‘तराईको दशै’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

तराईको रमझममा
दशै मनाइयो
दुर्गा मन्दिरमा
रातभर बजाउने
माइकले
निन्द्रा भगायो

दुर्गा देविको कानमा
पुग्ने गरि सुनाउनु
पर्ने रे
आकाश सम्म
आवाज पुगि
घुम्नु पर्ने रे

 

Continue reading


‘पक्कै पनि आउँला !!‘

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

आउँला प्रिय तिम्रो गाउँको
चिसो पानी पिउन
ती भिरपाखा सँगसँगैँ
रमार्इ रमार्इ घुम्न
देउरालीको चौतारीमा
सित्तल पनि खाउँला
वर पिपललाई साँक्षी राखी
माया प्रितिलाउँला
कलकल बग्ने ती छाँगा
सगैँ गित हामी गाउँला–

 

Continue reading


वडा दशैँ

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

‎नेपालीको घर आगनमा
वडा दशै आयो
हर्ष खुशी उमंगले
आन्नदनै छायो
बजार भरी क्रेताहरू
भरी भराउ भाछ्न
घर घरमा पुर्याउनलाई
गाडीहरू गाछन
शहरको भारी बस्ती
रितिदै गाको छ
रित्तो गाउँ पनि आज
भरिदै गाको छ ।

 

Continue reading


‘असुरक्षित छोरीचेली’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

दुखको यो भुमरिभित्र
यी छोरीचेली घुम्दछन
बुहारीको रुपमा पनि अपमान
यिनै छोरी चेलीले भोग्दछन

नटेक्दै धर्तीमा पनि नजन्मियोस
छोरी भन्दै प्रथाना भगवानसग गर्दछन
बिबुवा भइ भने अल्छिनिले
श्रीमान खाइ भन्दछन

 

Continue reading


‘सभ्य बनौ’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

बिच सडक बढारेर के गर्नु
बिच सडकको फोहोरलाई
छेउ छाउमा फ्याँकिन्छ
सडक सफा भएर के गर्नु
छेउछाउको दुर्गन्ध त सबै
तिर आर्इ दिन्छ

हे कुकुर पाल्ने माहानुभावहरू हो
अर्काको गेटमा कुकुर लगेर किन
फोहोर बिसर्जन गराइन्छ
आफूलार्इ नै घिनलाग्छ भने
अरुलार्इ तिमिहरूको कुकूरको
फोहोर किन सोह्रोरार्इछ ।

 

Continue reading


‘पोखिएका मनका भावनाहरू !!!’

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

अथक प्रयासको वाबजुद
तिम्रो सुन्दर छवि
हटाउन नसक्नु हृदयको कुनाबाट,
के
यो कमजोरी हो र ??
मेरो ??
तिम्रा मिठा लान्छनाहरुको तीखा भालालाई
गरिदिएकी छु,
आफ्नो मुटुको वारपार
नपत्त्याए हेर !
मेरो सानो पुलापुलिएको हृदय
छियाछिया भएको !

 

Continue reading


“उन्मुक्ति”

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

तिम्रो क्रुरता र बर्बरता
मेरो यो कोमल देहले
कति दिन झेल्न सक्ला र ???
आक्रमणको पनि हुन्छ होला नि,
निश्चित परिधी !
कहिले हृदय कहिले आत्मा
त कहिले सिधै मुटुमा !!!
तिम्रो खुशीमा मात्र खुशी हुनुपर्ने
बाध्यता हो की??
या हो नियम कानुन ??
मेरो पनि त होलान नि तिम्रै झैं
इच्छा आकांक्षा र रहरहरू !

 

Continue reading


‘औद्योगिक नगर’

Uma,, Kanta, Acharya, उमाकान्त आचार्य, pallawa, पल्लव

उमाकान्त आचार्य

हिंग बाँधेको टालोझैँ
आफ्नै पौरखको कात्रो ओडेर
राप्ती किनारमा फालिएको
बेवारिसे लासझैं
क्षतविक्षत कपडा उद्योग
उपहासको हाँसो हाँस्दै छ
मेरो देशको सुन्दर औद्योगिक नगरी
हेटौंडाको सौन्दैर्य देखेर ।

घिउ नपचेको खुइले कुकुरझैँ
नपाएर उपचार समयमा
मरणासन्न छ छेरौटीले
वर्षौंदेखि लम्पसार
हेटौंडा वनस्पति घिउ उद्योग ।

 

Continue reading


उमा कार्की का कविता दुर्इटुक्रा

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

१) हे समय !
आइजो,
तँ र म युद्द गरौँ।
हात्ती घोडा बम बारुदको भण्डार लिएर तँ आइजो,
म निहत्था आउँछु।
म सँग त मेरो आत्मासम्मान र सत्य मात्र छ,
हो युद्ध गरौँ,
हेर्नू छ मलाई
तेरो विजय होला कि मेरो !
सकेको तँ गर
सकेको म पनि त गर्छु,
युद्ध मैदानबाट पिठ्ठ्युँ फर्काएर भाग्न मैले मेरो संस्कारबाट सिकेको छैन

 

Continue reading


गजल

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

मिठा मिठा सपनीमा तिमी आउनु है !
रहस्य छ मेरो मनमा पत्ता लाउनु है !!

थाक्दैनन् यी नयनहरू जति हेरे पनि !
मेरो निम्तो नजरबाटै थाहा पाउनु है !!

कस्तो बानी बसाइदियौ आजभोलि तिमीले !
आँखाभरि प्रतिबिम्ब बनी छाउनु है !!

 

Continue reading


स्खलित मन

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

हरेक रात
दासीझैँ
सुमसुम्याएर उसको शरीर
तताएर उसैको प्रिय ओछ्यान
हर रात
दासत्व स्विकार्दै छ
धेरै उथलपुथल पश्चात
आफ्नो दस्तावेज पल्टाउँदैछ
आधाआकाश
अस्थिपञ्जरहरुको कारखानामा
टिल्पिलाएको ममबत्तीको उज्यालोमा
भयंकर प्रतिबिम्ब देखेछ,

 

Continue reading


‘खै जन्मने अधिकार‘

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

सेतो तन्ना ओछ्याएर
कुमारीत्वको परीक्षण गरिरहेछन्
मध्ययुगीन सोचहरू
हरेक पटक होमिरहेछन् सीताहरूलाई
बलिरहेको जिन्दगीको आगोमा
अनि
बाध्य पारिरहेछन् नारीहरूलाई
समाजको कठघरामा बस्न !
खरो उत्रिनु पर्दैन र
पुरुषले पनि
जिन्दगीका कैयौं कठोर परीक्षाहरूमा !
तर किन हरेक युगमा
लघारिन्छन् मर्यादा जोगाउन
गर्भिणी सीताहरू नै
अहंका खाडल पुरिदिन
चिरहरण हुन्छ केवल द्रौपदीको नै–

 

Continue reading


पराकाष्ठामा हिंसा !!!

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

सहिरह्यौं हजारौं बर्ष
निहुरिएर तिम्रो शक्तिको सामु
उद्दण्ड भएर तिमी
गरिरह्यौ ताण्डब नृत्य
सहिरहें मैले चुपचाप !
अति भएन र अब मेरो निहुराइ !!
आकाश देखि दविएर म
बिलिन नहुँदासम्म धर्तिमा
सागरको गहिराई नाप्दै छन्
असीम नीलाम्य भएर
तिम्रो हेपाइहरुले ।

 

Continue reading


१४ अक्षरीय गजल

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

मिठा मिठा सपनीमा तिमी आउनु है !
रहस्य छ मेरो मन्मा पत्ता लाउनु है !!

थाक्दैनन् यी नैनहरू जति हेरे पनि !
मेरो निम्तो नजरबाटै थाहा पाउनु है !!

तिर्खाएर बसेको छु आज भोलि साह्रै !
आँखा भरि प्रतिबिम्ब बनी छाउनु है !!

 

Continue reading


आऊ, एक चिहान खनौं !

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

प्रारम्भ हो,
जिन्दगीका लागि
केवल एक भ्रुण
आफैसित संघर्ष गर्दै
महिनौसम्म युद्धरत,
जब आउँछ छालसँगै,
खुला आकाशमुनि,
बन्धन लेखाएरै हो कि ?
उम्रिन थाल्छ, दुर्भाग्य ! उसको ललाटमै
क्रोधित संस्कार छ,
एकातिर
क्रोधित बंशजको अधिकार,अर्कातिर
लाचार पिताको सत्ता,
हरेक समय एक एक जीवन हर्छ यहाँ !

Continue reading


मेरो मनको क्यानभासमा !!

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

उतारिरहेछु
मेरो मनको क्यानभासमा
एउटा धूमिल आकृति
आकाशको शून्यतामुनि
देखिरहेछु एउटा अमूर्त चित्र
त्यो क्यानभासबाट उदाउँदै गरेको
कुँदिएका छन् यही चित्रभित्र
हजारौं पीडाहरु
करोडौं चीत्कारहरु
कुण्ठित भएर
बर्सौंदेखि दासत्वमुक्त हुने इच्छाहरु
दमित भएर
बर्सौंदेखि उन्मुक्त हुने कामनाहरु–

 

Continue reading


धत!!!

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

प्रतीक्षामा कुर्दा कुर्दा
तिम्रै आगमनको
अत्यास लागेका पलहरु,
कसरी बताउँ,
हुँदैछु बिरामी झैं ।
खप्नै नसकिने
एक पलको दुरी पनि
गर्र्यौ कस्तो टुनामुना तिमीले
धत !!!!!!!!!

 

Continue reading


‘तिमीलार्इ’

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

बर्षिएर श्रावण झरी,
पलाउँछ नवीन पालुवा,
अनि
चढ्दै लहराउँदै,
लहराहरु आफ्नो गतिमा,
चढ्दै, टेको
अनि
थाँक्रोहरुमा,

आकासिन्छ, लहराहरुले—

 

Continue reading


उमा दाहाल ‘वत्स’का मुक्तक

Uma, Batsa, उमा वत्स , pallawa, पल्लव

उमा वत्स

द्यौरालीको वरपिपललार्इ इश्वर मानेकी छु
उनकै साहारामा तिमीलार्इ आफ्नो ठानेको छु I
यदि हाम्रो माया माथी डाहा गर्यौ भने
यादराख भगवान तिमीलार्इ मैले जानेकी छु II

जति सम्झ्यो उति नै चित्त दुख्छ के सम्झाउँछौ?
जो हुनु मेरो भैसक्यो अव के नै दया दर्साउँछौ ?
केही भनूँ अब म मित्रजी! तिमी सधैँ रोए हुन्छ
दिल भित्र लागेको घाउ दुखाएर हँसाउँछौ ! ??

 

Continue reading


बसेर

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

मौनताको संघारमा
उबाउन मन छ
एक अन्जुली तिम्रो मुस्कान,
अनि
राखेर सुकुमार हत्केलामा
तिम्रै आँखाबाट झरेको परेली
उडाइदिन मन छ,
बेहिसाब!!!!
पूर्ण जिन्दगीको आह्वानमा !!!
अनुपम अनुराग,
अन्तरंग अभीप्सा,—

 

Continue reading