” छोरो”

Sushila, Bhatta, Kattel सुशीला भट्ट, कट्टेल,  pallawa, पल्ल्व

सुशीला भट्ट, कट्टेल

अन्ततः
मैले एकपटक मृत्युसंग सम्झौता गर्ने
दुस्साहस गरे।
हाम्रो जम्मै आयु खन्याएर
तिमिलार्इ दिर्घायुको कामना गर्यौ
कोठाभरी टाँसिएका तस्वीरहरूमा
तिम्रो मुहार कल्पना गर्यौ
कयौं सपनाहरू फुलायौं
जिवनको फुलबारीमा।
तिमिले बेस्सरी खुट्टा चलाउँदा दुख्थ्यो पेट
म खुशीले रोमान्चित बन्थे
पेटमा हात राख्दै
सुम्सुम्याउथ्यौं तिम्रो मुहार,हात,खुट्टा
आतुर थियौं दुबै मायालु स्नेह दिन।

 

Continue reading


ब्यबहार र सम्बन्ध

Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

यी नङ र मासुको सम्बन्ध कस्तो होला
दुखाइ र आसुको सम्बन्ध कस्तो होला ?
बुझेकाहरू नै तँछाड मछाड गर्छन
बुहारी र सासुको सम्बन्ध कस्तो होला ?

भलै तिम्रो याद घटाउन नसकोैला म
दिन त बित्छ रात कटाउन नसकोैला म ।
तिमी आउने मुल बाटो सबै बार्छु अब
सयोै बसेका मुटुमा अटाउन नसकोैला म ।

 

Continue reading


सुशिला लामिछानेका जोर गजल

Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

गजल– १,
उ ऋण काढेर मुग्लानमा पसेको थियो
मनमा अनेक पीडा सहेर बसेको थियो ।

साना लाला बाला छोडेर श्रीमती भागिन
वियोगमा परेर खरानी घसेको थियो ।

आँसुले भिज्दा घाउमा सितल हुन्छ अचेल
दूध पिलाएर पालेको सर्पले नै डसेको थियो ।

 

Continue reading


सुशिला लामिछानेका एकजोर गजल

Sushila, lamichhane, Nuwakot, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

गजल–१,
कत्ति गर्ने हो र घमन्ड, मरिजान पर्छ एकदिन
सुवास छरेपनि फुलले, झरिजान पर्छ एकदिन

जति गर्छोै पुण्य अनि, जति गर पाप तिमी
जे गरेनी कालको मुखमा,परिजान पर्छ एकदिन

छुपेको छ अपराध, भनि ढुक्क छोै होला
तोैलिदै पानापाथी ,भरिजान पर्छ एकदिन

 

Continue reading


गजल

Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

घमन्ड नै कति गर्छौ मरिजान पर्छ
जस्तो सुवास् छर्छ फुल, झरिजान पर्छ ।

जति गर्छो पाप–पुण्य आखिरमा तिमी
त्यही कालको मुखमा, परिजान पर्छ ।

छुपेको छ अपराध, भन्दै ढुक्क किन ?
त्यही भर्ने माना–पाथी, भरिजान पर्छ ।

 

Continue reading


“गजल”

Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

तिमी खुकुरी आचानो यो दिल भएको छ
मायाको परिणाम मुटुमा खिल भएको छ

रुदा रुदै आसु पनि रित्तिसक्यो सानू अब
नपत्याए हेर प्रमाण आखाको डिल भएको छ

जब तिमीले मन छोडी रूपलार्इ माया गर्यो
त्यसपछि हाम्रो सम्बन्ध नै जटिल भएको छ

 

Continue reading


गजल

Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

मृत्युको सटटामा जिवन पठाई देऊ
ए भगवान मलाई मेरो बच्पन पठाई देऊ |

दुखिकोमा मात्र दैव तिम्रो बाँस हुने भए
सहिरहन्छु म पीडा झन् पठाइ देउ|

धेरै भेटे स्वार्थी जाली मन भएका
अब मेरै लागि धड्किने धड्कन पठाई देउ |

 

Continue reading


गजल

Sushila, lamichhane, Nuwakot, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

अलिअघि बढौँ भन्छु आफैँभित्र, म हरार्इ रहेछु,
अन्तर हृदयमा खोज्नुस मित्र, म हरार्इ रहेछु ।

रूप हेरेर मनुष्यका व्यवहार, बुझ्न नसकिने,
खोज्दैमा सभ्य आफन्तका चरित्र, म हरार्इ रहेछु ।

धन हुनेको मन हुँदैन आफन्तलार्इ बिर्सिदिन्छ,
अनेत्र भेटिने रै’छ मन पबित्र, म हरार्इ रहेछु ।

 

Continue reading


१६ अक्षरीय गजल

Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

पत्थर भैसक्यो दिल, फूलको कुरा नगर,
एकान्त प्रेमी भएँ म, हुलको कुरा नगर ।

बाध्यता यस्तै पर्यो, माफ गरिदेउ न सानु,
जानेर नै गल्ती भयो, भुलको कुरा नगर ।

खानदानी हुँ भन्नेहरू, नजरबाट गिरे छन,
मन राम्रो हुनुपर्छ, कूलको कुरा नगर ।

 

Continue reading


“अब म कविता लेख्छु साथी”

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

फूलहरु निमोठिएको
आन्दोलनले देश भाँडिएको
गरीव जनता भोक- भोकै मरेको
कतै कवि गजलकारको गुनासो
अब सबै- सबै समेटेर
म कविता लेख्छु साथी।
मैले लेख्नुछ कविताका हरफहरुमा
हराईरहेका सीमा स्तम्भहरु
उन्नुछ शब्दहरुभित्र
दशगजा,सुस्ताहरुको पीडा—

 

Continue reading


“अब म कविता लेख्छु साथी”

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

फूलहरु निमोठिएको
आन्दोलनले देश भाँडिएको
गरीव जनता भोक- भोकै मरेको
कतै कवि गजलकारको गुनासो
अब सबै- सबै समेटेर
म कविता लेख्छु साथी।
मैले लेख्नुछ कविताका हरफहरुमा
हराईरहेका सीमा स्तम्भहरु
उन्नुछ शब्दहरुभित्र
दशगजा,सुस्ताहरुको पीडा–

 

Continue reading


सुशिलाका केही मुक्तकहरूः

Sushila, lamichhane, Nuwakot, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

बनोस सँबिधान शान्त नेपाल हेर्ने रहर छ
किसान दिन दुखीको दिनाचार्य फेर्ने रहर छ ।
यस्तो गर्छु उस्तो गर्छु भन्दै भोट माग्छन नेताहरु
अब पनि नबने सँबिधान कुर्सी घेर्ने रहर छ ।।

हेर आजै मेरो भाग्य भोली छोड्न पाँउदैनौ
मुटु एक भएपछि बाटो मोड्न पाँउदैनौ ।
पहिलो प्रेम अन्तिम प्रेम एउटै होस मेरो
राखेपछि मुटुभित्र नाता तोड्न पाउदैनौ ।।

 

Continue reading


“नदी”

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

नदीले पनि नहुनेहरुकै खुशी लुट्दोरहेछ
निरीहलाई नै टुहुरो पार्दोरहेछ
अँध्यारोमा एकछत्र राज गर्दै
आँफूसँगै बगाउँदोरहेछ
गरीबहरुको बस्ती।
नदी
प्रत्येक गह्रा-गह्रामा सुनौला सपना रोप्ने
किसानको घर बगाउँछ
बगाउँछ दुईछाक खान धौ-धौ पर्नेहरुको घर
शहरमा बस्ने साहुको घरखेत
स्याहार्ने रामे,श्यामेलाई–

Continue reading


“बाढी”

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

यसपालीपनि बर्षामा
आउनेछ बाढी
गर्जिनेछ मेघ र
पर्नेछ चट्याङ
गाउँमा।
यसपालीपनि हजारौँ घरपरिवार बिहिन हुनेछन्
मिल्नेछन् समुन्द्रमा कोहि
माछा,गोहीहरुले
मनाउनेछन् दँशै
खुशीले गर्नेछन् कक्टेल पार्टी
कयौँ जमीनहरु हुनेछन् उराठलाग्दो मरुभूमि
बस्तिहरु उजाडिनेछन्

 

Continue reading


गजल

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

निरंकुशता सरकारले आज सावित गरेको छ।
जस्तो कि हरेक घटना आधारित गरेको छ।।

किताबका ठेलीमा मात्र पाउँछौ अधिकारहरु।
वास्तविक ब्यावहारमा सँधै बर्जित गरेको छ।।

यो यस्तो देश हो जँहा दोषीलाई कारवाही होईन।
उल्टै घटना लुकाई हत्यारा सुरक्षित गरेको छ।।

 

Continue reading


“सम्प्रेषण”

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

प्रिय !
यो पत्र सम्प्रेषण गरिरहेछु
औलाले लेखिएका शब्द कति
आत्मिय संचार हुँदारहेछन्
त्यसैले म अक्षरमा पोखिन चाँहे
म आँफू लेखिन चाँहे
आजको यूगमा कम्प्यूटर आँफै कापी भएको छ
र हुलाकीपनि
तर प्रिय मैले पहिलोपटक
कोरिरहेछु तिम्रो नाममा पत्र
थाहा छैन कहिले पस्यौ सुटुक्क नयनभित्र
परेलीको बाटो हुँदै?

Continue reading


“परदेशी”

वाध्यता र विवशताको परिधिमा बाँधिएर
अन्तत:तिमीले मुग्लान जाने निर्णय गर्यौ
जानु नै थ्यो तिमीले
आमाको च्यातिएको चोली फेर्न
बाबाको फाटेको टोपी सिलाउन
छोराछोरीको सपना पूरा गर्न
अनि जानु’थ्यो जिवन संगिनीलाई–
अभावका बिस्कुन सुकाउन नदिन

 

Continue reading


गजल

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

लुतेपनि भुक्न थाल्छ यँहा रात परेपछि
साँचो सत्य लुक्न थाल्छ यँहा रात परेपछि

भित्रभित्रै थालिएका अत्याचारका खेल तमासा
पर्दाभित्र ढुक्न थाल्छ यँहा रात परेपछि

माथि चढ्ने चढेकैछन् शिखरतिर उसैगरी
यात्रा त्यसै चुक्न थाल्छ यँहा रात परेपछि

 

Continue reading


गजल

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

भोग्नेहरूलाई थाहा हुन्छ अभाव कस्तो हुन्छ?
अनि महलमा बस्नेहरूको रवाफ कस्तो हुन्छ?

सडकमा खान नपाइ एउटा वालक रोई’राछ
के थाहा उस्लाई,होटलको कवाफ कस्तो हुन्छ?

जानिराख जुको बनि सँधै रगत चुस्नेहरू
निमुखाको प्रतिकारमा जवाफ कस्तो हुन्छ?

 

Continue reading


गजल

Sushila, Bhatta, सुशीला भट्ट, pallawa, पल्ल्व

सुशीला भट्ट

राम्रो भन्दा अझ धेरै खति भा’छ नेपालमा
माथि चढ्ने भन्दा झर्ने गति भा’छ नेपालमा

मान्छे मार्दै विजयको गित गुन्जाउँछन् रे
यस्ता पापी खेल कति,कति भा’छ नेपालमा

ठुलाहरू सामु सँधै झुक्नुपर्ने निरीहले
शोषकको शोषणपनि अति भा’छ नेपालमा

 

Continue reading