नेपालीको मुहारमा . . . . .

नेपालीको मुहारमा खुसी देख्न पाऊँ
कति सधैँ द्वन्द्व लेख्नु शान्ति लेख्न पाऊँ

laxman, sitaula, लक्ष्मण सिटौला, pallawa, पल्लव

लक्ष्मण सिटौला

असत्यको सधैँ जित भो सत्य हारिरह्यो
पापीहरूले निर्दोषलाई यहाँ मारिरह्यो
भ्रष्टहरू समाजमा, बिक्छ तिनकै नाउँ
कति सधैँ द्वन्द्व लेख्नु शान्ति लेख्न पाऊँ

 

Continue reading


गोविन्द केसीलाई हेर . . . . .

Sabin, Sitaula, Precious, Pearl, सविन सिटाैला, pallawa, पल्लव

सविन सिटाैला

सरकार, गोविन्द केसीलाई राम्ररी हेर त
उनको अनुहारमा चिन्ताको धर्सो देखा परेको छ।
देख्यौ कि देखेनौ ?
देखेनौ भने भित्री आँखो खोलेर हेर
अनि देख्ने छौ , अवश्य पनि ।
उनलाई दुःखी बनाउने
तिमी नै त हौ नि ।

अरु जनताले नखाएसम्म
बस्ने गर्छन् भोकै केसी ।
सिन्को जस्तो भएका छन् उनी अहिले
तर तिमी अगस्ति हौ
च्वाँचेझैं मोटाएका छौ तिमी ।

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

डोली चढि आँसु झारी पीर नपारे हैं छोरी
पराई घरमा हिम्मत हारी पीर नपारे हैं छोरी

जन्मघरको दियो थियौं ,कर्मघरको दीप तिमी
सासू ससुराको मन मारी,पीर नपारे हैं छोरी

शिक्षित छौं ,शिक्षाले नै छोप्नु पर्छ अन्धकार
फाल्नुपर्छ कुप्रथाको घारी,पीर नपारे हैं छोरी

 

Continue reading


‘मन’

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

कान्छो छोरालाई अष्ट्रेलियामा पढ्न जाने भूत सवार भएको थियो| अत्यावस्यक कागजात र ऋणको व्यवस्था गर्न काठमाडौँमा इन्जीनियर पढ्न बसेको जेठो छोराको साँगुरो बस्तीमा भएको डेरामा कान्छा र म पुग्यौं|
गाउँको खुल्ला परिवेशमा हुर्किएको म, कहालीलाग्दो यात्रा र यहाँको दुर्गन्धित वातावरणले निस्सासिन पुगेको थिएँ|
कोचाकोच बस्तीभित्रको अँध्यारा कोठाहरू! अनि कोठैपिच्छे भाडामा बस्नेहरू! शौच गर्न पनि कुर्न पर्ने!… जिउ भारी हुँदै गैरहेको थियो| त्यसैबेला घरपेटी साहुनी भर्र्याङ् बढार्दै ‘भाडा हैन भारा खानु परिरहेको छ’- भन्दै फत्फताउदै सोधिन् “तपाईं को नि?”

 

Continue reading


गजल (१४ अक्षरीय)

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

झर्किए पनि प्याराको अति मीठो बोली
मनको प्यारा पाउँ भन्दै व्रत बस्छु भोली

सँधै सँगै हुन पाउँ, मन भित्रको धोको,
सँगै हिडौँ, गाउँ बेशी, सँगै तरौँ खोली !!

के छ र जिन्दगी अनायासै हारिएला
सप्तरंगी सपनाको खेल्नु पर्छ होली ।

 

Continue reading


💞 गजल 💞

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

आफ्नै छाँयाले कुट्यो भने, नरोेए है प्यारा
बाचा कसम टुट्यो भने, नरोए है प्यारा

नयन भित्र तस्बिर,सजाई पर्खिरहन्छु सधैं
यादले मुटु फुट्यो भने , नरोए है प्यारा

गिद्दे नजर लगाउँछन्,बैरी हाम्रो प्रीतमा
भाग्यमा अर्कै जुट्यो भने ,नरोए हैं प्यारा

 

Continue reading


-सपना–

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

रहर, लक्ष्य वा बाध्यता
जे पनि हुन सक्छन्
आफ्नै भविष्य खोतल्न
बिदेश भासिएको छु ।
अलिकति समय किनेर
समुन्द्री किनार

महलहरूका छेउछाउ
खिचिएका रंगिन तस्बिरहरू
फेसबुकका भित्तामा टाँस्दा
तिमी
मेरा सुखै सुखको जीवनका ईर्ष्या गर्छौ ।

 

Continue reading


किनेको सर्वोत्कृष्ट नतिजा

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

स्कुलमा नतिजा प्रकाशित र आउँदै गरेको एसएलसीको लागि अभिभावक मिटिङ भएकोले थुप्रै अभिभावक आएका थिए । कोही आफ्ना छोराछोरीलाई “स्याबास !” भन्दै म्वाई खाइरहेका थिए भने कोही राता राता मुख बनाउँदै “तपाईंहरुले के पढाएको?” भनेर साना कक्षाका म्याडमहरुलाई हप्काइरहेका थिए ।

“पैसा तिर्ने बेलामा तपाईंहरुका बच्चालाई खुवाएर ,सुँघाएर, देखाएर ,सुनाएर पढाउँछौ भन्नुहुन्थ्यो। हिजो छोरालाई “बारीबाट धनिया लिएर अाउ” भनेको “चम्सुरको साग” उखेलेर ल्यायाे । बिहान ९ बजे देखि स्कुलमै ट्युसन राखेर राती ७ बजे सम्म पढाउदा पनि छोरा फेल भयो।” – नियमकी आमाले आक्रोश पोखिन् ।

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

महलका करोडपती आफैँलाई ठूलो ठान्छ
उस्ले सधै रमाएर गरीवका रगत खान्छ ।

शाकाहारी हूँ म भन्दै छाती फुलाउँछ तर
ज्युँदै मान्छे चिरा पार्ने खुकुरी नै आफैँ हान्छ ।

कीरा फट्याङ्ग्रा खार्इ जीवन यापन गर्ने चरी
जबजान्छ उसको प्राण! किराले नै लुछ्दै तान्छ ।

 

Continue reading


जून-जुहीको प्रेम

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

हरेक रात आकाशको जून गीतहरू गुन्गुनाउँथ्यो । धर्तीमा फुलेका फूलहरू उसको आवाजमा लठ्ठै थिए । फूलहरू मध्ये “जुही फूल” जूनको मिठास आवाजमा प्रत्येक रात रमाइन्, हर तरहले जूनलाई आफूतिर आकर्षित गराइन् । फलस्वरूप जून जुहीको सुगन्ध र आकर्षणमा डुब्न पुग्यो। सुनसान रातमा एकअर्काका भावनाको सोमरसले दुवैको अङ्गअङ्गमा मात पैदा गर्छ । जुन सम्हालियो तर जुही आफ्नो बाहुपाशमा कस्न नपाएकोमा रसिलो आँखा बनाउँदै चिन्तित हुँदै भनिन्” म धर्तीको फूल, तपाईं आकाशको जून । के हाम्रो मिलन सम्भव होला र ? जब शरीरले प्रेम-स्पर्श गर्न पाउँदैन भने के त्यो प्रेमको अर्थ रहला र ?”

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

नाताबादको फर्मुला नमिलेसम्म ,काम पाईँदैन
गरिवको जीवनमा कहिल्यै,सुखको घाम पाइँदैन

थपिरहेको तेल र बलिरहेको दिपको चर्चा हुँदा
तर कठै त्यो साथ दिने, पानसको नाम पाइँदैन

इन्जिनियरले बसि बसि कलमले घर बनाउदा
पसिना बगाँउछ डकर्मिले,प्रशंसाको ठाम पाइँदैन

 

Continue reading


प्रणय दिवस

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

मोटरसाइकल टक्क रोकियो ।
“ह्यप्पी भ्यालेनटाइन डे !” – गुलाबकाे फूल दिएर शालिनले लेखाको हात चुम्यो र मोटरसाइकलमा बस्न आग्रह गर्यो । लेखा पनि लिपिक्क टाँसिएर बसी । भिलेज रिसोर्टमा बाइक रोकियाे ।
लेखालाई रुम भित्र लिएर गयो, जुन गुलाबको फूलै फूलले सजाइएको थियो । बिस्तराभरि फूलै- फूल छरिएकाे थियो । सानो टेबुलमा केक थियो ।
“लेखा ! यो रुम पाउन दुई हप्ता अगाडि देखि बुकिङ्ग गरेको हो ।” घुँडा टेक्दै लेखाको हात समातेर भन्यो – “जसरी यो कोठा सजिएको छ त्यसरी नै तिमीलाई मेरो मनमा सजाएर राखेको छु।तिमी मेरो जीन्दगिको रंग हौं ,आज मलाई रोक्न पाउने छैनौ, तनले तनसँग मनले मनसँग बेहाेसिएर माया गर्न चाहान्छु ।”- शालिनले भन्दै लेखालाई फूलको पत्रहरु फुक्न आग्रह गर्याे ।

 

Continue reading


अनुत्तरित

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

सौम्या आजै उद्घाटन भएको सपिङ्गमलमा घुम्दै थिइन्।
– “सौम्या ! सौम्या !”
– “रचित तिमी !”
– “ हो सौम्या धेरै बर्ष पछि भेट भयो, हिंड क्याफेमा गएर कुरा गरौ ।“
दुबै क्याफेमा गए |
– “तिमी पहिले भन्दा अहिले झनै राम्री भएछौ, जीऊ-डाल उस्तै ! सुन्दरताको लागि भगवानलाई घुस त दिएकी थिइनौ ?” – रचितले हाँस्दै सोधेँ |
– “फूलहरू त सबै सुन्दर हुन्छन् नि ! हेराईमा भर पर्ने न हो ! कसैलाई गुलाफ, कसैलाई गुराँस, त कसैलाई पलाँस ! श्रृङ्गारिएर सुन्दर झैँ बनाउन सकिने मुहारको तारिफ हैन, पवित्र र स्निग्ध मनको गुणागान गाँउनु पर्छ !” – सौम्याले भनिन्।
– “वाह ! जस्तो नाम त्यस्तै रुप र उस्तै महान विचार ! मैले फेसबुकमा रिक्वेस्ट पठाएको थिएँ, तिमीले स्विकार नै गरिनौ ?“

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

नाताबादको फर्मुला नमिलेसम्म ,काम पाईँदैन
गरिवको जीवनमा कहिल्यै,सुखको घाम पाइँदैन

थपिरहेको तेल र बलिरहेको दिपको चर्चा हुन्छ
तर कठै त्यो साथ दिने, पानसको नाम पाइँदैन

इन्जिनियरले बसि बसि कलमले घर बनाइदिन्छ
पसिना बगाँउछ डकर्मिले,प्रशंसाको ठाम पाइँदैन

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

कृष्ण कृष्ण मेराकृष्ण, जिन्दगीको गीत बन्यो
तिमी आयौ जीन्दगिमा माया मुखी प्रीत बन्यो ।

गोमा+कृष्ण जीवन रथ, बाह्रौँ बर्ष प्रवेशमा
हार्दिकता, आत्मियता, अमृत झै प्रीत बन्यो ।

जे जे पर्छ मलाई, परोस् दुख–कष्ट जे परेनी
तिम्रोरूपमा कान्ति पाएँ यही मेरो जीत बन्यो ।

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

पैँतिसको बसन्त मै बुढ्यौलीमा भुले जस्तो
सुकेको वागमा नि लालीजोवन खुले जस्तो ।

प्यासै प्यासमा भौतारिदै, कल्पनामा दौडिन्छु
पुस्तिकामा प्रभाकर आफैँतिर झुले जस्तो ।

मदहोशी मुस्कानमा मोति दाना चम्किँ दिँदा
रनवन ढकमक्क लालीगुराँस फुले जस्तो ।

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

पीडा सबै स्विकार्य छ, तिमिलाई प्रेम गर्छु
नौलो छैन यहाँ मृत्यु, मर्न परे आफैँ मर्छु ।

जेल सरी बन्दी जीवन, गुजारुँला त्यै मुटुमा
सबै खुशी बन्धक राखी, तिम्रो नजिक सर्छु ।

मलाई परोस् कष्टजति, दैवको लाठी सँगै
निरासले जल्दा छाती, तिमीलार्इ सम्झी झर्छु ।

 

Continue reading


भोकको ओखती

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

तथाकथित जन युद्ध लडेका तुलबहादुरले सर्बहारा नेताहरूलाई सत्तामा,महलमा पुर्‍याए तर उनले अपांग शरीर बाहेक केही उपहार पाएनन्।सुकेका रगतका टाटोहरू,बन्दुकको गोलीले क्षत-बिक्षत भएका भग्नावशेषहरू,टुहुरा र बिधुवाहरू बाहेक नेपाली आमाले पनि केहि उपहार पाइनन्।

तुलबहादुर बाहिरी काम गर्न सक्दैनथे सम्पतिको नाउमा झुप्रो घर बाहेक केही थिएन ।मेलापात गरेर जसोतसो निरमायाले आफ्नो गाँस काटेर अंपाग श्रीमान र छोरीलाई पाल्दै आएकि थिइन्।

एकदिन भुइचालोले गाँउनै सखाप पारिदियो।निरमाया राहतको लागि गा .बि.स सचिब देखि प्रशासनका कर्मचारी संग दिनहुुँ हात जोड्थिन्।तर अक्षय तृतीयमा बाड्ने जस्तो सातु र सर्बत बाहेक केही पाइनन्।

 

Continue reading


गजल

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

हुन त उ हातमा आर्इफोन खेलाइरहेको छ,
तर आमाको फाटेको चोलीले गिज्याइरहेको छ !

सधैँ अर्काको हलो जोती उसलाई पढाएका हुन्,
ऊ बाउले केही गरेनन् भन्दै, रिसाइरहेको छ !

थाहा छ सधैँ अस्ताउनु उसको नियति नै हो,
खै के सोचेर सूर्य सधैँ–सधैँ उदाइरहेको छ ?

 

Continue reading


डियर जनवरी १४,

Goma, Sitaula, गोमा सिटौला, pallawa, पल्लव

गोमा सिटौला

मुटुभरिको माया
पुसको जाडोमा कठाङ्गिदै बसेको थिए।पारिलो घाम बनेर तिमीले मेरो काख न्यानो,सुनौलो बनायौ।अर्को कर्तव्यको जिम्मेवारी थप्यौ।के म यो दिन बिर्सन सक्छु र?डियर १४, तिमीले भने झै कठोर छु बाहिर चट्टान झै तर मनभित्र तिम्रो सम्झनाहरु छरपस्ट छिरल्लिएर जसरी सिमलको भुवा पट्-पट् फुटेर चउर भरी छरिए सरि सल्बलाइरहेका छन्।हो, तिमीले मलाई बिश्वास गरेर कृतिमा मेरो पोल्टामा हालिदियौ।माफ गर डियर १४, रहर,बाध्यता या परिस्थिति जे पनि हुन सक्छ समयले हामीलाई अलग बनाएपनि हरेक सेकेन्ड-सेकेन्ड कृतिमालाई मनमा सजाएर उसैको भबिस्य खोज्न मेरा हजारौ रहर बलिदान गरेर यो परदेशमा भौतारिदै छु।जे होस् ,डियर १४,तिमी मेरो सदैब प्रीय छौ।म तिम्रो गुण तिर्न त सक्दिन तर म तिम्रो माया प्रति सदा सदा ऋणी छु।

 

Continue reading