“तलब”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

 

Continue reading


“तलब”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

तर मैले उनलाइ आँसु नझार भन्न सकिन–

 

Continue reading


“रातो कागज”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

एकदिन,
म घुम्दैफिर्दै एउटा गाउँमा पुगेँ
गाउँको न त नाम नै थाहा छ मलार्इ
न त जिल्ला नै,

पुगेँ म सोही गाउँको एउटा निर्जर चउरमा
र हेरेँ नियालेर ती लडेका छानोहरुलार्इ
अनि फेरि हेरेँ ती बाझोँ खेतहरुलार्इ,

कवि त होइन म तर
मेरो मगजमा कविता फुर्यो र
म कविता लेख्न तयार भएँ तर अफसोच
गोजिमा कलम मात्र रहेछ कागज बिना नै,

 

Continue reading


गजल

Subash, Giri, Ishu,सुबास गिरी "इशु", pallawa, पल्लव

सुबास गिरी “इशु”

टिप्न जाने गुलाफ,रगतले हात लतपत कहाँ हुन्छ।
काडा नभए बोटमा फूलको हिफाजत कहाँ हुन्छ।

देख्नलार्इ आपसी परिपुरक उत्तिकै महत्त्व दुबैको
तरपनी फूलको झै काडाको हैसियत कहाँ हुन्छ।

म अझैसम्म अलमलमा छु जवाफ छ र तपाइँसंग
बदलामा खुशी दिनेगरी आशुको बचत कहाँ हुन्छ।

 

Continue reading


गजल

Subash, Shresth, सुवास श्रेष्ठ, pallawa

सुवास श्रेष्ठ

धेरै रैछन् यहाँ एक्लो जीवन बाँच्नेहरु पनि
सुख छोडी दु:ख सँग नाता गाँस्नेहरु पनि।

दु:खपर्दा आँसु झारी रुन्छन् भन्थे मान्छेहरु
देखेँ आज काँडै काँडा बिचमा हाँस्नेहरु पनि।

 

Continue reading


गजल

Subash, Shresth, सुवास श्रेष्ठ, pallawa

सुवास श्रेष्ठ

धेरै रैछन् यहाँ एक्लो जीवन बाँच्नेहरु पनि
सुख छोडी दु:ख सँग नाता गाँस्नेहरु पनि।

दु:खपर्दा आँसु झारी रुन्छन् भन्थे मान्छेहरु
देखेँ आज काँडै काँडा बिचमा हाँस्नेहरु पनि।

 

Continue reading


गजल

Subash, Shresth, सुवास श्रेष्ठ, pallawa

सुवास श्रेष्ठ

तिम्रो हाँसो खुसी देख्न आफ्नै खुसी मारीदिएँ
गाउँ समाज घरपरिवार सबको कुरा टारीदिएँ।

माया भन्नु तिम्रो लागि खेल जस्तै भएपनि
सधैँभरि मैले तिम्रो कुरा माथि पारीदिएँ।

 

Continue reading


ध्यान, कविता र कोलाहल दैनन्दिन

Subash, Khanal, सुवास खनाल, pallawa

सुवास खनाल

सडकमा रङ्गहरुको अजीवको मेला छ । साम्प्रदायिकताको नमीठो दुर्गन्ध तारन्तार हावामा फैलिरहेको छ । सडक एकैछिनमा कोलाहलमय बन्छ र एकैछिनमा घाटजस्तो शान्त र निस्तब्ध देखिन्छ । सहर बन्दको घोषणा एकपछि अर्को पक्षले गरिरहेको छ । काममा जानु छैन । कामदेखि फर्कनु छैन । सडकमा जीवन बाँच्नेहरुको र बिहान÷दिउँसो काम गर्दामात्र खान पाउनेहरुको दैनिकी कस्तो बन्दै होला, यो कल्पना गर्नुमात्र पनि असजिलो अनुभव हुन्छ भने भोग्नेहरुले कसरी भोगिरहेका होलान् । यात्रुहरु बीचबाटोमा रोकिएका, बिरामीले अस्पताल पुग्न नपाएकालगायत यावत विषादपूर्ण प्रसङ्गहरु छन् । सरकार मौन छ । देशको राजनीतिमा उखरमाउलो गर्मी बढेको छ ।

 

Continue reading


गजल

Subash, Sarobar, अधिकारी, Adhikari, pallawa

सुबाश 'सरोबर' अधिकारी

अध्याँरो मा छाया खोजेर बिराएँ॥
तिमी लाई एक रोजेर बिराएँ॥

न जानु थियो न सम्झना थियो.,
तिम्रो गाँउको बाटो सोधेर बिराएँ॥

Continue reading


गजल

Subash Adhikari
सुवास अधिकारी

लोक को समर्थन र सम्मान पाए पनि जति
पद लिप्सा र द्रव्य मोहो ले भ्रष्ट बनायो मति

जो अगुवा उही नै बाटो हगुवा भईदीए पछि
लाज,श्रम र घिन लाग्दैन रहेछ एक रति

Continue reading


हो यस्तै नेता हुँ म !

Subash, Sangpang, ‘काले’, Rai

सुवाष साङपाङ राइ ‘काले’

हो यस्तै नेता हुँ म !
दुई नयन भएर पनि
अन्धा सर्प जस्तो
जसलाई पायो उसैलाई
डसी मारुं जस्तो
व्यक्तिगत स्वार्थले ओतप्रोत म
आफु मात्र जिउन रहर भएको म
हो,यस्तै नेता हुँ म !

Continue reading


नेपाली सँस्कृतिको आखिँझ्याल

सुवाष मल्ल

उमेरले आधा शताब्दी नाघेका एक जनजाति पुरुषको बारेमा सोच्नु पर्दा नेपाली समाजले कस्तो चित्र बनाउने गर्छ – बन्दुकको गुलामी गरेर थाकेको, सामाजिक रहन सहनमा भिज्न नसकेको, जवानीका दिनहरुमा फौजमा गरेका युद्ध र रोमान्सका कथाहरु फलाकिरहेको वा उमेरमा गरेका ज्यादतीहरुलाई सम्झेर एकान्तमा रमिरहेको मान्छे । या फेरि चाउरी पर्दै गरेका छालामा आर्थिक रुपमा सवल र व्यवहारिक रुपमा कमजोर मान्छे । तर गण्डकी प्रदेशले केही अपवादहरु जन्मायो । जस्तो कि नेपाली समाज र संस्कृतिका बारेमा विश्लेषण गर्न नेपालका गाउँ गाउँ पुग्ने समाजशास्त्री डा. हर्क गुरु·, नेपाली लोक भाका टिपेर त्यसलाई युवा पुस्ताको समेत सम्पत्ति बनाउन लागि परेका अमृत गुरु·, जनजाति आन्दोलनका अगुवा डा. केशरज· बराल अनि थुप्रै थुप्रै । त्यही निरन्तरताको पछिल्लो कडिका रुपमा आफ्नो कृतिका साथ देखा परेका छन् तिलक पुन “पुर्जा” !

Continue reading


रक्सी, राबत र रापिला गजल

सुवाष मल्ल

पुस्तक चर्चा
कसैले भनेको सुनेथेँ,‘गजलको जन्म सुरा र सुन्दरीबाट हुन्छ ।’ मलाई अब यो मान्यता पुरानो भइसक्यो भन्ने लाग्थ्यो । कारण साहित्यलाई सुरा र सुन्दरी कै वरिपरी घमाउने हो भने त त्यसमा समाजको चित्रण कसरी गर्न सकिन्छ र ? साहित्य त समाजको ऐना भएर पो आउनुपर्छ । सुरा र सुन्दरी मात्र त हाम्रो समाज पक्कै होइन ।
तर जब गजलकार राबतको प्रथम एकल गजल संग्रह ‘यस्तो बेलामा’ हात पर्छ, ति सबै मान्यताहरु भत्कन्छन् । यो गजल संग्रहले सहज जवाफ दिन्छ की गजल नै त्यस्तो चिज हो, जसमा एक साथ सुरा, सुन्दरी र समाज अटाउन सक्छ ।

Continue reading


श्रेष्ट सुवाष

थाहा छैन कैले आउँछ मेरो हाँसो फर्किएर
चैतमासको घामसँगै गएको थ्यो चर्किएर।

जिन्दगीनै हाँसो बिना बित्ने होकी मेरो कतै
आउने होकी साउनको झरी सँगै दर्किएर।

Continue reading


गजल

श्रेष्ट सुवाष

कोईली चरी किन रुन्थ्यो डुल्ने बन हुँदो हो त
उनको दु:ख बुझ्न सक्ने हाम्रो मन हुँदो हो त।

बन जङ्गल जोगाएर हरियाली पार्थे होला
पहिले जस्तै नेपालीको आफ्नो पन हुँदो हो त।

Continue reading


गजल

श्रेष्ट सुवाष

एकनास हेर्छौ किन फूल फुलेको देख्दापनि
रस चुस्दै भवराले पात पातमा टेक्दापनि।

चन्द्र सूर्य तारा हेर्दै अनेकका ति कुरा गर्छौ
आकाशमा मडारिदै बादल आई छेक्दापनि।
Continue reading


व्यर्थमा जन्म दिएको होइन

सुवाष साङपाङ राइ ‘काले’

मेरो लागी नगर त न कि तेरो लागी
पाल्छस् भन्ने आस गर्दिन म
तर त बाट निरास भएको होइन
न कुनै यौवना स्त्रीको लागी हो त
न त तलाई मैले
मेरै लागी मात्र जन्म दिएको हो ।

Continue reading


गजल

सुवाष साङपाङ राई ‘काले’

नभएको होईन मन तिमी संग बोल्ने
सारा सबै मनको कुरो सामु आइ खोल्ने ।

मेरोमाया निस्वार्थ छ अनि संग्लो पिन
तिम्रो माया बेच्छौ भने हुन्डा मुण्डी मोल्ने ।
Continue reading


श्रेष्ट सुवाष

बस्छु भन्यौ मेरो दिलमा मुटु खाली गरिदिएँ,
रित्तो भयो भन्यौ फेरी माया हाली भरिदिएँ।

चारैतिर अँध्यारो भो भन्दै थाल्यौ कराउन,
मैले गर्दा होकी भन्दै दियो बाली सरिदिएँ।
Continue reading


म भगवान होइन मनको पूजा गर्छु

निराजन प्रभात लुइटेल ‘अघोषित यात्री’

मन
बाँझो हुदैन
मन मेची हो
मन सगरमाथा हो
मन बग्छ
मन चुलिन्छ–
Continue reading