गजल

Sujan, Subedi, सुजन सुवेदी, pallawa, पल्लव

सुजन सुवेदी

सँगै हुँदा मलार्इ प्रिय भनी बोलाउँने गर्थ्यौ प्रिया।
दुइटा मनको माया मिसार्इ घोलाउँने गर्थ्यौ प्रिया ।।

नखोलौँ कि जस्तो लाग्थ्यो अफ्नै मनका कुराहरू ।
माया देखार्इ मनका कुरा खोलाउँने गर्थौ प्रिया ।।

कहिले तिम्रोमन चोर्नलाई लुकिछिपी बस्दाखेरि ।
तस्बिर हेरी–हेरी एक्लै रुँदै टोलाउँने गर्थौ प्रिया ।।

 

Continue reading


एकल यात्री का केही मुक्तकहरू

Sujan, Khanal, सुजन खनाल, pallawa, पल्लव

सुजन खनाल

फुल्नै नपाई झर्नुपर्ने कस्तो नीति हो यो?
पल भरमा नै हर्नुपर्ने कस्तो नीति हो यो?
जिन्दगीको सिद्धान्त अझै बुझ्न सकिएन,
तड्पीतड्पी मर्नुपर्ने कस्तो नीति हो यो?

कल्पनामा हैन यहाँ बचनले प्रहार गर्छ,
ढुक्कसँग मनमुटुमा कफनले प्रहार गर्छ,
आजभोली यदाकदा खै कसरी बोलिन,
जुन बोली सुरुमा बच्पनले प्रहार गर्छ ।।

 

Continue reading


जब देख्छु . . . .

Ujan, Sujan, Haule, उजन सुजन गाउँले, pallawa, पल्लव

उजन सुजन गाउँले

जब देख्छु,
नेपाल आमाका कयौं मुटुहरु
त्यो पसिना र परिचय बेच्न
ठूलो बिमानमा बसेर उडाउछन्
कतै अनि कतै छोडेर आउछन्
तब मलाई ती वीर सन्तान
वीर नेपाली होइन जस्तो लाग्छ
त्यतिबेला भनिदिनु आमा,
छोरा हो ,यो धर्तीको माटो पैतालामा राखेर नउडाउ भनेर …

जब देख्छु,
चारैतिर गल्ली, चिल्ला बाटो, अनि चिल्लो कार
सम्झन्छु म, मेरो भञ्ज्याङ्, देउराली, अनि गाउँ –

 

Continue reading


नपिउनेलाई पिउनेको भोगि बनायो

Sujan, Animesh, Adhikari, सुजन अनिमेष अधिकारि, pallawa, पल्लव

सुजन अनिमेष अधिकारि

मलाई तिम्रो मायाले रोगि बनायो
नपिउनेलाई पिउनेको भोगि बनायो

चरचरि पोलिरहन्छ,तिमि बस्ने छाति
मुटुनै फुटोस् बरु,अनि हुन्थ्यो जाति

मनभरि दर्द बोकि बाहिर कति हास्नु
कति काट्छेउ पालुवालाई,बरु जरै देखि मास्नु

 

Continue reading


जीवन चालिरहेका बा

Sujan, Lamichhane, Gaule, सुजन लामिछाने ‘गाउले’, pallawa, पल्लव

सुजन लामिछाने ‘गाउले’

हेर्दै छु जोडले नियाली नियाली
चाल्निबाट केही चाल्दै गरेको बालाई
सिङ्गै तराईका फाँट जस्तै
बारिका पाटा जस्तै
देखिने त्यो निदारमा
अग्ला हिमालका
हिउँ पग्लेर पानीमा
रुपान्तरण हुँदै गरेका
ती जिन्दगीका दुख
खोलासरि बग्दै गरेको
पसिना मा परिणत हुँदै गरेको
अलिक नजिक पुगे –

 

Continue reading


‘जिवनको सूर्य’

Sujan, Lamichhane, Gaule, सुजन लामिछाने ‘गाउले’, pallawa, पल्लव

सुजन लामिछाने ‘गाउले’

सुरुवात त तिम्रै काख
बादल अनि चन्द्रमाको लुकामारीले सुहाएको
त्यो निलो आकाश
जसको शीतल छेदन मुनि
कयौ पिडालाई आँखामा लुकाउदै
ब्यथालाई मुस्कानले धकेल्दै
मानौ मिर्मिरे बिहानिले अन्धकारलाई धकेलेर
निद्रालाई सपनामा छोडेर
जन्माउछ त्यो गोरो सुर्य, हो त्यस्तै आमा मेरोपनि
फैलियो किरण
खोलिए अन्धकार आँखा ,अनि उदायो
जीवन सुर्य झै तिम्रै कोखबाट

 

Continue reading


“आँखा बन्द भएसी”

Sujan, Lamichhane, Gaule, सुजन लामिछाने ‘गाउले’, pallawa, पल्लव

सुजन लामिछाने ‘गाउले’

एकतमासले दौडिरहेको दिनहरू
चलिरहेको समय
पछ्याइरहेका सपनाहरू
सँग सिँगौरी खेल्दै
आफ्नै मनसँग गनथन गर्दै
भागिरहेको म ,,

कता कता हराउदै
बिर्सन्छु कहिले काहीँ त
आफुले आफैलाई
यस्तै बेला मनले मनलाई प्रश्न गर्दो रैछ
“सुन्न,यात्री
तेरो सपना पूरा होला त ?
किन भाग्दै छस् हरेक दिन यसरि ?
हरेक सपना किन झोला भित्र बाटुल्छ्स् ?”
अनि जवाफ -निशब्द मन

 

Continue reading


सुजन सयपत्री सौरभ कान्छाका पाँच गजल

Sujan, Karki, Sayapatri, सुजन कार्की ‘सयपत्री’, pallawa, पल्लव

सुजन कार्की ‘सयपत्री’

गजल– १,
सक्छस नेपाल मै बाच्ने, आधार दे सरकार
बगाउछु पसिना र रगत, रोजगार दे सरकार

मलाई चाहिँदैन अथात, सम्पत्ति अनि महल
बिचरा सुकुम्बासी लाई ,दरबार दे सरकार

छटपटाउदै कराउँदै छन, अझै बाडी पिडित
राहत को त कुरै छोडौ, उपचार दे सरकार

 

Continue reading