सिता पन्त कँडेल का केही मुक्तकहरूः

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

नियती नै साँप बनी डसेपछि जीवन
हाँसी हाँसी तिखो छुरा धसेपछि जीवन
नफक्रिंदै झर्छ कठै बेमौसमी फूलसरी
आफ्नै अघि मजधारमा फसेपछि जीवन !

विवश छु म भनिसकें मेरा खातिर नरोउ अब
सपनीमा देखें भन्दैमा मेरै तस्विर नछोउ अब
धेरै बुज्ने मान्छे तिमी मलाई नै सम्झाउँथ्यौ
आज उल्टै अबुझ बनी आँसुले नैन नधोउ अब !

 

Continue reading


गजल

Seeta, Sita, Panta,, Kandel, सिता पन्त कँडेल, pallawa, पल्लव

सिता पन्त कँडेल

प्रशंग “शहिद दिवस”कोः
किन हो किन मलाई शहीद दीवस आउँदा दु:ख लाग्छ !
शहीदकै अगाडि उन्कै सपना भने जलाउँदा दु:ख लाग्छ !!

स्वार्थ भन्दा माथी उठेर देशकै लागि मरे ति शहीद !!
उनिहरूका पनि थिए जहान कलकलाउँदा दु:ख लाग्छ !!

गर्ने आखिर एऊटै ले हो साथ दिने हामी छदै थियौ नि !
अधिकार मुठ्याऊनेहरूको मन नपलाउँदा दु:ख लाग्छ!

 

Continue reading