१) गजल…
संध्यामा भेटर उस्लाई फर्किए विहानी हुँदै,
यामले चुमेका औँला एकमिठो निशानी हुँदै !
पवित्र नदिको छेउमा बनेका किनाराहरू,
सम्झना बोकेर बगेँ, अनौठो कहानी हुँदै !
अनन्त यात्रा हो, जीवन रोकेर रोकिन्न रै’छ,
भिजेका परेलिहरू रूझेका सिरानी हुदै !!
१) गजल…
संध्यामा भेटर उस्लाई फर्किए विहानी हुँदै,
यामले चुमेका औँला एकमिठो निशानी हुँदै !
पवित्र नदिको छेउमा बनेका किनाराहरू,
सम्झना बोकेर बगेँ, अनौठो कहानी हुँदै !
अनन्त यात्रा हो, जीवन रोकेर रोकिन्न रै’छ,
भिजेका परेलिहरू रूझेका सिरानी हुदै !!
संध्यामा भेटेर उस्लाई फर्किए विहानी हुँदै,
यामले चुमेका औँला एकमिठो निशानी हुँदै !
पवित्र नदिको छेउमा बनेका किनाराहरू,
सम्झना बोकेर बगेँ, अनौठो कहानी हुँदै !
अनन्त यात्रा हो, जीवन रोकेर रोकिन्न रै’छ,
भिजेका परेलीहरूको, केवल सिरानी हुँदै !
चासो राख्दछन दुष्टहरू कति
सध्य हैनन बिग्री सकेका मति
तछाड मछाड गरि कन अझै
लाग तिमी गराउँन लाई खती
जोसै दौड तिब्र लिएर गति
म डग्ने छैन अह!
म बिस्तारै मेरै गोरेटो
अनि दो बाटो हुँदै
हिड्छु
ता कि घृस्रन नपरोस किन
यात्रा फरक होस –
१) नारायणी
छाती फरकिलो पारि
सुसेली खेल्दै
तछाड मछाड गर्दै आफ्नै रफ्तारमा
बगि रहेको निर्मल जल
गन्तब्य कहाँ हो कुन्नि ?
आँतुर छ पुग्नलाई
चट्टान खियाउदै
धर्ती फुटाउँदै
छाल मारी
फेरि नफर्कने
यात्रामा
जब ठोकिन्छ –
१) श्रीमती देखाउँछिन
चल्दैन हात पाखुरी उ आफैँ दिक्क छ
माम माग्दछ बाला उ आफैँ दिक्क छ
फरिया फाट्यो श्रीमती देखाउँछिन उसै
फलेन मझेरिमा चामल भन्दै उ दिक्क छ ।
चुलो चम्को मेला पात स्वस्नी गर्दै दिक्क छ
चौरासी ब्यंन्जन खोजेर लाठे दिक्क छ
जांगर न सागर खाने बेलामा आँ गर भने झै
ठूलो स्वरमा धक्कु लाई आझ उहीँ दिक्क छ ।
हे! धनी कुबेर धनका, दरिद्र मनका
टिपेर कोदाका गेडा पाखामा!
दिदैनउ छैन रत्तिभर सेवा भावना
तर नजर नपरोस् दुष्टको अँखामा !!
धनै धनको सुपैतामा घमन्डी त्यो मनले
रोगी बृद्धा मगन्ते भिख माग्दै घरमा!
लौरो ताकी भोटे कुकुर फुकाई आदेश दिन्छ
कुलेलाम ठोक्छ बिचरा डरै डरमा !!
१
बिवाहाको मौसम दुलही . . . (हाँस्य व्यंग्य कबिता)
मसक्क मस्की नहाँस चेली
डोलि चढेर जादैमा !
माइतीको गुन बिर्सनु हुन्न
आज पराईले लादैमा !!
जन्मेको घर खेलेझै हुन्न
पराईको आँगन !
एक चोईली भात थपि देउँ सासू
गाह्रो` हुनेछ मागन !!
घुम्टोले लाज छोपेकै जाति
संस्कृती यो हाम्रो !
त्यो सिउँदो ठाडो पारेको भन्दा
झुकेको झन राम्रो !!
Continue reading
फूल हो सिर्जना विन्दू धर्तिको मन मोहिनी
खोलिएको मिठो हाँसो फूलैको बासना पनि
हास्नु हसाउनु पर्ने किन हो यो फूली फूली
के कर्तव्य गरिराख्ने फूलले जिवनी भुली
किन फूल्दछ यो फूल कस्को लागि फूति रह्यो
फूलले पाउने के हो बरु यै चट्ट काटियो
फूलेर काटिनु पर्ने कस्तो नियतीले यहाँ
गुलाफ र अनेकौ यी फूल फूल्छन् जहाँ तहाँ
एसएनपी सिङ्गल
अचेल ,
हिमाल उक्लेका भुसुनाहरु
आफूलाई हिमाल भन्दा अग्ला देख्छन्
र छुन खोज्छन् आकाश
यद्यपि ,
हिमाल बोक्न सक्दैन ऊ
र नाप्न सक्दैन दूरी आकाशको
फगत निंद्रामै हेर्छन् सपना
हुटिट्याऊको जस्तो ।
जसरी बाँदर,
बेल खान सक्दैन तर
सूर्य निल्न चाहन्छ ,
जसरी नाभीमै राखेर मृग
वन-वन कस्तुरी खोज्दछ
हरे ! कत्रो भ्रममा
बाँचिरहेछन् भुसुना हरु ।
म नितान्त तिम्रो नजिकमा छु
एक अर्कालाई देखिरहेका छौ
तिमी भयभित छौ मलाई देखि
म लालायित छु तिमीलाई देखि
हुन सक्छ कालोभूत देखिदो हुँ म
पक्कै तिम्रो होइन रातको दोषहो।
यकिन छ मलाई , तिमी भ्रममा छौ
र मनको बाघदेखि डराइरहेका छौ।
चिमोटी हेर मलाई, म ऐय्या भन्ने छु
तबमात्र तिम्रो नजरको पट्टी खुल्नेछ
सायद,
हुनु छ बुढो, अब बुढै हुँदैछु म
हे पूर्वज पर्ख उतै आउँदैछु म,
रहेनछ दायित्व, मेरा यहाँ कुनै
केवल एक लाल पर्खिरहेछु म ।
म मेरो केही होइन नत कहिले थिएँ
आज पनि अरु कै निम्ति जिईरैछु म
मेरो भन्नु केही छैन न त कहिले थियो
खाली आएँ खाली जान खाली हुदै छु म ।