गजल

sisha, tharu, Hindu, सिसा चौधरी, pallawa, पल्लव

सिसा चौधरी

सिङ्गो मुटु आधा दर्जन दोकान भयो
उस्को लागि मेरो माया चट्टान भयो

खेलेर जुवाँ हारे दाउँमा सम्पत्ति जति
बिग्रीयो छोरो परिवारमा हैरान भयो

खोला झैँ जिन्दगी बगी रैछ,फर्किन्दैन
अधुरो बाचा कसम सबै उखान भयो

 

Continue reading


गजल झ्याउरे लयमा

sisha, tharu, Hindu, सिसा चौधरी, pallawa, पल्लव

सिसा चौधरी

बनेर दास कसरी सधै जिन्दगी चलाउँ
मानव हूँ म पत्थर यहाँ कसरी गलाउँ

नगरी श्रम आसको मात्र चाहना राखेर
नरोपी बिज बारीमा फल कसरी फलाउँ

हुँदैन शान्त यो मेरो मन अशान्ती देखेर
रसायो आँखा बग्दछ धारा कसरी छलाउँ

 

Continue reading


सिसा चौधरी का जोर कविताः

sisha, tharu, Hindu, सिसा चौधरी, pallawa, पल्लव

सिसा चौधरी

१) भन्छन् नि बलात्कार ,,
हो त्यही बलात्कार गरि रहेछु,,
दिन प्रतिदिन हजुरको तस्वीरको
कहिले यिनै लोभी मनले त कहिले यी नयनले
कहिले चुम्बन गरेर त कहिले मेरै हौ भनेर
कहिले घन्टौ तस्बिर सँग बात मारेर
त कहिले मोबाइलको वालपेपर बनाएर
सत्य हो हरेक दिन हरेक पल ??

थाहा हुन्न
हजुरको प्रेम हो या के?
कस्को कुरा सुनौ, बुझौ,
मेरो आफ्नै
दिल दिमाग या कस्को ?
या अरूको या हजुरको ?
किन म भित्र यस्तो त्रास उब्जिएको छ?

 

Continue reading


‘तिमी नै तिमी’

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा चाैधरी

किन?
आज आफैलाई प्रश्न गर्न मन लागेको छ

हिजो के थियो मेरो जिन्दगी
आज के भएको छ
कहाँ थिएँ कहाँ पुगेको छु
तिमी सामीप्यतामा हुँदा कति खुशी थिएँ
कल्पना पनि गर्न असमर्थ छु ।

साक्षी छन् चन्द्र सुर्य……
खुब खुशी थिएँ र लाग्थ्यो
साँच्चै जिन्दगी जिन्दगी जस्तै लागेको थियो।

बसन्त बिना नै चारैतिर हराभरा थियो।
पंछीहरुको सुमधुर धुन थियो।

 

Continue reading


बहरबद्ध गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

कुरा क्यै नसुन्ने रिसाएर हुन्छ
यसोरी नबोली सताएर हुन्छ ।

ल खा बाबु भन्दैन पक्कै कसैले
भरी पेट नङ्ग्रा खियाएर हुन्छ ।

नसोधे प्रिये पाप कसरी पो हुन्छ,
बुढा बा र आमा,रूवाएर हुन्छ ।

 

Continue reading


गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

एक्लै हुँदा सफरमा, देखिन्छ याद राख्नु
छोटो छ, जिन्दगानी, मासिन्छ याद राख्नु

हिंड्दा कदम कदममा,ठोकिन्छ याद राख्नु
सोचेर मात्र गोडा, चालिन्छ याद राख्नु

आफ्नै सहर मेरा यी, सम्झिन्छ दु:ख जस्ले
ऊ संग जिन्दगानी, काँटिन्छ याद राख्नु

 

Continue reading


बहरबद्ध गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

उपहार पीडा उसले दिएको छैन।
हाँसो लिने बानी बिर्सिएको छैन।

चाहा बढे मान्छे कल्पनामै रम्थे
सम्झेर मायामा एक्लिएको छैन।

एकै नजरमा क्वै मन पराएदेखि,
साँच्चै कसैलाई हेरिएको छैन।

 

Continue reading


गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

उसैले दिल कब्जा गर्‍यो ,जो मेरो थिएन!
हाँसीहाँसी मर्न नि दिएन बाच्न नि दिएन!

सम्पत्तिले यतिसम्म स्वतन्त्र गरिदियो कि,
कहिल्यै हार्न जानिएन, झुक्न जानिएन!

भोलि भोलि भन्दै सारा दुनियाँ बदलियो,
कुकुरको पुच्छरजस्तो चाहना बद्लिएन!

 

Continue reading


गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

थिए जिन्दगीमा सुनौलो बिहानी
रह्यो ज्यानमा क्यै अनौठो निशानी ।

हुँदा प्यार दिलमा हुने छैन टाढा
सधै आँसु आई भिजायो सिरानी ।

कहाँ भेटु मैले कहाँ खोजु ऐले
बिरानो शहरमा छ यो जिन्दगानी ।

 

Continue reading


गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

आगमन भएथ्यौ जिन्दगीमा खुसी ल्याएर
परार्इ भयौ आज कोमल, दिल दुखाएर ।

ऊ मेरो दिलमा रै’छ बल्ल आज थाहा भयो
के हट्थ्यो माया सिरानीको तस्वीर हटाएर ।

झूट्टा सपना देखाएर सन्सार जित्छौँ भन्दै
पिलाए थ्यों जहर मलाई एक्लो बनाएर ।

 

Continue reading


सिसा थारु हिन्दुका तीन मुक्तक

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

मुक्तक०१
दु:ख भोगेका आँधी रोकेका मान्छे हुन् जेष्ठ नागरिक!
सुख भेट्न जिन्दगी ठोकेका मान्छे हुन् जेष्ठ नागरिक!
समयले केही सिकाएको छ कलागला अझै उस्तै छन्
इतिहास र अनुभव बोकेका मान्छे हुन् जेष्ठ नागरिक!
२.
ढल्दै जाओस् उमेर केभो?माया ममता दिनुपर्छ!
हामी पनि त वृद्धा बन्छौ समय मात्रै पर्खिनुपर्छ!
जिन्दगी सफल बन्ने सुत्र छन् वृध्दाहरूमा त्यसैले
वृद्धा “बोझ होइनन् गहना हुन्”भनी सम्झिनुपर्छ!
३.

Continue reading


गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

रणनीतिको सिकार हुदा, रुन्छिन आमा।
मलिन ती चेहरा आँसुले, धुन्छिन आमा।

कहाली लाग्दो जिन्दगीको,सफरमा पनि
हिम्मत नहारी सधै अघि, हुन्छिन आमा।

पीर ब्यथा सबै भुलि, सन्ततिको खातिर
हाँसी हाँसी दुखको गोरेटा,चुन्छिन आमा।

 

Continue reading


सिसा थारु हिन्दुका केही मुक्तकीय टुक्रहरूः

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

खै अरुलाई केके दियौ?आँसु मलाई दियौ !
मुखमा रामराम भन्दै छुरा चलाई दियौ !
खुसीको दीप बाल्यौ आफैले हुरी चलाएर
न सदा खुसी दियौ न त पूरा जलाई दियौ !

मैले तिम्रो मायाप्रीति,खेलाँचीको जवानी बनाइन
मन भित्रै सजाई राखेँ, जलाएर खरानी बनाइन
कैंयौ बिते सम्झनामा, भुल्नै सकिन अहिलेसम्म
मनको चोखो प्रीतिलाई दुई दिने कहानी बनाइन !

 

Continue reading


गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

नैनमा तिमीलार्इ राख्थें सजाई
अरूकै कुराले बनायौ पराई ।

तिमी सँग छुट्ने कहाँ मन हुन्थ्यो
रुँदै आँसु धारा नदी झैं बगाई ।

अभागी नशिवमा कहाँ छौ तिमी ?
बनाएर झन् झन् नजिक मलाई ।

 

Continue reading


बहरबद्ध गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

सँधै बेलुकीमा नजरका इशारा
कहाँ गर्नु फिर्ता भएछन् उधारा ।

म बाटो कुरेरै बसौला हजुरको
बरू फर्क घरमा समयमै पियारा ।

भुलाउँछु सधैं मन सगरमा चिहाई
कतै देखिएनन् कुनै जून तारा ।

 

Continue reading


बहरबद्ध गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

सुटुक्कै दिल लिएको पत्तै भएन।
स्वयं आफू फसेको पत्तै भएन।

झुकी बस्ने यिनै यी मेरा नजरले
कसैलाई चुनेको पत्तै भएन

झुटो बोल्दै सँधै माया गर्छु भन्दै
मलाई खुद छलेको पत्तै भएन

 

Continue reading