिवर्तनका केही सुन्दर सपना
महझैँ मीठा आश्वासन तथा
अलिकति लज्जा र
अलिकति क्षमायाचनाका
नयाँ प्याकेजहरू बोकेर
घोषित शत्रुहरूप्रति आक्रामक
तर हामीप्रति नतमस्तक बन्दै
हिमाल-पहाड-तराईका
गाउँ-सहरभित्र पस्दैछन्

सुरक्षाका चौघेरासाथ
अब फेरि विदूषकहरू !

 

Continue reading


चुनाव आउँदैछ हजुर !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

वर्षेनी सयौँ बिघा खेत काट्ने नदीमा
यस वर्ष तटबन्ध बन्दैछ,
अझ खुसीको अर्को कुरा
योजनामा परिसक्यो रे-
यस विकट नदीमा
अब पुल पनि बन्दैछ !
घर-घर छाप्रा-छाप्रामा
बिजुली र धारा पुग्दैछ
भोक-रोग र गरीबी अब
पातालभित्र लुक्दैछ !

 

Continue reading


स्मृति-तरङ्ग !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

मसंग हाँस्थिन् प्रणयी तरङ्गमा
पोख्थिन् सधैँ हार्दिकता उमङ्गमा
लुक्थें म खोजेर उनै समाउँथिन्
मेरी पियारी मसँगै रमाउँथिन् !

छाया बनेरै नित साथ धाउँछिन्
छोइन्न त्यो रुप कता हराउँछिन्
उर्ली व्यथाका जब छाल आउँछन्
आँखा भरिन्छन् र सबै भिजाउँछन् !

 

Continue reading


रातारात !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

कसरी यो जंगे खम्बा सर्यो रातारात ?
आफ्नो वास विदेशमा पर्यो रातारात
अघिपछि नेताजीका नाराहरूबाट
उर्लिन्थ्यो त राष्ट्रियता मर्यो रातारात ?

पक्की बाँध सिमानामै उँभ्यो रातारात
घर-छाप्रा, खेती-बाली डुब्यो रातारात
सुनिदैन विरोधको स्वर कतै चर्को
‘ठुले’छेउ स्वाभिमान गुम्यो रातारात ?

 

Continue reading


अनुरोध !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

गुण्डा, मुन्द्रे, डन सब मिली गर्दछन् राजनीति
तोड्ने फोड्ने बल-तुजुकमा बोल्दछन् भाँति-भाँति
नेता-मन्त्रीसँग सहजले जोडिएझैँ गलामा
साखुल्ले भै मन जितिलिने पोख्त छन् यी कलामा !

सानो-ठूलो जुन पनि यहाँ घोषणा होस् चुनाव
या होस् उल्टो सबतिर कुनै आइलागोस् तनाव
आफ्ना मान्छे भनिकन यिनै व्यक्तिको खोज हुन्छ
डुङ्गा टार्ने ‘चतुर’ यिनको रोज नै भोज हुन्छ !

 

Continue reading


श्वान-हनुमान लीला !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

हिजोको सहयोद्धा साथी
सत्ताधारी आज कमाल
तेरो भूत भो दु:स्वप्नझैँ
आज भइस् क्या मालामाल !

ईर्ष्या गर्ने गर्दैरहन्छन्
भोका-नाङ्गा सब बेहाल
रिसले मर्ने मर्दै गर्छन्
जित्नेहरुकै हो नेपाल !

 

Continue reading


हात्ती आयो…..?!

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

कोही दक्षिण छन् र उत्तर कुनै, छन् पश्चगामी पनि
कस्तो यो विपरीत जोड ? कसरी सत्ता चलाऊन् यिनी ?
न्यायाधीश र राजदूत दलकै छानिन्छ बन्डा गरी
आफ्नो राष्ट्रिय स्वाभिमान, गरिमा राख्लान् यिनी के गरी ?

यौटा भन्दछ एकथोक, त्यसको उल्टो अरू भन्दछन्
बाझिन्छन् जब स्वार्थ मित्रहरु नै दुश्शीलझैं बन्दछन्
सत्ताकै चलखेलमा रुमलिई बिर्सिन्छ राम्रा कुरा
त्याग्दै बुद्धि-विवेक हेर कसरी सुर्किन्छ ऊ पाखुरा !

 

Continue reading


जुम्ल्याही छोरी !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

दुइटै छोरी छन् गहुँगोरी
दुइकै एक उचाइ-मान
देह-रूप समान दुवैको
बेग्लै छैन कुनै पहिचान !

यौटै मितिमा दुवैजनाको
भइसकेपछि कन्यादान
पतिका लागि दुवैले केही
राख्नैपर्छ कि भिन्न निसान ?

 

Continue reading


शिक्षकको गन्थन !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

लाग्थ्यो वृद्ध हुँदासम्म सियोको प्वाल देखुँला
तन्नेरीझैँ विनाचस्मा पढुंला, खुब लेखुँला
आँखामा मोतियाबिन्दु, दृष्टि कम्जोर भैगयो
लेख्दा-पढ्दा विनाचस्मा हेर्न गाह्रो हुँदैगयो !

घट्दैगो कानको शक्ति कसरी सुन्नु लौ सब
बोल्दाको ओठ हेरेरै गर्छु अन्दाज मै अब
म भएँ बहिरो भन्दै घोषणा गर्न सक्तिनँ
मैले श्रवणको यन्त्र लाजले भिर्न मान्दिनँ !

 

Continue reading


स्वप्नयात्रा !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

परी हुन् कि हुन् यी कुनै देवकन्या ?
कि मै होसमा छैन, या स्वप्नमा छु ?
म जागै भए सुत्न चाहन्न फेरि
सुतेको भए जान आनन्दमा छु !

अहो, बन्दझैँ छन् दुवै नेत्र मेरा
कि सौन्दर्यको तेजले तिर्मिराए ?
सबै सम्झना मानुँ आकासमाथि
सीतारा बनी चम्किदै झिल्मिलाए !

 

Continue reading


म रोएको शहर

उत्तम लिम्बू

उत्तम लिम्बू

रंग हराएको
श्यामश्वेत जिन्दगीमा
चर्किएको अछ्यर जोड्दै
भत्किएको शब्द टिपेर
हराएको बिम्ब खोज्दै
कविता लेख्नु छ अचेल
म रोएको शहरमा।
झ्याप्प निभ्यो
बल्दै गरेको बल्व
लोडसेटिङमा हराएको
जिन्दगी जस्तै
मधुरो बाल्नु छ मैनबत्ति
हावा भर्नु छ पुरानो स्टोभमा
भोक पकाउनलाई
कोर्नु छ मैन सलाई –

Continue reading


भाव-गीत !

 

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

कतै चित्त मैले दुखाएँ कि तिम्रो
गयौ दूर छोडी त्यसैले मलाई
लिई नाम तिम्रो म बाँची रहेछु
न ता सोध्न आयौ छ कस्तो तँलाई ?
(१)
अझै आँसु झर्दै भिजेका परेली
छ यो रात लामो छ फिक्का जुनेली
जता हेर्छु तिम्रै छ अस्तित्व जस्तो
सधैं पीर भो सम्झना चल्मलाई !
(२)

 

Continue reading


म नेता !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

मेरै प्रवृत्ति हावी छन् जुन क्षेत्र पसे पनि
मेरो चातुर्य उर्लन्छ चाहे भष्म घसे पनि !

मेरो दौलतमा बाँच्छन् माननीय महान्हरु
मेरै आवाजमा बोल्छन् मेरा यी हनुमान्हरू !

भेंडा-बाख्रा किनेजस्तै म सांसद् किन्न सक्दछु
जूठो खाएर फुर्केका को-को छन् भन्न सक्दछु !

 

Continue reading


सहर र मान्छे !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

सारा सहर देखिन्छ आगलागी भएसरि
जता हेर उतै धूवाँ ढाकिएको छ बेसरी !
प्रदूषित नदी-नाला बगेरै ढल फोहर
दुर्गन्ध मलको थुप्रो गल्ली – चोक सबैतिर !
(१)
जसरी छोपिएको छ माटो कंक्रिटले यहाँ
मोटो खोल नओढेको मन त्यो पाउने कहाँ ?
प्रकृति धेर नै टाढा कृत्रिम जिन्दगी यहाँ
सधैँ शुष्क यहाँ मान्छे झुटो छ समवेदना !
(२)

 

Continue reading


मित्र – दुई चित्र !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

प्रथम चित्र
मित्रभन्दा कुनै ठूलो छैन दौलत विश्वमा
यी जादूगर हुन् आँसु बदल्ने मुक्त हास्यमा
सिंढी उत्थानका हुन् यी आशाका तार सुन्दर
सदैव मित्र नै हुन्छ त्यागका लागि तत्पर !

यिनका सामु चिन्तादि न केही टिक्न सक्दछन्
यिनको एक हाँसोमा मनका पीर भाग्दछन्
यिनको स्पर्शले हाम्रा आँखाको अश्रु सुक्दछ
पाएर यिनको साथ पाउमा स्वर्ग झुक्दछ !

 

Continue reading


मान्छे सुतिरहेछ !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

जो शक्तिमान् जन उही त लुटी रहेछ
पुस्तौं पुर्याउन भनेर जुटी रहेछ
खर्दारले पनि करोड गनी रहेछ
‘मै राष्ट्रसेवक महान् हुँ’ भनी रहेछ !

शस्त्रास्त्रमै बजट धेर गुडी रहेछ
मंत्री विदेशतिर हेर उडी रहेछ
पाएर दान सब काम चली रहेछ
डुब्दैछ या कठिन याम टली रहेछ ?

 

Continue reading


रातारात

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

चार बन्धक
कसरी यो जंगे-खम्बा सर्यो रातारात ?
आफ्नो बास विदेशमा पर्यो रातारात !
अघिपछि नेताजीका नाराहरूभित्र
उर्लिन्थ्यो त राष्ट्रियता ! मर्यो रातारात ?
(१)
पक्की बाँध सिमानामै उँभ्यो रातारात,
घर-छाप्रा, खेती-बाली डुब्यो रातारात !
सुनिंदैन विरोधको सोर कतै चर्को
ठुलेछेउ स्वाभिमान गुम्यो रातारात ?
(२)

 

Continue reading


राष्ट्रिय चिन्ता र कवि-कर्म

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

किंकर्तव्यविमूढ हेर जनता खै के गरून् के भनून् ?
के हो राष्ट्रियता ? विधान ? कसरी भोका र नाङ्गा बुझून् ?
आफ्नै फोहर-रासमा सुँगुरझैँ विष्टा उधिन्दै रहून् ?
यस्तै रोग र भोकले कि क्रमशः मारोस् र मर्दै रहून् ?
(१)
कस्को चित्त दुख्यो ? पछाडि कसले फर्केर हेर्यो यहाँ ?
आफ्नो जीवन धान्न बाध्य जनता सन्त्रासमा, द्वन्द्वमा !
नेता बन्छ स्वयम् दलाल, कसरी श्रद्धा गरून् ? के गरून् ?
खै आधार यहाँ ? विचार-भरमा बाँचून् कि तेसै मरून् ?
(२)

 

Continue reading


म र मेरो देश !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

बत्ती बनी झल्मल चेतनामा
माधुर्य थप्दैछु म कल्पनामा
आह्वान गर्दैछु नयाँ बिहानी
हुनेछ ज्योतिर्मय जिन्दगानी !
(१)
माटो सिंगार्ने कुन सूत्र खोजूँ ?
म सिर्जनाको श्रम-सीप रोजूं !
छरें भने पौरख मृत्तिकामा
अवश्य फल्नेछ गरा-गरामा !
(२)

 

Continue reading


“धरतीपुत्र” भित्रको एकअंश ..

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

खडा सैन्यकै जोरमा तख्त-ताज
कहाँ टिक्न सक्ला र यो क्रूर राज !
प्रजातन्त्र छेकेर के छेकिएला ?
बिहानी कसोरी कहाँ रोकिएला ?

कहाँ जेलमा कैद होला विचार ?
सबै तोडिनिस्कन्छ ढोका हजार
सके थुन्न कस्ले कहाँ काल-पन्छी ?
गरी व्यर्थ जिद्दी मिटे राजवंशी !

 

Continue reading