सिमा रोशी का दुइ टुक्रा

Sima, Roshi, सिमा रोशी , pallawa, पल्लव

सिमा रोशी

१) गीतः ‘नगर
भन्नछन् रे उसंगै विधाता नि (डर्यो) डरायो अरे
उनको काखमा उनीसंगै देवता नी मर्यो अरे

को आफ्नो को बिरानो
यो उनलाइ थाहा थिएन
उनको खाँतिर नगरमा एउटा फुल झर्यो अरे

उनको खाँतिर सडकैमा बर्बराए रे पागल जस्तै!
बेवारीसे भइ भट्टीमा लडें अरे रक्सीसितै !

 

Continue reading


म स्त्री अर्थात आइमाई

Sima, Avas, सीमा आभास, pallawa, पल्लव

सीमा आभास

युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म ।
तिमीले खसालेका छायाहरु मन पराउँछु
तिमीले छोडेको स्वास पिउँछु
तिम्रो धोद्रो ध्वनी छोएर
तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु ।

तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता
म भिज्दा, तिम्रा छातीका रौँहरुमा घरको छानो देख्छु
तिम्रा दाह्रीजुंगामा म यस्तो जादुको हतियार देख्छु
जस्ले आकासलाई पनि दुइ फ्याक बनाइदिनसक्छ
त्यहि चिराबाट म आफूलाई सिँगो उभ्याएर
ए पुरुष ! तिमीलाई साँच्चै प्रेम गर्छु ।
Continue reading


पुरुषले धोका दिनुका ८ कारणहरू

NR :>,  Sima , Wagle, सिमा वाग्ले, pallawa, पल्लव

नर्सः सिमा वाग्ले

आफ्नी श्रीमतीको आँखा छलेर वा ढाँटेर अर्कै सँग लहसिने मामिलामा पुरुषहरु निकै अघि हुन्छन् भनिन्छ । यो आम मान्यता भएपनि सबैकेा हकमा लागु नहुन सक्छ र हुँदैन पनि । श्रीमती वा पार्टनरको आँखामा छारो हालेर परस्त्रीसँग सल्किने अर्थात् श्रीमतीलाई धोका दिने पुरुष चरित्रका पछाडि विभिन्न कारणहरुको हात हुने मनोविज्ञहरुको भनाई छ । कतिपय अवस्थामा पुरुषहरु आफ्नी श्रीमतीलाई मन नपराउने, हेला वा घृणा गर्ने कारणले अर्कै महिलाप्रति आसक्त बन्दछन् त कतिपय अवस्थामा आफ्नी श्रीमतीप्रति पनि इमान्दार देखिँदै उसले थाहा पाउँदैन वा रंगेहात पक्रिन सक्दैन भन्ने ढुक्क भएर बँच्दै बँच्दै परस्त्रीगमन गर्ने गर्छन् । पुरुषको यस्तो धोकेबाजी चरित्रका पछाडि रहेका ८ कारण निम्न छन् :

 

Continue reading


कसरी रहने थर्टी प्लसमा पनि स्वीट सिक्सटिन

NR:>,  Sima , Wagle, सिमा वाग्ले, pallawa, पल्लव

सिमा वाग्ले

एक अध्ययनबाट महिलाहरू १८ देखि २० वर्षको उमेरमा भन्दा थर्टी प्लस उमेर बढी सुन्दर देखिने कुरा प्रमाणित भएको छ। यो उमेरमा महिलाको अनुहारमा एक प्रकारको सम्मोहक आकर्षण देखा पर्छ जुन १६ देखि १८ वर्षका युवतीमा देखिँदैन। डेली टेलिग्राफका अनुसार यो उमेरका महिलामा त्यस्तो प्रकारको आत्मविश्वास जागृत हुन्छ जसले उनीहरूको सुन्दरतालाईर् यौवनाहरूको तुलनामा कैयौं गुणा बढाउँछ । थर्टी प्लस उमेरमा महिलाहरू सुन्दरताको चरम सीमामा हुन्छन् । यही शोधको अर्को चरणमा महिला सुन्दरताका विशेष जानकार मानिने केही पुरुष विशेषज्ञलाईर् १६ देखि ३५ वर्ष उमेर समूहका सुन्दर महिलाहरूको तस्बिर छनोट गर्न भनिएको थियो ।

 

Continue reading


गजल

Sima, Avas, सीमा आभास, pallawa,  पल्लव

सीमा आभास

मसँग आजै हिँड घरज्वाइँ राख्न लान्छु कान्छा
दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा ।

चुरा, धागो सिन्दुर पोते केहि दिनुपर्ने छैन
चुलाचौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।

दिनभरि मेरो बाटो कुर्दा दिक्क लाग्यो भने
बिदाको दिन घुम्ने खाने जे भने नि मान्छु कान्छा ।

 

Continue reading