गौरी तमुका केही मुक्तकहरूः

Gauri,, Tamu, गौरी तमु, pallawa, पल्लव

गौरी तमु

केही होइन तिम्रो कुर्सी इमान गिरे पछि
मान्छे भित्र मान्छे हुन्न बेइमान छिरे पछि ।
पाप, धर्म सबै भुल्दै जति कुम्ल्याउ तिमी
यो संसार पनि तिम्रो हुन्न तिमी मरे पछि ।।

नारीवादी बहसहरु,चलेकाछन् अहिले
नारीले नै नारीलाई सम्मान गरौं पहिले ?
खुट्टा तान्ने, कुरा काट्ने बानी हट्नुपर्छ
अब पनि ढिला गरे, अघि बढ्ने कहिले ?

 

Continue reading


गजल

Pasang, Tamu, पासाङ, तमु, Pallawa, पल्लव

पासाङ तमु

कुनै केटी आफ्ना भैन ढाट्न नसक्नाले
अझै सम्म बिहे भैन आट्न नसक्नाले

तिम्रो गुलाब तिम्रै भो मेरो मनमै मर्यो
एक अर्काका भावना साट्न नसक्नाले

कयौ पलका तपस्या खेर गए सबै
मह काटी हात मैले चाट्न नसक्नाले

 

Continue reading


तिमीबिना सत्य कसम बाँच्नलाई साह्रो भयो

Jane,Tamu, Gyanendra, जाने तमु ज्ञानेन्द्र , pallawa, पल्लव

जाने तमु ज्ञानेन्द्र

भुल्नेले त भुलिहाल्यो सम्झनेलाई गाह्रो भयो

तिमीबिना सत्य कसम बाँच्नलाई साह्रो भयो

रोईरहे हाम्ले भेट्ने भञ्ज्याग्ङको वरमुनि
नरोऊ भनि भनेन हो निष्ठुरीले किन कुन्नि
हाँसी हाँसी कता गयो रोनेलाई गाह्रो भयो

 

Continue reading


छन्दात्मक– गजल

Pasang, Tamu, पासाङ, तमु, Pallawa, पल्लव

पासाङ तमु

जुनमा पृत हुन्छन् ,मुटु जोडिन्छ मेरो ……
र त यो मन बाटै , पिर मोडिन्छ मेरो ……

सित खस्छ बिहानी ,हित खोज्दै भुईमा …….
जब राख्छु दिलैमा ,दु:ख छोडिन्छ मेरो ……

कति याद तिम्रै भो,सपनीको छाल बोकि ………
उडि आउछ हावा , दिल ओडिन्छ मेरो ………

 

Continue reading


गजल

Pasang, Tamu, पासाङ, तमु, Pallawa, पल्लव

पासाङ तमु

बुद्ध पनि मन्छे नै थे,सबैलाई थाहा होला
उनै भागवान बने,सबैलाई थाहा होला ।

हामी भने पुज्छौ ढुङ्गा,देउता भनि भनिनै
मन्दिर भित्र हुन्छ के?,सबैलाई थाहा होला ।

पुजा गर्छन मन्दिरमा,पाप लुकाई लुकाइ
कुन देउताले देखे ?, सबैलाई थाहा होला ।

 

Continue reading


गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

मुटुमा बरू त्रिशुल रोप शब्दले जलन भो
रूवाई हाँस्ने मान्छेको कस्तो अनौठो चलन भो

बाहिर हाँस्छु भित्र त घाउ पालेर दिनरातै ,
जिवन भयो अपाङ्ग सरी अनि पो थलन भो

 

Continue reading


छन्दात्मक गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

नेपाल देश हाम्रो ,सारा तराइ हाम्रै
सङ्गीत भर्छ झर्ना ,आहा ! झराइ हाम्रै

गाँसेर फूल माला ,जस्तै मिलेर हामी ,
आफ्नो न दूर को हो ?टाढा पराइ हाम्रै

 

Continue reading


गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

लक्ष्यमा पुग्दा चाहा सङ्लो पानी हिलो भयो
वक्षमा पु्ग्दा हात स्याउपनि पिलो भयो ।

अधरामृत पान भयौ हामी तानातान ,
जवानी चढ्दा टम्म रातो हैन निलो भयो ।

 

Continue reading


गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

गाँउ गाँउ बस्ति शहर र पाखैभरी नयाँ वर्ष
मयूरको नाँच कोईलीको भाकैभरी नयाँ बर्ष

गरिबको छाना आयो भन्छ दुखीयाको नयाँ नाना ,
आशा ल्यायो गाँस ल्यायो साँच्चै छाँकैभरी नयाँ वर्ष

 

Continue reading



“मलाई कलमकार बन्नु छैन”

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

पँक्षी म
म पनि त एउटा पँक्षी
अष्ट्रिज भुईमै दगुरीराखेका छन् ।
लाटा कोसेरो रातमा ,
तर म चिलको उचाईमा उड्ने पँक्षी
फरक त्यही माथी उचाईबाट सबै नियाल्छु
त्यही उचाई हो कलमकार
नत यो कसैको सवाल जवाफ
नत कुनै विञ्जप्ति
मुख देखी मनलाई भन्छ
मलाई कलमकार बन्नुछैन ।

Continue reading


गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

सम्झी -सम्झी कुनै पल, अभावैले रूनु पर्ला
स्वार्थी माया दुनियाँको, रवाफैले रूनु पर्ला ।

मैले फूलले हिर्काउदा ,बिँज्ने तिम्रो मुटु थियो ,
काँडा जस्तै रूखो बोली ,जवाफैले रूनु पर्ला ।

 

Continue reading


गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

मलाई म भन्दा हामी मन पर्छ %
स्कट भन्छन् तर जामी मन पर्छ%

सत्य बोल्दा ,सत्य लेख्दा, सत्य गर्दा,
गर्छन् भने बदनामी मन पर्छ –

 

Continue reading


प्रेमिकाको विवाह

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

मेरी प्रेमिकाको बिहे भा’को
तेह्रौ पुण्य तिथि हो आज
बाह्र दिनसम्म म नि:शब्द,स्तव्ध थिए
आज पनि शोकाकुल छु
रेटिनामा कोरेको थिए उनको रूप ,
म मेटाउनै सक्दिन
छातिमा लुकाएको थिए उनको माया ;
कदापि म लछार्न सक्दिन –

Continue reading


गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

सास फेर्न गाह्रो भा’छ जल्यो होला मुटु
मर्छु जस्तै खिन्न ला’छ जल्यो होला मुटु ।

उम्लेको छ आँखैभरी पानी जस्तै आशु ,
गालाबाट तल गा’छ जल्यो होला मुटु ।

Continue reading


बहरबद्ध गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

प्रेमको धारमा हेर लौ मालती
रेशमी पालुवा फेर लौ मातली

सुन्दरी हौ तिमी लोककी स्वर्गकी ,
बासना फूलको घेर लौ मालती

Continue reading


गजल

Jane, Tamu, gyanendra, जेन तमू , pallawa

जेन तमू

बिर्सनेले सतायो र रोए सम्झी -सम्झी
यादहरू पठायो र रोए सम्झि -सम्झि ।

पश्चिमको जुन जब ढल्यो पूर्वतिर ,
रात सबै कटायो र रोए सम्झि -सम्झि ।

Continue reading


बहरबद्ध गजल

Jane, Tamu,  gyanendra, जेन तमू , pallawa

जेन तमू

प्रेमको धारमा हेर लौ मालती
रेशमी पालुवा फेर लौ मातली

सुन्दरी हौ तिमी लोककी स्वर्गकी ,
बासना फूलको घेर लौ मालती

Continue reading