नुवाकोट साहित्य पदयात्राका पदचिन्हहरू

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

दोस्रो पटक प्रकाशन
राजधानी काठमाडौँसँग जोडिएको भए तापनि प्राज्ञिक, साहित्यिक, सांस्कृतिक, आर्थिक एवम् मानव विकासको सूचकाङ्कको आधारमा नुवाकोट जिल्ला धेरै पछि परेको पाइन्छ । यहाँको सौर्न्दर्यभित्र लुकेको मानवीय जीवन पद्धति, पर्यटकीय, धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थल र साहित्य, कलासृजनाका लागि वास्तविक आधार हुन सक्छन् ।

 

Continue reading


नुवाकोट साहित्य पदयात्राका पदचिन्हहरू

Nuwakotko Bhairavi Mandir

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

अनुभूति
राजधानी काठमाडौँसँग जोडिएको भए तापनि प्राज्ञिक, साहित्यिक, सांस्कृतिक, आर्थिक एवम् मानव विकासको सूचकाङ्कको आधारमा नुवाकोट जिल्ला धेरै पछि परेको पाइन्छ । यहाँको सौर्न्दर्यभित्र लुकेको मानवीय जीवन पद्धति, पर्यटकीय, धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थल र साहित्य, कलासृजनाका लागि वास्तविक आधार हुन सक्छन् । यसै सन्दर्भमा यस जिल्लाको साहित्यिक विकासमा ठोस योगदान दिन र यहाँ रहेका बौद्धिक एवम् साहित्यिक प्रतिभालाई प्रस्फुटन गर्न गराउन आवश्यक महसुस् गरीएको हो ।

Continue reading


श्रीराम श्रेष्ठका केही हाइकुहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

हारेको युद्ध
सम्झन्छु सधैंजसो
आपत पर्दा ।

आँखा चिम्लदै
मायाको अङ्गालोमा
सपना हास्यो ।

एकान्त बास
मनमा कुरा खेल्यो
भुँइ रित्तो छ ।

 

Continue reading


श्रीराम श्रेष्ठका कोरियन कविता सिजोहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

नेपाली राजनीति बुझ्दा बुझ्दै वाक्क भए
विरोध समर्थन नाटकमा उस्तै खेल
नेताजी परिवर्तन हुन खोज्नै नमान्ने ।

सम्झियो आफ्नै बिर्ता आफ्नै सान अफ्नै मस्ती
खुशीले मात्तिएर माथि हेर्दा पोखिएको
झल्यास खुलेको आँखा सुकुलमा उत्तानो ।

खडेरी राजनीति खोज्दा पनि नेता कम
सोचाई शुन्य जस्तै हाउभाउ देखाउदै
यसरी चल्दै आएको झुक्याउने बानीले ।

 

Continue reading


श्रीराम श्रेष्ठको कोरियन शैलीको गीति कविता: सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

पाखुरा बलवान परिश्रम गर्नैपर्छ
पौरख आफ्नै सान गौरवमा रमाउदै
यसरी नेपाली भई बाँच्नुपर्छ फुर्तिले ।

आक्रोश बुझ्नुपर्छ आफैंलाई समालेर
रिसले निम्त्याउछ डरलाग्दा दुर्घटना
सोचाई सकारात्मक भलो हुन्छ सबैको ।

थर्केर एकनास प्रलयमा फसेपछि
जिस्कायो सधैंजसो प्राणधान्न पनि धौधौ
सोचेको सपना भनि भागि हाल्यो बिर्सेर ।

 

Continue reading


श्रीराम श्रेष्ठका २० थान सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(महाभूकम्प २०७२,लाई सम्झँदा)
बैशाख बाह्र गते कोलाहल मचिएछ
मान्छेमा भागदौड किच्चिएर प्राण त्याग
शहरमा लासैलासको थुप्रोसङ्गै झस्किए ।

बैशाख बाह्र हगते भुँइचालो गइरह्यो
तर्सेर भाग्नु पर्दा मान्छेहरू तर्सिएका
लासको थुप्रो देख्दैमा सबैजना मुर्छित ।

भूकम्प नआउने बैज्ञानिक अडानमा
संसार हल्लाउने ऊनीहरु पछारिए
त्रसित मनहरुले बाच्नलाई पुकारे ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही सिजोहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(कोरियन कविताको शैलीमा)
साथीको आत्मीयता मनभित्र राख्दै गए
खुशीले जोडिएको नाता गास्दै बाचिएछ
सधैं नै हासीखुसीमा अडिएको मित्रता ।

सफल हुनुपर्छ सोचाइका मनोभाव
गरेर मेहनत इज्जतमा अडिएर
सानले अडिबसेको जीवन नै सार्थक ।

मिलेर बस्न खोज्दा पराई नै ठान्दै गयौ
दु:खेछ ह्रदयमा वचनले थिंचेपछि
आफ्नैले घृणागर्दामा आफैंभित्र खुम्चियो ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही चुनावी हाइकुः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

नेताको बोली
खहरे खोला भयो
शङ्का मनमा ।

नाङ्लो ठट्याएर
हच्केन कोही पनि
बिजोग आफ्नै ।

सपना लाग्यो
तिम्रो त्यो प्रतिबद्धता
मननै खिन्न ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही हाइकुहरूः

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

सबैको प्रेम
अन्धविश्वास हुँदा
जोडिन कष्ट ।

लपक्कै टास्यो
छुट्याउन नसक्ने
चुम्बन जस्तै ।

जुन रोय झैं
अनुहार देखेको
कालो पोतेछ ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही हाइकुहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

कमल फुल
दलदल फोहर
मनमा स्पर्श ।

घमण्ड गर्‍यो
आफ्नो गल्ती छोपेर
चरित्रहीन ।

बिदेसी चरा
नेपाली भूमिभित्र
बन्दै रैंथाने ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही मुक्तकहरू

म जन्मेको भूमिको माटो प्यारो लाग्छ मलाई
नेपाली हुँ भन्ने सान र गर्व लाग्छ मलाई
परिश्रमको मुल फुटाउनुपर्छ कर्ममा
आफ्नो देश नै आफूभन्दा माथि लाग्छ मलाई ।

डरले कुण्ड भित्र मन बाँधेर बाँचेको छु
स्वार्थीहरु बीच नाटक खेल्दै जोगिएको छु
विशाल हाम्रो सुन्दर नेपालको बदनाम
तरबारको धारमा हुर्किएरै नाचेको छु ।

 

Continue reading


कोरिएन कविता सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

सुन्दर देखेपछि मन लोभ्यो आफ्नै सम्झें
एकोरो हेर्दाहेर्दै लठ्ठीयका आँखाहरु
सपना जस्तै लाग्दैछ अतीतका मिलन ।

आफुले आफैलाई ढाटेपछि मुख रातो
बनेन ईमानदार स्वार्थीपन छायपछि
शत्रुता बढ्ने नै भयो पाइयन मद्दत ।

घिसारेआफ्नै सम्झी माया गर्दै रिसाउँदै
आबेग थाम्नलाई हम्मेहम्मे पीडाबोध
समय बिति जाँदामा चित्तबुझ्ने नियति।

 

Continue reading


श्रीराम श्रेष्ठका केही मुक्तकहरू

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

मरेको शरीर जिउँदो मनसँग टाँसिदा
चितामा होमिएको रापिलो आवाज सुनिंदा
चलन पचाउन खोज्दा चट्याङ खसिहाल्ने
पञ्चेबाजाको साथ लगाउँदै सती गइँदा ।

फुल फुलेपछि रङ्गहरू चिन्न सक्नु पर्छ
समाजमै उम्रेको कुरिति चिर्न सक्नु पर्छ
पृथ्वीमा ओर्लेपछि भोगेको जीवन छोटै छ
मिलाएर गाथा सुनाउँदै बाँच्न सक्नु पर्छ ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही मुक्तकहरू

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

मेरो मनको कुरा राम्ररी बुझ्ने कोही छैन
आपतमा सहयोगी मन खोज्दा कोही छैन
एक्लिएको चरो जस्तो महसुस गरे मैले
आँखा रसाएर बग्दा पुछि दिने कोही छैन ।

घचघचाउँदै अनुहारले सँगै सतायो
हामी बीचको गाढा सम्बन्धले झनै सतायो
चाहेर पनि जोड्न नसकिएको बाटो हाम्रो
लामो समय बिते पनि ताजै भइ सतायो ।

 

Continue reading


श्रीराम श्रेष्ठका बीसअोटा सिजोहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

रातको घेराभित्र मस्तसँग बाधिएको
सपना हल्लाउँदै आत्तिएको सानो मुटु
शरीर भरी पसिना थुपारेर हाँसेको ।

आँखाले तान्दा तान्दै घिसारेर फालिएको
एक्लैले भेटेसम्म बामेसर्दै किनारामा
ब्रह्माण्ड परिवर्तन आधिबेरी पछार्दैँ ।

सपना देखि्एछ आफूलाई मत्याएर
मसँगै किचकन्या टाँसिएर जिस्केपछि
घाँटीमा अठ्याएर चिच्याउँदै आँत्तिए ।

 

Continue reading


समयको नियति

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

शून्यता लाग्छ
आजभोलि
अलिअलि बाँचेको उज्यालो
दिन छँदै
सूर्यास्त भयो
उज्यालोको जन्म
पुनः मिर्मिरे बिहानी हुनुपर्छ
उज्यालो हुन नपाउँदै
जूनको हत्या हुन्छ
जूनको जन्म हुन
पुनः साँझ हुनुपर्छ
समय परिवर्तनशील छ ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही सिजोहरूः

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

चोरेर तिमीलाई लुकाउछु अँध्यारैमा
उमेर झर्न थाल्यो भरिएको चिसो खाल्टाे
पर्खाइ तन्किएपछि बाटिएको धागोले ।

मायाको फुलबारी सजाएर राख्दै थिए
पर्खेर बस्दा बस्दै रित्तो मन ढल्किएछ
आशाको विश्वास पनि ब्यर्थ भयो कुरेर ।

पहिलो प्रेम बस्दा अत्तालियो मेरो मन
जीवन हुर्काउन मायाप्रेम चारैतिर
निश्वार्थ हुनुपर्दछ आत्मीयता महान ।

 

Continue reading


कोरियन शैलीको कविता सिजो

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

आगाध मायाप्रेम कस्सिएर लगाइयो
विश्वास गरेकै हो दिलदिए तिमीलाई
नौटकी रहेछौ तिमी, माया बाढ्यौ रण्डी झैँ।

आँखाको इशाराले उनीलाई पट्याइयो
मलाई भेट्नासाथ रमाउँछे दिलखोली
भेटमा भलाकुसारी झनै बढ्यो मित्रता ।

चाहना असङ्य भो चिन्तामा नै बित्योदिन
झस्किन्छ तनावले सधैं जसो आफैं भित्र
प्रफुल्ल हुनपाएमा आत्मा शान्ति भइन्थ्यो ।

 

Continue reading


श्रीराम श्रेष्ठका केही मुक्तकहरू

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

(फिजराल्डको शैलीअनुसार)
खण्डित हुनबाट देश बचाउनु पर्दछ
दरिलो विश्वास भित्र आत्मीयता साट्नु पर्छ
बुझाउँदा नबुझ्नेलाई देशको माया कहाँ
चाहेमा जस्तै सुकै मूल्य चुकाउनै पर्दछ ।

समाउने हाँगो पाए हृदयमा सझाउँथें
मलिलो माया पाए अँगालो भरी कसी राख्थें
आवाज ढल्दा मनै जोडिएर जानै कठिन
माया साँटेर भित्रै जरा फिजाउन चाहान्थें ।

 

Continue reading


स्वप्न सोचाइहरु

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

स्वप्न सोचाइहरु
परिवर्तित समयको छेउमा
बामे सर्दा
गम्भीर सोचाइमा
टक्क अडिन पुगेछु
लर्बराइरहेका खुट्टाहरु
अघि बढ्दा
ठुला ठुला आगाका मुस्लाहरु
बाफिएर नजिकिदिन्छ
गन्तव्यहिन बनिदिन्छन् पाइलाहरु
तरङि्गत यो मन
डरको त्रासले
लगलगी कामेको छ –

 

Continue reading