बहरबद्ध गजल

Suren, Shahi, सुरेन शाहीका जोर गजल, pallawa, पल्लव

सुरेन शाही

नपिउनुस् भनौँ क्यारी? पिए हुन्छ
नराम्रो गर्नुअघि घर सम्झिए हुन्छ ।

विराना को?सखा को?राम्ररी चिन्छुँ
हजुरले पीर चिन्ता नलिए हुन्छ ।

यसो शंकालु आँखा डुल्छ मै माथि
भए केही गुनासो भन्दिए हुन्छ ।

 

Continue reading


किरण शाहीका केही मुक्तकहरूः

Kiran, Shahi, किरण शाही , pallawa, पल्लव

किरण शाही

साथ दिने कसम खाएर जान्छ्न
भकानेर रुँदा सधैं हसाएर जान्छन
मित्रता भन्ने चिज नै अनौठो रहेछ
सानो कुरामा पार्टी बजाएर जान्छन

धनसम्पती सबै घुइयाको भाउमा गराएर।
एउटा भाको मनमुटु र ज्यान दाउमा ।।
नचाहदा नचाहदै विदेशिन्छन कतिपय।।
घरजग्गा खेतबारी साहुको नाउमा गराएर।।

 

Continue reading


गजल

Kiran, Shahi, किरण शाही , pallawa, पल्लव

किरण शाही

कराउँछ्न अभिभावकहरु, सन्तान होनहार नहुँदा
पिरै-पिरमा विदेशिन्छ छोरा, देशमा रोजगार नहुँदा ।

लगानी कता जान्छ भनिदिनुस स्वास्थ्य मन्त्रीज्यु ?
दिनहुँ मरिरहेकाछन गरिब, गहकिलो उपचार नहुँदा ।

सरकारलाई गुहार्दै बसेकाछन कतिपय कैदमा
आफुलाई निर्दोष साबित गर्ने, ठोस आधार नहुँदा ।

 

Continue reading


सुरेन शाहीका जोर गजलः

Suren, Shahi, सुरेन शाहीका जोर गजल, pallawa, पल्लव

सुरेन शाही

बहरबद्ध गजल– १,
छैन बसमा मनको, रहर आजभोलि।
उड्छ दिलको चङ्गा,सगर आजभोलि।

सुन्दरी छौ प्यारी, र पो ठान्छुँ मैले,
जूनतारा भन्दा, उपर आजभोलि।

जून हेर्दै लेखेँ, चिठी सम्झनाको,
त्यै चिठीमा भुल्छन् नजर आजभोलि।

Continue reading


बहरबद्ध गजल

Manohar, Shahi, मनोहर शाही ‘मनो’, pallawa, पल्लव

मनोहर शाही ‘मनो’

भोलि के थाहा कुन्नि के के हुने हो
आफ्नु माया आफै समाले हुने हो

बाडुली लाग्दैछन् खुबै रात दिनमा
भैदियौ जो टाढा नसम्झे हुने हो

हेर्नु भन्दा कालो नजरले अरूलाई
भित्र मनमा मैलो नराखे हुने हो

 

Continue reading


बहरबद्ध गजल

Manohar, Shahi, मनोहर शाही, pallawa, पल्लव

मनोहर शाही

नजर माथि राख्ने रहर हुन्छ हुन्न
म रोएँ तिमीमा असर हुन्छ हुन्न

बढी गर्छ कसले थियो चाह हेर्ने
कतै प्यार नाप्ने मिटर हुन्छ हुन्न

छ झलमल्ल तिम्रो शहर राजधानी
यता गाउँ हाम्रो नगर हुन्छ हुन्न

 

Continue reading


बहरबद्ध गजल

Manohar. Shahee, Shahi, मनोहर शाही, pallawa, पल्लव

मनोहर शाही

न आफ्नो न उनको भयो जिन्दगी
कसोरी सुधारौँ म यो जिन्दगी

कमल फूल फुल्थेँ हिलो भैदिए
सदा त्यै बगर झैं छ यो जिन्दगी

सिसा झैं फुटेको भयो भाग्य सब
प्रवासी मुलुकमा गयो जिन्दगी

 

Continue reading


बहरबद्ध गजल

Manohar. Shahee, Shahi, मनोहर शाही, pallawa, पल्लव

मनोहर शाही

थिए क्या अधर ती,गुलाबी कसैका
पुगेछन् नयन क्यै, नजाती कसैका

भयो चाहना त्यै,यहीँ जिन्दगी भर
रहर हात राख्ने, सिरानी कसैका

सदा बाउ आमा,यहीँ भन्नु हुन्थ्यो
नबन्नू नजरमा, दलाली कसैका

 

Continue reading


बहरबद्ध गजल

Manohar. Shahee, Shahi, मनोहर शाही, pallawa, पल्लव

मनोहर शाही

यो जिन्दगी जिउने भनी,कैयौं यहाँ चाहा थिए
पीडा लुकाएकै थिएँ,खाटाहरू झन बल्झिए

छोड्दा रहेछन् दु:खमा,थाहा भयो सबले यहाँ
ज्यानै दिने आफ्नाहरू,झन झन पराई भैदिए

नेताहरू कुर्सी नजिक, पुग्नै खिचातानी हुनी
सेवा गरौं यो देशको, भन्दा यहाँ सब पन्छिए ।।

 

Continue reading


गजल

Sital , Shahi,सितल शाही, pallawa, पल्लव

सितल शाही

लडेको निर्जीव मुढा सरि यो तन बाँकी छ
अब केवल बेसाहारा यो जीवन बाँकी छ

सायद मैले यो दुनियाँ उहिलै छोडि सक्थें
तर मर्नु अघि उनलाई देख्न मन बाँकी छ

बाँचेको छु जस्तो आभास लाग्छ किनकि
छाती भित्र ढुकढुक गर्ने धड्कन बाँकी छ

 

Continue reading


गजल

Sital , Shahi,सितल शाही, pallawa, पल्लव

सितल शाही

वाह रे वाह यो पनि गजल !
खोक्रो मान र अभिमान I

तिमीसँग दन्तबझान I
जेजे भन्नुछ भन

बेकारको लम्बेतान I
सबैको ठेक्का पनि त

 

Continue reading


गजल

Sital , Shahi,सितल शाही, pallawa, पल्लव

सितल शाही

दु:ख पर्दा मलाई रमाएर गयौ तिमी।
यो दिलमा छुरा चलाएर गयौ तिमी।

चोखो माया तिमीलाई दिएकै थिए ।
उल्टै धोकेबाज बनाएर गयौ तिमी ।

तिम्ले दिएको उपहार चहिदैन भनि।
सबै आज फिर्ता पठाएर गयौ तिमी ।

 

Continue reading


गजल

Sital , Shahi,सितल शाही, pallawa, पल्लव

सितल शाही

जसोतसो आफ्नोपेट लाई ,पाल्दै छु अरबमा!!
तातो हावासँगै बालुवा लाई,चाल्दै छु अरबमा!!

कपडा फाट्दै गए दिएन पैसा सप्लाईमा परे!
पुरानै त्यो फाटेको पाईन्ट,टाल्दै छु अरबमा!!

छैन रहर मारेको त ,जिबितै छन आसाहरु!
आसा आसामै जिन्दगि यो,डाल्दै छु अरबमा!!

 

Continue reading


गजल

Sital , Shahi,सितल शाही, pallawa, पल्लव

सितल शाही

दश धारा दुध पिलाएको बिर्से छैना आमा।
फाटेको भोटो सिलाएको बिर्से छैना आमा।

मेरै निम्ति रोयौ आमा म हास्दा हास्यौ संगै,
मसिनो चपाएर खिलाएको बिर्से छैना आमा।

हिड्थौ पिउठोमा बोकिबोकि मेलापात जादा,
र।खि कोर्क।मा हिलाएको बिर्से छैना आमा।

 

Continue reading


बहरबद्ध गजल

Manohar, Shahi, मनोहर शाही, pallawa, पल्लव

मनोहर शाही

न घरमा न भरमा भएको छ जीवन
प्रवासी सडकमा लडेको छ जीवन

छ प्रित् धेर टाढा भए याद गाढा
तिनै याद सम्झी बसेको छ जीवन

छदै छैन हाँसो यिनै ओठ माथी
दिनै मृत्यु संगै जुधेको छ जीवन

 

Continue reading


गजल

dr, sudha,shahi, डा.सुधा शाही, pallawa

डा.सुधा शाही

मान्छेको व्यथा अनुहारले बताउँछ
देश कस्तो छ सरकारले बताउँछ

मेले नै थमाएँ उसको हातमा हतियार
मित्र हो या शत्रु, प्रहारले बताउँछ

अग्लो ठाउँबाट जो कोही अग्लै देखिन्छ
वास्तविक कद त विचारले बताउँछ

 

Continue reading


जीवन शाही

कायर झै शिर हामी
झुकाउन जान्दैनौ
हत्कडी र नेल सामु हामी
कहिलै भाग्दैनौं
मृत्यु सँग हाँस्नेहरु
मरेर पनि बाँच्नेहरु
महासमरका यात्रीहरु–


शान्त तलाउमा ढुंगा किन हान्यौं ?

प्रतिभा शाही

शान्त तलाउमा ढुंगा किन हान्यौं ?
थाहा थिएन कस्को प्रतिबिम्ब थियो !!
अब,
मात्र बाँकीछन् तरंगको लहरहरु,
कतै उर्लिएर छाल नबनोस् !

Continue reading