दाङको विषय अब अन्त्य अन्त्य तिर

Shreedhar, Paudel, श्रीधर पाैडेल, pallawa, पल्लव

श्रीधर पाैडेल

केही बर्ष गरें सेवा भएरै राष्ट्रसेवक
बाटो निर्माणमा कैयौं कुल्लीसाथ रही सब
स्यौला वन्कस ओच्छ्याई जे दिन्छन् खाई सुत्दथ्यौ
ढुङ्गा खोलेर पट्काई ठूलो बाटो बनाउंथ्यौं

हुन्थ्यो रकम सर्कारी , जनको सहभागिता
गाऊंका जनको वैरो लाग्थ्यो बाटो बनाउंदा
सीमा अर्जुन खोला भो महेन्द्र राजमार्गको
मुसोटसम्मको बाटो बढ्थ्यो खन्दै छिटो छिटो

 

Continue reading


श्रीधरका केही मुक्तकहरू,,,,

Shreedhar, Dhakal, श्रीधर ढकाल, pallawa, पल्लव

श्रीधर ढकाल

चोट किन दिलमै पुग्छ थाहै भएन।
सहनै गाह्रो मन दुख्छ थाहै भएन।
रात-दिन आँखाबाट बगिरहने,,,
आँशु मेरो कहिले सुक्छ थाहै भएन।

बरू म जलिदिउंला ‘जल’ भन्यो भने।
देशबाटै बाहिरिउला ‘निकल’ भन्यो भने।
जिन्दगीमा धेरै दुःख सहिदिन्छु तरपनि,,,
सहनै मुश्किल पर्छ ‘पागल’ भन्यो भने।

 

Continue reading


श्रीधरका केही मुक्तकहरू

Shreedhar, Dhakal, Dang,श्रीधर ढकाल,  pallawa , पल्लव

श्रीधर ढकाल

अतीतले चस्स घोच्छ ,रुन विवश बनाउंछ।
यो मनले के के सोच्छ ,रुन विवश बनाउंछ।।
जो,यस भौतिक संसार ,छोडेर गइसकी नि;;;;
त्यै को मूर्त रुप खोज्छ, रुन विवश बनाउंछ।

अमृत ठान्या मान्छेभित्रै, विष भेटाएँ।
सोझा केटा छक्याउन, खप्पिस भेटाएँ।।
मैले त खोजेको हो, लक्षिण भएकी केटी,
तर मैले अलक्षिण पो, बत्तीस भेटाएँ।।

 

Continue reading