श्रेष्ठ प्रिया पत्थरका जोर गजल

shrestha, priya, patthar, श्रेष्ठ प्रिया ‘पत्थर’, pallawa, पल्लव

श्रेष्ठ प्रिया ‘पत्थर’

गजल– १,
लाटा माझमा बाठा बन्छन्, बेकम्माका गाँडेहरू
विकासका नारा लाउछन्, बिथोल्ने ती फाडेँहरू ।

जता हेर्यो जगजगी छ, लूटाहा र फटाहाको
सोह्रै आना चोखो बन्छन्, धुती खाने धाडेहरू ।

कमिसनको ओइरो लाग्ने, ठूल्ठूला पद जम्मै
ओगटेर धम्म बस्छन्, बलिया बाङ्गा ढाडेहरू ।

 

Continue reading


‘तिलहरी’

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

तीजको लहर छाएको थियो।विभिन्न समूह र संस्थामा आबद्ध महिलाहरूको दिनहुॅ दर खाने क्रम जारी थियो।तीजको व्रत बस्ने दिन आउन अझै तीन साता बाॅकी थियो।
महिलाहरू महङ्गा पहिरन र गहनामा सजिएर निस्कन्थे।
जमुना सधैॅ त्यो दृश्य हेर्थी अनि मनमनै सोच्थी ‘विहेकै रातो सारी छॅदैछ।हरियो पोतेमा एउटा तिलहरी बनाएर हाल्न पाए- -।’
“सुरुदेखि नै घर खर्चबाट जोगाएर जम्मा गरेको केही पैसा मसॅग छ यसपालि एउटा तिलहरी लाउने रहर छ बनाऊॅ ?” आज उसले लोग्नेसॅग सोधी।

 

Continue reading


पर्खाईको त्यो क्षण

Baburam, Shrestha, बाबुराम श्रेष्ठ, pallawa, पल्लव

बाबुराम श्रेष्ठ

तिमीसँग सुस्ताउँदै बादलु भित्र
हराएका ती पलहरू
अँगालोमा कस्सीएर कुट्कुट्याउँदै
बिताएका ती क्षणहरू
झझल्कोमा आईदिंदा
झस्काएर सारा यादहरुले
एकान्तमा रूलाईदिन्छ किन ?
सक्दिन चाहेर पनि अँगाल्न
आज फेरि तिमीलाई
जसरी अँगाली सुम्सुम्याउँथें
ती प्रेमिल भावहरुले हिजो।

 

Continue reading


मञ्जु श्रेष्ठका छन्दोबद्ध मुक्तकहरूः

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

कहीँ जिन्दगीदेखि भागी नजाऊँ
सबै कष्ट बिर्सी यहाँ मुस्कुराऊँ
मरी जानु पर्ने छ चोला सबैको
रहुन्जेल हाँसीखुशी नै सजाऊँ ।।

नियति(छन्दोबद्ध मुक्तक)
किन जीवन दुख्छ यहाँ यसरी ?
नफुलीकन झर्छ मुना कसरी ??
बिपना किन बन्छ चिहान यहाँ?
सपना किन उड्छ धुँवा जसरी ??

 

Continue reading


डायमण्ड

Shrestha, Manju, मञ्जु श्रेष्ठ, pallawa, पल्लव

मञ्जु श्रेष्ठ

एउटा विदेशी कुकुर किन्ने चाहना पूरा भएकोले रोजी निकै प्रसन्न थिई।उसले देब्रे हातले कुकुर च्यापेकी थिई।दाहिने हातले कुनै बेला आफ्नो आँखा छोप्ने कपाल मिलाउँथी कुनै बेला कुकुरलाई सुम्सुम्याउँथी।
“तिम्रो नाम मैले डायमण्ड राखेँ है।”कुकुरलाई सुम्सुम्याएर ऊ बोली,”कति राम्रो ! त्यो सविताले आफ्नो कुकुरको खूब बखान गर्छे।उसको कुकुरभन्दा मेरो डायमण्ड त कति राम्रो छ।”
उसको लोग्नेले पुलुक्क ऊतिर हेर्यो।

 

Continue reading


गजल

Raj, Babu, Shrestha,राजबाबु श्रेष्ठ , pallawa, पल्लव

राजबाबु श्रेष्ठ

म नर हुँ तिमी नारी, कति राम्रो सुहाएको सारी !
बारबार आँखा जुद्छ तिमी सँगनै आउन वारि वारि !

असारको बेला उर्लेर आउँदछ भेल खहरे खोलामा,
एक्लै नतर्नु कहिले हात समाई तारिदिन्छु पारि !

फुल बगैँचाको फक्रेको सुन्दर फुलझैँ तिम्रो जवानी,
नबस यसरि दोबाटोमा एक्लै लान्छ तानेर घारी !

 

Continue reading


परिचय हराएको मान्छे म !

Raj, Babu, Shrestha,राजबाबु श्रेष्ठ , pallawa, पल्लव

राजबाबु श्रेष्ठ


भ्याकुर, कन्दमूल र गिट्ठा खाई हुर्केको छोरो म
भेडा बाख्रा र चौरी सँग खेल्दै हुर्केको छोरो म !
बाउ सँगै बछिलाले हलो ताछ्दै हुर्केको छोरो म
डोको बोकी उकालो ओराली गर्दै हुर्केको छोरो म !

आमा सुत्केरी हुँदा रातो भाले लखट्दै गर्दा ,
सिस्नो झ्याँङ्गमा परी छट् पटाएको छोरो म !
दुहूना गाई गोठबाट सार्दा बाहिर पालीमा ,
कयौँ पटक गाइको लात खाई हुर्केको छोरो म !!

 

Continue reading


मञ्जु श्रेष्ठका कही मुक्तकीय टुक्राहरूः

Shrestha, Manju, मञ्जु श्रेष्ठ, pallawa, पल्लव

मञ्जु श्रेष्ठ

सधैँ एक ढिक्का कहाँ हुन्छ मान्छे
जता लाभ धेरै उतै पस्छ मान्छे
कतै बन्छ गोही भरी नेत्र आँसु
गरी बात मीठा छुरा धस्छ मान्छे ।
छन्दः भुजङ्गप्रयात

आफ्नै मनका कुरासँग खेल्नुपर्छ कसैकसैले
बिना दोष सजाय यहाँ झेल्नुपर्छ कसैकसैले
हरेक पल रङ्गीन सपनाहरूको घाँटी रेट्दै
मरी मरी जिन्दगी यो ठेल्नुपर्छ कसैकसैले ।

 

Continue reading


‘बा ! कस्तो बिडम्बना यो ?’

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

‘बा ! कस्तो बिडम्बना यो ?’
म सानो छदा मेरा बा भन्नुहुन्थ्यो
छोरा त नभए घर सुनसान हुन्छ
आज एकाएक लाहुर पुग्ने सपना
अरब कतारको ढोका खुला देख्ने निर्दयीछोराहरू
आज त गाऊभरि महामारी फैलीएछ सुन्दैछु
पर्सितीर आईपुग्छन् रे डाक्टरहरू
आज फैलीएको महामारीको बिकल्पमा
बुढेसकालले छोएपछि मेरा बा
मदिरासगको गङ्गत भट्टीकै बास
चाडवाडमा छोराहरूको प्रत्तीक्षा
कस्तो बिडम्बना !बा तिम्रा छोराहरू गाऊँ
बिर्सदैछन्–

 

Continue reading


रामकुमार श्रेष्ठ “फुच्चे”का पाँच मुक्तकः

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

झूपडी र खरबारी को माया गर्ने आमा अचेल,
कटेरा र घरबारी को माया गर्ने आमा अचेल ।
विस्तारा विछ्यौना मै रोगी जीवन बिताउदैछिन्,
अभाव र भोकमरी को माया गर्ने आमा अचेल।।

बाचाकसम तोडीगयौ त्यही मलाईप्यारोलाग्यो,
जहातिमी छोडीगयौ त्यही मलाईप्यारो लाग्यो।
यता मैले बोतल खोले तिम्लाई भूल्ने बाहानामा,
बाटोअन्तै मोडीगयौ त्यहीमलाईप्यारोलाग्यो।।

 

Continue reading


प्रकाश श्रेष्ठका केही मुक्तकहरूः

Prakash, Shrestha, राजेश श्रेष्ठ, pallawa, पल्लव

प्रकाश श्रेष्ठ

कहिल्यै सोधेँनन् परदेशिले के खायो भनेर..!
अनि सोचेनन् छोरोले कसरी कमायो भनेर..!
जब खुन पसिनाको कमाई घरमा पठाईन्छ..!
तब खुसी भै फोन गर्छन् पैसा आयो भनेर..!!

हिजो तिम्रै हुन्छु भन्थी छोडेर गै’ निष्ठुरी..!
मेरो चोखो माया त्यागी पराई भै’ निष्ठुरी..!
संगै जिउछु मर्छु भनी बाचा कसम खाई..!
आउछन् जान्छन् छुरा रोपेर सबै निष्ठुरी..!!

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

पोल खोल्ने बोल सारा ओठलाई उल्फत हुन्छ
पिउन जाने प्रेयसीका हर नजरमा सर्बत हुन्छ ।

अल्लि थोरै लतृएझैँ बक्न लागे जुङ्गा आफै
हातलाई मुखतिरै हो सल्बलाउने आदत हुन्छ ।

पोखरीले यस्सो अर्ती दिन्छु भन्दै के बोलेथ्यो
भन्न लाग्यो भ्यागुताले पर्ख सबको इज्जत हुन्छ ।

 

Continue reading


श्रीराम श्रेष्ठका २० थान सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(महाभूकम्प २०७२,लाई सम्झँदा)
बैशाख बाह्र गते कोलाहल मचिएछ
मान्छेमा भागदौड किच्चिएर प्राण त्याग
शहरमा लासैलासको थुप्रोसङ्गै झस्किए ।

बैशाख बाह्र हगते भुँइचालो गइरह्यो
तर्सेर भाग्नु पर्दा मान्छेहरू तर्सिएका
लासको थुप्रो देख्दैमा सबैजना मुर्छित ।

भूकम्प नआउने बैज्ञानिक अडानमा
संसार हल्लाउने ऊनीहरु पछारिए
त्रसित मनहरुले बाच्नलाई पुकारे ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही सिजोहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(कोरियन कविताको शैलीमा)
साथीको आत्मीयता मनभित्र राख्दै गए
खुशीले जोडिएको नाता गास्दै बाचिएछ
सधैं नै हासीखुसीमा अडिएको मित्रता ।

सफल हुनुपर्छ सोचाइका मनोभाव
गरेर मेहनत इज्जतमा अडिएर
सानले अडिबसेको जीवन नै सार्थक ।

मिलेर बस्न खोज्दा पराई नै ठान्दै गयौ
दु:खेछ ह्रदयमा वचनले थिंचेपछि
आफ्नैले घृणागर्दामा आफैंभित्र खुम्चियो ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही चुनावी हाइकुः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

नेताको बोली
खहरे खोला भयो
शङ्का मनमा ।

नाङ्लो ठट्याएर
हच्केन कोही पनि
बिजोग आफ्नै ।

सपना लाग्यो
तिम्रो त्यो प्रतिबद्धता
मननै खिन्न ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही हाइकुहरूः

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

सबैको प्रेम
अन्धविश्वास हुँदा
जोडिन कष्ट ।

लपक्कै टास्यो
छुट्याउन नसक्ने
चुम्बन जस्तै ।

जुन रोय झैं
अनुहार देखेको
कालो पोतेछ ।

 

Continue reading


बहरबद्ध गजल

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट

हालत रहेन उस्तै आँखा खुलेर आयो
पागल मसाल बोकी धर्ती डुलेर आयो

तन सङ्ग तनको दूरी के अर्थ राख्न सक्ला ?
पानी चिनी बराबर आत्मा घुलेर आयो

सपना अनेक देखे दिउँसै बुबा मुमाले
सन्तान पढ्न गा’थ्यो पूरै झुलेर आयो

 

Continue reading


श्रीराम श्रेष्ठका केही हाइकुहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

कमल फुल
दलदल फोहर
मनमा स्पर्श ।

घमण्ड गर्‍यो
आफ्नो गल्ती छोपेर
चरित्रहीन ।

बिदेसी चरा
नेपाली भूमिभित्र
बन्दै रैंथाने ।

 

Continue reading


‘के हो त यो प्रीति नभए ?’

Lal, Kaji, Shrestha, लालकाजी श्रेष्ट, pallawa , पल्लव

लालकाजी श्रेष्ट,

सम्झनाले मात्रैपनी यस्तो खुसी मिल्छ भने
वैलाएका पुष्प पुनः फूल बनेर खिल्छ भने
के हो त यो माया नभए?
के हो त यो प्रीति नभए?
मलाई उस्को नामै प्यारो
उस्ले टेक्ने ठामै प्यारो
उस्लाई यस्सो देखेपछी
बिहान प्यारो साँझै प्यारो
उस्का हरेक हर्कतहरु यस्तो प्यारो लाग्छ भने
अप्ठ्यारोमा उक्लिनलाई नौलो उर्जा जाग्छ भने

 

Continue reading


श्रीराम श्रेष्ठका केही मुक्तकहरू

म जन्मेको भूमिको माटो प्यारो लाग्छ मलाई
नेपाली हुँ भन्ने सान र गर्व लाग्छ मलाई
परिश्रमको मुल फुटाउनुपर्छ कर्ममा
आफ्नो देश नै आफूभन्दा माथि लाग्छ मलाई ।

डरले कुण्ड भित्र मन बाँधेर बाँचेको छु
स्वार्थीहरु बीच नाटक खेल्दै जोगिएको छु
विशाल हाम्रो सुन्दर नेपालको बदनाम
तरबारको धारमा हुर्किएरै नाचेको छु ।

 

Continue reading