गजल

Anil, Birahi, Dimdung, Tamang,अनिल विरही, pallawa

अनिल विरही

साँचै माया गरेकै थेँ रहर ठानेछ्यौ ।
मुटु भित्र राखेकै थेँ शहार ठानेछ्यौ ।।

मातेको थेँ पिएर तिम्रो प्रेम प्याला
तिम्रो नजर दोशी जहर ठानेछ्यौ ।
मुटु भित्र राखेकै थेँ शहार ठानेछ्यौ ।।

Continue reading


तामाङ डाजाङ चिनारी

साकुला तामाङ

१. परिचयः
“तामाङ डाजाङ”, २०५९ सालमा स्थापित साहित्यिक संस्था हो । हालसम्म यसले तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । डाजाङले प्रारम्भ देखिनै मासिक रुपमा निरन्तर साहित्यिक गोष्ठी (ग्योइकाइ गेताङ) को आयोजना र मासिक पत्रिका “तामाङ डाजाङ”को प्रकाशन गर्दै आइरहेको छ । एकल तथा विभिन्न तामाङ संघ संस्थाहरूसंगको सहकार्यमा तामाङ साहित्यिक पुस्तकहरूको प्रकाशन, तामाङ भाषा मानक सम्बन्धि राष्ट्रिय स्तरको छलफल तथा बहस, तामाङ संस्कृति, परम्परा तथा संस्कारहरूबारे छलफल र बहस गर्नुका साथै उच्चशिक्षामा तामाङ भाषा पठनपाठनका निम्ति राज्यलाई दबाव दिने कार्यहरूपनि गरेका छन ।

Continue reading