प्रेममा पागल भएर मर्न नखोज
आवेसमा आई पहरा झर्न नखोज।
वैंशको दोष भन्छन् अनुभवी मानिस
प्रेमको सागर् मा डुबी उतर्न नखोज।
अभिभावक तिम्रै भर् मा जीवन साच्छन्
वेसहारा, वेवस रङ्ग भर्न नखोज ।
प्रेममा पागल भएर मर्न नखोज
आवेसमा आई पहरा झर्न नखोज।
वैंशको दोष भन्छन् अनुभवी मानिस
प्रेमको सागर् मा डुबी उतर्न नखोज।
अभिभावक तिम्रै भर् मा जीवन साच्छन्
वेसहारा, वेवस रङ्ग भर्न नखोज ।
जिन्दगी काट्ने बहानामा प्यार गरेका रहेछौ
विना अर्थ मै किन इन्तजार गरेका रहेछौ ?
एकापस आत्मियता नभै कसरी स्विकार्नु र ?
फेरि देउराली भाकी पुकार गरेका रहेछौ।
जीवनभर साथको लागि परख गर्नु थियो
गहिरो सोच विना नै हतार गरेका रहेछौ ।
नमागेर खोसेर पाईन्छ याहाँ
गरेरै तपस्या मिलेको छ जाहाँ ।
मलाई हिजो सम्म ज्ञानै अधेरी
विचारी गमेसी सजिलै छ ताहाँ ।
मनैका विवेकी विचारै उदाए
म गम्दै रहे ,होस पूरा ति चाहा ।
कहालिदै आमा रुदै भन्छिन् यो हक मेरो हो
मलाई नी शुरक्षा चाहिन्छ यो पद मेरो हो
उत्तर् दक्षिण शरीर पातलिदै ढल्दै छु म
एकताबद्ध भई बचाउ मलाई यो सब मेरो हो।
वाणी पो कतै हराएछन् कहाँ खोजुँ म
शान्ति नै फेरि भगाएछन् कहाँ खोजुँ म
जन्म लेऊन है! एकफेरा फेरि वुद्ध
वुद्धत्व कतै पठाएछन् कहाँ खोजुँ म।
बिनसित्तिका घमण्ड नगर खाली अब
भरसक बन्न खोज, देशको माली अब ।
लुट्न लुटिसके देशका ती अस्मिताहरू
पन्छेर कृपा गरिदेऊ,छोड जाली अब ।
सचेतनाको बिकुल फुक्नु छ सब मिली
पिपाषु किटाणुका, सोहोर्नु छ नाली अब ।
किन मन छुन्छ कसैको दुःखमा पनि
किन मन रुन्छ कसैको दुःखमा पनि
मुटु छुने यन्त्र किन दियौ भगवान भन
किन मन सुन्छ कसैको दुःखमा पनी ।
काला पत्थरको कठोर पहरा झैं हुन पाए हुन्थ्यो
पहराकै बेग बाट झर्ने छहरा झैं हुन पाए हुन्थ्यो
तिमी सित एक क्षण छुट्टिन मन नै हुदैन मलाई
तिम्लाई रूख बनाई म लहरा झैं हुन पाए हुन्थ्यो ।
मुस्कुराउँन छोडिदिए तिम्रा लागि
समर्पणमा मोडिदिए तिम्रा लागि ।
अगाध मिठास थियो यो वचनमा
तुच्छ वचन फोडिदिए तिम्रा लागि ।
अनेकौं भाव संग जम्काभेट हुन्छ
आदर्श भाव गोडिदिए तिम्रा लागि ।
धर्ती आमाको पीडा बुझी हेर
कर्मठ योद्धाका कुरा सुनी हेर।
उठ!अवेला हुन थालिसक्यो
जनहितको लागि कुदी हेर।
घर दैलो सम्म पुग्नु छ तिमी
दुःखीत मनमा के छ?घुसी हेर।
ढुङ्गाको मूर्ती भित्रै देवता खोजेर आएँ म
नेपालीको जय होस् भनी ढोगेर आएँ म ।
जे गर्न खोजे पनि असफल भएपछि
सबैको मनको भडास पोखेर आएँ म ।
सर्व शक्तिमान संग उपाय नभएको
रहेका ती गुह्य कारण सोधेर आएँ म ।
विचरी अवला जिउछे कसरी
सबको वचनै पिउछे कसरी
सहनै नसकी सधवा तुलना
मुटुको तरणा सिउछे कसरी।
विवसै जिवनै रहने कसरी
रुनु थ्यो दिनकै सहने कसरी
नयनै भिजने खहरे सरिनै
झरना जलमा बहने कसरी।
शर्मिला शर्मिला! आवजै सुन्छु है
सैदको धड्कनै होकि त्यो गुन्छु है।
फूलको वासना पाउने आसमा
जोडको मोहले वालमा छुन्छु है।
देशको हालतै भारती फैसला
गैरको नियती सम्झदै रुन्छु है।
कुटिलता वैमनस्यता घृणा, छुपाएर राख
दयालु विशाल हृदय अव ,जुटाएर राख ।
सहज हुन् ती अनेकन प्राणी प्रवेश मनमा
चरम प्यार् ले धुमिल कटाक्ष ,झुकाएर राख ।
भुलिदेऊ ती अतितका तुच्छ वचन वाणहरू
नभट्किउन् ती वैरी सम्झी फेरी,भुलाएर राख ।
पुष्पको सुवास झै महशुस पाए तिम्रो मुस्कानमा
ममतामा लुटपुटिई टिका लाए तिम्रो मुस्कानमा
आमा अघिकै पर्छाई रहनेछौ सदा यो हृदयमा
वर्षौंको ममताको प्यास मेट्न धाए तिम्रो मुस्कानमा।
बाबाको आशिर्वाद् सदा अविस्मरणीय राख्नेछु
वहाँकै सामिप्यमा कमजोरी नै सबै ढाक्नेछु
वहाँको काख् सदा दिगो राख दयालु भगवान
तिम्रै कृपा रहि रहे भाग्यमानी आफु ठान्नेछु।
अधेरी रातको साथी भएनौ सात भन्दै छौ
कठै ! गम्दैछ धोका फेरि दिन्नौ घात भन्दै छौ।
दिएनौ आस आघाती !कसैलाई दिलै जोडी
सजिल्लै लौ! कसोरी त्यो जवानी मात भन्दै छौ।
झरी सक्यो सबै माया शिषीरै भै सुके आशा
गजब्कै सोँच पालेछौ , वसन्ती पात भन्दै छौ।
आजकाल सपनीमा पनि नानाथरी देख्न थाले
ज्यानै जाने डर लागेर सिरानीमा लेख्न थाले ।
कैले भण्डार खाल कैले कोत–पर्वका यादहरू
यस्तै होकी जीवन भन्दै सन्त्रासमा टेक्न थाले।
गडीमाई मेला हेर्न भनी गा’का थियों हाम्रा सबै
मलार्इ छाडि नजाउ भन्दै मैले बाटो छेक्न थाले ।
दुःखी पापी समय अझ नै दास बन्दैछ याहाँ
भ्रष्टाचारी अझ बिउझिई खास बन्दैछ याहाँ ।
झस्का देला भनि डर यही लाग्छ शम्भो मलाई
खाली तीखो वचन सुइरो रास बन्दैछ याहाँ।
लातै हाने पनि खुशि भई सम्झला त्यो सुखारी
आशा मा नै सुलभ मिठारी गाँस बन्दैछ याहाँ ।
माईती घरमा रहेर जसरी हाँसेर पालिन्छ यो
धर्तीको ममता भुलिन्छ कसरी माँसेर फालिन्छ यो।
पानीको रसमा डुबेछ मनको मैला यि ऑखा जसै
सम्झेरै मुटुमा विझाउछ कतै नाँसेर गालिन्छ यो।
निर्धी झै विचरी नुहेर अवला ऊजाड श्रृङ्गारमा
खोलाको बटुवा खराव नियती झाँसेर ढालिन्छ यो।
गणतन्त्र दिवशको शुभकामना।।
देश कति रोईरह्यो तिमी नहुँदा
तिमी हाँसिरह्यौ देश जनता रुँदा
कस्को भरोसामा बाँच्छे अब धरती
चुपचाप हेरिरह्यौ शत्रुले छुँदा ।।
वर्षौ देखिएको सपनाको घर ढल्न नपाओस्
ब्यथा पीरै पीरले स्वस्थ शरीर गल्न नपाओस्
ऑधिवेरी जतिसुकै नै दैवी प्रकोप आएपनि
सुन्दर भविष्यको महत्वाकांक्षा जल्न नपाओस् ।।