एकादेशमा एउटा सुन्दर गाउँ थियो । प्रकृतिको अनन्त मनोरम छटाले भरिपुर्ण गाउँ । जहाँ खोला, नदी, वन–जंगल, ताल, तलैया,ऐतिहासिकताले सुसज्जित प्राचीन धरोहरहरू, डाँडापाखा, हरियाली मैदान, खरले छाएका, च्यादरले छएका ससाना ग्रामीण बस्तिहरू, मानवीय सभ्यता पनि अत्यन्त पूर्वीय संस्कार युक्त, धेरै बर्ष अघि प्राचीन कालमा राजा यूधिष्ठिरले सुनको मन्दिर बनाएर भगवानको आरधना गरेकोले सुन्दर नगरी नाम रहेको किम्बदन्ती । सुन्दर नगरी जसरी नाम रहेको गाउँ थियो त्यसरी नै त्यहाँ को सभ्यता अवर्णणिय थियो । कयौं पुस्ताले सो मनोहर सभ्यता लाई अनुसण प्रवर्द्धन र सम्बर्द्धन गरि ल्यएको थियो ।