सिता पन्त कँडेल का केही मुक्तकहरूः

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

नियती नै साँप बनी डसेपछि जीवन
हाँसी हाँसी तिखो छुरा धसेपछि जीवन
नफक्रिंदै झर्छ कठै बेमौसमी फूलसरी
आफ्नै अघि मजधारमा फसेपछि जीवन !

विवश छु म भनिसकें मेरा खातिर नरोउ अब
सपनीमा देखें भन्दैमा मेरै तस्विर नछोउ अब
धेरै बुज्ने मान्छे तिमी मलाई नै सम्झाउँथ्यौ
आज उल्टै अबुझ बनी आँसुले नैन नधोउ अब !

 

Continue reading


गजल

Seeta, Sita, Panta,, Kandel, सिता पन्त कँडेल, pallawa, पल्लव

सिता पन्त कँडेल

प्रशंग “शहिद दिवस”कोः
किन हो किन मलाई शहीद दीवस आउँदा दु:ख लाग्छ !
शहीदकै अगाडि उन्कै सपना भने जलाउँदा दु:ख लाग्छ !!

स्वार्थ भन्दा माथी उठेर देशकै लागि मरे ति शहीद !!
उनिहरूका पनि थिए जहान कलकलाउँदा दु:ख लाग्छ !!

गर्ने आखिर एऊटै ले हो साथ दिने हामी छदै थियौ नि !
अधिकार मुठ्याऊनेहरूको मन नपलाउँदा दु:ख लाग्छ!

 

Continue reading


“ऊ कहिल्यै फर्किन्न”

Sita, Astha, Dhungel, सीता अास्था ढुङ्गेल, pallawa, पल्लव

सीता अास्था ढुङ्गेल

त्यहि समय त्यहि पल आखिरि कुहिरि मण्डल भएर आँखा अगाडि नाच्न आइपुग्छ।मनभरी ठूलै हुण्डरी चल्छ ,ब्यथाहरु एक पछि अर्को गर्दै उडिरहन्छन्।श्वास सङ्गै भित्र बाहिर गरिरहन्छन्।कार्यलय जादा र आउदाको समय देख्ने गर्छु यौटै दृष्य, कालो मैलो र झुत्रे बर्को लमतन्न पछारिएको सडकको छेउमा र शहरका घर पेटीहरुमा।कहिल्यै आखाबाट ओझेल पर्दैन,लम्पसार त्यो फाटेको जिन्दगी।आखिर त्यो पनि त यौटा कुनै जिन्दगी हो।कोहि मात्तिएकाहरु उन्मुक्त हासो हासेर हिड्छन्।

 

Continue reading


१३ अक्षरीय गजल

Sita, Lamichhane, सीता लामिछाने, pallawa, पल्लव

सीता लामिछाने

आफ्ना सँग छुटाउँछ पापी पैसाले
भाइ भाइ फुटाउँछ पापी पैसाले ।

हुँदा र नहुँदा हेर्ने नजर फरक
सत्रुता नै जुटाउँछ पापी पैसाले ।

कर्जामिल्छ गाह्रोपर्दा तिर्न नसके
घर–बासै उठाउँछ पापी पैसाले ।

 

Continue reading


१३ अक्षरीय गजल

Sita, Lamichhane, सीता लामिछाने, pallawa, पल्लव

सीता लामिछाने

आफ्ना सँग छुटाउँछ पापी पैसाले
भाइ भाइ फुटाउँछ पापी पैसाले ।

हुँदा र नहुँदा हेर्ने नजर फरक
सत्रुता नै जुटाउँछ पापी पैसाले ।

कर्जामिल्छ गाह्रोपर्दा तिर्न नसके
घर–बासै उठाउँछ पापी पैसाले ।

 

Continue reading


गजल

Sita, Pyakurel,सिता प्याकुरेल, pallawa, पल्लव

सिता प्याकुरेल

पैले आफ्नो सीमानामा पर्खाल लगाईयोस् ।
स्वाभिमान र बिरताको प्रमाण जुटाईयोस् ।।

आफ्नो गल्ति,कमजोरीलाई केलाएर मात्र ।
अनि बल्ल अरुमाथि औँला उठाईयोस् ।।

खोले. सिस्नु खाउँला हामी जिबन चलाउँला ।
भिक मागेझैँ दक्षिणतिर कहिल्यै नधाईयोस् ।।

 

Continue reading


गजल

Sita, Pyakurel,सिता प्याकुरेल,  pallawa, पल्लव

सिता प्याकुरेल

रावणको दरबारमा राम खोच्दै हिँडेछु म ।
बधशाला पसी मन्दिर, धाम खोज्दै हिँडेछु म ।।

आँधीहुरी सँगै घनघोर बर्षात् हुँदै थियो ।
त्यस्तो बेला गगनमा घाम खोज्दै हिँडेछु म ।।

जहाँ खोले, सिस्नु खान धौ धौ पर्छ अझैपनि ।
कति बुध्दु रहेछु त माम खोज्दै हिँडेछु म ।।

 

Continue reading


गजल

Sita, Sapkota, सीता सापकोटा  , pallawa, पल्लव

सीता सापकोटा

कतिबेला प्रेम जालमा फसिसकिएछ?
जब थाहा पाएँ गाँठो कसिसकिएछ।

मेरो उदास जीवन कथा लेख्दैथियो भावी,
खुसी लेख्ने पालो हुँदा मसी सकिएछ।

जवानीथ्यो जब तनमा मन थिएन कहीँ,
जब मन यो जवान भयो असी सकिएछ।।

 

Continue reading


गजल

Sita, timilsina,adhikari,सीता तिमिल्सिना (अधिकारी), pallawa, पल्लव

सीता तिमिल्सिना (अधिकारी)

विरहमा गाउने,गीत रहेछ जिन्दगी!!
धेरै हार थोरै,जीत् रहेछ जिन्दगी!!

एकछिन छ,पलभर बिलाई जान्छ!
बिहानी पखको,सीत रहेछ जिन्दगी!!

चाहेर पनि भुल्नु पर्ने रे, यादहरुलाई!
यो कस्तो अनौठो,प्रीत रहेछ जिन्दगी!!

 

Continue reading


सीताका केही मुक्तक

Sita, Adhikari, Timilsina, सीता अधिकारी (तिमिल्सिना), pallawa,पल्लव

सीता अधिकारी (तिमिल्सिना)

मात्र फरक छ,हामीमा दुरी,ए प्यारा!!
स्पर्स भै चल्ने,उस्तै छ हुरी,ए प्यारा!!
बाध्यताले हामीलाई,बनाएको टाडा!
न-भनिदेउ,मलाई निस्ठुरी,ए प्यारा!!

साउन महिना धर्मक्रम,पुरा संग हराए!!
रातो फरिया र हरिया,चुरा संग हराए!!
कल्पनाको गहिराइमा,डुबुल्की खेल्दै !
उनका मिठा मिठा,कुरा संग हराए!!

 

Continue reading


सीता तिमिल्सिना अधिकारी

Sita, Timilsina, Adhikari, सीता तिमिल्रसिना (अधिकारी), pallawa, पल्लव

सीता तिमिल्रसिना (अधिकारी)

अरुका दुःख सँग,न हाँस भो !!
जरै देखि उखलेर,न मास भो !!
भैसक्यो उज्यालो,आँखा खोल् !
बेला पुग्यो अब धेरै,न बास् भो!!

धुलो,धुवा र महंगीले आकाश छुदा!!
खेति योग्य जमिन बाँजिएर रुदा!!
भित्रि आत्मा जलेको छ,आगो सरि!
युवा शक्ति सबै,विदेश पलायन हुदा!!

 

Continue reading


गजल

Sita, Adhikari, Timilsina, सीता अधिकारी (तिमिल्सिना), pallawa,पल्लव

सीता अधिकारी (तिमिल्सिना)

झन् झन् युद्ध चर्कदैछ यतातिर !!
बम,बारुद पडकदैछ यतातिर!!

जहाजको भिडन्त छ आकाशमा !
हलचल धरती थर्कदैछ यतातिर !!

धुवा मुसुल्लोसंगै आगोको जुवालाले !
गाउ अनि सहर दनकदैछ यतातिर !!

 

Continue reading


सीताका केही मुक्तकहरू

Sita, Adhikari, Timilsina, सीता अधिकारी (तिमिल्सिना), pallawa,पल्लव

सीता अधिकारी (तिमिल्सिना)

कसरी हाँस्न सक्छु म देश दुखेको बेला !!
जगत सारा सोकै सोकमा डुबेको बेला !!
धैर्य धारण गर्ने शक्ति,मिलोस सबैमा !
हे प्रभु! आफन्त सर्बस्व नै,गुमेको बेला !!

अलि अलि तीजको,आभाषले छोयो !!
तनमन चिसो चिसो,बतासले छोयो !!
सारा खुशीहरु मेरा,सिखर चड्दा !
माथी निलो निलो,आकासले छोयो !!
Continue reading


गजल

Sita, timilsina,adhikari,सीता तिमिल्सिना (अधिकारी), pallawa, पल्लव

सीता तिमिल्सिना (अधिकारी)

आत्मा मर्दैन जान्छ उडेर हर प्राणीको!!
सरिरले लिनछ रुप जलेर खरानीको!!

कसैले लेखेर ल्याछैन अजमबरी यहाँ!
हाडछाला सबैको सरिर हो अन्नपानीको!!

बाचुन्जेल हासी खुसि रमाएरै बाच्नु पर्छ!
के भर फूल झैँ झरेर जाने जिन्दगानिको!!

 

Continue reading


दाजुभाईलाई चिट्ठी . . . . .

Sita, Bista, Karki, सिता विष्ट (कार्की), pallawa, पल्लव

सिता विष्ट (कार्की),

शिसिर रितुको आँगनमा बसेर आज म
तिमीहरुलाई निमन्त्रणा कार्ड पठाउदै छु
मेरो निमन्त्र्णा स्विकार गरेर आए है मेरा दाजुभाईहरु
म पर्खि बस्ने छु तिमीहरु आउने बाटाहरु हेर्दै
त्यसैले
शुभयात्रा छ तिमीहरुलाई
तिमीहरु आउने बाटाहरुलाई
यि मेरा ममताका अक्षेरहरु तिम्रा बाटभरी छरेकी छु
आए है जसरी पनि
सयपत्री र मखमलिको फूलहरु कती धेरै फूलेका छन मेरा फूलबारिहरुमा
टिप्दै छु ढकियाभरी ति फूलहरुलाई
अब माला पनि उन्दै छु  .

 

Continue reading


गजल!!!

Sita, timilsina,adhikari,सीता तिमिल्सिना (अधिकारी), pallawa, पल्लव

सीता तिमिल्सिना (अधिकारी)

फागु सरि छरयो,रङ्ग जवानीले!!
हुन्छ कम्प अङ्ग,अङ्ग जवानीले!!

फूल्यो बैंश फूल्यो,तनै भरी,मनै भरी!
चल्छ शुबास मङ्ग,मङ्ग जवानीले!!

भिजयो नशा-नशामा,बैसालु यो रस!
छल्कायो सगर झैँ,तरङ्ग जवानीले!!

 

Continue reading


गजल

Sita, timilsina,adhikari,सीता तिमिल्सिना (अधिकारी), pallawa, पल्लव

सीता तिमिल्सिना (अधिकारी)

चारैतिर चारकोशे झाडी छ हाम्रो चितवन !!
डाडाकाँडाले घेरिएको माडी छ हाम्रो चितवन!!

कल कल गर्दै बग्ने रेवा,रापती,मनहोर,लोथर!!
नारायणीमा मिसीएको मादी छ हाम्रो चितवन!

समथर जमिन उर्भरा शक्ति,मन्सुरी झुल्छन! …
चेपांग बस्तिमा पहाडै पहाडी छ हाम्रो चितवन!!

 

Continue reading


गजल. .

Sita, timilsina,adhikari,सीता तिमिल्सिना (अधिकारी), pallawa, पल्लव

सीता तिमिल्सिना (अधिकारी)

जिन्दगीको जित हारमा पनि गजल!!
चोटसंग चोटको मारमा पनि गजल!!

गीत संगीतले गुन्जिने गुञ्जयमान!
सुमधुर बासुरीको सारमा पनि गजल!!

आनन्दमय पार्दै मन मस्तिक्सलाइ!
रेटिने सारंगीको तारमा पनि गजल!!

 

Continue reading


सीताका तीन मुक्तकहरू

Sita, timilsina,adhikari,सीता तिमिल्सिना (अधिकारी), pallawa, पल्लव

सीता तिमिल्सिना (अधिकारी)

थाहा हुन्छ सबलाई पर्दाफास नबनाउ!!
मनका कुरा पोखेर सर्बनास नबनाउ!!
आज हैन हिजै देखि,मत मरेतुल्ये छु!
बाण बोलीले, घोचेर अर्धनास नबनाउ!!

विदेशको माहोल,दुखका,दिन रुन्छ!!
रातको पहरमा,हर पल,छिन रुन्छ!!
यस्तै हो भन्ने,थाहा हुदा हुदै पनि!
बुझ्न सकिन खै,यो मन किन रुन्छ!!

 

Continue reading


Sita, Tiwari, सीता तिवारी , pallawa, पल्लव

सीता तिवारी

रातभरि हुरि चल्दा टोलाउँछन आँखाहरू,
घर गोठ दुबै जल्दा टोलाउँछन आँखाहरू ।

आलो घाउमा अबिरल नुनचुक परेपछि,
मुटुभित्रै राँको बल्दा टोलाउँछन आँखाहरू ।

उजाडियो बस्ति सारा प्यारो थियो पैले,
अमृतमा वीष फल्दा टोलाउँछन आँखाहरू ।

 

Continue reading