गजल

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

आँखामा नि बसेकी छु मुटुमा नि बसेकी छु
तिम्रै निम्ति आँसु बनी सयौं चोटी खसेकी छु ।

कहाँ छैन? भन तिमी नभएको ठाउँ छैन
तिम्रै प्रेमको सुगन्ध अड़्ग अड़्ग घसेकी छु ।

किन खोज्छौ तिमी मलाई बाहिरी दुनियामा
धमनी र शिरा हुदै मुटु भित्रै पसेकी छु ।

 

Continue reading


टीका सापकोटाका केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

परिस्थिति होईन प्रिय मन बदलिएछ
अलग भाषा भेष संगै तन बदलिएछ।
अब किन झुट्टा आशा पालिराखूँ मनमा?
म बस्ने मुटु अनि आफ्नोपन बदलिएछ ।।

तिम्रा हरेक पाईलाहरु सफलताले चुमिरहोस्
सुख शान्ति समृद्धि वरिपरि घुमिरहोस् ।।
संघर्षनै जिन्दगीको अर्को नाम रैछ साथी
सारा पीडा बिर्सी जीवन खुसीमा झुमिरहोस्।।

 

Continue reading


टीका सापकोटाका जोर गजल

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

गजल– १,
खुल्ला छ यो हृदय नसोधी पसे हुन्छ
सम्झेर आफ्नै घर ढुक्कले बसे हुन्छ ।

मै बनुँला पोखरी बग्ने नदी किनारा
तिमी झरना बनी झर झर खसे हुन्छ ।

एक अर्कामा समाहित आफ्नै बनेपछि
जब हुन्छ तिम्रो धड्कन बनी डसे हुन्छ ।

 

Continue reading


गजल

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

आँखामा नि बसेकी छु मुटुमा नि बसेकी छु
तिम्रै निम्ति आँसु बनी सयौं चोटी खसेकी छु ।

किन खोज्छौ तिमी मलाई बाहिरी दुनियामा
धमनी र शिरा हुदै नशा नशा पसेकी छु ।

तिम्रो सुन्दर जिन्दगीको प्रेमील कहानी हुँ म
तिम्रै मनको मन्दिरमा प्रितिले सजेकी छु ।

 

Continue reading


टीका सापकोटा का केही मुक्तकहरूः

Tika, Sapkota, Kawasoti, टीका सापकोटा,  pallawa, पल्लव

टीका सापकोटा

रविजस्तै तेजिलो छौ,जून जस्तै शीतल
सिर्जनाले सगाउनू आफ्नै प्यारो भुतल।
जहिले पनि सफलता तिम्रै पछि लागोस्
जीवनबाट दुःख कष्ट टाढा टाढा भागोस्।

औंसीमा नि उदाउने तिमी हौ जून मेरो
हृदयमा गुञ्जिरहने प्रमील धुन मेरो ।
भनेरै आजसम्म सजाय मनमन्दिरमा
किन छिन्न खोज्दैछौ? आजकल सुकुन मेरो ।

 

Continue reading


भगवानहरु

Tika, Devi, Poudel, Atriya, टीका पौडेल ‘अत्रेय’,pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’,

हामी ठ्याक्कै भगवान हौ
फूल चढाए पनि ठिक
दुध चढाए पनि ठिक
पानी नै चढाए पनि ठिक ।

कहिले भन्याे र भगवानले
मिठाे र नमिठाे
राम्राे र नराम्राे
असल र खराब ।

आदिम युगदेखि नै
यसरी नै सहेकाे छ
भगवानले ।

 

Continue reading


गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

कोही हाँसो कोही रोदन बोकेर हिँडेका छन् ।
मान्छे जसोतसो जीवन बोकेर हिँडेका छन् ।।

सुख मात्रै भोगेकाले कसोरी अन्दाज गर्लान् ?
यी भरिया कत्ति वजन बोकेर हिँडेका छन् ।।

आँखैसामु माउ मरेका बचेराहरु भन्छन् ।
यी सिकारी ढुंगाको मन बोकेर हिँडेका छन् ।।

 

Continue reading


गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

लुकी चोरी कमाउँदिन, नेपालीको छोरो हुँ म
कुसंस्कार समाउँदिन, नेपालीको छोरो हुँ म ।

जहाँ जान्छु गुञ्जी रहन्छन्, दोहोरीका लोकभाका ,
डिस्को बारमा जमाउँदिन, नेपालीको छोरो हुँ म ।

आफ्नै संस्कार प्यारो लाग्छ, जहाँ बित्यो शैशवकाल ,
अन्त कतै रमाउँदिन, नेपालीको छोरो हुँ म ।

 

Continue reading


बहरबद्ध गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

सफा स्वच्छ हावा र पानी छ राम्रो !
उषाले चुमेको बिहानी छ राम्रो !!

नजर् बाट जो दुर् भयो आज धेरै ,
ऊ दिलमा बसेको निसानी छ राम्रो !!

अपत्यार लाग्ने छ गल्ती त आफ्नै !
नमानौँ सबैको किटानी छ राम्रो !!

 

Continue reading


बहरबद्ध गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

कतै टार कतै भिर बनाईरहेछ ।
कलम देशको तस्वीर बनाईरहेछ ।

हरेक् चोट देख्दै सँधै आँसु झर्छ ।
नयनले सयौँ पीर बनाईरहेछ ।

लगाव् हो रे पूजा र त्यो काम द्यौता ।
यो जीवन उ मन्दिर बनाईरहेछ ।

 

Continue reading


गजल

Tika, Devi, Poudel, Atriya, टीका पौडेल ‘अत्रेय’,pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’,

प्रीति फुल्दा मनवारीमा तिमी तारा जून हौ प्रीये
वहरमा म डुब्दाखेरी तिमी मेरो हुन्नौ प्रीये

मेरा सुखदुःखभरि हाँस्ने रुने केवल तिमी
तिमी रुँदा रुन्छ भन्थ्यौ गजलमा त रुन्नौ प्रीये

कोलाहलमा एक्लै हुन्छ तिमी साथै भएपनि
सक्छौ भने माफी देऊ मेरो मन छुन्नौ प्रीये

 

Continue reading


बहरबद्ध गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

दिए हिम्मत संकट पर्दा यारहरुले पनि ।।
र यो छाती चर्काएनन् मारहरुले पनि ।।

गरेसंङ्गै फूलको संगत बद्लिएछ्न् सबै ।
प्रहार प्यारको गर्दैछन् यी धारहरुले पनि ।।

यो वाग् गोड्नु पैले माली एक संदेश् सुन ।
गरेका छन् बाँच्ने इच्छा झारहरुले पनि ।।

 

Continue reading


बहरबद्ध गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

हाँसो खुशी सबै लिएर जाँदैछ !
यो आँसु निष्ठुरी बनेर जाँदैछ !!

यो वेग मोड्न’नै न सक्छ आँधीले !
जीवन नदी सरी बगेर जाँदैछ !!

डाली कसोगरी बुझाउँछ मन् आज?
कोमल् गुलाब त्यो झरेर जाँदैछ !!

 

Continue reading


बहरबद्ध गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

कतै टार कतै भिर बनाईरहेछ ।
कलम देशको तस्वीर बनाईरहेछ ।

हरेक् चोट देख्दै सँध आँसु झार्छ ।
नयनले सयौँ पीर बनाईरहेछ ।

लगाव् हो रे पूजा र त्यो कर्म द्यौता ।
यो जीवन उ मन्दिर बनाईरहेछ ।

 

Continue reading


बहरबद्ध गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्रका ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

टीका खड्रका ‘राष्ट्रप्रेमी’

सफा स्वच्छ हावा र पानी छ राम्रो !
उषाले चुमेको बिहानी छ राम्रो !!

नजर् बाट जो दुर् भयो आज धेरै ,
ऊ दिलमा बसेको निसानी छ राम्रो !!

अपत्यार लाग्ने छ गल्ती त आफ्नै !
नमानौँ सबैको किटानी छ राम्रो !!

 

Continue reading


बहरबद्ध गजल

Tika, Khadka, Rashtrapremi, टीका खड्का ‘राष्ट्रप्रेमी’,pallawa, पल्लव

टीका खड्का ‘राष्ट्रप्रेमी’

नयाँ जोस तनमा जगाएर आएँ !
असल सोच मनमा बनाएर आएँ !

कुसंस्कार ढाली हटाएँ अँध्यारो
दियो चेतनाको जलाएर आएँ !

सधैँलाई छोडी शहर त्यो बिरानो
म यै गाउँ सम्झी रमाएर आएँ !

 

सदा झैँ सीमा’मा पुगें देश बोकी
टनकपुर सुस्ता हँसाएर आएँ !

बहरे मुतकारिब मुसम्मन सालिम
फऊलुन् x ४,
सूत्रःIss Iss Iss Iss
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,

 

Continue reading


बहरबद्ध गजल

Rashtra, premi, Rashtrapremi, ‘राष्ट्रप्रेमी’, pallawa, पल्लव

‘राष्ट्रप्रेमी’

नजरमा नजर के लगायौ तिमीले !
मलाई बेहोसी बनायौ तिमीले !

नशा प्रीतको झन् भएको छ गाढा
नशालू मदिरा ! जलायौ तिमीले ?

म वैली झरेथेँ कुनै फूल जस्तै !
टिपी शीरमाथी सजायौ तिमीले !

 

Continue reading


लामै फोटो छ समयको मसँग

Tika, Poudel, टीका पौडेल ‘अत्रेय’,pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’

हो
लामै फोटो छ समयको मसँग
जस्तो कि-
जूनकिरीको उज्यालो बालेर
बेंशीबाट उकालो चढेको इतिहास छ
अगुल्टो हल्लाएर पधेरो गएको,
साक्षी छ यही जीन्दगी ।
मुगेखोला र फाकफोक खोलाको सुसेलीमा
मिलाएकी हुँ मैले पनि सुसेला,
जिबित छन् अझै हृदयका कुनामा
रबि र सप्तमी बजारका रमिताहरु ।

 

Continue reading


लिम्बुनी माइली

Tika, Poudel, टीका पौडेल 'अत्रेय',pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’

नविराई हरेक औँसी पूर्णिमा
नपुग्दै रवि हाट
पोल्टाबाट बट्टे ऐना झिकेर
मिलाउँथी झुम्के बुलाकी,र शिरबन्दी
काइयोले मिलाउँथी केशरासी
र, भर्थी रवि बजार आँखाभरि
ऊ अर्थात लिम्बुनी माइली ।

 

Continue reading


गजल

Tika, Poudel, टीका पौडेल 'अत्रेय',pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’

प्रीति फुल्दा मनवारीमा तिमी तारा जून हौ प्रीये
वहरमा म डुब्दाखेरी तिमी मेरो हुन्नौ प्रीये

मेरा सुखदुःखभरि हाँस्ने रुने केवल तिमी
तिमी रुँदा रुन्छ भन्थ्यौ गजलमा त रुन्नौ प्रीये

कोलाहलमा एक्लै हुन्छ तिमी साथै भएपनि
सक्छौ भने माफी देऊ मेरो मन छुन्नौ प्रीये

 

Continue reading