आनन्दकै निन्द्रा प्यारो गुन्द्री सानो भएपनि
आफ्नै आँगन स्वर्गबरु चुहुने छानो भएपनि
आँखा भिजाइ अरुको दया मुरी भर्नु भन्दा
पाखुरिकै पसिना मिठो मानो भएपनि
भोक सँग युद्ध गरि धर्तीमा निदाउनेले सधैं
जुनलाइ टेक्ने सपना देख्छ कानो भएपनी
आनन्दकै निन्द्रा प्यारो गुन्द्री सानो भएपनि
आफ्नै आँगन स्वर्गबरु चुहुने छानो भएपनि
आँखा भिजाइ अरुको दया मुरी भर्नु भन्दा
पाखुरिकै पसिना मिठो मानो भएपनि
भोक सँग युद्ध गरि धर्तीमा निदाउनेले सधैं
जुनलाइ टेक्ने सपना देख्छ कानो भएपनी
खन्छु आफ्नै खेतबारी यहीँ पसिना बगाउछु
नदेउ सरकार अनुदान आफैँ बिऊ म जगाउछु
गोड मेल गर्छु यिनै मकै एक महिनामै ढकमक्क
एक हातका घोगा फल्छन अनि कोदो लगाउछु
जवानिमा पर्देश पसी एक्ला एक्लै बस्नु भन्दा
खान्छु खोले दिनरात सँगै उनिलार्इ म सघाउछु
यो कस्तो प्रेम हो हाम्रो एक दिन टाढा पुग्नु पर्ने छ
तिम्रै खुशीको लागि मैले त्यही बाटो हेरेर रुग्नु पर्ने छ ।
खै कसरी तिमीलार्इ अफ्नै भनेर सोच्न सक्छु र म
एक दीन तिमीले अर्कैको सउँदो भर्न ढुक्नु पर्ने छ ।
अनायासै यति धेरै तीम्रो माया लायौ कीन ?
मत सक्दीन कान्छू तीमीले चह्यौ खुशी दीन ।
मलार्इ आसा छ तिम्रो आगमन हुन्छ हुन्छ
हुनसक्छ कतै मलाई श्रद्धाञ्जली दिने त्यही क्षण ।
प्रकृतिको अनुपम उपहार तिमी मेरो जुनी जुनी,
मैले आशा गरेकी छु सयौं जुनि तीम्रोमात्र हुनी ।
सहरको रमझम होइन तीम्रो न्यानो साथ पाउँ,
सधै भरी रमाउँछु हजुरको कख पाखोबरी मुनी ।।
खहरेको भेलजस्तो तीम्रो माया मुटुभरी
तिमीलार्इ सम्झिएर बसेकीछु यादगरी ।
खै कसरी तिमी त अरु सँग रमायो प्रिय ?
भन तिमी नै आफू बीना म बाँचूँ कसरी ।।
गजल– १,
आज फेरि मन फाट्यो टाल्ने कसरी
जहर भयो बेथा मेरो गाल्ने कसरी ।
हरियाली मनोरम चारै तिर छाँउदा पनि
बाँच्नै गारो भयो यहाँ सम्हाल्ने कसरी ।
निभेका यी आशाहरू सँघर्ष गर्दा गर्दै
आयो हुरि निभ्यो दीयो बाल्ने कसरी ।
निकै भाउ खान्छौ किन कमाउन थालेदेखि
आफू ठुलै ठान्छौ किन कमाउन थालेदेखी
हिजोसम्म एकजुम खैनी मागी खाने तिमी
आज सुर्या तान्छौ किन कमाउन थालेदेखि
छोड्याछैन हामीलाई ढिंडो फापर गुन्द्रुकले
डिस्को बार जान्छौ किन कमाउन थालेदेखी
गजल– १,
तिम्रो इच्छा भर्दा भर्दै खाली भएछु म
रुपकै वरिपरि घुम्ने माली भएछु म
कस्तुरी झैँ तिम्रो माया कहिलै नभेटिने
गौंडो गल्ली चहार्दैमा काली भएछु म
पवन बन्ने चाह राख्यौ बादल भएँ फेरि
साथ पाउने बहानामा जाली भएछु म
क्षितिजबाटै शहीदले, बोल्ला कि नबोल्ला ?
इतिहासका काला कर्तुत, खोल्ला कि नखोल्ला ?
हेर्न बाँकी छ, हिजो झुटा, सपना बाँड्नेहरूलाई,
शहीदको तातो रगतले, पोल्ला कि नपोल्ला ?
क्षितिजबाटै शहीदले, बोल्ला कि नबोल्ला ?
इतिहासका काला कर्तुत, खोल्ला कि नखोल्ला ?
हेर्न बाँकी छ, हिजो झुटा, सपना बाँड्नेहरूलाई,
शहीदको तातो रगतले, पोल्ला कि नपोल्ला ?
एक्लै डुङ्गा ख्याउँदा दुबै हात गलेपछि
संघर्षको उर्लदो भेलमा आँधी चलेपछि
अभ्यासका छविहरू नहुर्कदै मरे आज
भावनामा संङ्किर्णताको रंग दलेपछि
मनभित्रका सबै चित्त विवेक रित्ता भए
सहासमा पिडाजनित चिन्तन मलेपछि
कमलको फूल फुलाउँछ त्यो हिलो ले पनि
हात्ती तर्साउछ यार जाबो कमिलो ले पनि
सानो कुरामा हार मान्नु भयो भने जिन्दगीमा
सफर रोकि दिन्छ दैलोको खुड्किलो ले पनि
सपनीमा आएर तिमीलाई सताउछु भन्छ
तर अब हात म अर्कैको समाउछु भन्छ
हिजो तिमी बिना एक पल बाच्दिन भन्नेले
आज अर्कै सँग पञ्चेबाजा बजाउछु भन्छ
गाउले के देख्थो जब घरकाले देखेनन्?
कहिल्यै आमाको दुख बाले देखेनन्।
हामीले सधैभरी मुर्ति देखेर पुज्यौ।
हामीलाई मन्दिरका ढुंगाले देखेनन्।
आँखामा पट्टी बाँधेर सफरमा पठाईयो।
बाटोभरीका काँडा दुई खुट्टाले देखेनन्।
(संयुक्त राष्ट्रसंघमा सहयोग)
सन् १९५६मा नेपाल र जापानले बिधिवत रुपमा कुटनैतिक सम्बन्धको स्थापना गरेका हुन। दोस्रो विश्व युद्धमा पराजित मुलुक जापानले संयुक्त राष्ट्रसंघको सदस्य बन्न पश्चिमेलि मुलुकहरुले सहयोग नगरिरहेको बेला, जापान संग कुटनैतिक सम्बन्ध गाँसेको नेपालले राष्ट्रसंघमा छिर्न जापानको साक्षी बसिदिएको थियो। त्यस ताका सम्म छिमेकी राष्ट्र भारत संग पनि जापानको कुटनैतिक सम्बन्ध थिएन। नेपाल जापान कुटनैतिक सम्बन्ध स्थापना भएको करिव १ बर्ष पछी सन् १९५७मा जापान ले भारत संग पनि कुटनैतिक सम्बन्ध स्थापना गरेको हो।
भाव नबुझ्नेलाई यो हृदयमा बास छैन
झुठो प्रेमको रतिभर मलाई आस छैन ।
मिठामिठा कुरागर्दै मेरै नजिमा आयौ
अनायसै केके सोच्यौ तिमी मेरो खास छैन ।
रात्रीको निद, भोक–प्यास हराम गर्नेलाई
चहान्न म मलार्इ नखोज मेरो पास छैन ।
मेरो आफ्नो पनि कोही खास भई दिए
पीडाले म रुँदा सङ्गसङै साथ रही दिए
मलहमपट्टि पनि चाहिन्थेन दु:ख पर्दा
सहारामा जीवनका कष्ट सही दिए
फलाम पगाल्न सक्ने सम्बन्ध बन्ला
सधैँ आफ्नै लाग्ने मित्रतामा गर्इ दिए
मनै न उसको पनि यादहरुले छुने गर्छ
सम्झनाले सताउदा आकाश पनि रुने गर्छ
स्वीकार्छौ नि संस्कारको सिन्दुर पोते ल्याइदिउकी
खाली रंगको जिवनमा इन्द्रणीझै छाइदिउकी
कहिलेकाहीँ बर्सिएर दुखहरु धुने गर्छ
सम्झनाले सताउँदा आकाश पनि रुने गर्छ ।
मनै न उसको पनि यादहरुले छुने गर्छ
सम्झनाले सताउदा आकाश पनि रुने गर्छ
स्वीकार्छौ नि संस्कारको सिन्दुर पोते ल्याइदिउकी
खाली रंगको जिवनमा इन्द्रणीझै छाइदिउकी
कहिलेकाहीँ बर्सिएर दुखहरु धुने गर्छ
सम्झनाले सताउँदा आकाश पनि रुने गर्छ
हाम्रो प्रेमको दियोमा विश्वासको ज्योती बाले कै त थिएँ
मायामा कमी नहोस भन्दै दियोमा तेल हाले कै त थिएँ !
सुख र दुख जिवन चर्या सम्झिएर मन सम्हाल्दै रहेँ
तिमीले देको मायाका चोटहरू, जोगार्इ टालेकै त थिएँ !
किन बिचलित भयौ ? दुबै मिलेर मायाको जङ्घार तर्दा,
कठोर तिम्रो दिललाई मुटुको मायाले गाले कै त थिएँ !!
तब लाग्ला मुसाफिरलाई जीवनको महत्व
बिर्सेर सम्झियो भने आफ्नोपनको महत्व।।
सबथोक जानिराख्ने त जीउँदैमा रहेछ !
लासलाई के थाहा हुन्छ र कफनको महत्व।।
रक्तदान जीवनदान हो आज मित्रको मिलेन
भयानक बन्यो अस्पतालमा दुस्मनको महत्व।।
आमा
ऊ कसरी पिट्थ्यो ताली
बर्माको जङ्लमा
तिम्रा लक्का जवान छोराले
तातो गोली निल्दा
अझै पनि,
बहादुरको धाप लगाउँदै छ ऊ
हाम्रा,
तामाका मुना जस्ता भाइहरू
जम्मु र कश्मिरको मैदानमा ढल्दा
उसको चारोसँग
कति सरसापट गरियो रगत,
अब ,
लेखाजोखा राख्नु पर्छ ,आमा
हिड्ने बेलामा
मैले हेर्नै सकिन
जून अस्ताएको तिम्रो मुहार
धेरै थियो बैनी
तिमीसग बिसाऊने मनको भारी
तर
सक्दै सकिन ,अनि
फूक्दै फुकेन मनको गाॅठो
मैले
पुछ्नै सकिन तिम्रा भिजेका परेली
किनकी
म डराइरहेथेँ
भर्खरै तमसुकमा सहिछाप गरेको
मेरो बूढीऔलाको मोसो
तिम्रो अनुहारमा लाग्ला भनेर
यता त कति नजिकै उदाउदो रहेछ घाम पनि–