छोरी

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निराैला

छोरी सागर हुन् नसम्झ खहरे खोल्सी तिनी होइनन्
छोरी साहस हुन् नसोच परकी नासो तिनी होइनन्
छोरी जाँगर हुन् नठान तिनले गीता ऋचा गाइनन्
छोरी घायल हुन् कदापि तिनले माया दया पाइनन् ।

गर्भैमा खतरा छ आज उनमा भ्रूणै निमोठिन्छ कि
जन्मैमा खतरा छ आज उनमा देख्दै निचोरिन्छ कि
यात्रामा खतरा छ नीच भँमरा गोही बनी डुल्दछन्
प्राणैमा खतरा छ किन्तु दिलका डाली भरी फुल्दछन् ।

 

Continue reading


सृष्टि र रहस्य

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

थाल्छन् बुद्ध रहस्य भन्न जन यी पूजा शुरू गर्दछन्
ज्यूँदो ख्रिष्ट सुली चढाउँछ जगत् ‘हे ईश’ ती बुझ्दछन्
भन्थे लाग्छ कवीरले सब कुरा सुन्ने थियोे को त्यहाँ !
‘पैल्हे गुम्छ बुझिन्छ मूल्य पछि’ के उल्टो छ गंगा यहाँ ?

गुम्बा मन्दिरका उचाइ सजिलै भन्छन् पुजारीहरू
कस्ता के कति मूर्ति छन् सहरमा! जान्ने सयौं छन् अरू
छन् कण्ठस्थ कुरान वेद कतिमा!गर्छन् मिठा भाषण
बुझ्ने छैन कुनै रहस्य जगको यो सृष्टिको कारण !!

 

Continue reading


देश

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

लेकाली वन कन्दरा चउरका सल्लातिरै देश छ
मैना कालिज कोइली मुजुरका हल्लातिरै देश छ
बेँसीमा लटरम्म आरुबखडा मेवा भए देश छ
छातीमा टुकुचे मकालु तिलिचो फेवा भए देश छ ।

सेर्पा बस्छ हिमाल तर्फ हिउँका डल्ला लिई हातमा
छेत्री बस्छ पहाडमा छ खुकुरी जस्का दुई हातमा
थारू बस्छ मधेस तर्फ उसको मुड्की स्वयं बज्र हो
यो माटो छ सदा सुरक्षित र पो मेरो ठुलो गर्ज हो ।

 

Continue reading


‘लूट’

चेलीको फरिया लुटे जनकको टोपी र दौरा लुटे
ज्यामीको हँसिया लुटे हृदयका रोदी र गौरा लुटे

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

झण्डाको रङ ‌ओज वैभव लुटे यी भोक तिर्खा लुटे
गोर्खाली इतिहासका रगतका धारा र छिर्का लुटे ।

कोसी गण्डक वाग्मती अरुणको स्वादिष्ट पानी लुटे
ऊर्जा जंगल बालुवा जमिनका सीमा र खानी लुटे
गुम्बा मन्दिरका कला गजुर वा आराध्य मानी लुटे
वृद्धावृद्ध सिवाय को छ घरमा ? सारा जवानी लुटे ।

 

Continue reading


एउटा गीत लेख्नु छ

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

मलाई जूनको हैन धूलोको गीत लेख्नु छ
लेक बेँसी ढिकी जाँतो चुलोको गीत लेख्नु छ ।

उत्कृष्ट सपना छैनन् देशको एक चित्र छ
बुद्ध जन्माउने मेरो मातृभूमि पवित्र छ ।

मैले सगरमाथाको रक्तको दाग मेट्नु छ
बुद्धको देशमा बुद्ध जस्ता मानिस भेट्नु छ ।

 

Continue reading


गजल

Söm, Anüraag, Basnrt, सोम 'अनुराग' बस्नेत, pallawa, पल्लव

सोम ‘अनुराग’ बस्नेत

बाटो हेर्दै चौतारीमा, कुर्दाको मज्जा नसोध
काख उन्को शिर मेरो, घुर्दाको मज्जा नसोध ।

जन्म जन्म साथ दिने कसम खाँदै देउरालीमा
छाँद हालेर छातीमा, पुर्दाको मज्जा नसोध ।

परिवारको कडा कयस समाजको बन्धन बिच
संगै बेसि झर्ने संयोग, जुर्दाको मज्जा नसोध ।

 

Continue reading


अक्षर र नाता

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

साना अक्षर शक्तिपुञ्ज सरि छन् ऊर्जा अरू जीर्ण छन्
सेतो कागज हुन्छ सार्थक अरू आयाम संकीर्ण छन्
सुक्लान् नाइल गण्डकी अपितु यो सुक्दैन कालो मसी
भर्छन् बिम्ब प्रतीक भाव कविले चम्कन्छ जस्ले शशी ।

साक्षी यो इतिहास बक्दछ झुके साम्राज्य नेतागण
देखी रूप कुनै झुके ऋषिहरू बिर्सी तपस्या प्रण
सारा मानिस झुक्दछन् पद तथा ऐश्वर्यका खातिर
साना अक्षर काव्यमा अटल छन् बाँकी कुरा अस्थिर ।

 

Continue reading


बहरबद्ध गजल

देशले जित्दा म हारे हुन्छ विन्ती ईश्वर
चित्तको दैलो उघारे हुन्छ विन्ती ईश्वर ।

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

देशको माया बगेको हुन्छ रातो रक्तमा

वक्ष यो आफैं उधारे हुन्छ विन्ती ईश्वर ।

यो ध्वजा उठ्दा म झुक्दा हुन्छ त्यो नै जीत हो
भक्तको भाषा विचारे हुन्छ विन्ती ईश्वर ।

 

Continue reading


माटो र साइनो

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

जन्मेको धरती समान जगमा भेटिन्न तीर्थस्थल
पोखेको पसिना समान छ कहाँ पीयूष/गंगाजल ?
माटोमा प्रतिबिम्ब बन्छ दिलको कोराइ राम्रो भए
ढुङ्गाभित्र छ भाग्यचित्र जगको हेराइ राम्रो भए ।

खोजे मिल्दछ सालनाल सबको यो मृत्तिका भित्र छ
फेरेका हर सासको र निलिने यी गाँसको चित्र छ
माटो भाग्य,भविष्य,भाव,गरिमा,सर्वोच्च आकार हो
सारा दर्शन,खोज,अध्ययनको निष्कर्ष हो सार हो ।

 

Continue reading


बहरबद्ध गजल

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निराैला

जानेको उन्को नाम हो जो छँदैछ
फिर्ता आएको खाम हो जो छँदैछ

आशा केही छैनन् निराशा न केही
इच्छा उन्कै आराम हो जो छँदैछ

मागेको केही छैन यी हात जोडी
खोजेको बाँच्ने काम हो जो छँदैछ

 

Continue reading


बहरबद्ध गजल

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

खुशी लाग्छ पाएर नेतृत्व दानी
झरे जून तारा झरोस् शुद्ध पानी ।

भिरे पुग्छ झोला,रिझाऔं/समाऔँ
ठुला ठाउँ प्रोजेक्टमा छानिछानी ।

‘ठगी,लूट,धुर्त्याइँ’ हुन् मापदण्ड
पुगे योग्यता आउँदा हुन्छ नानी ।

 

Continue reading


बहरबद्ध गजल

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निराैला

सौर्न्दर्यमा फूल घमण्ड गर्छ
बेला पुगे आखिर सुक्छ झर्छ

दोषी भन्यौं भृङ्ग छ फूल दोषी
भोगादिका निम्ति पराग भर्छ

पाए इशारा प्रिय नाघ्छ बाढी
नागादिका पाश भएर तर्छ

 

Continue reading


बहरबद्ध गजल

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

कसैले पढेको कहानी छ मेरो
नछापी डढेको कहानी छ मेरो ।

कसैका दुई हातमा हात राखी
उकाली चढेको कहानी छ मेरो ।

म यात्री कुनै लक्ष्यमा पुग्नुपर्ने
बिचैमा लडेको कहानी छ मेरो ।

 

Continue reading


चाहना

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

यो माटोमा म पनि पसिना एक थोपा चुहाऊँ
माछापुच्छ्रे हिम शिखरको एउटा गीत गाऊँ
नर्सिङ्गाको ललित धुनमा हात खुट्टा घुमाऊँ
ताजाताजा कुसुमकलिको वासना मग्मगाऊँ ।

यो पाखामा हरित बिरुवा प्रेमको रोप्नुपर्छ
यो छातीमा मनुजपनको भावना खोप्नुपर्छ
यी झुप्रामा निशिदिन चुलो दन्दनी जल्नुपर्छ
यो बाटोमा जयविजयका पाइला चल्नुपर्छ ।

 

Continue reading


सोम निरौलाका एकजोर गजल

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निराैला

बहरबद्ध गजल– १,
हिमाल बेच्लान् पहाड बेच्लान्
मुमा दिदीका कछाड बेच्लान् ।

न शर्म ठान्छन् न धर्म मान्छन्
फियो कलेजो र हाड बेच्लान् ।

सुटुक्क सुस्ता र गण्डकी झैं
स्वभागको दाल/माड बेच्लान् ।

 

Continue reading


बहरबद्ध गजल

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

कहानी कहाँ हो र यो जिन्दगी हो
नयाँ रङ्गले कोर यो जिन्दगी हो ।

छिटो चल्छ पाङ्ग्रा ढिला हुन्छ फेरि
कहाँ हो र यो खोर यो जिन्दगी हो ।

छ सम्भावना स्वादिली माधवीको
नहोस् व्यञ्जना थोर यो जिन्दगी हो ।

 

Continue reading


बहरबद्ध गजल

सु

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

खानी र छिन्ताङ बिर्सूँ कसोरी !
व्यथा दर्दका चाङ बिर्सूं कसोरी !

यहीँ रत्न दुर्गाहरू मारिए थे
म राता बुटा/झाङ बिर्सूँ कसोरी !

नियास्रो निराशा व्यथा छट्पटीमा
जलेको कठै ! दाङ बिर्सूँ कसोरी !

 

Continue reading


फिक्का होली

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निराैला

गुमेको छ उत्साह ऊर्जा उमंग
म खेलूँ कसोरी तिमीसङ्ग रङ्ग ?
भिजेको छ माटो पुनः रक्तबाट
बनेको छ सीमा अहो मात्र घाट ।

ढलेको छ योद्धा छ चीत्कार ताजा
म नाचूँ कसोरी बजाएर बाजा ?
रुँदैछन् कि गोविन्द सम्झेर देश
म रोऊँ कि हाँसूँ कसो के छ वेश ?

 

Continue reading


बहरबद्ध गजल

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निराैला

फुल्नेलाई फूल हो जिन्दगानी
भुल्नेलाई भूल हो जिन्दगानी

जस्तो हेर्‍यो हुन्छ सर्वत्र उस्तै
बग्नेलाई मूल हो जिन्दगानी

खोज्नेलाई ज्ञानको स्रोत बन्छ
घोच्नेलाई शूल हो जिन्दगानी

 

Continue reading


बहरबद्ध गजल

Som, Niraula‎, सोम निराैला, pallawa  , पल्लव

सोम निराैला

मभन्दा दुखेको छ मेरो कहानी
तिमी देख्दछौ फक्रिएको जवानी

शिला गाल्न सक्ने थियो देहताप
बनेको छु ऐले म आफैं खरानी

म हिँड्दा दुई चार हुन्थे पछाडि
कुनै झ्यालमा मस्किने लाज मानी

 

Continue reading