सुमन सनम घिमिरेका केही टुक्रा

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बिना कारण आँसु झार्नु पर्दैन भन्दिय
अनि तिम्ले कहिले हार्नु पर्दैन भन्दिय
बाचुन्जेल खुट्टा तान्ने ती आफन्त हरूले
अब म मर्दा नुन बार्नु पर्दैन भन्दिय ।।

दुईदिने प्रेमकोलागि जन्मौको प्रेम छोड्नेहरू
अशक्त आमाबुबा छोडी बाटो अन्तै मोड्नेहरू
आफुलार्इ खुबै नै बिद्वान सम्झनेहरू यहाँ
आमृतको आस गर्दै बिष विरूवा गोड्नेहरू ।।

 

Continue reading


सुमन सनम घिमिरेका भानात्मक टुक्राहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बोल्ने मात्र हैन अब कामको खाचो छ
ती गरिब जनतालाइ मामको खाचो छ

नेपाल आमा लुट्ने लुटेरा धेरै भए याहा
यो आमाको इज्जत बचाउने रामको खाचो छ

गरिबको खुन चुशी मोज गर्नेहरु देखेको छु
फेरि देश लुटेर छिमेकीलाई भोज गर्ने देखेको छु

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

कति बस्ने खाडि मुलुक आउ भन्दै थिए
मेलापात घाँस दाउरा धाउ भन्दै थिए

बाबू आमा बिरामी अशक्त भयरै होला
चाडै आइ बाली नाली लाउ भन्दै थिए

मेलापात गर्ने कोहि छैन भन्दै आमा
चाडै आइ गोरु नारी मेला जाउ भन्दै थिए

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

तिम्रो लागि गरगहना मगाउन सक्तिन
तिम्लाइ मात्र पनि सघाउन सक्तिन
मलाई माफ गर बाबु आमको इज्जत गुमाएर
यो तिजमा तिम्लाइ भगाउन सक्तिन

पिर नलिनु साच्चै यसपालि धाउने मन छ
यो तिजमा तिम्लाइ आफ्नो बनाउने मन छ
तिमी भन्दै थियौनि के लिइ आउने
सिन्दुर सङ्गै पोते लिएर आउने मन छ

 

Continue reading


सुमन सनम घिमिरेका जोर गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

गजल– १,

गैरी खेतमा धान रोप्न आइन है आमा
हलो जोत्दै असारे गित गाइन है आमा ।

यस्तै रहेछ दैबको खेल केही गर्नै पर्ने
यो असारमा मैले गोरु धाइन है आमा ।

सपनामा देखिन्छ धेरै दु:ख गरेको
तिम्रा दु:ख सघाउन पाइन है आमा

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

सक्छौ भने फाटेको मन टालेर हेर
यक पल्ट आफ्नो ज्यान फालेर हेर ।

अनि थाहा पाउनेछौ अरुको पीडा
तिमी पनि आफ्नो सन्तान फालेर हेर ।

सधैं पशुको ज्यानलिने लाई केमाया
सक्छौ भने पशु पन्छी पनि पालेर हेर ।

 

Continue reading


सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

साथीहरूले बिचल्लीमा छाड्दै छ्न
खोइ के कारण मलाई यक्लै पर्दै छ्न
याद त तर पनि उतिकै आउछ मलाई
हो बिच बाटोमा बिचल्ली पार्दै छन

घाम भयो होला अनि पानी भयो होला
छोराछोरी हुर्काउन कति हैरानी भयो होला
आज तिनै आमा बुबा वृद्ध आश्रम जानू पर्दा
छोराछोरीको भने साच्चै बद्नामी भयो होला ।

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

गैरी खेतमा धान रोप्न आइन है आमा
हलो जोति मेलापात धाइन है आमा

केही गर्छु भन्ने सपनामा खाडी पसे देखि
हलो जोत्दै असारे गित गाइन है आमा ।

यस्तै रहेछ दैबको खेल केही गर्नै पर्ने
यसपालि असारमा मैले गोरु दाइन है आमा ।

 

Continue reading


गजल

Suman, Saman, Ghimire, सुमन घिमिरे , pallawa, पल्लव

सुमन घिमिरे

चाहिदैन अब जित गलत मान्छेको
बिचार नै हुन्छ बेठीक गलत मान्छेको

सहनु सहियो पिडा अब सहिदैन
गर्नु हुन्न अब हित गलत मान्छेको

भोट् माग्दा हामिलाइ हासादै माग्छन्
तर हासो दिन्छन् क्षणिक गलत मन्छेको

 

Continue reading


गजल

Suman, Agyat, सुमन अज्ञात, pallawa, पल्लव

सुमन अज्ञात

सुके झैँ छ आशा रहरमा कसैको!!
फुलेकै छ माया बगरमा कसैको!!

कतै पेट छाम्दा कुनै राज छैन
बुझे चैँ छ सारा नजरमा कसैको!!

भए देखि कोही हदै दूर आज
छुटे झैँ छ पाइला सफरमा कसैको!!

 

Continue reading


सृजनाहरुको भ्रुणहत्या

Samana, Pahad, Suman, Silwal, Adhikari, सामना पाहाड, pallawa, पल्लव

सामना पाहाड

कस्दाकस्दै नानीहरुका
भोटाका तुनाहरु
थुमथुम्याउँदा थुमथुमाउँदै
चमेना र ओछ्यानमा
उनीहरुका भोक प्यास निद्राहरु
यत्रतत्र छरिएका
भाँडावर्तन र लुगाफाटोहरु
कति अनुकुलन समय सृजनाका
व्यतीत भइदिन्छन् प्रतिकुल बनेर
आश्रमकै दिवालहरुभित्र

 

Continue reading


अभ्यस्त आखाहरु

Suman, Smarika, Kailali, सुमन स्मारिका, pallawa , पल्लव

सुमन स्मारिका

समयको नाभिबाट छुट्टिएर निक्कैपर
किर्तिमताको बर्बादी भासमा पुगेका आखाहरु
यतिखेर पुन: पाखका गुरासमा पृतमय
सुबास छर्न अभ्यस्त छ्न
आइनसटाईनको फोस्रो सिद्दान्त निमोठ्दै
हिटलरको खोक्रो बिचारमाथी प्रतिबन्ध लगाउदै
आइज्याकको फोहरी बिज्ञानलाइ चिर्दै ……
पाइथागोरसको अमेल गणितलाइ औल्याउदै
भगवान र जिबनलाइ चुनौती दिदै
मिथाइलको गन्धले पुरै बाताबरण बयाबह र प्रदुसित पारेकोछ –

 

Continue reading


पृयलता

Suman, Smarika, Kailali, सुमन स्मारिका, pallawa , पल्लव

सुमन स्मारिका

जबजब तिमि मुस्कुराउछ्यौ नि

मलाइ सन्सार जिते जस्तै लाग्छ
आकाश छोए जस्तै लाग्छ
माटो भरिए जस्तै लाग्छ
तर”
तर’ जबजब तिमि रुन्छ्यौ नि
मलाइ दुनिया पतन भए जस्तै लाग्छ
सब थोक सकिए जस्तै लाग्छ
स्वयम मरे जस्तै लाग्छ

 

Continue reading


गजल

Suman, 'kale', सुमन काले, pallawa, पल्लव

सुमन काले

तिमि मेरो धुक्धुकिको भाकामा छौ,
मुटुभित्र अन्तरको मायामा छौ !!

खोज्दै कता हिनु अब तिमीलाई ,
मेरो प्राण बचाउने हावामा छौ !!

बर्सिदिंदा अनायासै आँशुहरु,
लाग्छ तिमि यिनै दुइ आँखामा छौ!

 

Continue reading


सन्तान प्रेम

Suman, Ghimire, सुमन घिमिरे, pallawa, पल्लव

सुमन घिमिरे

मैले र तिमीले बोल्ने भाषा
मैले र तिमीले बुझ्ने भाषा
केवल स्पर्श र ध्वनी हो ,
हामी दुई सँग संवादका
अरु कुनै उपाय नै छैनन् ।
मेरो समिप तिमी
निःशब्द रहँदा पनि
तिम्रो अनुहार म पढ्न सक्छु

अड्कल लगाउन सक्छु धेरै कुरा
कति मिले जस्तो लाग्छ ,

Continue reading


वैनीको चिठ्ठी

Suman, Dangal, सुमन दङ्गाल, pallawa , पल्लव

सुमन दङ्गाल

आदरणिय दाजु
नमस्कार,
कहाँबाट कुन सम्बोधनको शब्द ल्याएर
यहाँ राख्दा उपयुक्त हुन्छ म अन्योलमा छु ।
हुन त दाई मात्र भनेर खुम्चिएर रहन
पनि सक्दिन
मेरो अभिभावक, गुरु, साथी, दिदी, बैनी जे
भनेपनि हजुर नै हूनुहुन्थ्यो सानै
देखि हुर्काउनुभयो, पढाउनुभयो, म हिड्ने
प्रत्येक पाईलामा खुशी बिच्छाईदिनु भो,
मेरा हरेक
चाहाना पुर्याउने प्रयत्न गर्नुभयो ।

 

Continue reading


चिठ्ठी

Suman, Dangal, सुमन दङ्गाल, pallawa , पल्लव

सुमन दङ्गाल

आदरणिय दाजु , नमस्कार,
कहाँबाट कुन सम्बोधनको शब्द ल्याएर
यहाँ राख्दा उपयुक्त हुन्छ म अन्योलमा छु ।
हुन त दाई मात्र भनेर खुम्चिएर रहन
पनि सक्दिन
मेरो अभिभावक, गुरु, साथी, दिदी, बैनी जे
भनेपनि हजुर नै हूनुहुन्थ्यो सानै
देखि हुर्काउनुभयो, पढाउनुभयो, म हिड्ने
प्रत्येक पाईलामा खुशी बिच्छाईदिनु भो,
मेरा हरेक
चाहाना पुर्याउने प्रयत्न गर्नुभयो ।

 

Continue reading


“परदेश जाँदा”

Suman, Bhattarai‎, सुमन भट्टराई, pallawa,पल्लव

सुमन भट्टराई

आज म बिहानै माया काकीको घरमा गएँ। हिजो मलाई बोलाईए अनुसार आज माया काकीका छोरा राम दाई परदेसिने रे र
मैले माथि रोड नपुगेसम्म करिब एक घण्टाजत्ति वहाँको झोला बोकिदिनु पर्ने थियो।राम दाई आफ्नै देशमा कृषि क्षेत्रमा केही न केही गर्छु भनेर बसेका मान्छे। बुवा त उहिल्यै हैजाको प्रकोपमा परेर मरेका थिए, आमालाई सम्पूर्ण खुशी दिएर पाल्ने उनको सोच थियो। तर पहिरोले भएको सारा खेत बगाएपछि त्यो योजना पनि असफल भएपछि केही सीप नचलेर उनी विदेसिन लागेका थिए।

 

Continue reading


गजल

Suman,Lamsal,सुमन लम्साल,pallawa ,पल्लव

सुमन लम्साल

मन्जुर मात्र नभएका हुन चिनिनको लागि
सब दुनियाँ तयार छन् बेचिनको लागि

सग्लो अनुहार पनि चिथोरेर हिड्नुपर्छ,
यो शहरमा मान्छे जस्तो देखिनको लागि

कत्रा पहाड उकालेर झार्छ जिन्दगीले,
आखिर एउटै सतहमा उभिनको लागि

 

Continue reading


लाजिम्पाटकी उन्मत्त सुन्दरी

Suman, Ghimire, सुमन घिमिरे, pallawa, पल्लव

सुमन घिमिरे

म जन्मेदेखि कतिवटा नयाँ वर्ष आयो गयो भनेर हिसाब गर्ने हो भने तीसवटाचाहिँ कटाइएछ । तर, नयाँ वर्ष के हो भनेर बुझ्न थालेको भने दुई दशक पूरा भयो । नयाँ वर्ष बुझ्न थाल्दा हामी नयाँ वर्षको शुभकामना पोस्ट कार्डमा लेखेर पठाउँथ्यौँ । बलिउडका नायकनायिका विशेषगरी नायिकाका पोस्ट कार्डहरु साथीहरुलाई दिने गर्दथ्यौँ, रमाइलो हुन्थ्यो । घरमा पोस्ट कार्ड नै किन्न भनेर पैसा माग्न डर लाग्थ्यो, अनि खाजाखर्च जोगाएर भए पनि मैले पोस्ट कार्ड किन्थेँ, किन्थेँ । अहिले मलाई ती क्षणहरुको सम्झना आइरहेको छ । अझ त्यो बेला प्राप्त गर्ने पोस्ट कार्डभन्दा पनि त्यसमा लेखिने साहित्य, शुभकामना चाखलाग्दा हुन्थे । अझ भन्नपर्दा त्यो साहित्य नै आकर्षण बन्थ्यो ।

 

Continue reading