युगल सुनुवार का पाँच ताङ्का

Yugal, Sunuwar, युगल सुनुवार, pallawa, पल्लव

युगल सुनुवार

सुन्दर फुल
मेरो निम्ती तिमी हौ
त्यो फुललाई
म सजाई राख्ने छु
सँधै स्वाच्छ दिलमा

सँधै फुलुन
फुलहरू बारीमा
म भमरा झै
बनेर चुम्ने नै छु
तिम्रो लाली अोठैमा

 

Continue reading


गजल

Yugal, Sunuwar, युगल सुनुवार, pallawa, पल्लव

युगल सुनुवार

तिम्रो यादले, मुटु दुखाउँछ
आँशको मुल, पनि सुकाउँछ

कस्तो पिरती, लाए होला मैले
पल भरमै, विष खुवाउँछ

पिरती हैन, ख्याली चोट दियो
त्यही चोटले, सँधैँ रुवाउँछ

 

Continue reading


युगल सुनुवारका जोर गजल

Yugal, Sunuwar, युगल सुनुवार, pallawa, पल्लव

युगल सुनुवार

गजल– १,
तिम्रो यादले, मुटु दुखाउँछ
आँशको मुल, पनि सुकाउँछ ।

कस्तो पिरती, लाए होला मैले
पल भरमै, विष खुवाउँछ ।।

पिरती हैन, ख्याली चोट दियो
त्यही चोटले, सँधैँ रुवाउँछ ।।

 

Continue reading


आमा घर, सञ्चार गृह र सरकार

Bhawana, Pariskrit, Sunuwar, भवानी परिक्षीत सुनुवार, pallawa,पल्लव

भवानी परिक्षीत सुनुवार

अहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् । दिलशोभाले जुन अवस्थामा परोपकारको कार्य सुरु गरिन् र बेसहारा बृद्ध–बृद्धाहरुको स्याहार संभार गरिन् यसको प्रचार नेपाली मेडियाहरुले नै गरेका हुन् । उनको बारेमा नेपाली मेडियाहरुमा आएपछि यसले विश्वभर रहेका नेपालीहरुको परोपकारी मनलाई आकर्षित ग-यो । नेपालभित्रै रहेका र नेपाल बाहिर रहेका असंख्य परोपकारी मनहरु उनको सेवाभाव र सोझोपनको प्रभावमा परेर पग्लिए । परिणामस्वरुप उनको आमा घरको लागि निकै ठूलो सहयोग जुट्न थाल्यो ।

 

Continue reading


निमिसा र मनिष

Bhawana, Pariskrit, Sunuwar, भवानी परिक्षीत सुनुवार, pallawa,पल्लव

भवानी परिक्षीत सुनुवार

निमिसा र कुन्दनको प्रेमकथा पर्दाफास भएपछि नरनारायणको परिवारमा बज्रपात प-यो । दुई वर्ष त यी प्रेमिले जोडीहरूको सम्बन्ध विषयमा कसैलाई भनक थिएन । गुजुरगुइँठे नाम गरेको व्यक्ति जसको काम टोल छिमेक, पुरै गाउँभरिका विषयमा चियो चर्चा गर्दै हिँड्नु थियो । उनै गुजुरगुइँठेले भनक पाएपछि गाउँमा बेजोडको हल्ला मच्चियो । सामाजिक नीति नियम र मर्यादा विपरीत आचरण गरेवापत कुन्दनलाई मरणासन्न हुने गरी पिटियो । उनी कथित निच जातिले कथित उच्च जातिकी कन्या बिमिसासँग प्रेम गरेर महाअपराध गरेकोले ज्यानै लिनु पर्छ भन्ने तर्कमा पुगेका थिए त्यो गाउँका उच्च जातिका बुद्धिमानहरू । कुन्दनलाई हत्या गरेको खण्डमा आफूले पनि आत्महत्या गर्ने हठ निर्णय सुनाइन विमिसाले । कुन्दनको हत्या हुनबाट, महा अनर्थ
हुनबाट त टारियो तर दुई प्रेमीहरूको पवित्र प्रेम भने भाँडियो ।

 

Continue reading


परितोषिकाको तीज

Bhabana, Pariskrit, Sunuwar,  भावना परिष्कृत सुनुवार, pallawa

भावना परिष्कृत सुनुवार

परितोषिका पहिलो पटक आफ्नो श्रीमान् आरकीडसँग गाउँको घरमा पुग्छिन् । सहरमा जन्मेहुर्केकी उनलाई गाउँलाई राम्रोसँग बुझ्ने र जान्ने रहर थियो । चारवर्षअगाडि गाउँले छोरो आरकीडसँग बिहे भए पनि बल्ल पहिलोपटक उनलाई गाउँमा आउने मौका मिलेको थियो । परितोषिका गाउँ पुग्दा सहरमाझै तीजको रमझम चढिसकेको थियो । सबै तीजमा माइती जाने तरखरमा थिए तर परितोषिका भने माइतीबाट घर आएकी थिइन् । उनको लोग्नेको घरमा पनि नन्द र अमाजूलाई लिन जानुपर्ने कुरा चल्यो । आरकीडभन्दा बाहेक अरु छोरा दुई जना पनि थिए घरमा । सासू रमादेवीले सबै छोरालाई दिदीबहिनी लिन जान आदेश दिइन् ।

 

Continue reading


दोहोरो रूप

Anwav, Manjari, Sunuwar, मञ्जरी सुनुवार, pallawa

अनवाव मञ्जरी सुनुवार

वर्षैपिच्छे छोरी जन्माएर दिकदारी भएकी निभा यो पटक आफ्नो गर्भमा भएको भ्रूणलाई तुहाउन चाहन्थिन् । उनले अब पुत्र प्राप्तिको निम्ति विशेष साधना यज्ञ, पूजन, दान… आदि गरेर बुटि धारण गर्नुपर्छ । अनि मनोवाञ्छित फल प्राप्त हुन्छ भनी ढोल पिट्ने बाबाजी र माताजीको शरणमा जाने निर्णय गरिन् । निभाकी साथी शीला भने बिहे भएको दशौँ वर्ष बित्दा पनि सन्तानको सुख भोग्न नपाएर छट्पटाई रहेकी थिइन्। उनले यस्तो केही गर्न पनि बाँकी राखिनन् जुन उपायले सन्तान प्राप्त होस् । हप्ताको सातै बारजस्तो विभिन्न देवी–देवताको पूजन व्रत तीर्थसहित अनेक जडिबुटिको प्रयोग गरिन् ।

Continue reading


"एउटा आर्दश प्रेमको अन्त्य"

भानु सुनुवार ‘तिरस्कार’

आत्मपरक कथा
सायद तिमीलाई मेरो हर्कतले हदै सम्म विझाएको होला । एक हातले तालि बजाउन खोज्नु मेरो मुर्खता सिवाए अरु केही होईन म त्यो बुझ्छु । तरपनि म विवशछु । हामीले हिजो देखेका सपनाहरु मेरो मन मस्तिष्कमा सल्बलाउँदा मलाई हेक्का रहन्न तिमी मेरी होईनौ भन्ने । यो यथार्थ हो तिमी अब कदापी मेरी हुन सक्दैनौ । तर मेरो मन मान्दैन । कहिल्यै पनि म स्विकार्नै सक्दिन तिमी मेरी होईनौ भन्ने कुरा । हामी बिच बितेका हिजोले मेरो दिलमा तिमीलाई लाहाछाप लगाई राखेकोछ । त्यसैले त तिमीबाट टाढा भाग्ने मेरा लाखौ प्रयास बिफल भए । जिन्दगीको त्यस्तै मोडमा हाम्रो भेट भयो ।

Continue reading


भानु सुनुवार ‘तिरस्कार’

नयाँ बर्ष सबैमा खुशी बुनेर आउनु,
ओठै भरि पारीलो हर्ष उनेर आउनु ।

नयाँबस्ति बसालौ यहि धर्तीमा अब,
जहेरीला मनको जालो थुनेर आउनु ।
Continue reading


“मेरो एउटा साथी छ”

प्रकाश सुनुवार

मेरो एउटा साथी छ
सम्झनामा आएकाहरु मध्ये
अल्ली बढी नै हाँसिदिन्छ
बिर्सिएकाहरु माझ
नमिठोसंग मन दुखाइदिन्छ
उसको भोको पेट खोर्सेर
कोइकोइ नमज्जाले अघाउँछ –

Continue reading


‘हामी नयाँ घर बनाउँछौ’

प्रस्तुतीः प्रकाश सुनुवार

हाम्रो घर ज्यादै पुरानो छ
यसका दलिनहरु
थामहरु
र डाँडाभाटाहरु
झुर्नाझुर्ना भएर कुहिसकेका छन्
छानामा
दलानमा
र जताततै
धमिरा छ्याप्छ्याप्ती छन्
लुगाहरु धोयो
र सफा पार्‍यो .

Continue reading


मर्न परे मर्छु

 

भानु सुनुवार ‘तिरस्कार’

तिम्रो शहर छाडि अन्तै, सर्न परे सर्छु,
तिम्रो ओठमा खुशी भर्न मर्न परे मर्छु ।

भक्कानिदै दुख्छ मुटू, आँखा छोपी रुँदा,
मनै शितल हुन्छ मेरो, तिमी खुशी हुँदा ।
जीतैजीतको खोजीगर्न, पात पातै चर्छु,
देउतासँग बल मागि, खुशी त्यतै भर्छु ।

Continue reading


गाँउदा गीत जाती

भानु सुनुवार ‘तिरस्कार’

जान्न पाप नासिएर, लाउदा तिते पाती,
पाप भन्दा टाढिएर, गाँउदा गीत जाती ।

पर्दा राखि दुनियाँमा, छैन नि मर्दा लाने,
कहाँ पुग्छ शिखरमा, पापको बाटो जाने ।
पर्दा हाल्दै जीवनमा, जीउदा हुन्छ खती,
पाप भन्दा टाढिएर, गाँउदा गीत जाती ।
Continue reading


मायाँ गर्नु, हुन्न कसैले ।

भानु सुनुवार ‘तिरस्कार’

हाम्रो मुटू एउटै, यस्तै लाग्थ्यो मलाई,
बन्यो मुटू दुईटा, सयौ पीडा फलाई ।
जस्तो भो,
मेरो मायाँ, किन सस्तो भो ।
Continue reading


गजल

भानु सुनुवार ‘तिरस्कार’

रोग भोक शोकजति, मेची काली तारौ अब,
रोग भोक शोकमुक्त, हामो माटो पारौ अब ।

गरे फल्छ सुन यहाँ, मलिलो छ हाम्रो माटो,
लह लह धान झूल्ने, पाखो बारी खारौ अब ।

Continue reading


आए कालो रातहरु

भानु सुनुवार ‘तिरस्कार’

मैले ला’को पिरतीमा, किन फल्यो घातहरु,
रम्न खोज्छु जूनेलीमा, आए कालो रातहरु ।

चोखो थियो मेरो मायाँ, कुरा काट्ने धेरैभए,
रोई रोई छुट्नु हुन्न, भन्नेले नै छाडि गए ।
मैले ला’को पिरतीमा, किन चल्यो बातहरु,
रम्न खोज्छु जूनेलीमा, आए कालो रातहरु ।

Continue reading


गजल

भानु सुनुवार ‘तिरस्कार’

रोदी घरमा नाचौ भन्यौ, कुम जोडी नाचेको थे,
मेरै साथमा हाँसौ भन्यौ, दिल खोली हाँसेको थे ।

भन्थे मलाई आफन्तले, निको चाला छैन तिम्रो,
उल्टै हप्काई भाग भन्दै, कुरौटे मन् भाँचेको थे ।

Continue reading


गजल

–  विष्णु सुनुवार

जालि उन्को मनसँग, प्रीत गाँस्नु भूल भयो,
प्राण भन्दा प्यारो प्रीत, मुटू खाने शूल भयो ।

विश्वासका सीमारेखा, भत्किएर जान थाले,
न्यानो लाग्ने साथपनि, खडेरीको फूल भयो ।

Continue reading


‘पर्‍यो बन्दगीमा’

भानु सुनुवार ‘तिरस्कार’

आयौ किन पाहुनाबनि, मेरो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि ,पर्‍यो बन्दगीमा ।

मीठामीठा सपनाबाँडि, धेरै मायाँ गर्‍यौ,
फूल्न लाग्दा रहरहरु, तिमी पारी तर्‍यौ ।
खुशीहरु तिम्रै साथमा, गयो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि पर्‍यो बन्दगीमा ।
Continue reading


पर्‍यो बन्दगीमा

भानु सुनुवार ‘तिरस्कार’

आयौ किन पाहुनाबनि, मेरो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि ,पर्‍यो बन्दगीमा ।

मीठामीठा सपनाबाँडि, धेरै मायाँ गर्‍यौ,
फूल्न लाग्दा रहरहरु, तिमी पारी तर्‍यौ ।
खुशीहरु तिम्रै साथमा, गयो जिन्दगीमा,
बाँचौ भन्ने सहासपनि पर्‍यो बन्दगीमा ।

Continue reading