‘हराऊँ तिमीमै’. . . . .

Sirjana, Sharma, सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्माव

सहेँ घाम मैले अझै धेर पानी
बिताऊँ तिमीसङ्ग यो जिन्दगानी
लुकाएर पीडा म हाँसी रहन्छु
र तिम्रो खुसीमा म बाँची रहन्छु !!

म यो आँगनीमा तिमी देख्न पाऊँ
कलेजी भरी यो तिमी लेख्न पाऊँ
पिई प्रेम नै साथमा बाँच्न पाऊँ
र त्यो काखकै स्वप्न मैं साँच्न पाऊँ ।

 

Continue reading


गजल

Sirjana, Sharma, सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

पैसा जग्गाजमिन यो चुरिफुरी के का लागि ?
अनि बिना बादल यो हावाहुरी के का लागि ?

प्रत्येक दिन हजुर घरमा हेपिनुपर्छ भने आमा
सम्मान बिनाको फेरि यो मजदुरी के का लागि ?

सत्तामा रहदा देखिएकै छ सबैको चर्तीकला
बाहिर रहदा आज फेरि कुरीकुरी के का लागि ?

 

Continue reading


हामी एक . . . . .

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

हाम्रो यो महनीय संस्कृति सदा चम्किन्छ तारा बनी
आर्यावर्त र भारतीय सबमा सद्भावना सूत्र नि ।
बन्दै हैम छटा हिमाल शिर भै नेपालमा झाङ्गियो
सारा भारत वर्षको गुणमयी शिक्षा यतै फैलियो ।।

पूर्खा हुन अनमोल रत्न सबका साक्षात् तपस्वीहरू
हाम्रै गौरव वृद्धिमा सब दिनै लाग्थे मनीषीहरू ।
चारैवेद पुराण सिर्जन यतै हैमावती देशमा
गर्दै यो उपहार विश्वभरमा छोडी गए सारमा ।।

 

Continue reading


सिर्जना शर्माका केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

यहीँ बसन्त वाग छन् यहीँ अनन्त रत्न छन्
यहीँ समस्त स्वर्गको बहार ती प्रशस्त छन्
नदी हजार बग्दछन् धरा पबित्र जङ्गल
अनन्य पूजना गरे यहीँ छ पूर्ण मङ्गल !

साथमा छौ तिमी नित्य यो चित्तमा
छौ तिमी नै तिमी नै तिमी सृष्टिमा
हेर्छु बाटोभरी प्यारकै पाइला
छौ सधैं नै तिमी लाख यो दृष्टिमा !!

 

Continue reading


सिर्जना शर्मा का तीनटुक्राः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

१) ‘हराऊँ तिमीमै’. . . . .
सहेँ घाम मैले अझै धेर पानी
बिताऊँ तिमीसङ्ग यो जिन्दगानी
लुकाएर पीडा म हाँसी रहन्छु
र तिम्रो खुसीमा म बाँची रहन्छु !!

म यो आँगनीमा तिमी देख्न पाऊँ
कलेजी भरी यो तिमी लेख्न पाऊँ
पिई प्रेम नै साथमा बाँच्न पाऊँ
र त्यो काखकै स्वप्न मैं साँच्न पाऊँ ।

 

Continue reading


नयाँ सिर्जनाले जुरुक्कै उचालौं’

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

छ स्वार्थीपना बन्छ यो देश कैले?
यहाँ युद्ध मात्रै चलेको छ जैल्यै
गरी भागबन्डा बसे खान स्याल
सधैं देशमा नै चुहाएर र्‍याल।

अरे ! देश बिर्ता कसैको हुँदैन
लुछेको लुछ्यै छौ सिनो -साग हैन
लडे वीर पुर्खा दिई ज्यान आफ्नो
बनायौ कठै ! देशभित्रै बिरानाे ।

 

Continue reading


लेखौं म कविता

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

म भोको मान्छे हूँ सुखसयलमा बस्छु कसरी ?
छ पीडाको मान्छे फरक तर बाचेँ मरि मरी
यही नै भाका लेख्नसकुँ म सधैँ नै अघि सरी
उतारी सारा दर्द ति कलमले देश पगरी !!

छहारीमा बस्दै रचुँ म कविता यावत कुरा
छ चिन्ता धेरै नै त कलम नलेखोस अपुरा
निरासाले हाम्रो सुखसयल नै गायब गरे
सबैको चाहाना छ हृदय भरी प्रेम भरे !

 

Continue reading


वैशाख फर्की किन आउँदो हो ??

Sirjana, Aryal, Adhikari, Adhikary, सृजना अर्याल अधिकारी, pallawa, पल्लवDhading

सृजना अर्याल अधिकारी

यो घामछाया अनि मेघ पानी
बाढी र वर्षा सरि जिन्दगानी
सम्झेर छाती कति चर्किँदो हो
वैशाख फर्की किन आउँदो हो ?

पानी परोस् या त चलोस् बतास
हुन्थे सबै ती दिन रात खास
खाटो बसेको खत बल्झिँदो हो
वैशाख फर्की किन आउँदो हो ?

 

Continue reading


सिर्जना शर्माका केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

राखेकै छु तिमीलाई मनभित्र लुकाएर
नगर्नु है चिन्ता कुनै आँत आफ्नो सुकाएर
यात्रा हाम्रो एउटै हो बाटो भिन्न भिन्न होला
बाधेकी छु प्रेम गाठो ठुलै मूल्य चुकाएर !!

नभेटे निराशा कतै निस्किदिन्छ
नखोजे मनै यो कतै बिच्किदिन्छ
लगायौ टुना या मुना के तिमीले
तिमीमै सधै यो मुट चिप्किदिन्छ !

 

Continue reading


रमणीय रोल्पा

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

भारी युद्ध हुँदा मिल्यो सफलता के रूपमा हेरियो ?

हाम्रो गौरव त्यो थियो तर अझै रोल्पा कहाँ फेरियो ?

मन्त्री धेर भए लिवाङ नगरी क्यै ध्वस्त पार्नेहरू

भोली बन्छ भनेर आज कसरी विश्वास मैले गरुँ ?

 

त्यो जन्मस्थल हो महापुरुषको हो धर्मको क्षेत्र नै

जस्को उद्गम भो र विर्सन पुगे खुल्दैन के नेत्र नै ?

माओवाद यहीँ विकास हुन गो पैदा भएका क्षण

उर्जा धेर दिने थबाङ अहिले भुल्दै गएका किन ?

Continue reading


‘वैशाख फर्की किन आउँदो हो’

Sirjana, Aryal, Adhikari, Adhikary, सृजना अर्याल अधिकारी, pallawa, पल्लवDhading

सृजना अर्याल अधिकारी

यो घामछाया अनि मेघ पानी
बाढी र वर्षा सरि जिन्दगानी
सम्झेर छाती कति चर्किँदो हो
वैशाख फर्की किन आउँदो हो

पानी परोस् या त चलोस् बतास
हुन्थे सबै ती दिन रात खास
खाटो बसेको खत बल्झिँदो हो
वैशाख फर्की किन आउँदो हो !

 

Continue reading


साँच्चो लडाई लड्नेको त शानै बेग्लै हुन्छ

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

भनिन्छ नि
मति बिग्रेपछि गति पनि बिग्रन्छ
कतै हामी त्यस्तै बनेका त छैनौ <
भनिन्छ नि
अबसरबादले गाँजे पछि जे पनि चल्छ
कतै हामी त्यही बाटोमा चलेका त छैनौ ?
भनिन्छ नि
सिद्धान्तच्यूत बनेपछि लाज शर्म सकिन्छ
कतै हामी त्यस्तै त्यस्तै गरिरहेका त छैनौ ?
भनिन्छ नि
सत्ताको मात लागेपछि सही गलत उस्तै लाग्छ
कतै हामी त्यस्तै लतले अलमस्तत छैनौ ?

 

Continue reading


‘मेरो प्यारो रुकुम’

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

प्यारो लाग्छ मलाई रुकुमको डाँडा र पाखा भरी
बस्छन मानव यैँ मिलेर घरमा उधम आफ्नै गरी ।
स्यार्पु ताल यहाँ मनोरम दिने सिस्ने छ माथी तिर
भेरीको छ बहाव धेर गतिलो ! हेर्दा खुबै सुन्दर ।।

जिल्ला यो छ पवित्र तिर्थ स्थल यो सार्इकुमारी पर
फुल्छन् धेर यहाँ गुराँस वनमा देख्दै हुने सुन्दर ।
सिस्ने हाँस्छ हिमालको समिपमा सेतो सबै देखिने
नेपाली पनका झकास कपडासारा सबै लेखिने ।।

 

Continue reading


सिर्जना शर्मा का केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

किनारामा पर्यो सत्य मौलायो खेती झूटको
ए कता ए कता भन्दै चल्यो हुण्डरी फूटको
रणभुल्ल परी जनता टाउकोमा हात लाउँछन्
टाढाबाठा गरी मस्ती सत्तामा सल्बलाउँछन् ।!!

तारिन्छ कि यो जिन्दगी लाग्छ त्यही डुङ्गाबाट
हास्न सिकौँ जिन्दगीमा यौटा फूलको थुङ्गाबाट
देखिन्छन् अचेल मानिस खोइ किन निराश सबै
उम्रन्छ नि पिपल पनि आखिर फोडी ढुङ्गाबाट !!!

 

Continue reading


नाता नयाँ जोड्नु छ !

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

थोत्रो भाषणले यि कान भरिए कस्तो छ तिम्रो गति
कस्ले भन्छ रहेन आज घरमा उस्तै छ प्रथा सती
लुट्दैछन् सबले फकाइ बिचरा छोरी सधै मारमा
बाँचेका छन आज यो मुलुकमा नारी परी धारमा !

बोल्नै हुन्न अरे अझै पुरुषको नारी पिडामा परे
साच्चै नै अझ यो जरा गढिरहे निभ्दैन केही गरै
छोरी बन्धनमा रहे हर–घडी बाँचे सधैँ त्रासमा
छोरी पढ्न गए अझै पनि यहाँ रोक्छन् सबै मार्गमा !

 

Continue reading


सिर्जना शर्मा का केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

तिम्रो घरको आगनीमा खेल्ने इच्छा मलाई भयो
तिमी संगै सुख दुख झेल्ने इच्छा मलाई भयो
सधैभरी जिन्दगीमा बोलाउन हो अब प्यारा
रातदिन खुसी बाड्दै पेल्ने इच्छा मलाई भयो ।

आऊ हात समाऊ मलाई तिम्रो संसार देखाऊ
तिमी संगै जिउने मर्ने एउटा आधार देखाऊ
छोडिदिन्छु अब जन्मघर नातागोता सारा
सक्छौ तिम्ले मेरो जीवन प्रती सदाचार देखाऊ !!

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

आफ्नै सपनाहरू जन्जिर बनाएर गल्ती गरिएछ
त्यो मुटुमा प्रेमको मन्दिर बनाएर गल्ती गरिएछ

पुजा पाठ गरें ढुङ्गा ढोगें मैले सारा किर्तन गरें
यो जिन्दगीलाई फकिर बनाएर गल्ती गरिएछ

अचेल मलाई त बातैपिच्छे दुनियाँले हेप्न थाले
भनिमाग्ने साला तकदिर बनाएर गल्ती गरिएछ

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

गन्तव्यमा नपुग्दै ऊ छुटी भन्ने आरोप लाग्यो
प्रेमको झुटो नाटक गर्दै लुटी भन्ने आरोप लाग्यो

यथार्थमा कहिल्यै पशु सम्म नकुटेकी बिचरीलाई
मरनासन्न हुनेगरी मान्छे कुटी भन्ने आरोप लाग्यो

बा आमाको खिलाप गई, मैले भलो चिताउँदानी
दुस्मनसँग हात मिलाई फुटी भन्ने आरोप लाग्यो

 

Continue reading


सिर्जना शर्मा का जोर गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

बहरबद्ध गजल– १,
अनेत्रै सरेछन् हिजो मै हुँ भन्ने
कि खोला तरेछन् हिजो मै हुँ भन्ने

दिलाए भरोसा नमानी नमानी
कता पो मरेछन् हिजो मै हुँ भन्ने

तिमी मग्मगाएर फैल्यौ सुगन्ध
झुठा पो परेछन् हिजो मै हुँ भन्ने

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

मलाई गाडी भब्य महल चाहिएकै होइन
घरको अघि चहलपहल चाहिएकै होइन

कर्म गर्छु सधैभरी यो जिन्दगी चलाउछु
भो जादु मन्तर गर्ने फल चाहिएकै होइन

ऊ भन्छ बाङ्गो टिङ्गो जान्दिन सोझो छु
मलाई मान्छे कुट्ने बल चाहिएकै होइन

 

Continue reading