गजल

Kamal, Prasad, Upadhyaya, Kalpit, Spandan, कमल प्रसाद उपाध्याय "कल्पित", pallawa, पल्लव

कमलप्रसाद उपाध्याय “कल्पित”

जब काग आई घरको आगनमा करायो
तब मेरि आमाको मनमा आसा पलायो

छोराले गाउँलाइ छाडी प्रदेशिएको पिरले
ती नुनिला आशुले मेरि आमालाइ गलायो

हो त्यहीआन्छे आज देस भक्त बनेको छ
जसले हिजो जनता लाई जिउदै जलायो

 

Continue reading


गजल

Anjn, Baral, Spandan, अन्जन बराल ‘स्पन्दन’, pallawa, पल्लव

अन्जन बराल ‘स्पन्दन’

प्यार गर्छु भनेपछि नै, नजरमा राखियो
बनाएर प्रेमिल सपना रहरमा राखियो ।

जिउँदो हुँदासम्म कुनै सम्मान थिएन खै
मरेपछि बनार्इ सालिक शहरमा राखियो ।

लाँदा त फुलमाला सजाएर लगेका थिए
बनार्इ चिता मान्छेकै बीच बगरमा राखियो ।

 

Continue reading


बहरबद्ध गजल

Sunil, spandan,BKT,सुनील स्पन्दन, pallawa, पल्लव

सुनील स्पन्दन

फैसलामा उता ठूलै हर्ष रैछ
हर्जनामा यता पीडित वर्ग रैछ

के गरेका थियौ सम्झौता मिलेर
अन्तमा यो मुलुक खाने शर्त रैछ

बुझ्न खोजेँ खबर गोठालाहरूको
शून्यतामा कठै ! भेँडीखर्क रैछ

 

Continue reading


६ अक्षरीय गजल

शिशिर दाहाल 'स्वपन्दन’

शिशिर दाहाल ‘स्वपन्दन’

रिस गरेको छ ।
बिष छरेको छ ।।

दुध बोकेको रे ।
ठिस परेको छ ।।

म सत्य बोल्दाँउ ।
इस ! गरेको छ ।।

 

Continue reading


बहरबद्ध गजल

Sunil, spandan,BKT,सुनील स्पन्दन, pallawa, पल्लव

सुनील स्पन्दन

फैसलामा उता ठूलै हर्ष रैछ
हर्जनामा यता पीडित वर्ग रैछ
..
के गरेका थियौ सम्झौता मिलेर
अन्तमा यो मुलुक खाने शर्त रैछ
..
बुझ्न खोजेँ खबर गोठालाहरूको
शून्यतामा कठै ! भेँडीखर्क रैछ

 

Continue reading


८ अक्षरीय गजल

शिशिर दाहाल 'स्वपन्दन’

शिशिर दाहाल ‘स्वपन्दन’

जव कुक्क कुक्क हुन्छ ।
बल्ल मन ढुक्क हुन्छ ।।

यताबाट दिन्छु प्रेम।
उताबाट थुक्क हुन्छ ।।

खुसी देखे हासिदिन्छु।
रोए सुक्क सुक्क हुन्छ ।।

 

Continue reading


बहरबद्ध गजल

Sunil, Spandan, सुनिल स्पन्दन, pallawa, पल्लव

सुनिल स्पन्दन

यो बगरमा फसल, कतिन्जेल टिक्ला !
बालुवाको महल, कतिन्जेल टिक्ला !

सुम्पिएको थिएँ, सबै बन्धकीमा
खेतबारी अचल, कतिन्जेल टिक्ला !

देशद्रोही भयो, सिधै राज्य हाँक्ने
आज होला सफल, कतिन्जेल टिक्ला !

 

Continue reading


गजल

Sunil, Spandan, सुनिल स्पन्दन, pallawa, पल्लव

सुनिल स्पन्दन

‘हुँदैन कि पीडा शायद, दिलमा नराखेमा’
‘फेर्न सक्छ्यौ प्रेमी पनि, माया नफापेमा’

राज्यको यो ढुकुटी नि, रित्तो हुँदैनथ्यो
मुसो जस्तै रखवालाले, दुलो नकाटेमा

‘शंका गर्छ यति धेरै, मेरै साथी मलाई
पानीसम्म, पिउँदैन ऊ, मैले नचाखेमा’

 

Continue reading


सुनील स्पन्दनका केही फेसबुके मुक्तकिय रचनाहरू

Sunil, Spandan, सुनिल स्पन्दन, pallawa, पल्लव

सुनिल स्पन्दन

लाभ कस्लाई हुन्छ तिमीलाई कि मलाई !
दवाव कस्लाई हुन्छ तिमीलाई कि मलाई !
चट्क्कै विर्सिएर मायाको यो खानीलाई
अभाव कस्लाई हुन्छ तिमीलाई कि मलाई !

सक्छौ त मेरो , कदममा कदम, चालेर देखाऊ
अन्याय गर्ने, सामन्ती सोच, ढालेर देखाऊ
घमण्ड गरी, नभन त्येसो, बाघ हुं भनेर
मान्छेले जस्तो, बाघले मान्छे, पालेर देखाऊ ।

 

Continue reading


१४ अक्षरीय गजल

Sunil, Spandan, सुनिल स्पन्दन, pallawa, पल्लव

सुनिल स्पन्दन

मेरो कुरा कस्ले सुन्छ, गेडी छैन भने
छिमेकीले ढोका थुन्छ, गेडी छैन भने ।

अन्धोबन्छ वैरोबन्छ, न्याय मूर्ति पनि
विपक्ष कै कुरा हुन्छ, गेडी छैन भने ।

इमान्दार बन्न खोज्दै, मार्छ मित्रले नै
अनेक थरी, कुरा बुन्छ, गेडी छैन भने

 

Continue reading


गजल (सवाइ लय)

केही दु:खी जन संगै, देश रोएको छ
तिम्रो आगमन संगै, देश रोएको छ ।

Sunil, Spandan, सुनिल स्पन्दन, pallawa, पल्लव

सुनिल स्पन्दन

हिजोसम्म तेरो मेरो, भाग लाग्थ्यो घर
आज आफ्नोपन संगै, देश रोएको छ ।

लगाएको बाली छैन, छैन गोड्ने माली
गुमाएको धन संगै, देश रोएको छ ।

 

Continue reading


१४ अक्षेरीय सवाईलय युक्त गजल

Sunil, Spandan, सुनिल स्पन्दन, pallawa, पल्लव

सुनिल स्पन्दन

बल्ल आज थाह पाएँ, रैछन् मेरो को’को
इष्ट–मित्र दाजु–भाइ, सबै उज्यालोको ।

न्याउली पनि कराउँछे एक्लै विरहमा
कस्ले बुझ्ने कठैवरा ! उस्को मन रो’को।

छुवाछुत उन्मूलन भो, कागजमा मात्रै
पानी अझै बाराबार छ, दलितले छो’को ।

 

Continue reading


बहरबद्ध गजल

Sunil, Spandan, सुनिल स्पन्दन, pallawa, पल्लव

सुनिल स्पन्दन

आज यस्तो कुरा, चलेर पो आयो
निभ्नु पर्ने दियो, बलेर पो आयो

के सुनायौ हरे !, दुखी समाचार
हात खुट्टा यसै, गलेर पो आयो

प्रेम पानी भनी, पियो कुनै बेला
प्रेमको अग्निमा, जलेर पो आयो

 

Continue reading


बहरबद्ध गजल

Milan, Purja, Spandan, मिलन पुर्जा 'स्पन्दन', pallawa, पल्लव

मिलन पुर्जा ‘स्पन्दन’

कल्पनामा अल्झिएरै, बित्छकी यो जिन्दगानी
सम्झनामा तड्पिएरै, बित्छकी यो जिन्दगानी ।

फर्किने हो हैन केही, छैन टुङ्गो निष्ठुरीको
ब्यर्थ एक्लो पर्खिएरै, बित्छकी यो जिन्दगानी ।

बाध्यताले दूर हामी, बस्नु पर्ने भा’छ ऐले
साथ हाम्रो छुट्टिएरै, बित्छकी यो जिन्दगानी ।

 

Continue reading


बहरबद्ध गजल

Sunil, spandan,BKT,सुनील स्पन्दन, pallawa, पल्लव

सुनील स्पन्दन

सयौं चोट खप्ने अचानो छ छाती
यता भोग्छु औँसी उता जून छ राती ।

जता ओत धेरै उतै लाग्छ मान्छे
बुझेरै नसक्ने अनौठो छ जाति ।

नखेले नि हुन्थ्यो जुवा तास मात्रै
उठीबास गर्ने छ यो मर्म–घाती ।

 

Continue reading


मिठु

Sunil, spandan,BKT,सुनील स्पन्दन, pallawa, पल्लव

सुनील स्पन्दन

म अति रिसाउँछु । रिसाउनु र खुसाउनुको मेरो कुनै सीमा छैन । परि आउँदा ज्यान दिन र त्यस्तै परे ज्यान लिन नि म पछि पर्दिनँ ।
आफ्नै हातले मिठुलाई चारा खुवाउँदै थिएँ उसले अकस्मात मेरो औँला टोकिदिई । यसो हेरेको त औँलाबाट रगतका धारा बग्दै रहेछन् । रिसले आँखा देखिन, खुरुक्क समातेर झटारो फालिदिँए ।
‘यो अबोध, अज्ञानीलाई के थाहा हुन्छ त, त्यत्तिकै रिस देखाउँछस् । खुरुक्क प्लेटमा राखिदिएको भए आफै खान्नथी -!’
“कठैबरा !”

 

Continue reading


गजल

Spandan, Khadka,स्पन्दन खड्का pallawa, पल्लव

स्पन्दन खड्का

मागेकी हैन मन्दिर मागेकि होईन्
बरको रुपमा फकिर मागेकी होईन्

न्याय मागेकी हुँ महिला शब्दको
सरकारसँग जागिर मागेकी होईन

मनमुटु मिलाएझै मिलाउछु भनेर
नदिका दुईटा तिर मागेकी होईन्

 

Continue reading


उनि अझै सपनामै

Santosh, काफ्ले, Kafle

सन्तोष काफ्ले स्पन्दन

निदाउनु अघिनै, त्यो निदाएको थियो
एउटा कालो अन्धकारमा
सपनाको सपनामा निदायो
अनि बिउझ्यो सपना भित्रै
अजब, अचम्मको पर्दाभित्र
हिजो-आज, भोलि पनि ति कर्तुत
भैरहेछन, हुनेछन
भैरहनेछन कि ?

Continue reading


फणा

Sunil, स्पन्दन,  spandan

सुनिल स्पन्दन

यौनकथा
पहाडको थुम्कोमाथि तामाङ्हरूको बाक्लो बस्ती । स-साना खरले छाएका घरहरू । सबैको घर छेउछाउमा मकैका ढोडले अनिवार्य रुपले निर्माण गरिएको करेसाबारी ।  त्यहीँ करेसाबारीभित्र लहलाउँदो सागपातका बोटहरू अनि त्यहीँ सागबारीभित्र सुरक्षित ठानेर भुतली खेल्ने कुखुराका बथानहरू । गाउँमा भर्खर्रभर्खर बिजुलीबत्ती पुगेको थियो । रात्रीको समयमा त्यस गाउँलाई टाढा-टाढाबाट हेर्दा साह्रै मनमोहक दृष्य देखिन्थ्यो । मानिलिऊँ काँचको पर्दाभित्र निर्माण गरिएको ताजमहलको थुम्कोमा बिजुलीको प्रकाश छरिदिएजस्तो । त्यस गाउँमा महिनाको एकदिन बिजुलीको मिटर रिडिङको लागि मेरो पालो आउँथ्यो तर म त्यस गाउँमा जान डराउथेँ । कारण अधिकांसको घरमा मान्छेभन्दा बढी कुकुर भेटिन्थे । देख्दै डरलाग्दो अनि आक्रमक पारामा नयाँ मानिसलाई स्वागत गर्ने गर्थे त्यहाँका कुकुरहरू । म डराइडराइ छिर्थेँ त्यस गाउँमा ।

Continue reading


मृत्यु घोषणा

Sunil, स्पन्दन, spandan

सुनिल स्पन्दन

तिमी मेरो कलेजी हौ
तिम्रो अप्राप्तिमा प्रिय
मेरो मृत्यु हुनेछ ठान्नु
र गएर हेर्नु भोली
त्यो पीपल या वरको लहरामा
यो विवश अनुहारलाई

Continue reading