शिव त्रिपाठी का केही मुक्तकहरूः

Shiva, Tripathi, शिव त्रिपाठी, pallawa, पल्लव,

शिव त्रिपाठी

मुक्तक- १,
चितामा अवश्यै जलेको म हुन्छु
सबै लास जस्तै ढलेको म हुन्छु
तिमी सक्दछ्याै प्रेमको रागसुन्नु
लिदै नाम तिम्रो बलेको म हुन्छु ।

मुक्तक- २,
लेख हे कवि हे कवयित्री वाचन म गरूँ
कविता, गीत, गजल का सारा बगैंचा म चरूँ
म गर्न सकूँ आदर, सम्मान र श्रद्धा स्रष्टा को
तिम्रा सिर्जना मा मीठा लय र स्वर म भरूँ ।

 

Continue reading


देवी त्रिपाठी कान्छी का केही मुक्तक हरूः

Devee, Tripathi, DT Kanchhi, Pokhara, देवी त्रिपाठी कान्छी, pallawa,पल्लव

देवी त्रिपाठी कान्छी

मुटुमाथि ढुङ्गा छ नै, ढुङ्गामाथि आफू
कस्तो धनी बन्नुपर्ने हो बुङ्गामाथि आफु
जिन्दगीको तालतलैया तर्न सक्छु कि नाइ??
अरु कोहिको जिन्दगीको डुङ्गामाथि आफू ।

पहिलाप्रथम आफू पनि सुल्टिएर हेर
जन्ताका पिर जन्तासितै गुजुल्टिएर हेर
यस अघिका सारा कुरा उल्ट्याउदै जाने भए
आफ्ना पनि काम कार्वाही उल्टिएर हेर ।

 

Continue reading


शिव त्रिपाठी का केही मुक्तकहरूः

जिन्दगी का दशैं, तिहार आऊन् तीज, होली
देख्न सकूँ तिम्लाई खुशी आज भन्दा भोलि
उल्लास र उमंग ले साथ दिऊन् सधैं
उत्साह को बगी रहोस् निरन्तर खोली ।।

मायाको पहिलो साल मीठा मीठा संवाद गर्यौ
दोस्रो साल खै के भो खालि वाद विवाद गर्यौ
तेस्रो साल मैले यत्ति भनेँ’ हामी सम्बन्धित थियौँ ‘
गज्जब छ बा! तिमी ले त्यस को पनि प्रतिवाद गर्यौ ।

 

Continue reading


देवी त्रिपाठी का केही मुक्तकहरूः

Devee, Tripathi, DT Kanchhi, Pokhara, देवी त्रिपाठी, pallawa,पल्लव

देवी त्रिपाठी

मनले मनलाई नै बेस्सरी अँचेट्ला विश्वसै थिएन
कसैको यादले यतिबिधी लखेट्ला विश्वासै थिएन ।
जे जे हुदैछ अफसोच अफसोच हुँदैछ त्यही कुराले
कोमल फूलको धारले मुटुमै रेट्ला विश्वासै थिएन ।

तिम्रै गीतलेख्न यो मन कापी बनेको छ
जिन्दगीको ताला खोल्ने चापी बनेको छ ।
सोचिरहन्छ तिम्रै बारे, कुरा उल्टोसुल्टो
मात्रतिम्रै लागि यो मन पापी बनेको छ ।

 

Continue reading


गजल

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

कुल देवता भाकेर, जन्माएको छोरोले
स्वस्थानी व्रत राखेर, जन्माएको छोरोले ।

बोका भाकल गरी, मुली थानीलार्इ,
लाख बत्ती बालेर, जन्माएको छोरोले ।

सप्त क्न्या छोरी पछि, छोराको रहरमा,
ज्यानको आशै मारेर, जन्माएको छोरोले ।

 

Continue reading


मन्जु सिल्वाल ‘त्रिपाठी’ का मुक्तक

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

लुकिलुकी चोरिचोरी, कर्के नजर ला’उनेलाई
मोहनीले बाधमकी, पछिपछी धाउनेलाई ।
लैजा चरी खबर छोड, मै पनि मन पराउँछु,
गोरो गोरो गालामा, चट्ट दाह्री सजाउनेलाई ।।

ख्याल ख्याल गर्दागर्दै, उतै मन सर्या थ्यो
मैले जस्तै उस्लेपनि, धेरै माया गर्या थ्यो ।
बाबाको इज्जतलाई, दिए प्रेमको बलिदान,
आफुलाई त! उहीँ, दाह्रीवाला मन पर्या थ्यो ।।

 

Continue reading


मन्जु सिल्वाल ‘त्रिपाठी’का केही मुक्तकीय टुक्राहरूः

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

सकिएन सहन, नशानशा गल्छ हजुर
हजुरको यो मौनताले, मुटु जल्छ हजुर।
कमजोरी हैन हजुर, शक्ति बनी दिनुस्,
लर्खराई बिस्वासका,आस्थाहरू ढल्छ हजुर ।।

याद बोक्ने बाटोहरू मै, बारी दिउँला !
हास्नु तिमी आँसुजति मैँ, झारी दिउँला !
बनेहुन्छ शिकारी, बिछ्याउ धोकाको पाँसो,
जीत! जीत! जीत! तिमी मैँ, हारी दिउँला !

 

Continue reading


गजल

Devee, Tripathi, DT Kanchhi, देवी त्रिपाठी, pallawa, पल्लव

देवी त्रिपाठी

मस्त नै छ दुनियाँ आफन्त र यार बेचेर
खै क-कस्ले चाहिँ के के किने प्यार बेचेर

दाम र नाम कमाउने लोभमै छन् सन्तान
बा-आमालाई बृध्दाश्रमको उपकार बेचेर

यो देशको धन सब्बै उसैले कुम्ल्याएको छ
चाहे चट्पट्, पानीपुरी होस् या अचार बेचेर

 

Continue reading


गजल

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

महल भन्दा झुपडीमा सुतेको रात मीठो,
चौरासी बेञ्जन भन्दा घरको भात मिठो।

बाध्यताले भौतारिदै जो जहाँ पुगेपनी,
आफ्नो गाउँ अनि पखेराको साथ मीठो।

ती बिदेशी महँगा फलफुल भन्दा बढी,
कन्दमुल अनि यस्ता फलको जात मीठो।

 

Continue reading


धर्ती हेर्छु धर्ती उस्तै छ,

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

धर्ती हेर्छु धर्ती उस्तै छ,
आकाश हेर्छु आकाश झन दुरुस्तै छ,
फेरियो त केबल मान्छेको सोच फेरियो,
मान्छेको उमेर फेरियो,
मान्छेको रुप फेरियो,
जवानी पनि हिजो भन्दा फरक छ।

प्रकृतिका नियमहरु उस्तै छन,
आफ्ना कर्तव्यहरु पट्क्कै भुलेका छैनन,
हिजो दुई रुपैयाको कुरा गर्नेहरु नै,
आज लाखौंको कुरा गर्दै छन,
मान्छेका सोचाइहरु फेरियो,
सपनाहरुले आकाश चुम्न लागिसके।

 

Continue reading


“आउ साथी”

Saurav, Tripathi, सौरभ त्रिपाठी, pallawa, पल्लव

सौरभ त्रिपाठी

हामी गरिबका लागि हौ
असाहाय र असक्तका लागि हौ
आउ साथी,अब जाग्नु पर्छ
हेर गाउमा सामन्ति र शोसक,
अझ अन्त्य भएको छैन,
गरिबले गाँस पाएका छैनन्,
सेबक र सहयोगि हातहरुले
बाँस पाएका छैनन्
हो साथी हामी जुट्नुपर्छ
गरिबका घरमा आगो बल्नुपर्छ
तिनका बालबच्चाले शिक्षा पाउनुपर्छ
अब सुतेर हुदैन आउ साथी हामी उठ्नुपर्छ–

 

Continue reading


रोशन त्रिपाठीका तीन गजल

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

गजल– १,
जिन्दगीमा एकचोटी जवानी सबैको हुन्छ,
मिठो र अबिस्मरणीय कहानी सबैको हुन्छ।

सके राम्रो काम गर नराम्रो कदापी गर्दै नगर,
राम्रा काम गरे मरेपछि सलामी सबैको हुन्छ।

गर्नेले हितकारी काम गर्लान फल पाउलान,
गलत काम गरे आत्माग्लानी सबैको हुन्छ।

 

Continue reading


रोशन त्रिपाठीका जोर गजलः

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

गजल– १,
हे चेली बिस्वास बुझेर गर्नु तल झार्नेहरू धेरै हुन्छ्न,
किनारैमा बसि लत्याइ खोला तार्नेहरू धेरै हुन्छ्न।

अनुहार हेरेर यहाँ चरित्र बुझ्न सकिन्न कसैको,
गोप्य कुरा नदिनु कसैलार्इ नाङ्गो पार्नेहरू धेरै हुन्छ्न।

फेसबुकका यकान्टहरू होसियार भै चलाउनु है,
इज्जतमा दाग लगाइ दोष थुपार्नेहरू धेरै हुन्छन,

 

Continue reading


कान्छीका भट्टीहरु सुकेका छन्

Saurav, Tripathi, सौरभ त्रिपाठी, pallawa, पल्लव

सौरभ त्रिपाठी

हामी नहुनाले कान्छीका भट्टीहरु सुकेका छन्
कान्छीका लाला वालाहरु माम माम भन्दै चिच्याईरहेका छन्
घरवाला कोठाभाडा
स्कुलको बिल
बिचरि कान्छी,एक्लै घुक्क घुक्क
रोइरहेछिन्
तर,
कस्ले सुनिदिने कान्छीका बेदनाहरु
मुस्कान भित्रमका ती पिडाहरु
बिवसताहरु,बाध्यताहरु

हैन साथि आज संगै लाग्ने हैनर कान्छीको भट्टीतिर???

मलाई माफ गरिदेउ नेपाल आमा
तिम्रा सुन फल्ने भुमिहरुमा
मैले लसुन फलाउन सकिन–

 

Continue reading


रोशन त्रिपाठीका दुइ टुक्राः

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

१) गीति कविताः मेरो गाउँ…
सपनाहरू बोकेर गए बिदेश सिके धेरै पाठ,
पलपल सम्झन्छु आसपास मेरै सलाङघाट।

बाध्यताले गाउँ छोडी म प्रदेशी भए पनि,
भुल्या छैन मातृभुमी देशै छोडी गए पनि।

त्रिशुली ले सुसाउदै मेरो नाम लिन्छ होला,
बन जंगल पखेराले मेरै आभास दिन्छ होला।

 

Continue reading


रोशन त्रिपाठीका जोर गजलः

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

गजल– १,
भाग्यले जहाँ पुगेपनी सम्झनामा रुन्छौ होला,
रातै भरी रुदै रुदै आसुले सिरानी धुन्छौ होला।

रात पछि दिन आयो, दिन पछि रात फेरि,
खुसीहरू आउला भन्दै सपनाहरू उन्छौ होला।

मेरो नाममा धुप बत्ती मन्दिरहरू पुज्दै पुज्दै,
भगवान लाई धिक्कारेर मुर्तीहरू छुन्छौ होला।

 

Continue reading


रोशन त्रिपाठीका मुक्तकहरू

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

यहि हो नीति नियम ढल्नै पर्छ एकदिन,
चितामाथी आफ्नै लास बल्नै पर्छ एकदिन।
रोउन हासुन भोज मोज मस्ती जे गरून्,
सारा दुनियाँको आँखा छ्ल्नै पर्छ एकदिन।

मेरा सपना उडाइ लाने हुरि नबन्नु,
धार बिनाको मुटु काट्ने छुरी नबन्नु।
समयलाई छलाङ मार्नु मुर्खता हुनेछ,
माना बाट सुरु हुन्छ तर मुरि नबन्नु।

 

Continue reading


रोशन त्रिपाठीका केही मुक्तकहरूः

Roshan, Tripathi, रोशन त्रिपाठी, pallawa, पल्लव

रोशन त्रिपाठी

भन्छु आज मनको कुरा सुन्छौ या सुन्दिनौ,
सयौ जुनि मेरै मान्छे हुन्छौ या हुदिनौ।
जिन्दगीको कुनै मोड्मा रुनु पर्यो भने पनि,
संगै बसि आँसु झार्दै परेली धुन्छौ या धुदिनौ।

पाइला पाइलामा हार भए पछि,
रुनु कि हास्नु दोधार भए पछि।
आशाहरू निराशामा बदलिदो रैछ,
जीउदै अन्तिम संस्कार भए पछि।

 

Continue reading


मञ्जुका केही मुक्तकः

Manju , Tripathi, मञ्जु त्रिपाठी, pallawa, पल्लव

मञ्जु त्रिपाठी

सै राम्रो मान्छे कति मिठो बोली तिम्रो
सङ्गै तर्न पाए हुन्थ्यो पिरतिको खोली तिम्रो
आँखाको नानीमा बसि मुटु छुने मान्छे तिमि
भाग्यमानी हुन्थ्ये होला लगाउन पाए चोली तिम्रो

हाम्रो माया साचो रहोस दुनियाँको हासो नबनोस
उपहारहरु चिनो रहुन फिर्ता दिने नासो नबनोस
हातै भरी छिनछिन चुरा सिन्दुर टीका पोते
रक्षा कवज सरि रहुन गले पासो नबनोस

 

 

Continue reading


भूकम्प

Chhandika, Tripathi , छन्दिका घिमिरे, pallawa , पल्लव

छन्दिका घिमिरे

(सन्दर्भ राष्ट्रिय भुकम्प सुरक्षा दिवस)
अहो के भो यस्तो धरमर भयो मानव जुनी ।
छिर्यो आयो चम्क्यो प्रकृति बलियो तागत बुनी ।
अहो कस्तो कालो नियत विधि भूकम्प हुन गो ।
सजाएका सारा सुसफल कला नासिन गयो ।।

नभोगी साँचेका धन जति सबै शीघ्र पुरिए ।
युवा, वृध्दा, बाला, पुरुष, महिला सज्जन गए ।
बने कैयौं मान्छे अबल, टुहुरा, घायल बरा ।
दया, माया, श्रध्दा सकल तिनमा राख न धरा ।।

 

Continue reading