विनीत ठाकुर का मैथिली साहित्यः हाइकु

Binit, Thakur, Mithilakshar,Tirhuta, Lipi, विनीत ठाकुर, pallawa, पल्लव

विनीत ठाकुर

१)
सगरमाथा
सर्वोच्च हिमालय
धन्य नेपाल ।
२)
साँपक अण्डा
निकलय मुह सँ
सामना करी ।।
३)
देख गुलेठी
चतरल डारि सँ
पेरुकी फुर्र ।।

 

Continue reading


एक हातको ताली निबन्धसङ्ग्रह भित्रको यथार्थ स्वरूप :

 –  ठाकुर शर्मा

निबन्ध एक स्वतन्त्र विचार हो, विविध सामाजिक घटनाहरूको कलात्मक प्रस्तुति हो । फ्रान्सिसी निबन्धकार बेकनले — ‘म नै मेरो निबन्धको विषय हुँ’ अनि निबन्धार देवकोटाले पनि बेकनकै धारणालाई पछ्याउँदै ‘पहाडी जीवन’ निबन्धबाट आधुनिक नेपाली निबन्धको श्री गणेश भएको तथ्यले निबन्धको वास्तविक मर्म र यथार्थ स्पष्ट हुन्छ । सौन्दर्ययुक्त घटना हो, क्रमिक भावना हो, प्रकृति हो, यथार्थमा भन्ने हो भने संसार नै हो । सानो भन्दा सानो विषयदेखि बृहद् विषयसम्म यसमा समेटिएको हुन्छ । यो व्यक्ति र समाजको दर्पण नै हो । यसै क्रममा नेपाली भाषा साहित्यिकलाभित्र सौन्दर्य भर्ने निबन्धकार युवराज नयाँघरे देखापर्छन् ।

Continue reading


युगकवि देवकोटा

– प्रा.डा. उषा ठाकुर

विराट काव्य प्रतिभाका धनी विश्वका नै एउटा महान प्रतिभा, महाकवि देवकोटा -वि.सं. १९६६-२०१६) प्रजातन्त्रपे्रमी, परम राष्ट्रवादी तथा मानवतावादी कवि हुनुहुन्थ्यो । नेपाली काव्य साहित्यका सगरमाथा महाकवि देवकोटा हाम्रा राष्ट्रका गौरव हुनुका साथै अन्तर्राष्ट्रिय साहित्य जगत्का एक प्रतिभाशाली विद्वानको रूपमा चिनिने एउटा प्रख्यात विभूति । यस्ता महान् व्यक्तित्वको बारेमा विद्वान समालोचक डा. ईश्वर बरालको भनाइ मननीय छ –
“वास्तवमा देवकोटा प्रजातन्त्रपे्रमी तथा मानवतावादी कवि थिए र उनी खास गरेर प्रजातन्त्रका प्राप्ति र मानवताका उत्थानको लागि नै सधैँ जसो विद्रोही रहे ।”

Continue reading