देवकी तिमल्सिना ‘समिक्षा’ का केही मुक्तकहरूः

Debaki, Timalsina, Samiksha, देवकी तिमल्सिना ‘समिक्षा’, pallawa, पल्लव

देवकी तिमल्सिना ‘समिक्षा’

मान्छे तिमी बन्ने भए कर्म ख्याल गर
मानवताको जहिल्यै धर्म ख्याल गर
तिम्रो मनमा साँच्चिकैको हरि छन् भने
गरीब र निमुखाको मर्म ख्याल गर ।

यो समाजमा छोरीको भिन्न जूनी छ
वेदना र पीडा हाम्रो सबै माटो मुनि छ
बाँधेका छन् बन्धनले छेकि छेकि काँडा
एकलौटी नियम बनाउने चलन खुनी छ ।

 

Continue reading


गीता तिमल्सिना का जोर गजल

Gita, Geeta, timalsina, गीता तिमल्सिना, pallawa, पल्लव

गीता तिमल्सिना

गजल– १,
दिन फिरेन दीन लायो झन राती बनाएर
कहिले सम्म लुक्ला पीडा ताती बनाएर ।

फूलभन्दा धेरै सुन्दर हुन्छ काडा भनी
पेश्छु सबुत इस्पातको छाती बनाएर ।

तिमी छौ र बाचेकोछु भन्थ्यौ हैन प्रिय
खै कसरी रम्यौ उसलाई साथी बनाएर ।

 

Continue reading


नारी वेदना

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

तिमी बातबातमा
मलाई तर्साउदै
लात बर्साउँदै
भन्छौ थुक्क पशु !
तर तिमिलाई थाहा छैन होला
सायद,
तिमीभित्र एउटा यस्तो पशु छ
जो विनाकारण
विना गल्ती
मसँग सिँगौरी खेल्न आईरहन्छ
अब भन म पशु कि तिमी ?

 

Continue reading


मौनधारणको एक मिनेट

Balaram, Timalsina, Biplab, बलराम तिमल्सिना ‘विप्लव’, pallawa , पल्लव

बलराम तिमल्सिना ‘विप्लव’

मौनधारणको एक मिनेट पनि
जव तिमी मौन वस्न सक्दैनौ
एकाग्र बस्दैन मन
कुनै सहिदका धमिला आकृति पनि
मरे आउँदैनन दिमागमा
अलिकति पनि मुक्त हुदैन मन
वरु झल्यास्स याद आउँछ
कसैले पठाएको एसएमएस
जसमा लेखिएको थियो –
“तपाईको भागको कमिशन लिन
एति वजे फलानो भट्टीमा आउनू !”

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

रामायण गीता घोकेर धर्म हुँदैन
भजनमा ताली ठोकेर धर्म हुँदैन ।

दु:खीको सेवागरे अवस्य पुण्य मिल्छ
पुजा गर्ने थाली बोकेर धर्म हुँदैन ।

दान पनि इच्छाको हुनुपर्छ भन्छन
दानको नि मूल्य तोकेर धर्म हुँदैन ।

 

Continue reading


गजल

Balaram, Timalsina, Biplab, बलराम तिमल्सिना ‘विप्लव’, pallawa , पल्लव

बलराम तिमल्सिना ‘विप्लव’

चोरले भन्यो सँधैभरि सत्यको मात्रै जित होस
भ्रष्ट कर्मचारीले भन्यो सदाचारीको हित होस

असिना झैं ताली वर्षे जव माथिका कुरा उठे
कसैले भन्यो यस्ता कुरा हाम्रो राष्ट्रिय गीत होस

पारदर्शिताको व्यापार गर्ने आइएनजिओ प्रमुखले
मनमनै भन्यो दया गरेर अख्तियार मेरो मित होस

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

आफन्तबाट टाढा सरेर नजाऊ !!
नौजालेको भरमा परेर नजाऊ !!

तिम्रै यादमा तड्पि रुँदै छ कोही
छोडि उस्लाई घात गरेर नजाऊ !!

शिरको ताज बनी सजिएका तिमी
बन्नेछौ पतिङ्गर झरेर नजाउ !!

 

Continue reading


भवानी तिमिलसिना न्याैपानेका मुक्तकः

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

सच्चा सपूत हौँ भने आफ्नो देश बचाऊँ
आफ्नो संस्कृति भाषा अनि वेष बचाऊँ
लुटेको त लुटिगए नसकिएला फर्काउन
रोकौँ नलुटाउँ अब जे जति छ शेष बचाऊँ ।

सिउँदोको सिन्दुर पनि चोरिएछ आज
मेरो भागको माया अन्तै सोरिएछ आज
हरेक पल तिम्रै यादले सताउँछ भन्थ्यौ
याद आउने बाटो पनि मोरिएछ आज ।

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

थाहा छैन किन लोभमा परिदिन्छ मान्छे
स्वार्थी बनी विश्वासघात गरिदिन्छ मान्छे

आफू पीडा सहदैन तर दिन्छ अरुलाई
मौकाछोपि अरुको खुसि हरिदिन्छ मान्छे

समस्या र चुनौतिको सामना गर्न छोडि
जता पाउँछ सुख उतै सरिदिन्छ मान्छे

 

Continue reading


भवानी तिमल्सिना न्यौपानेका केही मुक्तकः

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

मेरो मनमा वास बस्न आउँछु भन्छ ऊ
सपनीमा पनि भेट्न धाउँछु भन्छ ऊ
आँखा भरी मेरै तस्विर झलझली छ रे
चिम्ली बसे मनकै कुना पाउँछु भन्छ ऊ ।

अघाएकालाई भोकको के मतलव
हाँसो नआए जोकको के मतलव
थिचोमिचोमा सत्य बोल्दैनन् भने
वरिपरिका लोकको के मतलव ।

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

उड्न लागि प्राण हात मल्दै गर्दा नरुनु है
छट्पटिई पिडाले म गल्दै गर्दा नरुनु है

छाती पिटी रोलान अब कहाँ भेटुँ भन्दै
शोकाकुल भई सबै ढल्दै गर्दा नरुनु है

तयार गरि बाँस वाँध्लान डोरी कसी कसी
घाट तिर मेरो अर्थी चल्दै गर्दा नरुनु है

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

धनका खातिर हदै गिर्नेहरु देखेको छु
दाउ मार्न सियो बनी छिर्नेहरु देखेको छु

मनभित्र कालो मैलो कपटको भारी बोकी
मखुन्डो चैँ सज्जनको भिर्नेहरु देखेको छु

भलो गर्ने जमाना होईन रैछ बुझेँ मैँले
गुनलाई बैगुनले तिर्नेहरु देखेको छु

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

आज किन तिमीले आँखा तरे जस्तो लाग्यो
चिने पनि नचिने झैँ गरे जस्तो लाग्यो

तिम्रो माया मुटुभरी साँचेको छु भन्थ्यौ
मेरो झिकी अरुको नै भरे जस्तो लाग्यो

पर्खाई मै घण्टौँ बिताउँथेउ चौतारीमा
छैनौ आज अर्कै बाटो झरे जस्तो लाग्यो

 

Continue reading


भवानी तिमल्सिना न्यौपानेका एकजोर गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

गजल– १,
एकोहोरो तिमिलाई हेरिरहुँ झैँ लाग्न थाल्यो
तिम्रै लागि शव्दहरु केरिरहुँ झैँ लाग्न थाल्यो

के भयो कुन्नि आजकल सबै लाग्छन पराई
तिम्रा मात्र बातहरु टेरिरहुँ झैँ लाग्न थाल्यो

लुगा जे लाए पनि शरीर ढाके हुने मलाई
तर आज घरीघरी फेरिरहुँ झैँ लाग्न थाल्यो

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

तिम्रो तस्विर यो मन भित्र बस्यो के गरुँ
तिम्रो एकै नजरमा मन फस्यो के गरुँ

पत्थर झै छ मेरो यो मन गल्दैन भन्थे
गलायो मन तिम्रो मायाले डस्यो के गरुँ

मजबुत पर्खालले बारेकी थिए मन
सुस्तरी यो मनभित्र माया पस्यो के गरुँ

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

नारीको सीप रछ्यानमा हेप्छन केही गरेर देखाउनु छ
टपरीमामात्र नभै जीवनमा बुट्टा भरेर देखाउनु छ ।

सम्झिन्छन भुईँको धुलो जसले बदल्नु पर्छ सोच तिनको
आफ्नै पाखुरीको भरमा नै आफ्ना दु:ख हरेर देखाउनु छ ।

सामाजिक विभेद गरी घर भित्रै सिमित राख्न खोज्छन
तोडी कु-संस्कारको वन्धन आफू अघि सरेर देखाउनु छ ।

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

तिम्रै यादमा सधैँ भिज्छ सिरानी
छैन कुनै खबर भयौ बिरानी

तिमी निष्ठुरी भुलि दिन्छौ सहजै
कसरी भुलुँ हाम्रा मिठा कहानी

जोगिउँ कसोरी गिद्दे नजरबाट
साँचेकीछु तिम्रैलागि मेरो जवानी

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

एकोहोरो तिमीलाई हेरिरहुँ झैँ लाग्न थाल्यो
तिम्रै लागि शव्दहरु केरिरहुँ झैँ लाग्न थाल्यो

के भयो कुन्नि आजकल सबै लाग्छन पराई
तिम्रा मात्र बातहरु टेरिरहुँ झैँ लाग्न थाल्यो

लुगा जे लाए पनि शरीर ढाके हुने मलाई
तर आज घरीघरी फेरिरहुँ झैँ लाग्न थाल्यो

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

आमा मैले तिम्रो यो ओठको हाँसो साँच्न सकुँ
आफ्ना लागि मात्र नभै तिम्रा लागि बाँच्न सकुँ

तिम्रै आशिर्वादले म लम्किदै छु लक्ष्य तर्फ
लक्ष्य भेटि तिमिसँगै उमङ्गले नाच्न सकुँ

हाम्रै उन्नतिका लागि त्यागिदियौ सारा खुसी
अब तिम्रा हरेक दु:ख पिडाहरु मास्न सकुँ

 

Continue reading


गजल

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

मेरा खुसीहरू तिमिले हर्छु नसम्झ
सानो चोटमा अपहत्ते गर्छु नसम्झ

आँट साहस हिम्मत छ बाँच्न म सँग
तिमिले साथ छोड्दैमा मर्छु नसम्झ

प्राणभन्दा प्यारोछ मेरो आत्मसम्मान
त्यो गुमाई तिम्रै शरण पर्छु नसम्झ

 

Continue reading