शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी,

मौनतामा पनि कस्तो आँधी चल्न थाल्यो ।
चिसो चुल्हो भित्र पनि आगो बल्न थाल्यो ।।
नहुने ती सारा कुरा हुन्छन् अन्धकारमा ।
त्यसैले त बिश्वासमा शंका फल्न थाल्यो ।।

औकात छ आफ्नो पनि हेर्न थालौँ ।
कुरा काट्ने बानीलाई फेर्न थालौँ ।।
अरुलाई खसाल्दै स्वयं हाँस्न भन्दा ।
हो केहि उ पनि भनी बेर्न थालौँ ।।

 

Continue reading


शान्तिका केहि हाईकुहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

भोको छ पेट,
सबैको हाई हाई
प्रकृती छटा ।।

लोभिका आँखा,
देउता र दानव
दोभान सरी ।।

कृपाको दृष्टि,
बेसहाराको लागी
इन्द्रेणी छाँया ।।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

अन्तर्वार्ताकी पात्रः शान्ति अधिकारी

असलै छौ भन्ने थियो जाली निस्किएछौ ।
धनले पुर्ण मायाको खाली निस्किएछौ ।।
शान्ति सगँ बसन त मात्र के भनेथेँ ।
मेची बाट छलाङ् हानी काली निस्किएछौ ।।

छैन पीर चिन्ता कुनै परेको काम गर्नै पर्छ ।
अजम्बरी को नै छर एक दिन सबै मर्नै पर्छ ।।
भगवान त हैन मान्छे सधै सबको राम्रो हुन ।
तर पनि सत्य बोल्दै ज्ञानको ज्योती छर्नै पर्छ ।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

नशा रूपी आँशु पिए माया भुल्ने बाहनामा ,
रात दिन झन सम्झिए माया भुल्ने बाहनामा ।

जिन्दगीको लामो यात्रा सुरु नभै अन्त्य हुँदा ,
रित्तो डुङ्गा सरी खिए माया भुल्ने बाहनामा ।

रङ्गिन त्यो दुनियामा माया साट्ने भिड भित्र ,
हेर्दा आफु एक्लै थिए माया भुल्ने बाहनामा ।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

ममताकी खानी भै’नौ घृणा गर्छ मनले ।
सधै आगो पानी भै’नौ घृणा गर्छ मनले ।।
दुनियाको हाँस्ने बाटो घर बिग्रदा आफ्नो ।
स्वार्थ त्यागी दानी भै’नौ घृणा गर्छ मनले ।।

घर मिलाउने नारी, बिगार्ने नि नारी नै हुन् ।
पुर्ण घरको भकारी, निखार्ने नि नारी नै हुन् ।।
महान ठानु या त दुष्ट, थरीथरी रूप भा’ का ।
दुख्दा मलम लगाई, चिथार्ने नि नारी नै हुन् ।।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

कति बन्नु दास हजुर यहाँ कसैको,
लाग्नै छाड्यो आस हजुर यहाँ कसैको ।।

सोच अनि बिचार गर दुनिया छ स्वार्थी,
कोहि हुन्न खास हजुर यहाँ कसैको ।

कुरौटेले कुरा लगाई भड्याउँदा घरै,
उठ्न सक्छ बास हजुर यहाँ कसैको ।

 

Continue reading


शान्ति अधकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

तिरस्कारको आगो भित्र जलाएर छाड्यौ ।
कुन स्वार्थले दिलको चित्र जलाएर छाड्यौ ।।
दिए माया गरे बिश्वास सबै चक्नाचुर पार्दै ।
जिन्दगीलाई किन मित्र जलाएर छाड्यौ ।।

कस्तो थियो तिम्रो बिगत भनी खोज्दिन।
जिन्दगीमा चोर पुलिस बनी खोज्दिन ।।
बिश्वासमा अब माया लगाउछौ भने ।
भुलिदिन्छु म आफैलाई पनि खोज्दिन ।।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

कति बन्नु दास हजुर यहाँ कसैको,
लाग्नै छाड्यो आस हजुर यहाँ कसैको ।।

सोच अनि बिचार गर दुनिया छ स्वार्थी,
कोहि हुन्न खास हजुर यहाँ कसैको ।

कुरौटेले कुरा लगाई भड्याउँदा घरै,
उठ्न सक्छ बास हजुर यहाँ कसैको ।

 

Continue reading


शान्ति अधिकोरी पोख्रेलको केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

धनले टन्न भए पछि तर्किन थाले आफ्नाहरू ।
बोल्दा माग्लान् भन्ने डरले झर्किन थाले आफ्नाहरू ।।
कर्मको फल दिन दशाले भोलि जे जे गरे पनि ।
घमण्डले आज अन्तै फर्किन थाले आफ्नाहरू।।

लाग्यो माया ऊनी टाढा हुन थाले पछि ।
निस्ठुरिनै रै छौ भनी रुन थाले पछि ।।
झर्किएर हिडे पनि फर्किएर आए ।
त्यो मायाले हृदयमा छुन थाले पछि ।।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

अन्तिम घडी फेरिएको सास भो जिन्दगी ।
मलामीले घेरिएको लाश भो जिन्दगी ।।
उमेर छदाँ हाईहाई भयो उमेर ढल्के पछि ।
रित्तो खालमा फालीएको तास भो जिन्दगी ।।

दुनियाको सामु घुँडा टेक्दिन बरु एक्लै रुन्छु ।
बिचराको उपनाम लेख्दिन बरु एक्लै रुन्छु ।।
अघि कठै पछि बाट कुम ठोक्ने बैमान सामु ।
मर्नै परे पनि ईमान बेच्दिन बरु एक्लै रुन्छु ।।

 

Continue reading


बहरबद्ध गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

भयो रात कालो बिहानी हरायो ,
बिहानी सँगै त्यो कहानी हरायो ।

नजानेर हो की नराखेर हो खै ?
कसैको पियारो निशानी हरायो ।

हरायो नभेट्न्ने नदेख्ने गरेरै ,
सबैलाइ डस्ने जवानी हरायो ।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

गल्ति गरे स्वाभिमान लुक्न सक्छ एक दिन,
स्वाभिमानी ठाडो शिर झुक्न सक्छ एक दिन ।

रात रहे अगराख पनि पलाउँछ भन्ने गर्थे
होस गर पा’को मौका चुक्न सक्छ एक दिन ।

पुर्खाको त्यो स्वाभिमान लिलाम गर्दै गयौ भने,
सन्तानले पराई दैलो ढुक्न सक्छ एक दिन ।

 

Continue reading


शान्ति अधकारिका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

बिकृती हो फैलिदैछ शहर सगै गाउमा नी ।
नसोचेको कुरा हुन्छ तपाई हाम्रो ठाँउमा नी ।।
परिवर्तन कहाँ हुन्छ खोक्रा नारा घन्काएर ।
मै हुँ भन्ने घमण्डले पर्ला शिर पाउमा नी ।।

किन दुख्छ होला मेरो घरिघरी मन ।
बग्दा आँशु बनि दिन्छ खोला सरी मन ।।
सक्ने जती गरेकै थेँ आफ्ना अरुलाई ।
सम्झनेले नसम्झदा भयो झरी मन ।।

 

Continue reading


शान्ति अधिकारीका मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

माथि जाने चाहनाले तल झरौली ।
घर न घाट भयौ भने कसो गरौली ।।
मै हुँ जान्ने सुन्ने अनि मै हुँ ठुलो भन्ने ।
घमण्डले भविष्यमा एक्लो परौली ।।

बोल्ने भए राम्रै बोलौँ दुख्ने गरी हैन ।
त्यही बोलिले ठाडो शिर झुक्ने गरी हैन ।।
मान्छेको त्यो मनै त हो कतै दुख्ला भनी ।
थोरै बोलौँ जिन्दगीलाई पुग्ने गरी हैन ।।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

आसाहरू सबै मारी निरासामा बाँचेकी छु ,
आफुलाई एक्लो पारी निरासामा बाँचेकी छु ।

आफन्तको व्यवहारमा स्वार्थ मात्र देखे पछी ,
एकान्तमा आँशु झारी निरासामा बाँचेकी छु ।

दुःखको यो सागरमा पौडिदै छु तर पनि ,
हैन छैन भन्दै टारी निरासामा बाँचेकी छु ।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तक

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

सिमा भक्ते आफै सोच सहनुको सिमा हुन्छ ।
कसैलाई कुनै कुरा कहनुको सिमा हुन्छ ।।
नास हुन्छ आँधी हुरी बाढी पहिरो सरी आए ।
मानव हौँ मानव झै रहनुको सिमा हुन्छ ।।

मौन छु म त्यसैले त बोल जति सक्छौ ।
अमृतमा विष हाली घोल जति सक्छौ ।।
बोल्न बाध्य पार्यौ भने पालो पाउदैनौ
भए मनका कुरा हरू खोल जति सक्छौ ।।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

किन हुन्न विकासको काम गरे हुने हो ।
देश बनाउन साँच्चै लागी परे हुने हो ।।
नातावाद र कृपावादको जरै उखाली ।
राष्ट्रियता जगाई अघी सरे हुने हो ।।

कुरुक्षेत्र बनेकै हो खारा नेपालीको ।
बिग्रेकै थ्यो बिग्रने भो पारा नेपालीको ।।
भत्ता खाँदै सत्ता खोज्ने नेता भए पछि ।
भाग्य कस्तो हुने होला सारा नेपालीको ।।

 

Continue reading


शान्ति शर्माका केही मुक्तकहरूः

shanti, sharma, शान्ति शर्मा, pallawa, पल्लव

शान्ति शर्मा

दिउँसमास कालो बादल उठी आकाश खायो
मेरो सुन्दर घरमा आज कसले आगो लायो,
आमा रोइन् छट्पटिँदै बचाउ छोराछोरी !
सपनाकै बलात्कार भो हाहाकार छायो !!

तिम्रै नामको सिन्दुर पोते लगाउन मन छ
तिम्रो स्पर्शको मन्द पवनसँग लजाउन मन छ,
झुकाएर नजर अलिअलि चियाउँदै तिमीलाई
परेलिका पिन्जरामा जीबनभरि कजाउन मन छ !!

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

अघाएनौ अझै पनि गर्छौ लड्ने कुरा ।
पराईको जुठो खादै बनेका छौ सुरा ।।
जनताले दु:ख पीडा देखाउलान् भनी ।
लुक्दै बस्छौ शहरमा रोप्दै भाला छुरा ।।

गाउ बाट सुस्त सुस्त बेशी झरे पछि ।
निरासाको हुस्सु फाट्छ आसा भरे पछि ।।
समस्या त हट्न सक्छ आट गर्दै यहाँ ।।
धर्म सम्झि शुद्ध मनले कर्म गरे पछि ।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

हेर्दा कतै देखिदैन मौन विद्रोह,
पर्दा लाई छेकिदैन मौन विद्रोह ।

र्सतर्क भै पाईला चाल्छ मुर्ख बनेर ,
वाढी सँगै हेलिदैन मौन विद्रोह ।

लोभ मोह क्रोध भित्र हुँदा अन्याय ,
स्वार्थि भित्र बेचिदैन मौन विद्रोह ।

 

Continue reading