श्याम किराँती का केही मुक्तकहरूः

Shyam, Kirati, श्याम किराँती, pallawa, पल्लव

श्याम किराँती

गाउँ उस्तै देख्छु नगर उस्तै देख्छु!!
पानी बिनाको खोली बगर उस्तै देख्छु!!
चोटै चोटले भरिएर रुमल्लि बाँच्नुपर्दा!!
यो निर्दोश धर्ती अनि सगर उस्तै देख्छु!!

यहाँ आँटो छुट्टै, छुट्टै थाल कहिले सम्म हो ?
मन्दिर छिर्दा लाग्ने पर्खाल कहिले सम्म हो ?
जातित्व र लैंगिक विभेद हाम्रो समाजमा,,
म नेपाली तिमी नेपाल कहिले सम्म हो ?

 

Continue reading


डा. श्याम न्यौपानेका जोर कविता

Dr., Shyam, Neupane, डा. श्याम न्यौपाने, पल्लव

डा. श्याम न्यौपाने

काविता– १,
शिरमा शुभ्र अौ श्वेत हिमद्युति मनोहर
गिरिकाननको दृष्य मध्यमा अझ सुन्दर
उर्वरा भूमिको फाँट तराई तल्तिरै भयो
हो कि प्रकृतिको लाग्छ अनौठा दिव्य रूप यो

दन्तकाली र दावन्ने बागेश्वरी र मालिका
यहीं दक्षिण काली छन् यहीं बाग्लुङ कालिका
यहीं शैलेश्वरी, पाल्ही यहीं छन् मनकामना
श्रद्धाले गर्दछन् लोक यिनैको नित्य साधना

 

Continue reading


श्याम अनुराग साहित्यप्रेमीका जोर गजल

Shyam, Anuragi, Sahityapremi,, श्याम अनुराग साहित्यप्रेमी, pallawa, पल्लव

श्याम अनुराग साहित्यप्रेमी

गजल– १,
जसले प्यारको बदला दिलमा घाउ खत दियो
उसैलाई उसले जीवन भर नै इज्जत दियो ।

हो म त्यसैलाई मान्छेको सूची राख्दछु यार
जसले दुश्मनको ज्यान बचाउन रगत दियो ।

जिन्दगीको परीक्षामा पास भयो गरिब बच्चा
धनिको बच्चाले बार बार उत्तर गलत दियो ।

 

Continue reading


बीपी र समाजवाद

Shyam, Neupane, श्याम प्रसाद न्याैपाने,pallawa , पल्लव

श्याम प्रसाद न्याैपाने

एक सालिन अनि स्वप्निल
अनुहार
मात्र म तस्बिरमा हेरिरहेको छु
कल्पना गर्छु
कस्तो थियो होला ?
उनको हेराइ
उनको बोली
उनको दर्शन
अनि उनकै भाइभारद्वाज र सन्ततीले एक
कबाडिको डब्बामा
मिल्काएको उनको प्राण
उनको समाजवाद ………

 

Continue reading


दशैं

Radhe, shyam, Lekali, राधेश्याम लेकाली, pallawa, पल्लव

राधेश्याम लेकाली

दशैंमा नयाँ लुगा र जुत्ता होइन
गहुँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे
दशैंमा भोज होइन
रिनै रिन खान्छ मान्छे ।

शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि
अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे
साहु कहाँ उज्यालो बन्धकी राख्दै
आफू पनि सजिन्छ, र
परिवार र घर पनि सजाँउछ मान्छे ।

 

Continue reading


डोल्पामा जन्मेकी शान्ति अधिकारी

Shyam,Babu,Bhabuk, श्यामबहादुर भावुक,pallawa,पल्लव

श्यामबहादुर भावुक

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

लोकगीतकी पात्र शान्ति अधिकारी

यथार्थमा भोगेका ती पीडा व्यथालाई
समाजको ऐना बनाई बाहिर फाल्नेलाई
साहित्य हो भन्ने गर्छिन् उनी सधै भरि
मसी पोख्न अघि सर्ने त्यसकै वरिपरि ।
समाजको यथार्थ बुझेर मसी पोख्ने त्यसैमा कुँदेर ।

भन्छिन् शान्ति साहित्यमा यथार्थ भो भनी
कालजयी बन्न सक्छ त्यो साहित्य अनि
भन्ने गर्छिन् साहित्यले सन्देश र्छन सकोस्
समाजको बास्तविकता साहित्यले बकोस् ।
कालजयी बनाउने भए साहित्यमा आइदियोस् त्यो लय ।

 

 

 

 

Continue reading


गजलः

Shyam, Rokka, श्याम रोक्का, pallawa, पल्लव

श्याम रोक्का

फर्कीफर्की हेर्नेलाइ कस्ले पर्खाइदेला
तर्कीतर्की जानेलाइ कस्ले फर्काइदेला ।।

मनपेट दिनहुन्न रैछ माया लाग्दैमा
घातगरि गहभरि अश्रु दर्काइदेला ।।

सर्बश्व नै सुम्पीएर सर्बे सर्बा ठानेसी
बियॊगमा घरिघरि मुटु चर्काइदेला ।।

 

Continue reading


सुदुरपश्चिमका, लक्ष्मीदत्त भट्ट सत्यप्रेमी

Laxmi, Dutta, Bhatta, 'satyapremi', ‘सत्यप्रेमी’, pallawa

समीक्षक ब्यक्तित्वः लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’

खोज्दै आएँ पैताला गनेर लक्ष्मीदत्त कता छन् भनेर ।
सत्यप्रेमी भन्दारेछन् साहित्यिक नाउँ

Shyam, Bahadur,, Bhabuk, भावुक, pallawa

श्यामबहादुर भावुक

महाकाली पारी बस्ने चाँदनीको गाउँ ।
साहित्यमा उदायका लक्ष्मीदत्त भट्ट
सुदुरपश्चिम पुग्नेहरु सम्भिmहाल्छन् झट्ट

सुदुरपश्चिम उदाका तारा साहित्यको नक्षेत्र भएर ।

असोज बीस दुइहजार उनन्तीस साल
लक्ष्मीदत्त जन्मिएको सुनाउँदै छन् हाल
आमचौरा एक सैलोडाको त्यो बैतडी जिल्ला
नेपालको सुदुरपश्चिम भन्छन् जन्म किल्ला ।
लक्ष्मीदत्त नाम पर्‍यो भट्ट थर बैतडीमा भन्दछन् जन्मघर ।

 

Continue reading


नुवाकोटका संघर्षाशील साहित्यकार गोर्खे साइँलो

Gorkhe, sailo, Rishiprasad, Lamichhane, ऋषिप्रसाद, लामिछाने, pallawa

समालोचित स्रष्टा: ‘गोर्खेसाइँलो’

समीक्ष लोकलयमा
गोर्खे साइँलो कता हो कता साहित्यकार भयौ रे अब त ।

Shyam, Bahadur,, Bhabuk, भावुक, pallawa

श्यामबहादुर भावुक

चतुराले गाविसको थर्पुगाउँतिर
पश्चिम एक नुवाकोटमा जन्मे एक बीर
ऋषिप्रसाद नाउँ उनको लामिछाने थर
साहित्यिक नाउ राखे गोर्खे साइँलो तर ।
ऋषिप्रसाद उनको नाउँ थियो गोर्खे साइँलो अमर भैदियो ।

दुइहजार नौ भाद्र दशमा भन्छन् जन्म भयो
दुइजना दाइको जीवन पैले खेर गयो
हिमकुमारी माता अनि बोधनाथ पिता
हुकाई बर्ढाई गरे भन्छन् औधि मायासित ।
मुटुको त्यो टुक्रा नै ठानेर आमाबाले हुर्काए जानेर ।

 

Continue reading


डोटीका डा. दीर्घसिंह बम, टि.बी. र विरामी

Shyam, Bahadur,, Bhabuk, भावुक, pallawa

श्यामबहादुर भावुक

डोटी जिल्ला जमरसल्ली बोगटान् भन्ने गाउँ
दीर्घसिंह त्यही हो भन्छन् जन्मिएको ठाउँ
टि.बी. छाति, एलर्जीका विशेषज्ञ रेछन्
कुना कुना देश विदेश प्रख्यात भैसकेछन् ।
दुर्गम ठाउँमा जन्मे तापनि देश विदेश प्रख्यात भएनि ।

 

Continue reading


नुवाकोटका संघर्षाशील साहित्यकार गोर्खे साइँलो

Gorkhe, sailo, Rishiprasad, Lamichhane, ऋषिप्रसाद, लामिछाने, pallawa

समालोचित स्रष्टा: ‘गोर्खेसाइँलो’

 

Shyam, Bahadur,, Bhabuk, भावुक, pallawa

श्यामबहादुर भावुक

समीक्ष लोकलयमा
गोर्खे साइँलो कता हो कता साहित्यकार भयौ रे अब त ।
चतुराले गाविसको थर्पु गाउँतिर
पश्चिम एक नुवाकोटमा जन्मे एक बीर
ऋषिप्रसाद नाउँ उनको लामिछाने थर
साहित्यिक नाउ राखे गोर्खे साइँलो तर ।
ऋषिप्रसाद उनको नाउँ थियो गोर्खे साइँलो अमर भैदियो ।

 

 

Continue reading


आठर्राई तेह्रथुमका गंगाप्रसाद उप्रेतीको बारेमा समीक्षा लोकलयमा

Ganga, prasad, Upreti, उप्रेती, pallawa

गंगाप्रसाद उप्रेती, आठर्राई तेह्रथुम

Shyam, Bahadur,, Bhabuk, भावुक, pallawa

श्यामबहादुर भावुक

चौध अञ्चल पचहत्तर नेपालको जिल्ला
कोशी अञ्चल तेह्रथुम गंगासरको किल्ला
इवा नौ आठर्राई जिल्ला तेह्रथुम
सत्ताइस फागुन चारसालको बयान गर्दैछु म ।
गंगाप्रसाद उप्रेती सुरा गरें बयान तिनैको खुलेर ।

सरस्वता माता उनको विष्णुप्रसाद पिता
हुर्काइ बर्ढाई गरे उनलाई बढो जतनसित ।
इच्छा अनि प्रतिक्षा हुन् गंगासरका छोरी
सधै विदेश नबसुन है जन्मभूमि छोडी ।
भन्छन् गंगा स्वार्थलाई त्यागि देशका हितमा लागि देउ अगाडि ।

 

Continue reading


साहित्यमा आलोचना

श्यामप्रसाद शर्मा

अरू विषयमा जस्तै साहित्यमा आलोचना गर्दा पनि धेरै कुराको विचार पुर्‍याउन सक्नुपर्छ । तीमध्ये केही कुरा यी हुन् :-
कुनै कुनै कवि–लेखक जानाजान नै जनताको कुभलो हुने कुरा लेख्ने गर्छन्, बोल्ने गर्छन् । तर कैयन् साहित्यकारहरू जनताको हित नै चिताएर चल्छन् तापनि चेतना र अनुभवको कमीले गर्दा तिनका रचना र प्रवचनहरूमा जनताको अहित हुने कुरा समेत पर्न गएका हुन्छन् । पारखी आलोचकले यी दुई थरीलाई राम्ररी छुट्याएर आफ्ना पाठकहरूलाई प्रष्टसित चिनाइदिन खोज्नुपर्छ ।

Continue reading


हासी हेर दु:ख भित्र जिबन यही छ

श्यामकुमार घ्लान तामाङ ‘अशफल’

खोजी हेर कांडा भित्र फूल त्यही छ
हासी हेर दु:ख भित्र जिबन यही छ

नदेख्दामा हत्केलामै बिल्छ खुशीहरु
नचिन्दामा पैतालामै मिल्छ जिबनहरु
हाँसे जिबन दिन हुन्छ रोए कालो रात
फूल सम्झे फुल्छ आँफै नत्र झर्ने पात ।

Continue reading



गजल

श्यामकुमार घ्लान तामाङ अशफल

उन्यु रोप्नेलाई के थाहा फूल र मालीको कथा
मझेरी जोत्नेलाई के थाहा मेची र कालीको कथा

फुलहरु लतारी हिड्छन बस्ना छरेर काडामा
रुखै भाच्नेलाई के थाहा थुङगा र डालीको कथा
Continue reading


“म,तिमी र यिनीहरु”

श्यामकुमार घ्लान तामाङ अशफल

म झुप्रो रुचाउछु
जहाँ शान्ती र स्वतन्त्रताको फाडो उम्लिरहोस्
भुल् !!भुल् !!भुल् !!
हात र मुखको भयरहित मिलन होस्
बिहान बेलुका
फु उ!!फु उ-सुरुप जुङ्घा बनाउदै
हासुन जिबनहरु खुशी बाड्दै
चेतनाहरु दियालोको आँखा हालेर
अगेनोको ढुङ्गो ओदानमा ठोसिदै
दु:ख खोटो बनी जलुन
धुपीहरु अत्मियता भई बंसाउन
तखता र खोपाहरु सुरक्षित होउन
बिना रेखदेख ।

Continue reading


गजल

श्याम कुमार ग्लान (तामाङ)

धेरै गर्यौ तरपनी’कस्तो भयो हाम्रो देशमा
कतै पनि नमिलेको’जस्तो भयो हाम्रो देशमा

भेटे सम्म कहाँ हो र ‘लुछिचुडी खाने भए
नअघाउने ब्वासोहरु’पस्दो भयो हाम्रो देशमा
Continue reading