गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

उ चाहिँ राम्रो म चाहिँ खराब कहिले नभन्नु
तिमीबाट पर्यो प्रभाब कहिले नभन्नु ।

तनाब धेरै भएपछी हिम्मत बटुल्न,
छिरें भट्टि पिए सराब कहिले नभन्नु ।

जत्ती बिस्वास गर दुईको एउटै हुन्न बिचार
पराइ सामु भयो तनाब कहिले नभन्नु ।

 

Continue reading


कैलाश राई सम्मानित, एम.एस. खान अभिनन्दित

Sikkim

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

(गान्तोक, २० अगस्त २०१७ । २६ औं नेपाली भाषा मान्यता दिवसमा पाँचौं अभियान’ लोकार्पित)
पूर्व सिक्किमको राङ्कामा वर्ष 2007 को 6 अप्रेलमा स्थापित अभियान साहित्य समितिद्वारा नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा गाभ्नमा सक्रिय भूमिका निर्वाह गर्ने सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको स्मृतिमा 26औं नेपाली भाषा मान्यता दिवस भव्यताका साथ पालन गरियो। नेपाली भाषाको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने तथा सामाजिक कार्यकर्ता मोहन दुङ्मालीको अध्यक्षतामा सम्पन्न नेपाली भाषा मान्यता दिवस समारोहमा रूम्तेक-मार्ताम समष्टिका क्षेत्र विधायक डा. मिचुङ भोटियाको प्रमुख आतिथि रहेका थिए।

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

दु:ख हुँदा तीजको निम्तो नआएकै जाती
ऋण गरेर तीजको दर नखाए कै जाती ।

सीमापारि माइती सम्झी मन दुखाउनु भन्दा
गाउँ बेसीमा तीजको लहर नछाएकै जाती ।

शरीरमा सुनचाँदीको पसल खोल्दै हिड्न
असन्तुलित शृङ्गारपटार नलाएकै जाती ।

 

Continue reading


गजल

Varsha, Crmma, Sikkim, वर्षा शर्मा, , pallawa, पल्लव

वर्षा शर्मा,

कस्तो मोहनी लायौ प्रिया फसायौ प्रेम जालमा
नाच्दैछ आज मेरो मन विना मादलको तालमा ।

कहाँ हराउँछु थाहै हुन्न तिमी सामु आए पछि
प्रकृति कै सुन्दरता देख्छु तिम्रो कालो कपालमा ।

जादैछु प्रिया अहीले त म आफ्नो कर्म गर्नुछ
वचन दिन्छु तिमीलाई भेट्ने छु अर्को सालमा ।

 

Continue reading


मुक्तक सहित गजल

Varsha, Crmma, Sikkim, वर्षा शर्मा, , pallawa, पल्लव

वर्षा शर्मा,

जब छुट्यो साथ तिम्रो जीवन यो काल भो
तिमी बिनाको एक दिन यो हजारौ साल भो ।

गरेको थिए साँचो प्रेम मैले त तिमीलाई
जब तिमी नै छाड़ी गयौ प्रेम चण्डाल भो ।

याद आँउछ अझै झल-झल तिम्रो मुहारको
अतीतका बात सम्झी मन मेरो बेहाल भो ।

Continue reading


“जीउनेहरूलाई”

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष

शीरदेखि पाउसम्म
हेरेर उसले के सोच्यो कुन्नि मलाई?
भागमा परेको एउटा खुशीको तान पनि
पार्यो आफ्नो हकमा।
म अवाक उभिरहें नि:सन्देह
त्यो घुम्ती काटिसकेको थियो
भताभुङ्ग पारेर पाइलाहरूलाई
कसैले चिच्याएको सुनेन
उ हिँड़ेको बाटो
साँच्चै अँधकार छाए झैं थियो।
खोलो शान्त बगिरहेथ्यो
बगरलाई के के भन्दै
किनारामा छोएपछि
छालले पनि सुसाउन छोड़े झैं थियो।

 

Continue reading


गजल :

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

मलाई तिम्रो बारेमा कुरा गर्नु छैन
वैरी नसम्झ मलाई आँखा तर्नु छैन।

यो मायाको चोखो प्रीत कतै नटुटोस
छुरा झैं धारिलो शंका मनमा भर्नु छैन।

तिमी मेरो प्राण हौ म तिम्रो धढ़कन
बरू आऊ अंगालोमा एक्लै मर्नु छैन।

 

Continue reading


“मान्छेको यथार्थ”

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

हामी भत्किएका होइनौ
हामी टाडिएका होइनौं
हामी छोपिएका होइनौं
हामी धसिएका होइनौं।

हामीलाई त अनैतिकताले भत्काएको हो
हामीलाई त व्यावाहारिकताले टाडा पारेको हो
हामीलाई त आडम्बरले छोपेको हो
हामीलाई त अचेतनले धसाएको हो।

 

Continue reading


कुवेर शर्माको एउटा लोक गीत:

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

गान्तोक छेउ लिङदुममा
धानको बाला झुलेछ,
कान्छीको सून्दर मुहारमा
पूर्णेको जून खुलेछ।

धजे है ड़ाँडाको चौतारी
कान्छीलाई भेट्न आउँला,
ओठको मीठो मुस्कानले
थकाई सबै मेटौंला।

 

Continue reading


“यी पदचापहरू”

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

एक पछि एक गरेर थुप्रिएको माटो
ढुंगा, बालुवा र बगरहरू
जहाँ लाखौं मान्छेका पदचापहरू अंकित छन ।

म त्यही यात्री मध्ये एक हुँ
बिहान लगाईएका मेरा निर्विरोध एक जोड़ी खुट्टा बेलुका घर फर्कदा
सबैदेखि वाक्क दिक्क मान्छन।
धावा बोल्छन यी राखेका मेरा खुट्टा हरूले बिसौनीमा
क्रान्ति गर्छन,आन्दोलित बन्छन यी पदचापहरूले।

मस्यौदा छन यिनीरूमा
भिजन छन यिनीहरूमा
पारदर्शिता छ यिनीहरूमा।यी मेरा खुट्टाहरू,
पदचापहरू हिड़िरहदैनन बिना काम बिना साईत ।

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा, pallawa , पल्लव

जीविका खतिवडा

बन्दुक् बोक्ने आफु शासन,अरुले नै गरे पछि
दुनिया बद्लिदैन सत्ता, शोसकले हरे पछि।।

राष्ट्र अनि जनकै चित्र , कोर्नै चाहे पनि मनले
परिवर्तन हुने भो मन, कुर्सी सामु परे पछि।।

झुटको खेती गरिरह्यौ आमा तिम्रै सामू रुईन्
तिमी चिन्तित किन हुन्थ्यो, अन्तै बसाइ सरे पछि?

 

Continue reading


सिक्किममा राम्ररी नियाल्दा

Bikash, Basnet, Sikkim, विकास बस्नेत, pallawa , पल्लव

विकास बस्नेत

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ । यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ । त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ ।

 

Continue reading


राम्ररी नियाल्दा सिक्किममा . . . . . 

 

Bikash, Basnet, Sikkim, विकास बस्ने, pallawa , पल्लव

विकास बस्ने

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ | यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ | त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ |

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा, pallawa , पल्लव

जीविका खतिवडा

म हाँस्छु सुखमा दुःखमा’नि हाँस्छु
पिडा,चोट,ब्याथा सबैमा म हास्छु I

दुखेकोछ छाति पिल्सिदो यो मन छ
प्यासै प्यासमा’नि रमाई म हाँस्छु II

उज्यालो कता हो अनुभब् भएन
अध्यारो तुँवालो देखेर म हाँस्छु II

 

Continue reading