‘टक्कर’

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

कोमलता
सुन्दरता सहनसिलताको प्रयाय
बेजवान भएर पनि
मौनतामै निशब्द
आफुलाइ चुड्न खोज्ने हातहरूलाई
काँडाको सहयाताले
प्रतिकार गर्न सक्ने यी निर्दोष फूलहरू
परस्पर शान्ति खल्बल्यार्इ
दुरुपयोग गर्दै
आफ्नो अस्तित्व संग खेल्न खोज्नेहरूलार्इ
पाठ पढाउन
अरुलाइ पोल्न स्वयं आफै
जल्न तयार हुने –

 

Continue reading


मेरो शहर

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

हरेक बिहान ,
बोटहरूलाइ पुष्पबिहिन बनाएर

मन्दिरका घण्टाहरूको
जोडदार ध्वनिले
मौनता खल्बल्याउदै
सर्बत्र कोलाहल मच्चाएर,
आफू पबित्र हुनुको
प्रयाप्त प्रमाण पेस गर्न
माहिर छ मेरो शहर ।

अपराह्न ,
ब्यस्ततामा श्वास लिन्छ
जिजिबिसाहरूमा अड्किएर ।

 

Continue reading


कथित परिचय

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

मानौ यी दिवारहरु
मेरा सहयात्री हुन !
यी बर्तनहरु संगीनि !
यो चुल्हो मेरो श्वास हो,
जब बल्छ
धड्कन चल्छ !

प्रतिबन्धित छ्न चाहनाहरु,
त्यही बोल्छ्न
निहुरिएको शिरको अभिमानमा
झुकेका यी
स्वाभिमानका आँखाहरु !

 

Continue reading


गजल

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

धड्कन बनेरै धड्कियौ सधै यो दिलमा ।
स्मृती बनेरै खनियौ सधै यो दिलमा ।

पराय छैनौ कहिले अलग्गियौ त के भो ?
अँस्ति हिँजो र आज थियौ सधै यो दिलमा ।

तृष्णाले छटपटिन्थे जसै म मरुस्थलमा,
तिमी अमृत भै बर्सियौ सधै यो दिलमा ।

 

Continue reading


गजल

Sumina, Abhilashi, Butwal,"अभिलाषी " pallawa. पल्लव

सुमिना ‘अभिलाषी’

अन्तराल कटाएकी छु यहि उल्झनमा मैले ।
के के पाँए र के के गुमाए यो जिवनमा मैले ।

अलङ्कार या अहोभाग्य सबै उसैमा छ मेरो
सुन्छु प्रेमिल ध्वनी जसको आगमनमा मैले ।

अज्ञात छु के के भयो होस गुमाएको पल त्यो
कुन्नि के अभिब्यक्त गरेँ आफ्नै गन्थनमा मैले ।

 

Continue reading


बिद्रोहमा फूलहरु बिद्रोहमा फूलहरूः

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

चुड्नेहरु चुडिइ नै रहे,
हिर्काउनेहरु हिर्काइ नै रहे,
दुख्नेहरु बस् दुखी नै रहे,
दुखाउनेहरु मात्र दुखाइ रहे ।

निर्ममता प्रबल बन्यो कोमलता माथी,
सधै ज्यादती गर्यो शक्तिले कमजोरी माथी,
बाध्यता झुकाइ नै रयो ,
र झुकिरहे मजबुरी हरु ।

अति भयो ,
र त भन्न थाले आजकल
कोमलताहरुले बस् !

 

Continue reading


आफ्नै अन्तरको खोजहरू र भेटिएको आफ्नै पहिचान

Sumina, Abhilashi, Butwal,"अभिलाषी " pallawa. पल्लव

सुमिना ‘अभिलाषी’

लाग्छ यी हातहरु ,
यति मजबुत छन
जुन तरिकाले प्रयोग गर्छन
हरेक दिन कलम नामका हतियारहरु …
यी औंलाहरु त झन यति सशक्त योद्धा हुन
लेख्छ्न हरेक दिन हरेक नया
क्रान्तिका कबिताहरु …
रातो रंगमा डोबेर रक्तरन्जित मसि …
हो !
त्यही दिन
निसंकोच घोषणा गरेकी हुँ क्रान्तिकारी
यी आँखाहरुले देख्न सुरु गरे –

 

Continue reading


१४ अक्षरीय गजल

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

बनावटि आत्मियता देखाए झैँ गर्नु ।
मनि पक्कै झर्किनेछु सताए झैँ गर्नु ।

चाहना छ भने दिल बिक्षिप्त रहोस
छिन छिनमा अतित बल्झाए झैँ गर्नु ।

छन टुहुरै सपना उदाङ्गै दिलमा
पठाएर आवरण छुपाए झैँ गर्नु ।

 

Continue reading


“खोजी “

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

सैयौँ अप्ठ्यारा काल्नाहरु उक्लिदै
समयका पाटाहरुमा
कहिले सडकमा त कहिले गोरेटोहरुमा
जिन्दगीका दोबाटा र चौबाटाहरुमा
म आफ्नो हिस्साका उत्साह खोज्ने गर्छु ,,,,
मुटुभरी बेदनाका कुटुराहरु कुम्ल्याइ
अधरमा मलिन हाँसो सजाउँदै
जिन्दगीका खुशिहरुको निम्ति
अपेक्षीत बन्छु ।
महत्वकाँक्षी दिल
र अभिलाषी पैतला चाल्दै—

 

Continue reading


बहरबद्ध गजल

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

म अस्तित्व खोज्दा, बगर जिन्दगीको ।
नदी झै गरेछौ, सफर जिन्दगीको ।।

अरे यै समाधी,रहेको बखत मा ।
तिमी सोध्दछौ यार, रहर जिन्दगीको ।।

अँधेरी सँगै यो, बित्यो काल सारा ।
सदा दिव्य खोज्दै, नजर जिन्दगीको ।।

 

Continue reading


गजल

Sumina, Abhilashi, Butwal,"अभिलाषी " pallawa. पल्लव

सुमिना ‘अभिलाषी’

थिए दिलभित्र चाहनाका खात थिए ।
कति ज्ञात थिए त कति अज्ञात थिए ।

हिँजो मधुहोशमै उतै पोखिएछु म
कारण तिनै नजरका बिस्मात थिए ।

सङ्घर्ष हुँदै थियो दिल सँग भिषण
प्रतिद्वन्दमा त आ आफ्नै औकात थिए ।

 

Continue reading


१३ अक्षरीय गजल

Sumina, Abhilashi, Butwal,"अभिलाषी " pallawa. पल्लव

सुमिना ‘अभिलाषी’

नियाली हेर त छैन के सहरमा ।
गाँउमा कँहा छ? छ जे जे सहरमा ।

थियो जेजे मेरो त्यो परि कल्पनामा
सत्यता पृथक भा’ देखेँ सहरमा ।

लगेर अस्तित्व नै हाट बजारमा
पैसामै साँटेर बिक्छ रे सहरमा ।

 

Continue reading