गजल

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

कुल देवता भाकेर, जन्माएको छोरोले
स्वस्थानी व्रत राखेर, जन्माएको छोरोले ।

बोका भाकल गरी, मुली थानीलार्इ,
लाख बत्ती बालेर, जन्माएको छोरोले ।

सप्त क्न्या छोरी पछि, छोराको रहरमा,
ज्यानको आशै मारेर, जन्माएको छोरोले ।

 

Continue reading


मन्जु सिल्वाल ‘त्रिपाठी’ का मुक्तक

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

लुकिलुकी चोरिचोरी, कर्के नजर ला’उनेलाई
मोहनीले बाधमकी, पछिपछी धाउनेलाई ।
लैजा चरी खबर छोड, मै पनि मन पराउँछु,
गोरो गोरो गालामा, चट्ट दाह्री सजाउनेलाई ।।

ख्याल ख्याल गर्दागर्दै, उतै मन सर्या थ्यो
मैले जस्तै उस्लेपनि, धेरै माया गर्या थ्यो ।
बाबाको इज्जतलाई, दिए प्रेमको बलिदान,
आफुलाई त! उहीँ, दाह्रीवाला मन पर्या थ्यो ।।

 

Continue reading


मन्जु सिल्वाल ‘त्रिपाठी’का केही मुक्तकीय टुक्राहरूः

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

सकिएन सहन, नशानशा गल्छ हजुर
हजुरको यो मौनताले, मुटु जल्छ हजुर।
कमजोरी हैन हजुर, शक्ति बनी दिनुस्,
लर्खराई बिस्वासका,आस्थाहरू ढल्छ हजुर ।।

याद बोक्ने बाटोहरू मै, बारी दिउँला !
हास्नु तिमी आँसुजति मैँ, झारी दिउँला !
बनेहुन्छ शिकारी, बिछ्याउ धोकाको पाँसो,
जीत! जीत! जीत! तिमी मैँ, हारी दिउँला !

 

Continue reading


गजल

Sabitri, Silwal , Sapkota, सावित्री सिलवाल (सापकोटा), pallawa,पल्लव

सावित्री सिलवाल (सापकोटा)

फूलै फूल वसन्तको संसार तिमीलाई ।
नौलाख जूनताराको उपहार तिमीलाई ।।

म गरीब भिखारी के नै पो दिन सक्छु र ?
झरझर गर्ने झरनाको झंकार तिमीलाई।।

प्रकृतीका छटा अनि नदीका तरल तरंग ।
ईन्द्रेणीका सातै रंगको निखार तिमीलाई ।।

 

Continue reading


म भुत्ते खन्जरी हुँ

Sabitri, Silwal, Sapkota, सावित्री सिलवाल "सावी", pallawa, पल्लव

सावित्री सिलवाल “सावी”

तिमी धारिलो खन्जर हौ प्रिय म भुत्ते खन्जरी हुँ
तिमी नामी शिकारी हौ प्रिय म निरिह बन्चरी हुँ ।

तिमी भारी बर्षात हौ प्रिय म सिमसिमे निर्झरी हुँ
तिमी दिगो प्रकाश हौ प्रिय म क्षणिक फूलझडी हुँ
तिमी जाही जुही हौ प्रिय म निगन्ध फूलमंजरी हुँ
तिमी समथर तराई हौ प्रिय म तारेभीर कन्दरी हुँ ।

 

Continue reading


‘माईती गाउँको सम्झनामा’

Sabitri, Silwal, Sapkota, साविी सिलवाल, सापकोटा, pallawa, पल्लव

सावित्री सिलवाल, सापकोटा

सिराईचुलीको काखमा छ मेरो सुन्दर शान्त गाउँ
शक्तिखोरकी छोरी हुँ म मेरो सावित्री हो नाउँ

चारैतिर डाँडाकाँडा बीचमा अवस्थित छ गाउँ
स्वर्गकै एकटुक्रा खसे झैँ नै लाग्छ नि त्यो ठाउँ

जताततै उकुस मुकुस गर्मी छ चितवनको ठाउँ
यस्तो लाग्छ त्यहीमात्र शितलताले टेकेकोछ पाउँ

 

Continue reading


गजल

Sabitri, Silwal, Sapkota, सावित्री सिलवाल "सावी", pallawa, पल्लव

सावित्री सिलवाल “सावी”

गाई भैंसीको स्याहार गर्ने बेला हिड्छौ कुकुर डुलाएर
अहिले रोग लाग्यो भनी कपालभॉंती गर्छौभुडी फुलाएर ।

दही दुध नखाएर खोज्यौ व्हीस्की बान्डी र रोयलस्टेक
बिलासिताले गर्दा रोगले छोयो बस्छौ चक्की खुलाएर ।

किन जान्छौ जिमखाना चलाउ हलो कोदालो र बाउसो
स्वास्थ्य नै ठुलो धन हो परिश्रम गर मनोरंजन भुलाएर ।

 

Continue reading


सृजनाहरुको भ्रुणहत्या

Samana, Pahad, Suman, Silwal, Adhikari, सामना पाहाड, pallawa, पल्लव

सामना पाहाड

कस्दाकस्दै नानीहरुका
भोटाका तुनाहरु
थुमथुम्याउँदा थुमथुमाउँदै
चमेना र ओछ्यानमा
उनीहरुका भोक प्यास निद्राहरु
यत्रतत्र छरिएका
भाँडावर्तन र लुगाफाटोहरु
कति अनुकुलन समय सृजनाका
व्यतीत भइदिन्छन् प्रतिकुल बनेर
आश्रमकै दिवालहरुभित्र

 

Continue reading


डर भगाईदेउ

Saagar, Silwal, सागर सिलुवाल, pallawa, पल्लव.

सागर सिलुवाल

लोक गीतः
लेलेको खोला जेजे होला होला आउन माया लगाईदेउ
कति दिन बस्नु यसरी अझै अब चाहीँ डर भगाईदेउ-२

तिलेश्वर माथि मनकामना मन्दिर देबिलाई भाकेर
भोज ख्वाउन मन छ बारीको डिलमा पारीपारी डाकेर

लेलेको खोला जे जे होला होला आउन माया लगाईदेउ
कति दिन बस्नु यसरी अझै अब चाहीँ डर भगाईदेउ-२

 

Continue reading


सागरजीका केही मुक्तकहरू

Saagar, Silwal, सागर सिलुवाल, pallawa, पल्लव.

सागर सिलुवाल

मलाई मेरै मायाको नासो चाहियो
नत्र भने चै गलाको पासो चाहियो ।
फट्यांग्राले लात्ती हान्छ तिमी नहुदाँ
अझै कति दुनियाँको हाँसो चाहियो ?।

‘आमा’ यो शब्दले नै भाबुक…बनाउँछ सधै
बार्षिकी आउदा ढुकढुकी …….बढाउँछ सधै ।
बात्सल्यताको एक नमूना थिन मेरी आमा
सम्झनाले धरधरी आँशु……..बगाउँछ सधै ।।

 

Continue reading


सागरका केही मुक्तकहरूः

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

साना साना बच्चालाई पनि मार्छन आतंककारी
धर्मलाई ढाल बनाई जालमा पार्छन आतंककारी
मानवता भन्दा अर्को धर्म छदै छैन बुझ्छन कैले
विश्व समुदाय एक भए मात्र हार्छन आतंककारी

अति सुन्दर रै’ छ मायाको सेरोफेरो
जहाँ जाउ जे गर प्रिय तिमी हौ मेरो
बिश्वास र आत्मीयताले बनेको छ यो
कसले तोड्न सक्छ हाम्रो मायाको घेरो

 

Continue reading


गजल

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

कहिले गजल, बहरमा बन्यो होला
कहिले गज़ल, रहरमा बन्यो होला

चाहना सबैको,गाउँ घरमा नि बनोस्
गोरेटो भुलेर, सहरमा बन्यो होला

कहिले अमृत, भेट्न दौड्यो यत्र तत्र
न’चादा न’चादै, जहरमा बन्यो होला

 

Continue reading


सागरका मुक्तकहरूः

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

सबै मान्छे उस्तै अझै विभेद किन रहन्छ ?
गल्ति गर्नेलाई यहाँ सायदै खेद रहन्छ ?
जरा नै गाडिएको छ असमानताको प्रभु !
यसको टुप्पो छिन्गाले नि फेद किन रहन्छ ?

तिमी संगै रुन्छु सधै तिमी संगै हाँस्छु
देखाउ तिम्रा बाटोका झ्याँस सबै माँस्छु ।
तिमी जाई बन सधै म जुइ बन्छु प्रिया
नछुट्ने कसम खादै एउटै माला गाँस्छु ।।

 

Continue reading


. . . चेहरामा छरपस्ट भैदिन्छ

Saagar, Silwal, सागर सिलुवाल, pallawa, पल्लव.

सागर सिलुवाल

आँगनको डिलमा बसेर कुर्दै थिइन् भुन्टेको आमा, गौथली रातो साडीमा सजिएर पिङ्ग खेल्न जादै थिइन् उनकै घरको बाटो, हे भुन्टेकी आमा हिड जाऊ पिङ्ग खेल्न के झोक्राएर बसेकी नि, तिम्रा भुन्टेका बाउ पोहोर पनि आउछु भनेर ढाँटे यो बर्षपनि दशैमा आउलान जस्तो लाग्दैन, बेकारमा आफैलाई निरास बनाएर बर्षदिनको चाड पनि त्यसै खेर नफाल है भन्देको छु, गौथलीको आवाजमा एउटा दम्भ थियो एउटा हौसला अझ भरोसा थियो, खुबै मिल्ने साथी थिए गौथली र भुन्टेकी आमा तर के गर्नु गौथालिले भने जस्तो सजिलै मनलाई मनाउन कहाँ सकिन र भुन्टेको आमाले, बिचरी लोग्नेको बाटो हेर्दै यस्ता कति दशैँ गए कति तिहार गए कति हिउद गए कति वर्षा, अब त उनका पनि आशा मर्न लागेको छ।

 

Continue reading


सागरका मुक्तकहरू

Saagar, Silwal, सागर सिलुवाल, pallawa, पल्लव.

सागर सिलुवाल

समाचारमा हात मिल्छ मिल्दैन बिचको कुरा आउछ
के आस गर्ने? सधै सिमानामा प्रहार गर्न छुरा आउछ
जति नै कुरा गर या हस्ताक्षर नै गर तिमीहरुले
सबै उड्छन हावामा मस्यौदाहरु कहाँ पुरा आउछ ?

काठमाडौँ आज बले झैँ देशै बले कस्तो हुन्थ्यो
उत्पादन बढाए देखि त बिजुली सस्तो हुन्थ्यो
देशलाई सोच्दैनन् नेताजति स्वार्थी भए किन?
नेता मात्र निवार्स्थी भए देश स्वर्ग जस्तो हुन्थ्यो ।

 

Continue reading


गजल

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

देशको लागि मर्नुपरे मर्न तयार छौँ
भन्नुस जे जे गर्नुपरे गर्न तयार छौँ ।

बालक र बुढाबुढी बचाउँनको लागि
मृत्युको अघि पर्नुपरे पर्न तयार छौँ ।

युद्धको मात्र त कहाँ कुरा गर्छौ हजुर
शान्तिको बिउ छर्नुपरे छर्न तयार छौँ ।

 

Continue reading


१८ अक्षेरीय गजल

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

टाउकोमा टेकेर उभिन जानिन,तिमीले जस्तै
दुनियाँको आदेश कहिले मानिन,तिमीले जस्तै ।

जे जे गरे स्वबिबेक प्रयोग गरे , गर्दैछु पनि
मान्छे एकै रगतका बेग्लै ठानिन,तिमीले जस्तै ।

आफुसंग भा’को खुसीले बाड्दै गएँ, जादैन मर्दा
सधै हात खुल्लै छोडेदिए बानिन,तिमीले जस्तै ।

 

Continue reading


गजल

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

एउटा प्यारको कैदी राख्ने, जेल बनाउँनु छ
कसैले पनि खोल्न नसक्ने,नेल बनाउँनु छ

उठ्दछ रिस कहिले कहिँ,के भो के आजभोली
अब चाही रिसलाई पेली, तेल बनाउँनु छ

महलमा हुर्केको तिमी त, कहाँ म झुपडीको
असम्भब केहि छैन हाम्रो, मेल बनाउँनु छ

 

Continue reading


सागरका केही मुक्तकहरूः

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

अब चाही मिल्छन,मिल्छन भन्छन अझै मिल्दैनन्
यहाँ फूल खिल्छन,खिल्छन भन्छन अझै खिल्दैनन्
संविधानको लागि समय घट्केको देखि नेताले —-!
अहमता निल्छन, निल्छन भन्छन अझै निल्दैनन्

एउटा सोच्यो सधै अर्कै पो हुन्छ कर्म खोटो भएपछि
गर्दिनौ माया थाहा छ छातीमा अर्कैको फोटो भएपछि ।
धन र सम्पति रहेछ माया पाउन कस्तो दुर्भाग्य यो
सजिलै मुख मोड्यौ मेरो आंगमा थोत्रो भोटो भएपछि ।।

 

Continue reading


सागरका केही चोटिला मुक्तकहरू

Saagar, Silwal, सागर सिलवाल, pallawa, पल्लव

सागर सिलवाल

अलिकति सरम भए संबिधान बनाऊ नेता
भएजति समय र बुध्दि यसमै लगाऊ नेता
धैर्यताको बाँध फुट्न नदेउ आज समय छदै
धोती न टोपी भई भाग्नुपर्ला साख बचाऊ नेता

लोभी अनि पापी धेरै भए संबिधान सभामा
रोक्न सकिएन किन गए संबिधान सभामा ।
संबिधान कहिले बन्ला जनता आशामा छन
यिनको मात्र हुदैछ जय संबिधान सभामा ।।

 

Continue reading