विम्ब साहित्य आमा….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

थाङ्ना धुन्छिन् गुहु मुत सबै थोकको घीन छैन,
चोखो के हो शिशु र जननी भित्रमा भेद छैन।
आफैं बिर्सी तनुज तनया माथि लाग्दोछ ध्यान,
नारी आमा सकल जगकी सिर्जनाकी मुहान।।०१।।

राती सुत्दा सु सु हुनगए कत्ति झर्को नमानी,
छाती च्यापी वर वर गर्यौ मोहकी दिव्य खानी।
कैले काहीं वर पर कतै गाउँमा जानुपर्दा,
छाती पिठ्यूँ दुइतिर कसी बोक्दथ्यौ काम गर्दा।।०२।।

 

Continue reading


हुन् काव्यसौदामिनी….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

बारी खेत र टार भीर खहरे खोलाहरूमा पनि
अग्ला स्वच्छ हिमाल शैल चुचुरा पाखाहरूमा पनि।
टिस्टामा सुनकोशको बगरमा रावी नदीमा पनि,
नेपाली अधिकारका कलम नै हुन् काव्यसौदामिनी।।०१।।

भोका पेट अघाउने विषयको चर्चा गरे तापनि,
निर्धाले पनि बाँच्न पाउँछ भनी बोल्नेगरे तापनि।
लिस्नो मानिस हैन मानिस चढी हिँड्ने भनून् लेखनी,
झुप्राको अधिकारका कलम नै हुन् काव्यसौदामिनी।।०२।।

 

Continue reading


‘बुझ्दैनन् मेरो कविता…’

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

लाली गुराँसलाई मधेशको
टंटलापुर घाममा
फुलाउन खोज्नेहरू,
सुनाखरीलाई
मधेशको कालो ठूटोमा
फक्राउनखोज्नेहरू,
हाँसको बथानमा
बकुल्लो मिस्नखोज्नेहरू,
कोठे लुंगी लगाएर
काँड़े तारबाट छिर्नेगरेको
रेल लाइनको दुइपट्टि टुक्रुक्क बस्ने,
हात टेकेर भात खाने,

 

Continue reading


घट समान सखा कवि चिन्दछ……

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

मुलुक नष्ट विनष्ट हुनेभयो,
क्रय र विक्रय वस्तु हुँदैगयो।
रस चुहुन्छ भयानक भावमा,
प्रवल वीर भएछ अकिञ्चन।।०१।।

नयन छन् रसिला जलविन्दुले,
मलिन छन् मुख माड़-विहीनले ।
हृदयमा भय भाव सधैंभरि,
मधुर भाव भएन कसै गरी।।०२।।

 

Continue reading


बाँच्दैछ बाँच्दैछ रे…..

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

झु्ल्के सूर्य बिहानको समयमा लाली छरी पूर्वमा,
टल्किन्छन् हिम टाकुरा तरु लता सौन्दर्यका साथमा।
पाखा भीर र कन्दरा गगनको शोभा बढेको थियो,
आफ्ना फूलहरू चढाउँछु भनी चाँपो फुलेको थियो।

टाढ़ाबाट हिमाल शैल चुचुरा हेरौं भनी बादल,
हावाका सँग मन्दराचल हुँदै लाग्दैथिए उत्तर।
केही हात थिएन अर्पण गरौं भन्नेगरेका थिए।
झार्दै मेघहरू जलार्चन गरी सेवा गरेका थिए।

 

Continue reading


छन् कष्टका जीवनी….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

यस्तो रूप विचित्र धारण गरी संसारको मार्गमा,
हिँड्नाले कति ज्ञान हासिल भयो व्याख्या गरी सक्दिनँ।
धेरै ठाउँ भएँ तिरस्कृत तथा सम्मान सम्वर्धना,
माताजी, बहिनी, दिदी र गुरुमाँ पाएर सम्बोधन।

हेप्ने काम भने कमै हुनगयो गर्थें कुरा चर्चरी,
ठूलो धाक दिएर बोलिरहँदा हुन्थे सबै थर्थरी।
छक्का हो कि भनेर मानिसहरू कोही डराए पनि,
यात्रामा बहुतै भयो असुविधा छोरा कि छोरी भनी।

 

Continue reading


मायाँ लगाईकन …

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

चाँपो फुल्छ गुराँस फुल्छ वनका पाखा पखेराभरि,
मेरो प्यार फुल्यो फुल्यो मुलुकको डाँडा र काँडाभरि।
चौंरी चर्छ हिमालका चउरमा सम्झेर आफ्नो घर
डाँफे उड्छ सधैं सधैं गगनमा नेपाल देख्नेगरी।।

लाली पूर्व दिशा छरी विपिनमा हेर्नेगरेका रवि,
देख्दा यो कविले फुरेर कविता लेख्नेगरेको कति?
फैली बादल-पुञ्ज कुञ्जभरि नै सौन्दर्य बर्साउँछन्
नेपाली दिलमा रचेर कविता संसार फैलाउँ कि?।।

 

Continue reading


फर्कन्न रे त्यो दिन…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

लाग्यो मास असार सिम्सिम गरी पर्दैछ पानी पनि,
खेती गर्न किसान उत्सुक भए हुन् अन्नदाता पनि।
रोपी मानु मुरी फलाइरहने उत्साहको मौसम
लुक्दै बादलभित्रबाट रविले थाले अरे च्याउन ।

ओढी घूम हलो लिईकन पसे बारी तथा खेतमा,
नेपाली मनका उदार दिलका छन् बाउसे साथमा ।
रोपाहार हिमाल-शैलतनया बान्की परेकी कति,
बेठी गाइरहेर रोपिरहने नेपालका सन्तति ।

 

Continue reading


यस्तै चल्यो लेखनी…..

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

पन्छेकी छ भनेर दु्र्दुर गरी राखी कुनामा लगी,
नारी शोषणका कथा र कविता छन् किम्बदन्ती कति ?
नारी हुन् वसुधा समान जगमा हुन् सिर्जनाकी धनी,
भन्ने ज्ञान विवेकहीन बबुरा बुझ्थे र कैले पनि ?

मारी जीव निरीहको रगतमा आकण्ठ डुब्नेहरू !
पूजा गर्छु भनी जनावरहरू सङ्हार गर्नेहरू !
हत्या कर्म गरेर पूजन भनी फुर्केर हिँड्नेहरू !
नारीमाथि यिनै विभिन्नथरिका आचार थोप्नेहरू ।

 

Continue reading


साँचो तपस्वी हुँ म….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

सस्ता वस्त्रहरू भिरी वदनमा बारी तथा खेतमा,
कुन् हो जेठ,असार,माघ नभनी गर्मी तथा शीतमा,
खाने अन्नहरू फलाइरहने झर्को नमानीकन
मेरो धर्म किसान हो मुलुकको साँचो तपस्वी हुँ म ।।

चर्का घाम हुँदा धरातल सबै धप्धप् भए तापनि,
छेक्दै घाम खटें पुछेर पसिना खन्दैछु बारी पनि।
निस्के गोमन साँप मार्छ कि भनी सन्त्रास साँचीकन
जम्मै जीवक्षुधा मिटाइरहने साँचो तपस्वी हुँ म ।।

 

Continue reading


पस्ने भए मेघमा……

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

राता सूर्य कुदे चढेर रथमा घोडा समातीकन,
धेरै माथि पुगेर भूमितलमा हेरेर ताता कण
झार्दै यो वसुधा समुद्र-तकमा आगो लगाईकन
मार्लान् हा! रविले भनेर खगले लुक्ने बनाए मन।।०१।।

बस्थी ढुक्कुरकी जहान गुँडमा बच्चाहरूका सङ,
गर्मी धेर भएर उत्तर दिशा जाने बनाई मन।
फुर्फुर् उफ्रिरहेर नाचिरहने प्यारी जुरेली चरी
तातो धेर भएर खप्न नसकी रोई गरी चिर्चिरी।।०२।।

 

Continue reading


खुट्टा चाट्छन् खिच्चाहरू…..

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

आसे-गासे छन् कुक्कुरहरू…
कति त खिच्चा भैसकेका छन् कुक्कुरहरू…
मासुको चोक्टो भनेपछि हुरुक्क छन् कुक्कुरहरू…
हिजो आज रक्सी पनि धोक्छन् कुक्कुरहरू….
स्वामी भक्त छैनन् खिच्चा भएका कुक्कुरहरू…
मालिकको खाएर दुःश्मनको हितमा भुक्छन्
दुःश्मनको अघिल्तिर राल काड्छन्,
खुट्टा चाट्छन्, चोई …. चोई….
खुरुरुरुर कुदेर पुग्छन्,
दुःश्मनलाई मालिक र मालिकलाई
दुःश्मन ठान्छन् भुस्याहा कुकक्कुरहरू…

 

Continue reading


नेपाल फर्किरहने मन हुन्छ मेरो

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

आभा प्रभा विपुल सुन्दर देश मेरो,
अग्लो हिमालय समान छ गर्व मेरो,
सम्पूर्ण विश्वभरिकै अति लोभ लाग्दो
लाली गुराँस शिरमा फुलिराख्छ मेरो ।

पाखा र टारभरि नै रमणीयता छ,
बाला झुलेर धरणीभरि भव्यता छ,
कूहू कुहू विपिनमा ध्वनि कोइलीको
सुन्दा सदैव मन हर्षित हुन्छ मेरो।

 

Continue reading


सोधौं कि सोधौं हुने

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

नेपाली कविता कथा सुरसिला सत्ता र भत्ता पनि !
सत्ताधीश भने खराब,घटिया पाइन्छ जैलै पनि !
नेतामा सब दोष थोपिरहने निर्दोष आफू हुने
नेता निर्मित गर्छ को मुलुकमा? सोधौं कि सोधौं हुने !

राणा शासन मासियो मुलुकका राजाहरू मासिए !
मासी धान,मकै छिमेकतिरका सामाहरू बल्झिए !
आफ्ना चुप्प हुने पसी विपिनका साङ्लाहरू गर्जिने !
मूला रोप्न हुने उखेल्न नहुने? सोधौं कि सोधौं हुने !

 

Continue reading


आमा जगद्व्यापिनी ..

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

आमा जीवन जीवनी सकलकी आमा जगद्व्यापिनी!
आमा हुन् धरणी समान सबकी आधार-संस्थापिनी!
आमाको ममता विना जगत यो चल्थ्यो र कैले पनि?
आमा शव्द सुधा समस्त युगकी आमा पयोधारिणी।।

बामे सर्न सिकाउने टुकुटुकू हिँड्ने र खाने पनि!
तोते बोल्न सिकाउने मुसुमुसू हाँस्ने र खेल्ने पनि!
बोकी वत्सलता विशाल दिलमा माया सँगालीकन,
आमा शैशव काल सिर्जिरहने झर्को नमानीकन।।

 

Continue reading


भन्ने नबुझ्ने तिमी …

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

मेरो त्यो हिमशैल पग्लिरहँदै झार्दैछ पानी पनि!
मेरै वृक्षसमूहले क्षितिजमा छर्दैछ हावा पनि!
मेरै काख बसेर सन्ततिहरू निर्वाह गर्दा पनि!
मैं हूँ तीर्थ र देवता जगतको भन्ने नबुझ्ने तिमी!।।

मेरा पर्वत श्रृङ्खला हिमचुली झर्ना र खोलाहरू!
मेरै खेत गरा पहाड़तिरका पाखा-पखेराहरू!
धर्तीकै अतिदिव्य स्वर्णिम छटा सिर्जेर राखे पनि!
मैं हूँ तीर्थ र देवता जगतको भन्ने नबुझ्ने तिमी!।।

 

Continue reading


बिक्ने गरेको छ है….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

के लेखौं अब लेखनी हतप्रभा लज्जावती देखिईन्।
धेरै साक्षरले निरक्षर सरी गर्दा कतै झोंक्किईन्।
जस्का हात सधैं रही कलमले नेपाल तोड्दैछ है।
तिम्रा शासनमा हिमाल-चुचुरा पग्लन्छ-धस्कन्छ है।।

तिम्रा हात परी सुधा विष भयो हे राष्ट्रसंघातक!
मेरा जाति सबै विखण्डित भए हे जातिसंहारक!
आफ्नाको अधिकार मासिरहने कस्ता नियन्ता तिमी!
अर्काकै अधिकारको विषयमा गर्जेर बोल्ने तिमी!

 

Continue reading


श्रीसद्-गुरू खोज्दै छु म

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

मेरा मानिस छन् कमाउन भनी लाटा र सोझाहरू!
अर्काकै हितसाधनार्थ जहिल्यै टाठा र बाठाहरू!
किन्नै मात्र लजाउँदैन जहिल्यै किन्दैछ किन्दैछ रे!
बेच्ने काम गरौं भन्यो कि त भने खोलाहरू बेच्छ रे!।।

मेरा मानिसले विदेशतिरका राम्रा बनाए गुरु!
देखिन्छन् अपराध मूर्ति सहसा लुट्नेभए आबरु!
गोरा भक्तहरू गुरू अजगँरे काला र खैरेहरू!
नेपाली जन लुट्न खप्पिस फटा राता-पहेंल्चाहरू!।।

 

Continue reading


राख्नेछु हे पार्वती!…

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

मेरो यो मनमा, नशा, रगतमा बग्ने तिमी पार्वती!
मेरो प्यार बनी बस्यौ हृदयमा कैलाशकी पार्वती!
तिम्रो साथ बिना म बाँच्न नसकी मर्नेभएँ पार्वती !
छोड़ी शङ्कर आउ प्यारसितले राख्नेछु हे पार्वती !।।

तिम्रो प्यार मिल्यो भने हृदयमा झङ्कार छन् पार्वती !
सारा साधककी अजस्र मनकी संस्कारकी पार्वती !
मेरो यो तनताप नाश गर है अध्यात्मकी पार्वती !
छोड़ी शङ्कर भक्तका दिल बसे संसारकी पार्वती !।।

 

Continue reading


नेपाल झन् सुन्दर

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

हेरौंझैं हरिया हिमालतिरका डाँडाहरू सुन्दर!
प्यारा पर्वतका बुटा र लहरा पाखाहरू सुन्दर!
झु्ल्के घाम उदाउँदा शिखरका थुम्काहरू सुन्दर!
यो मेरो मनमोहनी महकिलो नेपाल झन् सुन्दर।।०१।।

टारी खेत फलाउने रहरका बालाहरू सुन्दर!
बान्की यौवनका नवीन दिलका वालाहरू सुन्दर!
आँटी कर्म गरेर बाँचिरहने यी पाखुरा सुन्दर!
यो मेरो मनमोहनी महकिलो नेपाल झन् सुन्दर।।०२।।

 

Continue reading