गजल

अमर प्रेम को एउटा रीत चलाउन मन छ
पिरतीको फुल फुलाई फलाउन मन छ।।

अलि कती माया अलीकती इर्ष्या मिलाउदै

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

वेला वेला उस्को तन गलाउन मन छ ।।

अंकुरिदै मुटुभित्र मायाको त्यो मुना बनी
तिम्रो मुटु भित्र थिरै पलाउन मन छ ।।

 

Continue reading


स्मृति कंडेलको एकजोर गजल

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

गजल– १,
माया नै माया ले सताउन पाए देखि।
उसको त्यो मनमा अटाउन पाए देखि।।

लेखेको थिएँ प्रेम पत्रहरू उसैलाई भनि।
मनै दंग हुन्थ्यो सायद पठाउन पाए देखि।।

किन मेरो इशारा नबुझेको होला उसले ।
कस्तो हुन्थ्यो उनलाई अन्माउन पाए देखि।।

 

Continue reading


गजल

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सहर पसि मिनिस्कट कहिले लाइन आमा
साडी चोलो बिर्सेर झकास भइन आमा।।

धेरै आए आधुनिकमा अल्मल्याउने साथीहरू
आफ्नो रिति बिर्षी डिस्को कहिल्यै धाइन आमा

तिम्रो सपना मेरो सपना पूरा गर्ने सोचेकी छु
कसैको नि झुटो कसम अरु खाइन आमा

 

Continue reading


‘‘छोरी’’

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

एक दिन एउटा व्याक्तिलाई बाटोमा अचानक रिगटा लागेकोले केहि मान्छेहरूले उसलाई हस्पिटल लान्छ ।
सानै छदा उहाँले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो ।
त्यसैले अर्को मृगौला पनि काम गर्न छोड्न लागेको थियो ।
उसको घरमा फोन गरे पनि
उसलाई यस्तो हालतमा कोहि आफन्त पनि भेट्न आएन ।
उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ ।

 

Continue reading


“आमा”को आँसु पुछेर मनाए नयाँ बर्ष !!

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

नानी यी हेर हातका रेखा ………
सानैमा आमा बितिन अनुहार पनि देख्न पाइन कस्ती थिइन होला मेरी आमा! म सानै हुदा बाउ ले कान्छी आमा ल्याए, आफु १३, पुगेर १४, लाग्दै थिए, हास्ने खेल्ने बेलामा बिबाह गरेर दिए त्यो पनि आफू भन्दा २० बर्ष जेठ्ठो मान्छे सग । केटाकेटी नै अवस्था भए पनि घर चलाउनै पर्थो 18 बर्ष कि हुदा दुई छोरा भए 20 बर्ष नपुग्दै श्रीमान बित्नु भयो । सबै थोक गरेर जिउन सकिदो रहेछ तर बिधुवा भएर जीवन जिउनै गाह्रो ……

 

Continue reading


गजल ……

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

पिरतीको संसारमा दिलको राजा बनार्इ दिएँ
सम्झनाको तरेलीमा मन मुटु सजाई दिएँ ।

समीपबाट टाढा भयौ अपमानित भाकी छु
तिम्रै प्रेममा जिन्दगानी अर्पण गराइ दिएँ ।

तिम्रै यादमा धडकिने यो धडकन पनि आज
हरपल रोएर आँसुको तलाउमा डुबाइ दिएँ ।

 

Continue reading


स्मृति कँडेलका केही मुक्तकहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

गुनिउ चोली लाउन छोडी सानी सहर पसेपछि
मात्र गमलाको मकै गोडि सानी सहर पसेपछि
घर परिवार सङ्ग अहिले बोलचाल भन्द भएछ
सबै नाता र साइनो तोडि सानी सहर पसेपछी

बनाउ छुट्टै सुन्दर संसार हजुर र म हुनपर्ने।
लेखौ भाग्य रेखा संगै हास्न संगै रुनपर्ने।।
सोचेको जस्तो कसलाई कहाँ पुग्छ र हजुर।
यहाँ हरपल मनको पीडा आशुले धुनपर्ने।।

 

Continue reading


गजल

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

प्रेमको मुल नै फुटाउदै कहानी बनाउँछु म
मेरै मायामा हराउने तिम्रो बानी बनाउँछु म ।

हाम्रा जीवनका कयौं तरंगहरू खुसिले भरी
सधैँ तिम्रो मन बगिरहने पानी बनाउँछु म ।

माया गर्छु भन्दै सताएर नजाउ है मायालु
फर्केर हेर्दा प्रेमले बाध्ने जवानी बनाउँछ म ।

 

Continue reading


“स्मृतिको अमर प्रेम”

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

सदा झै म साथीहरू संग च्याट गरेर बसिरहेकी थिए ।मार्च 8 साझ करिब 8 बजेको कुरा हो ।
जसलाई मैले केहि महिना देखि मनमा सजाउन थालेकी उसैको म्यासेज आयो एकासी हाइ भनेर अनि म छक्क परे कस्तो अचम्म है, यतिका दिन नबोलेको मान्छे आज एक्कासी आएर आफै बोलायो, जसलाई सम्झेर अनि कल्पना गर्दै उसको तस्बिर हेरेर दिन बिताउने गर्दथे उ संग आज देखि बोल्न पनि पाए भनेर खुसिले मनै फुरुङ भयो र म खुशीले नाच्न थाले ।

 

Continue reading


“गजल……

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

मलाई आनन्द कि पुर्णीमाको जुनले दिन्छ।
कि त खुशी उमङ्ग सबै मेरै उनले दिन्छ।।

यो दुनियाँ किन बिरोध गरिरहन्छ प्रेमको?
तर खुसीको संसार त प्रेमील धुनले दिन्छ।।

प्रेम जिन्दगी हो आखिर प्रेमले दिने खुसी!
न हिरामोतीले दिन्छ न त सुनले दिन्छ।।

 

Continue reading


स्मृति कँडेका केही मुक्तकीय टुक्राहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सृष्टिको भब्य योजनामा तयार पारिएकी छोरी तिमी
अनेकौं तवरले नै बेहद शृङ्गारिएकी छोरी तिमी ।
यो दुनियाँमा आज अथाह तिरस्कृत भएर हेपिदै छौ
आफ्नै गाउँ समाजबाट जिउँदै मारिएकी छोरी तिमी।।

दुनियाँ सङ नै दाजेर गए
दुनियाँ र म के फरक भएँ ?
दुनियाँ सधै – वहुवचन हुँदा
म त सधै – एकवचन रहेँ ।।

 

Continue reading


**गजल**

Laxm, Smritee, लक्ष्मी स्मृति, pallawa

लक्ष्मी स्मृति

लेख्दै नाम मेट्दै गर्छु मलाई कस्ले रोक्छ?
सपनीमा रहर छर्छु मलाई कस्ले रोक्छ ?

दिनभर नियतीले पर पर लगे के भो?
निदरिमा सँगै चर्छु मलाई कस्ले रोक्छ?

हदै भए पागल प्रेममा नाम थपिएला।
मायाँमानै वोईली झर्छु मलाई कस्ले रोक्छ ?

 

Continue reading


गजल

Laxmi, Smritee, लक्ष्मी स्मृति, pallawa

लक्ष्मी स्मृति

सानै थियो कुरो तिम्ले बेस्सरी उचाल्यौ।
सुम्पेकोथेँ दिल तिम्ले कहाँ लगि फाल्यौ?

झाङ्गिदैथ्यो मायाँ मेरो धानको गाबो सरी,
गोड मेल छाडी तिम्ले मार्न बिषै हाल्यौ।

 

Continue reading


गजल

Laxmi, Smritee, लक्ष्मी स्मृति, pallawa

लक्ष्मी स्मृति

दिप बाली आशाको टाडियौ खै किन?
तिम्रो मात्र भन्दथ्यौ बाडियौ खै किन?

कहाँ बिझ्छ मलाई कहिल्यै नसोची,
मेरै अघि अन्यत्रै लाडियौ खै किन?

 

Continue reading


मन रुझ्दा ओत लाग्ने ……

Laxmi, Smritee, लक्ष्मी स्मृति, pallawa

लक्ष्मी स्मृति

मन रुझ्दा ओत लाग्ने छाता खोज्दै आएँ।
अजम्मरी एउटा शुन्दर नाता रोज्दै आएँ।
मन रुझ्दा ओत लाग्ने ……

जीन्दगिमा नाता कयौँ जुट्छन अनि टुट्छन।
पिर माथी पिर थपी कति नाता लुट्छन।
लुट्ने,टुट्ने हैन खुट्ने हात खोज्दै आएँ।
मन रुझ्दा ओत लाग्ने ……

 

Continue reading


गजल

Laxmi, Smritee, लक्ष्मी स्मृति, pallawa

लक्ष्मी स्मृति

परिक्षमा त्राश्ले चुक्ने पात्र होईनउ तिमी ।
मर्न छाडी शिर झुक्ने पात्र होईनउ तिमी ।

गोर्खालीको सन्तान हौ कस्ले चिन्दैन र ?
जस्ले पनि हेरी थुक्ने पात्र होईनउ तिमी ।

 

Continue reading


मेरो देश मेरो गौरव।

Laxmi, Smritee, लक्ष्मी स्मृति, pallawa

लक्ष्मी स्मृति

शिरमा हेर सगरमाथा,पाउमा सम्म फाँट तराई।
कोहि छैनन उच निच ,न त कोहि दूर पराई।
वनजंगलको हरियाली,कलकल बग्ने नदिनाला।
अनेक जाती सजिएका,शुन्दर हेर एउटै माला।

 

Continue reading



गजल

Laxmi, Smritee, लक्ष्मी स्मृति, pallawa

लक्ष्मी स्मृति

मायाँ प्रित छाडिदेउ देशले पुकार्दैछ हेर।
श्वार्थ दम्भ त्यागीदेउ देशले धिक्कार्दैछ हेर।

जननीको रक्षा छाडी अंग अंग अंश खोज्छौ,
मात्र घात,पिडा दिन्छौ देशले दुश्कार्दैछ हेर।

 

Continue reading