उर्मिला कार्कीका केही मुक्तकहरूः

Urmila, Karki, Chitwan, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

हेर्ने भन्दा बढी कुरा गर्छन् तिम्रा आँखाहरू
धेरै धेरै पिरतीका रङ् छर्छन् तिम्रा आँखाहरू
भोक, तिर्खा दुःख, दर्द, पीडाहरू मेटाएर
इच्छा पूरा नभएमा तर्छन् तिम्रा आँखाहरू।।

भन, तिमी कुन शहरमा हराउँदै छौ ?
कि कतै समुद्रको बगरमा हराउँदै छौ !
म पलपल तिम्रै यादमा तड्पिरहँदा,
तिमी चैं कसैको नजरमा हराउँदै छौ ।

 

Continue reading


उर्मिला पोखरेल का केही मुक्तकहरूः

Urmila, Pokharel, उर्मिला पोखरेल, pallawa,पल्लव

उर्मिला पोखरेल

कस्तो चोर दरिद्र छिमेकी पर्यो सिमना मिच्दैछ,
सँधियारी कै ईर्ष्या गरि बिस्तारै घाँटी थिच्दैछ।
सम्मपन्न छु भनी कुर्लन्थियो मनको भिखारी त्यो;
आफ्नै स्वाभिमान गिराएर चोरेर पो घिच्दैछ।।

भ्रष्टाचारी, सुन तस्करीहरूलाई फाँसी दे सरकार,
राम्रो काम गर्नेलाई पुरस्कार दिदै हाँसी दे सरकार !
असल खराब छुट्याउने गर नबस है स्ट्याच्यु झै
सु-सासन बनार्इ जनता सँग प्रीति गाँसी दे सरकार !!

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

मादलुले संगितलार्इ नै राम्रो बनाउँछ
नारीलार्इ गाजलले नै सुन्दर जनाउँछ ।

निराशिलो मनमुटु निकै पीडा भर्इ दिंदा
सम्झाउने साथीभए दिललार्इ मनाउँछ ।

जिन्दगीमा सफल पाइला चालीराख्न पर्छ
समयले साथ दिए जीवन दन–दनाउँछ ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

सबै भन्दा ठुलो हुन नखोज
हिरा मोती अघि सुन नखोज ।

समय एकै नास कहाँ हुन सक्छ
औंशीको रातमा जुन नखोज ।

दु:ख सु:ख जिन्दगीमा हुन्छ नै
बासुरीको धुनमा रुन नखोज ।

 

Continue reading


नजाऊ विदेश

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

नजाऊ है छोरा विदेश आमालाई छौडेर
कसरी बस्नु घरमा हेर मन रुन्छ धर्केर
आमालाई रुवाइ जान्छौं नौ डाँडा काटेर
सागर सिँस्नु खाएर बस्नु माया–सख काटेर ।

दु:ख सु:ख एक आपसमा बाडेर
साहुकौ ऋण तिर्नु छ आमा
म जान्छु धन कमाउन विदेशमा
कमाइ ऋण साहुलाइ तिरौँला ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

आयो दशैँ उत्साह र उमँगको साथ लिएर
सबको घर आँगनमा खुसिको बात लिएर ।

धनी गरिब सबै ले समान रुपले मनाउँ
कहिल्यै नआओस् दु:ख पिडाको घात लिएर ।

निधारमा रातोटीका शिरमा जमरा लाउँदै
खुसी भएर बा-आमाको आर्शिवद लिएर ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

तिम्रो गाउँ हेर्नलाइ धाएर आउँदैछु
तिम्रो नाउँमा गीत गाएर आउँदैछु ।

भौगोलिक दुरि धेरै टाडा भए पनि
त्यो बाचा कसम खाएर आउँदैछु ।

हिजो सम्म स्थान थिएन मायामा
आज तिम्रो माया पाएर आउँदैछु ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

गरीबी मनको पीडा कस्ले बुझ्छ बेथा
एक छाक्क केले टारुँ भन्छ घर्मा जेठा ।

काले गोरे भुन्टे अनि भुन्टि रुँदा पनि
खानु लाउनु के नै छर छैन कुनै जेथा ।

आँङ्मा छ फाट्या धरो भोकले खालीपेट
कति कति पिर मनमा अरुलाई के था ?

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरू

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

दुःख पर्दाको जिन्दगीमा राहात पाएँ
कहिल्यै नभुलले मायाको खात पाएँ
मेरा लागि त्यहाँ बिरानो शहर थियो
त्यतिबेला मैले सहाराको हात पाएँ ।।

तिज आयो भन्दै मा तड्भड्क नदेखाउ नारी हो
आफ्नो सँस्कृती र परम्परा लाइ जोगाउ नारी हो
लाउने खाने रमाउने सबै सबैको रहर हुन्छ
दिदि बैनी साथी सँगीनी सँग रमाउ नारी हो !!

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

भावनात्मक नाता हाम्रो कहिले फुट्ने छैन
जस्तै हुरी वतास अायोस् तर छुट्ने छैन ।

आत्मीयताको न्यानोमाया सधैँ रहिरहोस
भौगोलिक टाढादुरी जे भएनी टुट्ने छैन ।

छातीभित्र तिम्रोखुसि लुकाएर राखेकी छु
हुन्छुसधैँ समीपमा अन्तकतै जुट्ने छैन ।

 

Continue reading


उर्मिला कार्कीका मुक्तक

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

कहिले याद कहिले तस्बिर हुन्छ जीवनमा
कहिले खुसि कहिले पिर हुन्छ जीवनमा
अनौठो नियम बनाएको छ विधाताले
जे हुने हो त्यस्तै तक्दिर हुन्छ जीवनमा ।।

मान्छे लाई धन सम्पत्ती नभए पनि
मागेको र चाहेको जत्ती नभए पनि
मायाको कमि त महसुस भैइरहन्छ
कुनछ कुराको अभाव कत्ती नभए पनि ।।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

कति सम्झि राख्छौं अतित् का पलहरू
सक्छौ भने पिलाउ अमृतमय जलहरू ।

रुपैयाँ पैसाले किनेको मान्छे त हैन नि म
खबरदार चाहिदैन धनका ती महलहरू ।

आफ्नो निम्ति चिनाउनेछु ईमान्दार बनी
देखि सके मैले पनि चुरि फुरि र बलहरू ।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

अदृश्य भै तिमीबाट अन्तै सर्न बाँकी छ
तिम्रो मेरो हिसाब किताब गर्न बाँकी छ ।

आफ्नै मुटु सम्झिए र साथ दिएको थिए
धेरै माया गरे मैले अब हर्न बाँकी छ ।

बोलाउँदा तर्किँदै अन्तै गयौं बाङ्गिएर
एक्लै भए नि महासागर तर्न बाँकी छ ।

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरू

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

आजभोली मठ् मन्दिर धाउन थाले कि छु
हरि भजन पनि मैले गाउन थाले कि छु,
अब पालो म’ र हजुर सँगै बसी गाँउने
भगवानको आशिर्वाद पाउन थाले कि छु ।।

पाईला अघि चाली सके छेक्न नखोज
बन्न देउ सच्चा नारी रेट्न नखोज
म हिड्ने बाटोमा कि छर्छौँ काँडाहरू
पन्छाउन खोज बरु टेक्न नखोज ।।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

पिजडामा थुनेको पन्छी जस्तै भा’को छु
छाती भित्रै विरहको गीत गा’को छु ।

घर भित्रै सिमित हुनु पर्छ अरे नारी
त्यसैले त गुन्यु चोली फरिया ला’को छु ।

एक्काइसौँ शताब्दीमा रूढीवदी कुरा
जस्तो मिल्छ गाउँघरमा मीठो खा’को छु ।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

आज भोली तिम्रो यादले ज्यान सुकेको छ
यो मुटु भित्र हेर कालू प्यार लुकेकेा छ ।

समयको खेलमा तिमी भयौ धेरै टाढा
भेट हुन नपाउँदा भित्री मन भुटेको छ ।

घरकुरी बसेकी छु सधैँ तिम्रो यादमा
गाउँ–घर चौतर्फी तिम्रो कुरा फुकेको छ ।

 

Continue reading


१६ अक्षेरीय गजल 

Urmila, Koirala, Aansu, Kanhre, उर्मिला कोइराला ‘अाँशु’ , pallawa, पल्लव

, उर्मिला कोइराला ‘अाँशु’

मान्छेहरु प्रेम त्यागेर सम्पन्नता खोज्दैछन्
सत्यलाई अस्वीकार गरि अन्धता खोज्दैछन् ।

लाखौं हण्डर र लाखौं खानेहरुसँग पनि
किन हो अनुभव छाडेर योग्यता खोज्दैछन् ।

म आफैंलाई काटेर रातो रगत देखाउछु
उनीहरु अझै जातमा भिन्नता खोज्दैछन्

 

Continue reading


गजल सवाई छन्दमा

Urmila, Koirala, Aansu, Kanhre, उर्मिला कोइराला ‘अाँशु’ , pallawa, पल्लव

, उर्मिला कोइराला ‘अाँशु’

सम्झिएर अझैपनि मन किन रुन्छ
भनिदेन ए चाँदनी मन किन रुन्छ ।

बर्षौ भयो अझैपनि छैन कुनै खबर
औंला भाँच्दै दिन गनि मन किन रुन्छ ।

दिन बित्छ जति याद बल्झिदिन्छ उति
भित्रभित्रै व्यथा बनि मन किन रुन्छ ।

 

Continue reading


छन्दात्मक– गजल

Urmila, Koirala,  उर्मिला कोइराला ‘आँशु’, pallawa, पल्लव

उर्मिला कोइराला ‘आँशु’

सम्झना मेरी आमाको
माया चटक्क मारेर कहाँ गयौ नि निष्ठुरी ?
संसारै रिक्त पारेर कहाँ गयौ नि निष्ठुरी ?

निशाले ढाकियो आमा ! यादमात्रै निशान छन्
जिन्दगीदेखि हारेर कहाँ गयौ नि निष्ठुरी ?

जन्मिए यहि धर्तीमा भन्थ्यौ यहिं रमाउछु
कठै ! रहर टारेर कहाँ गयौ नि निष्ठुरी ?

 

Continue reading