राजेन्द्र घायलका मुक्तकीय टुक्राहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

इमानदार कर्मचारीका ओठमा परे कलेटी
भ्रष्ट कर्मचारीहरूले त जोडे घर र घडेरी
दाम कमाउनेहरूकै सम्मान र चल्छ नाम
इमानहरूलाई सधैं पाखा लाउँछन घचेडी ।

इमानदार कर्मचारीका ओँठमा परे कलेटी
भ्रष्ट कर्मचारीहरूले त जोडे घर र घडेरी
दाम कमाउनेहरूकै सम्मान र चल्छ नाम
इमानहरूलाई सधैं पाखा लाउँछन घचेडी ।

 

Continue reading


बेताल

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

मनोमानी उम्र्यो अनियमितताको फल फल्यो
मुनाफामै आँखा नियम विधि वा पद्धति ढल्यो
न बोलीको टुङ्गो न त छ जनविश्वास गहिरो
गएका छन् साह्रै जनमनविषे आज पहिरो

म नै सर्वेसर्वा अरु सकल हुन् झ्याँस सरिका
कुरा मेरै, राम्रो मसित छ, निकै तौर तरिका
अहो ऐले यस्तै हठ छ जनमा तीव्र अति नै
बडो जान्ने बन्छन् मनभर अहं डाह छ निकै

 

Continue reading


कृषक

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

माटोकै अर्सा माटोकै रोटी माटोकै कसार
हिलोको हलुवा लिएर पुवा आइपुग्यो असार
मगमग चल्यो हिलोको बास्ना बेसरी तान्यो मन
हिलैमा टल्क्यो जीवनको छायाँ जीवित मानवपन

हरियो बीऊ रोपेर असार गाउँदैछ मङ्गलगान
यी रित्ता गरा भई हराभरा झुल्नेँछन बाला धान
रोपेर मुठी मुरीका मुरी भित्र्याउने धोको छ
किसानी तिम्रा पसिना धारा परिश्रम चोखो छ

 

Continue reading


बौलाउँ क्यारे म त

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

जे जे भन्छु भन्यो हुँदैन नभनेस् भन्दै कराउँछ क्वै
यो यो बोल्नु भनी दफा उपदफा लेखी अह्राउँछ क्वै
खोली यो मुख बोल्न खोज्छु तर क्वै हप्काउँदै उँछ
साँचो बोल्नु थियो असह्य हुन गो बौलाउँ क्यारे म त

ओढ्दा इज्जत खोल ब्यर्थ मनका साँचा कुरा गुम्सिए
बोल् बोल् लौ न भनेर ती विषयले उत्पात सास्ती दिए
बोल्ने जो अधिकार छैन तिनले पोली रहे भत्भत
चिच्याईकन सत्य पोख्न मन भो बौलाउँ क्यारे म त

 

Continue reading


राजेन्द्र घायलका केही मुक्तकीय टुक्राहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

हामीहरू कहिल्यै जुट्न सकेनौ
त्यही भएर माथि उठ्न सकेनौ
पट्पटी चर्की फुट्यौं धाँजा फाटेर
एकताको मूल भै फुट्न सकेनौ ।

धेरै पछि बन्द हुँदा लाग्यो चाड आए जस्तो
थकीत यो शरीरले अढेश आड पाए जस्तो
घडी पनि हेरिएन अफिस ड्रेस नि फेरिएन
बेफुर्सदी जिन्दगीले पल्टिने टाँड पाए जस्तो ।

 

Continue reading


जिन्दगी

Sirjana, Siluwal, सिर्जना सिलुवाल, pallawa, पल्लव

सिर्जना सिलुवाल

कति पछार्छस् बारम्बार ए जिन्दगी
मलाई मात्रै लगातार ए जिन्दगी

हर हमेसा मेरो सफरमा आउने
छैन तलाई अधिकार ए जिन्दगी

एक पछि अर्को गर्दै पालै-पालोसँग
किन गर्छस् अत्याचार ए जिन्दगी

 

Continue reading


के छ यार, तिम्रो हालखबर ?

balaram, siluwal, बलराम सिलवाल, pallawa, पल्लव

बलराम सिलवाल

के छ यार, तिम्रो हालखबर ?
खोइ, के भनौँ ?
बेहाल छ, बेहाल छ ।

असल, बेसी कमसल भेटिए
सज्जन बेसी, दुर्जन भेटिए
साथीको भेषमा विश्वासघाती निस्किए
स्वागत गर्छन्
दहीमा हर्ताल मिसाएर
स्प्राइट, कोकमा रम मिलाएर
व्यापार गर्छन्–

 

Continue reading