गजल

Sudama, Krishna, सुदामा कृष्ण, pallawa, पल्लव

सुदामा कृष्ण

यो संसार यति ठुलो छ कि दुरिलाई के दोष ?
मान्छेका आफ्नै भोगाई मजबुरीलाई के दोष ?

दर्द के हो पिडा के हो दुखेको दिललाई सोधौं
रेटिने अचानो नै भएपछी खुकुरीलाई के दोष ?

गजुर बसोस या घामपानी पसोस उ शिरै हो
बनाउनेले जे सोच्यो बनायो धुरीलाई के दोष ?

 

Continue reading


गजल

Sudama, Krishna, सुदामा कृष्ण, pallawa, पल्लव

सुदामा कृष्ण

कस्तो हुन्छ फुलको रस महबाट बुझ्नु हजुर
कस्तो पिडा जिन्दगीमा वहबाट बुझ्नु हजुर ।

दुनियाँ भन्छ मलाई नयन कहिल्यै रोएन अरे
यी गजलका मर्म खस्ने गहबाट बुझ्नु हजुर !!

तन सफा चित्र सफा चरित्रको ख्याल कसलाई
मुस्कुराउँछ कमलको फुल दहबाट बुझ्नु हजुर ।

 

Continue reading


एउटा प्रश्न

Krishna, 'सुदामा',  Sudama, pallawa

कृष्ण 'सुदामा'

हजुर त ठूलो मान्छे
दर्जा पनि ठूलो
कर्जा पनि ठूलो
घरै पनि ठूलो
डरै पनि ठूलो
हो हजुर –
नामै चलेको
कामै चलेको
थलो फराकिलो
खलो फराकिलो–

Continue reading



गजल

ॠषी शर्मा"सुदामा"

माझीले नदी एक्लई तरे हामी अनभिज्ञ छौ
बुद्दले बसाइ किन सरे हामी अनभिज्ञ छौ

मर्नुपर्नेहरुलाई काल कहाँ आउदो रैछ
बाच्नुपर्ने हरु पो मरे हामी अनभिज्ञ छौ

Continue reading


यौनचेतनाबारे मैले मेरा-छोराछोरीलाई भन्नुपर्ने कुरा

कृष्ण सुदामा

अहिल्यालाई देखेर मति छाड्ने इन्द्र भनूँ वा मेनकासमक्ष आफूलाई वशिष्ठ ऋषि हुँ भनेर बिर्सन पुग्नु पनि पौराणिक समाजको यौनगतिविधि हो । आलेख हो । र यसो हुनुमा न त र्स्वर्गकै राजा इन्द्रको दोष छ, न त ऋषि वशिष्ठको । जुन रूपमा र जुन हिसाबले जोड-घटाउ गर्दा पनि यौन मानिसको अनिवार्य खुराक हो । दूध र भातजस्तै, भिटामिन र खनिजसरह । आजको यौनविकृत समाज र देखापरिरहेका विकृतिका भड्खालाहरूमा धन र मन कङ्गाल पार्दै मानवीय जीवनलाई बोझ र लम्पट बनाएर शून्य भएका आजकलका सभ्य भनाउँदा मानिसको जीवन र चरित्र हेदा आङ नै सिरिङ्ग हुन्छ । अनौठो लाग्छ, भोलि कतै मेरा छोराछोरी पनि यही कुलत र नशामा परेर आफ्नो सुनौलो भविष्य निमिट्यान्न त पार्ने होइनन् – शङ्का गर्ने प्रशस्त ठाउँ छ । समाधान पहिल्याउने समय पनि छ । यदि मैले यस गहन कुरालाई सर्र्सर्ती रूपमै मात्र लिएँ भने मलाई धिक्कार्ने छन् बालबच्चाहरूले ।

Continue reading