छिरिङ शेर्पाका जोर गीत

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

१)  केही नबोलेर . . . . .
केही नबोलेर पनि धेरै बोले झै लाग्छ
मौनतामा चुपचाप दिल खोले झै लाग्छ ।

के बयान गरौ मेरो शब्दहरू मौन छन
डयरीका पाना भित्रका अक्षर मौन छन
नहेरी नहेरी पनि पल पल हेरे झै लाग्छ
तस्बिर तिम्रो छाती भर सधै केरे झै लाग्छ
केही नबोलेर पनि …………………..!

 

Continue reading


गजल

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

खेल रहेछ जिन्दगीले हार्न सिकायो
समयले मुखले ठिक्क पार्न सिकायो

खुशी जीतमा रहेछ आँसु त हारमा
समाजले शेखी उसको झार्न सिकायो

नलेखेको गीत मनको नदेखेको जीत
सहयोग माग्दा छैन भनी टार्न सिकायो

 

Continue reading


गजल

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

पिपलुको डिलमा बसी यादमा रुँदैछौ अरे !
पिपासुको खिलमा पसि एक्लो हुदैछौ अरे !

जिन्दगीको पर्खाईहरु कति तितो हुन्छन यहाँ
दीयोको पिलपिलमा बसी नयन छुदैछौ अरे !

जिन्दगीका चर्काईहरु कति नमिठो हुन्छ्न यहाँ
ताराको टिलपिलमा खसी पिडा धुदैछौ अरे !

 

Continue reading