गजल

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

दिउँसै पिउनुकाे मजा बेग्लै छ
पिएर जिउनुकाे मजा बेग्लै छ ।

फाट्नु पर्छ मन पनि छियाछिया भई
फाटेपछि सिलाउनुकाे मजा बेग्लै छ ।

हुनुपर्छ जवानीमा कवि,प्रेमी,पागल
झाेक्रिएर टाेलाउनुकाे मजा बेग्लै छ ।

 

Continue reading


तेल भिसा

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

हातमा परेको छ तेल भिसा
छोराले पठाएको छ अस्ट्रेलियाबाट
जाते आते बोइङको खर्च
भनेको छ छोराले पटकपटक
बाबा र आमा जसरी भए पनि आउनू
बाबालाई नमिले
आमा त आउनू आउनू
बुहारीले बाटो हेरिरहेकी छ ।

सुटकेस भरिएको छ
नातिका भोटा र दौराले
अलिकति गाउँको
अर्गानिक तोरीको तेल पनि छ –

 

Continue reading


कबिता मनले लेख्छ नियमले हैन

Surendra, Wagle, सुरेन्द्र वाग्ले, pallawa, पल्लव

सुरेन्द्र वाग्ले

ऊ छन्दमा मात्र देख्छ कबिता
अनि रोक्न खोज्छ मनका सरीता
पद सुत्र र तालका बात गर्छ
कला र लालित्य का स्वांग गर्छ ।

नत चोट हुन्छ नत आँसु बग्छ
न हांसो हुन्छ न त मस्त हुन्छ
छ सुत्रको बोझील तानावाना
भावहरु छन सब ओझलमा ।

 

Continue reading


अभाव छ र पो यो जिन्दगी मज्जा छ

Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

सबै अभावलाई महाकाल ठान्छन्
म अभावलाई सहकाल ठान्छु
मलाई अभावले जिन्दगी पढाएको छ
हरेक दिन
भोलिको उज्यालोमा
मीठो निद्रा निदाएको छु
सबै अभावको उपेक्षा गर्छन्
म अभावको अपेक्षा गर्छु
मलाई अभावले
स्वाभिमानी बनाएको छ
मसँग अभाव नभएको भए
म मुन्द्रे बन्न सक्थेँ÷म ट्यापे बन्न सक्थेँ

 

Continue reading


म ध्रुबे अर्थात् धु्रबबहादुर

Surendra, Poudel, Astafal, सुरेन्द्र पौडेल अस्तफल, pallawa, पल्लव

सुरेन्द्र पौडेल अस्तफल

मलाई
मेरो ज्यानले अभियुक्त बनाएको छ
मलाई
मेरै ज्ञानले
भययुक्त बनाएको छ
मेरो बासस्थानमा
अविश्वासको बुलडोजर
लगायौ र म
बिछ्यौना खोज्दै
तिम्रो गाउँ पसेको हु
मलाई अभावले विद्रोह सिकायो
मलाई तनाबले हिसा सिकायो

 

Continue reading


तिमी नभेटिएकी भए जाति हुन्थ्यो

Surendra, Asthaphal, सुरेनद्र अस्तफल, pallawa, पल्लव

सुरेनद्र अस्तफल

आखिर
नदीझैँ बग्नु थियो भने
बाढीझैँ बगाउनु नै थियो भने
तिमी नआएकै भए जाती हुन्थ्यो
पिँजरासित मीत लाएकै थिएँ
पत्थरसित प्रीत गाएकै थिएँ
तिमीले अनायास त्यसरी
शरद्गान नगाइदिएको भए हुन्थ्यो
तिमी नभेटिएकी भए जाती हुन्थ्यो ।

 

Continue reading


‘ताप’ उपन्यासमा अभिव्यञ्जित मानवीय रापहरू

Surendra, Asthaphal, सुरेनद्र अस्तफल, pallawa, पल्लव

सुरेनद्र अस्तफल

१.    आमुख
शारदा शर्मा -२०१५) नेपाली आख्यान, निबन्ध र कविताका क्षेत्रमा बलियो रूपमा कलम चलाउने स्रष्टा हुन् । माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा उनको जन्म थुम गाउँ, चिलाउनेबास स्याङ्जामा भएको हो । उनले प्राणीशास्त्रमा बी.एस्सी. तथा नेपाली भाषा र साहित्यमा एम.ए. गरेकी छन् । नहार्ने योद्धालाई मेरो बधाई कविता वि.सं. २०३९ सालमा वी.पी. विशेषाङ्कमा प्रकाशित गरी औपचारिक रूपमा नेपाली साहित्यमा प्रवेश गरेकी शारदाका हालसम्म सातवटा कृतिहरू प्रकाशित छन् । जीवन र जगत्का उहापोहहरूलाई आफ्नै दृष्टिले अँगाल्ने शर्मामा मूलतः अस्तित्वबोधी चिन्तन पाइन्छ ।

Continue reading


‘सूत्रमाला’ मा अभिव्यञ्जित प्रणयपरकता

Surendra, Asthaphal, सुरेन्द्र अस्तफल, pallawa

सुरेन्द्र अस्तफल

१.    परिचय
गजल साहित्यमा ऋषिप्रसाद लामिछाने अर्थात् गोर्खे साइँलाको महत्त्वपूर्ण उपस्थित देखिन्छ । वि.सं. २०२२ मा विद्यार्थीको दुःख भन्ने कवितामा पुरस्कृत भएपछि साहित्यप्रति आकृष्ट भएको ‘गोर्खे साइँलो’’ का सम्मोहन -गजलसङ्ग्रह, २०६२), कादम्बरी -कवितासङ्ग्रह, २०६३), सूत्रमाला -गजलसङ्ग्रह, २०६३) काव्यकृतिहरू प्रकाशित भएका छन् । ‘पल्लव साहित्य प्रतिष्ठान’ का अध्यक्षसमेत रहेका उनी विभिन्न सङ्घसंस्थामा आबद्ध देखिन्छन् । उनी विभिन्न साहित्यिक सङ्घसंस्थाबाट सम्मानित भएका छन् । उनी लेखकका अतिरिक्त प्रकाशक तथा साहित्यिक वितरकका रूपमा रहेका छन् । चितवनको साहित्यलाई उन्नत एवम् परिचित गराउन गोर्खेको योगदान उल्लेखनीय रहेको छ ।

 

Continue reading


भिखारी र भिखारीहरु

surendra, singh, ठकुरी, thakuri

सुरेन्द्र सिंह ठकुरी

सबैले उसलाई माग्ने भन्छन्, भिखारी भन्छन् । बच्चा काखमा च्यापेर बजारका प्रत्येक गल्ली र चोकहरुमा ऊ डुलिरहेकी हुन्छे, डुल्दै गर्दा पाँच, दश रुपैया आफ्नो गुजाराको निम्ति मागिरहेकी हुन्छे । यो उसको दिनचर्या हो । बजारका प्रत्येक मान्छेहरु उसका लागि परिचित छन्, त्यसैले त ऊ नजिक जाँदा तर्केर भाग्ने गर्छन् । या फेरी ऊ नजिक हुदा हप्काएर धपाउने गर्छन् । उसको बोल्ने ठेगान हुदैन । उसलाई पैसा माग्न कुनै समय चाहिन्न । जो कोही जतिबेला जहाँ निर भेटिन्छ, त्यही निर पैसा माग्ने उसको आदत नै बसिसकेको छ । तर यसको मतलब ऊ पागल भने होईन । उसको दिमाग ठिक छ नत्र सबैले यो त पागल हो भनेर पागलखाना पठाउन लाग्दा किन डाक्टरले मानसिक रुपमा स्वस्थ्य छ भनेर फर्काउथे त उसलाई – ऊ बाध्य छे, पैसा माग्न ।

Continue reading


बाध्यताले जानु पर्यो, तिम्लाई छाडेर

इन्गनम शुरेस

बाध्यताले जानु पर्यो, तिम्लाई छाडेर
फर्कु किन मैले अव, विनामोलको आँसु झारेर

पर्खिन्जेल बिनावास्ता, बर्षौ त्यसै विति गयो
पाईलामात्र के बडाएथे, त्यो मा त्यसै जलिदियो
धेरै पिरले सताएथ्यो, आड पाए तिम्लाई छाडेर
किन बस्नु सधै मैले, तिम्रो साथ आँसु पिएर

Continue reading


चिप्लोमेटिक

सुरेन्द्र अस्तफल

आजकल जताततै डिप्लोम्याटको चर्चा छ । डिप्लोम्याटको नेपालीकरण बुद्धिजीवी या यस्तै प्राज्ञ केही हुनसक्छ । डिप्लोम्याटको कला डिप्लोम्याटिक हो । जो डिप्लोम्याटिक छ, ऊ रियालिस्टिक पनि हो । जो रियालिस्टिक छ, ऊ डोमेस्टिक भए पनि वाहवाहको हकदार छ । तर यो नेपाल हो । यसले कसैको उपनिवेश स्वीकार गरेन । हाम्रो देश नेपालमा सबै कुरा अग्रगामी छन् । उही अझ झन् कुरूप बन्दै गएको नेपाललाई हामी नयाँ नेपाल भन्दै छौँ । सायद नयाँ हुन राम्रो हुनैपर्छ भन्ने कहाँ छ र – नराम्रो भए पनि पहिलाको तुलनामा नयाँ नै हुन्छ नि । 

Continue reading



गीत: गर्जिदैछ आकाश आज, यो मन किन आत्तिन्छ नी

सुरेन्द्र ईङ्नाम

गर्जिदैछ आकाश आज, यो मन किन आत्तिन्छ नी
चट्याङ्ग पर्यो संघार छेउ, मुटू किन जल्दिन्छ नी

छैन निद हर् साँझ् जस्तै, मन त्यसै पोली दिन्छ
दुस्मन सँग लड्दा लड्दै, घर कै यादले रोई दिन्छ
धड्किदैछ छाती सारै, धड्कन त्यसै बड्दिन्छ
नीघरी घरी सम्झिदैछु, यो मन किन पोल्दिन्छ नी

Continue reading


मन्दिरजस्तै चोखा मनहरु

सुरेन्द्र देवकोटा

मैले देखेको लाँकुरी भञ्याङ
मनभरी चम्किएका हिमालहरु

हिमालभरी चम्कीएका मनहरु
कविता भएर वोलिरहेका
रुखहरु

Continue reading


गोरखा लाँकुरी भञ्ज्याङ आँउछ

सुरेन्द्र देवकोटा

डराउनु पर्दैन तिमिले
दोस्रो विस्वयुद्धमा जस्तो
चम्कीलो खुकुरी भिरेर कम्मरमा
हातमा राइफल बोकेर आउँदैन उ
तर
पृथ्वीनारायणले
चन्द्रागिरीबाट हेरेजस्तै
उपत्यकालाई
एकचोटी अवस्य चिहाउँछ ।
Continue reading


नेपाली साहित्यको उन्नयनमा पल्लव साहित्यिक पत्रिकाको योगदान एक चर्चा

सुरेन्द्र अस्तफल

१. विषय प्रवेश
 
 साहित्य एक किसिमको कला हो । तथापि यो जोकसैलाई सहज रूपमा प्राप्त हुँदैन । यसको लागि साधनाको आवश्यकता पर्दछ । प्रतिभा,व्युत्पति र अभ्यासले मानिसलाई साहित्यिक मार्गमा डोर्‍याउँछ । साहित्यलाई समाज रूपान्तरणका लागि, चेतना विस्तारका लागि, स्वान्तसुखायका लागि प्रयोग गरिएको पाइन्छ । साहित्यरूपी वाटिकामा पुष्पित हुन ,पल्लवित हुन साधनाको आवश्यकता पर्दछ । साधना एवं निरन्तरताको लगनशीलताले मात्र वास्तविक साहित्यकार बन्न सकिन्छ । हिजोको र आजको परिवेश फरक भए पनि जून र घाम उनै हुन्, पहाड र पर्वत उनै हुन् ,देसको माटो उही हो । त्यसैले हिजो लेखिएका कति कुराहरू आज उत्तिकै महत्वपूर्ण रहेका छन् । नेपालको साहित्यिक गतिविधि अन्याय देसको तुलनामा धेरै पछि सुरु भएको हो । अझ नेपाली भाषा विकासको इतिहास एकहजार वर्षको रहेको छ । चितवनको साहित्य त अझ निकै पछि मात्र सुरु भएको हो ।

Continue reading