कृष्ण शरण उपाध्याय का तीन कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

१) “सौगात हो जिन्दगी”
सीमातीत अनन्त यो गगन मा,ब्रह्माण्ड अर्बौं अरे !
ती ब्रह्माण्ड सँगै विचित्र तह का,नक्षत्र खर्बौं अरे !!
ती नक्षत्र असङ्ख्य छन् र तिनका सन्तान छन् उज्ज्वल ।
ती मध्ये धरती र फेरि यसको फोको मँ हूँ निर्बल ।।

त्रेता द्वापर सत्य का युग बिते,यो नव्य संसार मा।
को हारे कति ले महारण जिते,यो भव्य संसार मा।।
ती को व्यक्ति थिए कता तिर गए,को भन्नसक्ला यहाँ ?
केके काम कहाँ कहाँ कति गरे,को गन्नसक्ला यहाँ ?

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविता:

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

१) “भाग्य चम्काइहाल”………
व्यङ्ग्य परक
मान्छे लाई , भोट देख्छौ तिमी ले !
सच्चा मान्छे , खोट देख्छौ तिमी ले !!
जाली बुन्ने , सीप चर्कै छ तिम्रो !
गाली गर्ने , शक्ति अर्कै छ तिम्रो !!

ठान्छौ आफ्ना , कर्म लाई सुकर्म !
छल्छौ टाल्छौ , बेच्दछौ राष्ट्रधर्म !!
जानें भन्छौ , नीति को मूल मर्म !
तिम्रो आफ्नो , नाक मा छैन शर्म !!

 

Continue reading


“अन्तर्सञ्जाल”(इन्टर नेट)

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

अन्तर्सञ्जाल ले नै कति घर घर मा,बन्धु नाता जुरायो ।
अन्तर्सञ्जाल ले नै कति घर घर का,बन्धु नाता हरायो ।
कोही लाई मिलायो कतिपय घर मा,फेरि आगो लगायो ।
बच्चा बूढा युवा को धन मन यसले,बेस्सरी खानु खायो ।।

छोराछोरीहरू छन् घर भरि तर ती, भिन्न संसार मा छन् ।
आमाबाबा दुवै छन् अलग अलग छन्, मौन संसार मा छन् ।।
पैले झैँ छैन हाँसो मधुरतम खुशी, छैन उस्तो उमङ्ग ।
कोही राख्दैन चासो घर-परिजन को, छैन मीठो प्रसङ्ग ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

१) “यौटै छ यो तिर्सना “
टाढा छौ तन ले परन्तु मन ले, छौ सामु मेरो तिमी ।
छेकून् उच्च पहाड ले र वन ले, छौ सामु मेरो तिमी ।।
फर्की आउँछु मिल्न सागर तरी, हे दिव्य डाँफे चरी !
के सक्ला अझ दूर गर्न धनले, छौ सामु मेरो तिमी ।।

आँखा मा बिजुली बनीकन सधैं, चम्केर नाच्ने तिमी ।
तातो आँशु स्वयं पिई मुटु सबै, अर्पेर हाँस्ने तिमी ।।
धर्ती झैँ सहने समस्त सपना, त्यागेर बाच्ने तिमी ।।
मेरो जीवन का निमित्त ममता, साँचेर राख्ने तिमी ।।

 

Continue reading


जनशक्ति को पुकार

Mukunda, Sharan, Upadhyaya, मुकुन्द शरण उपाध्याय, pallawa, पल्लव

मुकुन्द शरण उपाध्याय

के गरौं के गरौं जस्तो पाखुरा रग्-रगाउँछन्
के भनौं के भनौं जस्तो विचार सग्बगाउँछन्
के हुन्छ हुन्छ झैं आस्था आत्मा मा अवतीर्ण छ
आज यो दिल नै मेरो उत्कण्ठा परिपूर्ण छ

मलाई लौ न यो बेला कसैले खन्न लाइद्यौ
कसैले एउटा नौलो भाका भन्न लगाइद्यौ
घन्काइदिऊँ झैं हुन्छ होष्टे हैंसे जतासुकै
मच्चाइदिऊँ झैं हुन्छ हात गोडा जतासुकै

 

Continue reading


मुक्तकीय कविता

Mukunda, Sharan, Upadhyaya, मुकुन्द शरण उपाध्याय, pallawa, पल्लव

मुकुन्द शरण उपाध्याय

सभा हुन्छन् कुरा सुन्न छेउ मै बसिदिन्छु म
अयोग्य व्यक्ति कै पूजा गरियोस् हेरिदिन्छु म
तर विद्रोह को आगो म चाहन्न जगाउन
मै उफ्रे कसरी बांच्ला नेपानी अनुशासन ?

म पात हूँ झरे हुन्छ बगैंचा सप्रियो भने
म थोपो हूँ सुके हुन्छ समुद्र भरियो भने
म धूलो हूँ उडे हुन्छ धर्ती स्थिर भयो भने
म व्यक्ति बिग्रिए हुन्छ मेरो देश बन्यो भने

 

Continue reading


गजल

Ram, Sharan, Shrestha, राम शरण श्रेष्ठ , pallawa, पल्लव

राम शरण श्रेष्ठ

मनको जहाज उडेर कता पुग्छ पुग्छ
सपनाहरु बोकेर कता पुग्छ पुग्छ

त्यै यादमा अल्झिरन्छौ शोक मनाउँदै
बिर्सनेले बिर्सेर कता पुग्छ पुग्छ

आस्वाशन्को उज्यालो जनतालाई बाँडी
नेता चुनाब जितेर कता पुग्छ पुग्छ

 

Continue reading


९ अक्षेरिय गजल

Ram, Sharan, Lamichhane, रामशरण लामिछाने. pallawa, पल्लव

रामशरण लामिछाने

बस महल , सजाएर
मेरो झुपडी, जलाएर

गयौ तिर हानि मुटुमा
अन्तै घर्बार, बसाएर

के पायौ भन तिमीले
कोपिला फुल, खसाएर

 

Continue reading


संरक्षण कविता आन्दोलन-०५५ का ५१/५२ औँ शृङ्खलाहरू सम्पन्न

शरण आँसु

संरक्षण कविता आन्दोलन नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । कविहरूले कुनै ठाउँको प्रकृति, सुख दु:ख, मूल्य मान्यता आदि बिम्बहरूलाई टिपेर कविता लेखेपछि त्यो कविताको प्रथम पाठक या श्रोता हुने अधिकार पनि त्यही ठाउँको मानिसमा नै रहन्छ भन्ने सोचबाट अभिप्रेरित भई नेपाल गाउँ नै गाउँले भरिएको मुलुक भएकोले कविता बिम्बका थुँगाहरू गाउँमा नै गएर टिपिनुपर्छ र कविहरूले कविताका माला उनेर तदस्थानीय मानिसहरूलाई नै पहिर्याइ कवितायात्राको माध्यमबाट बालबालिका तथा जनमानसमा कविता र यसमा अन्तर्निहित वस्तुहरूप्रतिको अनुराग बढाउँदै लानुपर्छ भन्ने राष्ट्रिय भावनाका साथ नेपाली वाङ्मयका चम्किला नक्षत्र एवं कवि सरुभक्तद्वारा संरक्षण कविता आन्दोलनको सूत्रपात भएको हो । कवितायात्राका पाइलाहरू बढ्दै जाँदा आन्दोलनका प्रणेता सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्ताङको मुक्तिनाथ स्थित रानीपौवा भन्ने ठाउँमा पाँचसूत्रीय घोषणापत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपाङ बस्तिहरूमा पुगेर कविता यात्राको बाउन्नवटा शृङ्खलाहरू पार गरेको छ । हालै यसको ५१ औँ र ५२ औँ शृङ्खलाका कार्यक्रमहरू तनहुँ जिल्लाका भिमाद र दगाम (खैरेनीटार गाविस वडा नम्बर १)  मा सम्पन्न भएका छन् । Continue reading