गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

कयौं यात्रा हारमा छन् कदरको
बनाए दोषी म आफ्नै नजरको

बरू सजिलै मर्छु `डर लाग्छ डरको´
भरोसा होला नहोला सफरको

जलाऊ टुक्रा परेको छ आशा ,
तिमी आफ्न‍ो सोच्नु छानो छ खरको

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

उता आज दानव मदन भैसक्यो
यता बालुवा झैँ यि मन भैसक्यो ।

गयो निष्ठुरीले मुटु यो चुँडी
हिजो आज साथी कफन भैसक्यो ।

जहाँ बालुवाको महल भो किन
ति देखावटी सब चलन भैसक्यो ।

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

सबै छन् खुशी आज नौलो पनाले
खुशी शान्तिका साथमा दीप बाले ।

नयाँ बर्ष आयो सबैको खुशी भो
दिएका थिए साथ धेरै जनाले ।

चलेकै छ यो जिन्दगी आज सादा
सतायो मलाई यहाँ सम्झनाले ।

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

सधै त्यो चाँदनी हेर्दै बित्छ जीवन
यहाँ हाम्रो खुशी हेर्दै बित्छ जीवन

कतै रोए, कतै हाँसे, जिन्दगीमा
सुनौलो पीरती हेर्दै बित्छ जीवन

गुनासो थ्यो तिमीलाई भन्नु धेरै
उही तिम्रो घडी हेर्दै बित्छ जीवन

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

तिम्रो र मेरो सम्बन्ध हो त्यो एैना र छाँया जस्तो मिलेको
मान्छेहरूले भन्लान् छ राम्रो जोडी परेवा जस्तो मिलेको

लेख्छौँ सुनौलो हाम्रो कहानी यस्तो मसीले संसार झुक्छ
राम्रो छ फेवा त्यो तालमा झैँ पानी र ढुङ्गा जस्तो मिलेको

छोपेर राखे त्यो जिन्दगीमा हाम्रो सुनौलो माया तिमीले
यो चन्द्रमा हो त्यो घाम हो है आकाश तारा जस्तो मिलेको

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

भएको छु बेहाल नजर ती जुधेर
बढेको छ धड्कन अधर ती जुधेर

जवानी थियो फूल ! सुनौलो बिहानी
लुछे देह मेरो शहर ती जुधेर ।

भयो दुःख माथी झनै दुःख पीडा
यहाँ अाज हाम्रो असर ती जुधेर

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

भएको छु बेहाल नजर ती जुधेर
बढेको छ धड्कन अधर ती जुधेर

जवानी थियो फूल ! सुनौलो बिहानी
लुछे देह मेरो शहर ती जुधेर ।

भयो दुःख माथी झनै दुःख पीडा
यहाँ आज हाम्रो असर ती जुधेर ।

 

Continue reading


बहरबद्ध गजल

छु लेख्दै बहरमा गजल यो
छ चर्चा सहरमा गजल यो

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

पुरानो नयाँ के फरक छ ?
छ लेख्ने रहरमा गजल यो

उज्यालो हुँने भो बिहानी
पिएको जहरमा गजल यो

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

रोएर आफ्नो जिन्दगी खोज्दै यहाँ बित्ने भयो
कालो छ मान्छे चाँदनी खोज्दै यहाँ बित्ने भयो

लेखे छ कस्तो भाग्य ती खोज्दै यहाँ बित्ने भयो
अन्धो छ मान्छे त्यो सखी खोज्दै यहाँ बित्ने भयो

आकाश हेरे माथि त्यो उस्तै निलो सारा छ ती
प्यासी भए त्यो गण्डकी खोज्दै यहाँ बित्ने भयो

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

यहाँ छैन केही पुरानो छ उस्तै
जहाँ जिन्दगी भो उ सानो छ उस्तै

घुमेको रमेको म मान्छे जगतमा
उज्यालो र नामी फलानो छ उस्तै

म देखेर रम्ने उता चाँदनी त्यो
यता सम्झनामा अचानो छ उस्तै

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

संसार हाम्रो धेरै सुनौलो तिम्रो कहानी लाग्यौं पुरानो
प्यारा कहाँ छौँ? मान्छेहरूले यस्तो बनाए संसार सानो ।

माया बिरानो सम्झेर तिम्ले टाढा नराखे राखे मुटुमा
हाँसो खुसीमा यो जिन्दगीको सारा तिमी हो मेरो त छानो ।

आमा बुबाले पर्खेर बस्दै होलान् मलाई बाटोमा हेर्दै
कस्तो बिरानो यो गाउँमा पो ! बन्दै छ छाती आफैँ अचानो ।

 

Continue reading