जब आउँछ दशै तिहार आमा सम्झन्छ, ।
दाजु भार्इ दिदि बहिनि मामा सम्झन्छु, ।
त्यो बल्यपनको यादले जब सताउँछ, ।
बाबाले किन्दिएको बुट्टे जामा सम्झन्छु, ।
यो सालको तिजमा’नि घर आउँन नपाउँदा
भाका हाली तिजको गित, गाउँन नपाउँदा
यो परदेशी छोरीको मन सारै दुख्यो आमा
मेला पात हाट बजार सँगै, धाउँन नपाउँदा ।
