‘म र मेरो माटो’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

जति बेला जीवन
साँचो र पुर्ण थियो
त्यति बेला थिएन
मान्छेसँग आदर्श
र पनि
निश्चल,निष्कपट र स्वतन्त्र
थियो मेरो बाल्यकाल ।

सम्झिदा अनौठो लाग्छ
छचल्किन्छन् आँसुका बुँदहरु
किन की
यो मेरो माटोको आत्मकथा हो ।

Continue reading


मेरो छायॉ . . . . . .

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

मेरो छायॉ
मेरो सुख दुःखमा
एकान्त र कोलाहलमा
मेरो छायाॅ मसॅगै हुन्छ
मलाई पछ्याइरहन्छ।
काला औंशीका रातहरू भुलेर
चन्द्रमाको जूनसॅगै रमाउने मेरो छायाॅ
क्षितिज पारिको मीठो मुस्कान ममा पस्किदिन्छ
शीतका थोपा सुकाएर फक्रने फुलसॅगै रङ्ग पोखिदिन्छ
म मेरो अतीत मेरो वर्तमान
यसै भित्र पाउँछु, केवल यसै भित्र
टुकीको उज्यालोमा जब उसलाई पाउॅछु ।

 

Continue reading


‘बिछोडिएको मन’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

बालेर आगो हृदयमा
खोज्नु जूनको सितलता खोज्नु
कति सार्थक हुन्छ कुन्नि ?
चोट र पीडाहरूको असहज यात्रामा
दृढ सगरमाथा रहेछ जीवन
तर पनि जीवनको गोरेटोमा
असंख्य परिकल्पनाहरूमा
एउटा स्वाभीमानको आकास
बोकेर हिड्न
खोजिरहेको छु म ।
मन फुकाउदै गर्दा मैले
आँखाका डिल भत्किने गर्दछन्
र पोखिने गर्दछन् आँसुका भेल
पीडा संग तछाडमछाड गर्दै–

 

Continue reading


झरी

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

असार महिनाको यो झरी
रुझाउने पानीसंगै
तर रुझेन मेरो मन
कसैको यादसंगै खसिरहदाँ बलेनी
भुल्न सक्दिन त्यो क्षण
झरी बनेर तिमीले पठाएको मन
गुटुमुटु पार्न धेरै कोशिश गर्दा गर्दै
तर कठै अनियंत्रित मनहरु
आफै झरी बन्न आतुर भए ।
झमझम बर्सिएको झरी संगै
खोल्सा खहरे उर्लिएर
नदीको रुप लिँदै गर्दा
उर्लिन खोज्दै छ मरो मन
कोशौ पारीको सम्झ्नालार्इ ।

 

Continue reading


भावना

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

खै किन हो कुन्नि आज ?
मन शून्य भएकोछ
मात्र मनभित्र चलेको छ हुरी
भावनाहरु निमोठिएका छन्
बिगत नियाल्दा
र आगतलाई कल्पना गर्दा
निर्दोष खुशीहरु
अपहरित भएजस्तै लाग्दछ ।
जीवनमा आउन सकेन वर्षा
र त पलाउन सकेनन् पालुवाहरु
न रोप्न सकियो नयाँ विचार
नत फलाउन सकियो
गन्तब्यको फल
सायद त्यसैले होला
आएको भावनामा भुइचालो ।

 

Continue reading


मैया सुवेदीका केही मुक्तकः

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

कसरी भनौं खै यहाँ आफ्नै आँतको कुरा
पर्दा पछाडि बितेको सिङ्गै रातको कुरा
क्यै शब्द त नभन्दै गोप्य राख्न ठिक होला
सुनाउँ त आफ्नै घरवार बरवादको कुरा ।।

सिकाउनु छ पाठ युद्धको किनकि म गुरु हुँ
बढाउनु छ साथ बुद्धको किनकि म गुरु हुँ
यै समाजका मानव बिल्लाधारी पशुहरूबाट
जोगाउँछु अस्मिता परार्धको किनकि म गुरु हुँ ।

 

Continue reading


मनको उज्यालो

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी,

मनको उज्यालो
मिर्मिरे उज्यालो सँगै
आगोको खोजीमा छिन् मेरी आमा
जहाँ आफ्नै समीप चिसो चुल्हो छ
हुनसक्छ
दर्दनाक पीडाले भिजेको छ
कहिल्यै नओभाउने गरि
तैपनि रित्तो भान्सा सँगै
मरेको छैन आमाको
सन्तानको पेट भर्ने चाहना ।
सन्तानको लागि
जतिसुकै चोट सहेर पनि
चुल्होमा आगो बाल्ने प्रयासमा–

 

Continue reading


निलकण्ठ सुवेदीका जोर गजल

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुवेदी

गजल– १,
सपनामा नआऊ तिमी कॉडे तार लागिसक्यो
पहिले जस्तो सहज छैन ठुलै बार लागिसक्यो ।

आकाश धर्ती एउटै हुन्न किन डुब्छ्यौ कल्पनामा
मौका छँदा सम्हालिनौ अर्कै सार लागिसक्यो ।

चिप्ला मिठा कुरा गर्‍यौ विश्वासमै अडिग रहें
सम्झिल्याउँदा विगतको जीवन हार लागिसक्यो ।

 

Continue reading


गजल

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

तिम्रै छेउ डेरा सर्न मन ला’छ आज किन?
लुकाएर माया गर्न मन ला’छ आज किन?

निष्ठुरी नै हौ कि तिमी बुझेनौ दिलासा मेरो !
लोभको मोहनी छर्न मन ला’छ आज किन ?

सुटुक्क मन्मा काउकुती लाउने तिमी को हौ?
त्यै मायालु भेल तर्न मन ला’छ आज किन ?

 

Continue reading


मैया सुवेदीका मुक्तकहरू

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

म छु अनेकै राम्री अनि काली नठान
केवल तिमीझैँ म पनि जाली नठान
सधैं आड भरोसा मान्य बडाजनहरूको
सुरा सुन्दरीमै रम्ने मनवाली नठान ।

मेरो मनको स्वस्तिक छापमा तिम्रो प्यार छ
लाग्छ जीवनको हरेक मौसम सदा बहार छ ।
तिमी सँगको हरेक मोडमा हर्षित छु कालू म
किनकि यो मायावी यात्रामा न जीत छ न हार छ ।।

 

Continue reading


चिरफार

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

लाग्छ अचेल
लडबडिएको छ मेरो कलम
अचेतन बनेर
सायद उसलाई लागेको छ
शल्यक्रिया गरियोस् उसको पनि
चेतना र मानवीयता सँगै
मान्छेरुपी पशुहरूको
सोंचलाई बदलिएको छ
उसको शल्यक्रिया सँगै ।
मैले सुन्न सकेकी छैन चिच्याह्ट
मध्यरातको समय
सडकपेटिको घर
संगै रहेका ठुला रिसोर्ट
अनि चिच्याहट छर्न पुग्छन् –

 

Continue reading


जिन्दगीको यात्रा

Saru, Saroo, Subedi, सरू सुवेदी, pallawa, पल्लव

सरू सुवेदी

जिन्दगीको यात्रा
महासागरमा तैंरिदै गरेको
नाउ झै रहेछ!
भेटिएका सङ्गिहरु
बिताएका पलहरु
चालेका पाइलाहरु
भोगेका क्षणहरु
कुनै पोल्ने काडा झै लाग्ने
समयका अनेकन उतारचढावहरु
रङ्ग फेरिएको मयुरको पङ्खा सरि
जिवनका जिजिबिषाहरु
जिउनुको अर्थबोध गराइरहेका हुन्छन् !

 

Continue reading


मैया सुवेदीका केही मुक्तकहरूः

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

सिकाउनु छ पाठ युद्धको किनकि म गुरु हुँ तिम्रो
पढाउनु छ साथ बुद्धको किनकि म गुरु हुँ तिम्रो
यो समाजका मानव बिल्लाधारी पशुहरुसगँ अब
जोगाउनु छ अस्मिता नारीको किनकि आमा हुँ तिम्रो ।

मेरो मनको स्वस्तिक छापमा तिम्रो प्यार छ।
लाग्छ जीवनको हरेक मौसम सदा बहार छ।।
तिमी सँगको हरेक मोडमा हर्षित छु कालू म
किनकि यो मायाबी यात्रामा न जीत छ न हार छ ।।

 

Continue reading


गजल…..

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

निष्ठुरीले असल केटो शहर तिरै पाइछन् क्यारे
बोल्न छाडिन् आजभोलि माया अन्तै लाइछन् क्यारे ।

पोहोर साल कलेज पढ्दा छुट्टिन नै मान्या हैन
यसपालि त के भएछ सम्पतिमा धाइछन् क्यारे ।

किसानको छोरा परें खेतको काम नि गर्नै पर्‍यो
ठुला ठुला महल छान्दै उस्कै गीत गाइछन् क्यारे ।

 

Continue reading


गजल

Sankar, Subedi, Utsa, शंकर सुबेदी 'उत्स' , pallawa, पल्लव

शंकर सुबेदी ‘उत्स’

कति दुख्छ मेची काली कति दुख्छ सूस्ता..
जङ्गे पिलर हराइसके छिमेकीले लुस्ता ।

काला पानी, मानेभञ्ज्याङ केशीगन्डकी,
सीमा/साँध मिची सके छिमेकीले घुस्ता ।

लिपुलेक, टनकपुर, हाम्रै मेची फाँट
मिचाहाको मिचार्इ खेप्दै बस्यौँ हाम्रो पुस्ता !

 

Continue reading


मैया सुवेदीका केही मुक्तकहरूः

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

कसैसँग विश्वास घट्न थाले पछि के हुन्छ कुन्नी ?
यो कोमल हृदय लुट्न थाले पछि के हुन्छ कुन्नी ?
कैलेकाहीँ त उड्छ मडारिँदै दिल आकाशमा प्रिय
निर्दोष नैनमा मूल फुट्न थाले पछि के हुन्छ कुन्नी ?

फुल छोडेर काँडा रोजेका छौ र कहिल्यै ?
पीडा आफैँ भित्र खोजेका छौ र कहिल्यै ?
शीतका मोती हेरी रमाउने बानी तिम्रो
कतै आफ्नै भविश्य सोचेका छौ र कहिल्यै ?

 

Continue reading


मैया सुवेदीका चार मुक्तक

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

एक बारको यो जुनिमा घात हुन्छ कि राजा ?
तिम्रो मौनताले दिन नै रात हुन्छ कि राजा ?
न केही बोल्छौ न अरुले बोलेको नै सुन्छौ
आसै आसमा बस्दा आघात हुन्छ कि राजा ??

भाग्यरेखा मेरो भन्थे, तक्दिर तिम्रै रै’छ सानू
मनमुटु मेरो भन्थे, तस्वीर तिम्रै रै’छ सानू ।
म त रै’छु बाँधिएको तिम्रै प्रेमको बाँचासँगै
कदम मेरो भन्थे तर मन्दिर तिम्रै रैछ सानू ।।

 

Continue reading


गजल…..

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

गोबर फाल्दा हात गन्हाउँछ मेरो घर आयौ भने
अप्ठेरोमा परौली नि अहिल्यै कसम खायौ भने !!

खुसी रहून सन्तान भनी कराउँछिन् हाम्री आमा
धेरै कराइन् बूढी भन्दै छुद्र बचन लायौ भने !!

एक रथका दुइ पङ्ग्रा दु:ख सुख बॉडने बेला
आशिर्वादलाई गाली सम्झी माइत तिरै धायौ भने

 

Continue reading


गजल….

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

यो दिल तिम्रो तिमीसँग बस्ने हो कि होइन
प्रेमको वर्षा त्यो मनबाट खस्ने हो कि होइन !!

सम्झनामै तड्पिएर महिना वर्ष गुज्रिसके
मायालुको न्यानो तापमा पस्ने हो कि होइन !!

हृदयमा सजाएर कहिलेसम्म राख्ने होला
आफ्नो अँगालोमा तिम्ले कस्ने हो कि होइन !!

 

Continue reading


यात्रा जीवनको

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी,

यात्रा जीवनको
कहिले हुरीबतास
र कहिले असिना पानीले चुटिएको मन
चट्याङ संगै तर्सिन्छ बेला बेलामा
समयको लामो झरी पछि
बल्ल थामिएको छ पानी
आसा पलाएको छ मधुर किरणको ।
समयको बेग सँगै
अनगिन्ती कठोर रातसंग
गर्दा गर्दै तछाडमछाड
घाम उदाउने प्रतीक्षामा
हातको सिरानीको भरमा
कोल्टे फेर्दै
समय गुजार्दै छु ।

 

Continue reading