‘अल्छी’

Aarati, Ghimire, Sharma, आरती घिमिरे शर्मा, pallawa, पल्लव

आरती घिमिरे शर्मा

धेरै वर्ष पहिलेको कुरो हो । ऊ मात्रै पन्ध्र वर्ष की थिई । धूमधाम सँग उसको बिहे भयो । लोग्ने को उमेर बीस वर्ष को हुँदो हो । त्यो बेला त्यस्तै थियो । सकेसम्म सत्र वर्ष भित्र मा छोरी को र बीस बाइस भित्र मा छोरा को बिहे गरिन्थ्यो ।
वास्तव मा नौ कक्षा मा पढ्दा पढ्दै बिहे गर्ने उसको इच्छा थिएन । तर ऊ ठहरिई नाबालक । बालिग ठहरिएका उसका अभिभावकहरू ले निर्णय गरिसके पछि उसको केही लागेन । सम्झाउनेहरू ले उसलाई “बिहे पछि पनि पढ्न पाइहाल्छेस् । हुने वाला लोग्ने पढाकु छ । अवश्य तँलाई पनि पढाउँछ” भन्थे । उसले चित्त बुझाएकी थिई ।

 

Continue reading


जङ्गी तगारो

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

यहाँ फाँट बाँझै छ नाङ्गो छ डाँडो
बजारी कुरा मात्रले भर्छ भाँडो
न सङ्लो छ पानी न खाना छ शुद्ध
सदा मौनता साध्न सक्छन् प्रबुद्ध ।।

कतै छैन विश्वास सद्भावनामा
पराधार झल्कन्छ अायोजनामा
न ता वृत्तमा स्वच्छ हावा बहन्छ
न यो जिन्दगी जिन्दगी झै रहन्छ ।।

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

नदि हुँ म नदि बग्दै किनार बनाउँनु छु
आफू बाच्ने बलियो आधार बनाउँनु छु ।

संघर्षसिल रैछ जीवन संघर्ष गर्दै छु
अबस्य यो जीन्दगी सानदार बनाउँनु छु ।

हेर म यस्तो उस्तो मित्रहरू दम्भ गर्छन
त्यस्तै भाग्य लेखिएको निधार बनाउँनु छु ।

 

Continue reading


“तिमी लाई गलानी हुँदा”

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

चासो राख्दछन दुष्टहरू कति
सध्य हैनन बिग्री सकेका मति
तछाड मछाड गरि कन अझै
लाग तिमी गराउँन लाई खती
जोसै दौड तिब्र लिएर गति
म डग्ने छैन अह!
म बिस्तारै मेरै गोरेटो
अनि दो बाटो हुँदै
हिड्छु
ता कि घृस्रन नपरोस किन
यात्रा फरक होस –

 

Continue reading


शिब शर्मा “बिरही”का एकजोर कविता

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

१) नारायणी
छाती फरकिलो पारि
सुसेली खेल्दै
तछाड मछाड गर्दै आफ्नै रफ्तारमा
बगि रहेको निर्मल जल
गन्तब्य कहाँ हो कुन्नि ?
आँतुर छ पुग्नलाई
चट्टान खियाउदै
धर्ती फुटाउँदै
छाल मारी
फेरि नफर्कने
यात्रामा
जब ठोकिन्छ –

 

Continue reading


शुभ वर्ष ! शुभ प्रभातम् !!

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

नयाँ वर्ष तिमी अाऊ हर्षसाथ रमाउन
श्रष्टाका सँगमा खेल्दै दृढ अास्था जगाउन
सुख शान्ति र सम्वृद्धि समता ममता बढाेस्
नसकून् धूर्त दृष्टिले सभ्यता धमिल्याउन !!

पुराना प्रीत गाँसेका पलका सम्झना गरौँ
फलदायी र उत्साही पलका सम्झना गरौँ
छाडाैँ निसारका थाङ्ना गफ चुट्न निरन्तर
अागामी दिनमा राम्रा फलका कामना गराैँ !!

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

यि सुन्दर छाँगा अनि छहरा कस्ले बनायो ?
रुखको पात हागा अनि जरा कस्ले बनायो ?

यो सृष्टि हो सबै थाहा छ तर अनौठो छ
हामी मानिस अनि यी चरा कस्ले बनायो ?

जन्मन्छ मान्छे अनि मर्छ फेरि कहाँ जान्छ
यो मुटु कलेजो शरीर सारा कस्ले बनायो ?

 

Continue reading


शिब शर्मा “बिरही”का दूइटुक्रा

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

१) श्रीमती देखाउँछिन
चल्दैन हात पाखुरी उ आफैँ दिक्क छ
माम माग्दछ बाला उ आफैँ दिक्क छ
फरिया फाट्यो श्रीमती देखाउँछिन उसै
फलेन मझेरिमा चामल भन्दै उ दिक्क छ ।

चुलो चम्को मेला पात स्वस्नी गर्दै दिक्क छ
चौरासी ब्यंन्जन खोजेर लाठे दिक्क छ
जांगर न सागर खाने बेलामा आँ गर भने झै
ठूलो स्वरमा धक्कु लाई आझ उहीँ दिक्क छ ।

 

Continue reading


नवबर्ष

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

बोकी आयो घर–घर सबै हर्षको बर्ष ल्यार्इ
फालौँ हामी मन वचनका धेर वीडा हटार्इ ।
हाम्रो सारा रनवन सबै फूलले वास्न छर्ला
लाखौ यात्री वन–कुसमका दङ्ग भै मख्ख पर्ला !

आहा ! हाम्रो कति गजवको ठाउँ सौन्दर्य सारा !
रम्दा रम्दै सब दिन बढोस् सुख्खका याम प्यारा ।
पाखुरामा भरि बलवुता आफ्नु मान्छे जुटाऊँ
कालो मैलो पर–पर गरी आफ्नु गाऊँ बनाऊँ ।।

 

Continue reading


सिर्जना शर्माका केही मुक्तकः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

घरभित्र छिर्छ छिमेकी आगो लगार्इ दिन्छ
छियाचिया बनार्इ मुटु पीडा जगार्इ दिन्छ ।
घरबेटी मालिक भएकोमा मख्ख छन
कोहि आउँछ बिरहरूको यहाँ रगत बगार्इ दिन्छ ।।

यो मनभरी पिर छ आज तिमी गएपछि
मैदान पनि भिर छ आज तिमी गएपछि ।
जहाँ जान्छु आज त्यही हन्डर खान्छु
फुटेको तकदिर छ आज तिमी गएपछि ।।

 

Continue reading


आरती शर्माका मुक्तक ः

Aarati, Ghimire, Sharma, आरती घिमिरे शर्मा, pallawa, पल्लव

आरती घिमिरे शर्मा

मुटु जोडेर गयौ
मायाँ गोडेर गयौ .
कोही भेटेर हो कि
कसम तोडेर गयौ ।

मनै मोडेर गयौ
वाचा फोडेर गयौ
मुना हुर्कंदै थियो
बीचैं छोडेर गयौ ।

 

Continue reading


‘दरिद्र कुबेर’

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

हे! धनी कुबेर धनका, दरिद्र मनका
टिपेर कोदाका गेडा पाखामा!
दिदैनउ छैन रत्तिभर सेवा भावना
तर नजर नपरोस् दुष्टको अँखामा !!

धनै धनको सुपैतामा घमन्डी त्यो मनले
रोगी बृद्धा मगन्ते भिख माग्दै घरमा!
लौरो ताकी भोटे कुकुर फुकाई आदेश दिन्छ
कुलेलाम ठोक्छ बिचरा डरै डरमा !!

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

गर्मी यामको डँडेलोमा वगान भुटेर
माली बन्न खोज्छौ फूलको पत्ता थुतेर ।

नयाँ नेपाल बनाउँन एकजुट हुनै पर्छ
असम्भव नि सम्भव हुन्छ जनता जुटेर ।

तन मन लगाएर अब देशको सेवा गर
देशलाई बनाउ आफू भन्दा माथी उठेर !!

 

Continue reading


शिब शर्मा “बिरही” का दुइ कविता

Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”


बिवाहाको मौसम दुलही . . . (हाँस्य व्यंग्य कबिता)
मसक्क मस्की नहाँस चेली
डोलि चढेर जादैमा !
माइतीको गुन बिर्सनु हुन्न
आज पराईले लादैमा !!
जन्मेको घर खेलेझै हुन्न
पराईको आँगन !
एक चोईली भात थपि देउँ सासू
गाह्रो` हुनेछ मागन !!

घुम्टोले लाज छोपेकै जाति
संस्कृती यो हाम्रो !
त्यो सिउँदो ठाडो पारेको भन्दा
झुकेको झन राम्रो !!
Continue reading


श्रीमहाकालविरचित सुप्रसिद्ध कर्पूरस्तोत्रको नेपाली भावानुवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(चैत्रको नवरात्रका शुभ—अवसरमा)
अङ्गारे मेघ जस्तै असितवदनकी चण्डिके उग्रवामा
हे आमा ! मन्त्र क्रीं यो विधिसहित जपी बस्छ जो साधनामा
त्यस्ताको साथ लाईकन सहजसितै आउलान् सिद्धि सारा
बर्सेलान् ओठदेखिन् अविरल गतिमा गद्य वा पद्यधारा १

घाँटीमा मुण्डमाला, शशि पनि शिरमा लाउँदी चण्डि ! माई !
तिम्रो हुं मन्त्रलाई विधिसित जसले जप्छ त्यो सिद्धि पाई
बोल्नामा देउताका गुरुकन, धनमा जित्न सक्ला कुबेर
रूपासे सुन्दरीका लहर उससितै आउलान् झुम्मिएर २

 

Continue reading


माटो र मुटु

Aarati, Ghimire, Sharma, आरती घिमिरे शर्मा, pallawa, पल्लव

आरती घिमिरे शर्मा

यो माटो लाई मुटु मा राख छाती मा टाँस न
मोमो र पिज्जा चाउमीन भन्दा यै माटो चाख न
बाँझो छ खेत बाँझै छ बारी चिरियो आँगन
हिमाल शैल तराई चुप नबस डाकन ।

बूढा र बच्चा नारी ले गाउँ ढाकेको ढाक्यै छ
तन्नेरी पुस्ता विदेश लाई ताकेको ताक्यै छ
लोभी र पापी जति छन् बाँकी जाल र झेल मा
यी सोझा साझा जनता ठग्न कुर्सी को खेल मा ।

 

Continue reading


बुहार्तन

Aarati, Ghimire, Sharma, आरती घिमिरे शर्मा, pallawa, पल्लव

आरती घिमिरे शर्मा

सासु ले आफ्नी बुहारी का अगाडी आफ्नो बुहार्तन का कुरा सुनाई राख्थिन् । बिहे गरेर आएको भोलिपल्टै देखि पानी लिन पँधेरा मा पुगेका देखि लिएर दाउरा को आगो मा भात पकाएका कुरा । सुत्ने बेला मा सासु का गोडा मा तेल दलेका कुरा । ढिकी जाँतो का कुरा । आगो फुक्दा फुक्दा आँशु चुहेका कुरा । छोरा छोरी लाई कोर्का मा सुताएर मेलापात हिँडेका कुरा । घाँसदाउरा का लागि वन छिरेका कुरा । बडो तन्मय भएर सुनाउँथिन् । तर बुहारी लाई यी कुरा ले भित्रै सम्म घोच्थ्यो । कारण थियो, सासु को कुरा सुनाउने समय र तरीका ।

 

Continue reading


स्विकार्य छैन

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

यिनै हिमाली उच्छ डाडा र काँडाहरुमा
पहाडका यिनै भिर पाखा र पखेराहरुमा
तरेली परेका यिनै रम्य फाटहरुमा
रमाउने चाहा राखेर
म हिडिरहेछु
यिनै सुन्दर पथहरुमा
पुर्खाका बलिदानी पाइलाहरु पहिल्याउदै
कुसुमका चापहरु हटाउदै
म खोजिरहेछु तिम्रो पाइला
पुर्बमा टिस्टा र कांगडामा
देउथल र मलाउका किल्लाहरुमा
तिम्रो रगतले सिन्चिएको माटो
स्पर्श गरी छाती फुलाएर भन्न मन छ
यो वीर योद्दाहरुको देश हो !!

 

Continue reading


गजल

shanti, sharma, शान्ति शर्मा, pallawa, पल्लव

शान्ति शर्मा

बर्सौंदेखि अनिदा छन् अतृप्त छन् आँखाहरू
झन् बाँझै छन् अझैसम्म गुलाब फूल्ने पाखाहरू

मन छुने गीत बोल्छ पिरतीको जित भन्यौ
हांस्दै गायौ,सुनें तर उदास उदास भाकाहरू

सधैंजसो सपनीमा पहिरोसँगै सातो जान्छ
कोर्दै मेट्दै कति गर्नु जिन्दगिका खाकाहरू

 

Continue reading


बुहार्तन

Aarati, Ghimire, Sharma, आरती घिमिरे शर्मा, pallawa, पल्लव

आरती घिमिरे शर्मा

लघुकथा :
सासु ले आफ्नी बुहारी का अगाडी आफ्नो बुहार्तन का कुरा सुनाई राख्थिन् । बिहे गरेर आएको भोलिपल्टै देखि पानी लिन पँधेरा मा पुगेका देखि लिएर दाउरा को आगो मा भात पकाएका कुरा । सुत्ने बेला मा सासु का गोडा मा तेल दलेका कुरा । ढिकी जाँतो का कुरा । आगो फुक्दा फुक्दा आँशु चुहेका कुरा । छोरा छोरी लाई कोर्का मा सुताएर मेलापात हिँडेका कुरा । घाँसदाउरा का लागि वन छिरेका कुरा । बडो तन्मय भएर सुनाउँथिन् । तर बुहारी लाई यी कुरा ले भित्रै सम्म घोच्थ्यो । कारण थियो, सासु को कुरा सुनाउने समय र तरीका ।

 

Continue reading